• भरतपुरका सामुदायिक विद्यालयमा दरवन्दि मिलान, सवैभन्दा वढि नारायणी नमुनामा थपियो, वालकुमारी कन्यामा कटौती


    सन्तोष देवकोटा

    भरतपुर/भरतपुर महानगरपालिका नगर शिक्षा समितिले महानगर भित्रका सामुदायिक विद्यालयहरुमा दरवन्दि मिलान गरेको छ । लामो समयको प्रयास पछि भरतपुरमा शिक्षक दरवन्दि मिलानको कामले पुर्णता पाएको हो । नगर शिक्षा अधिकारीको संयोजकत्वमा गठित दरवन्दि मिलान कार्यदलले सिफारिस गरि महानगर प्रमुखको नेतृत्वमा रहेको निर्देशक समितिले पास गरेपछि नगर शिक्षा समितिले स्वीकृत गरेपछि दरवन्दि मिलानको काम अगाडी वढ्ने भएको हो । आगामी दिनमा उक्त निर्णय वमोजिम दरवन्दि मिलानको कामलाई भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले कार्यान्वयनको तहमा अगाडी वढाउने छ ।
    दरवन्दि मिलानको क्रममा भरतपुर स्थित नारायणी नमुना माध्यमिक विद्यालयमा सवैभन्दा वढी शिक्षक दरवन्दि थपिएको छ भने वालकुमारी कन्या माध्यमिक विद्यालयमा सवैभन्दा वढि शिक्षक दरवन्दि कटौती भएको छ । विद्यार्थी संख्याको आधारमा शिक्षक दरवन्दि थपघट गरिएको जनाकारी दिँदै भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महासाखाका अधिकृत स्तर आठौं तहका ऋषिराम शर्माले नारायणी नमुना माविमा २० जना शिक्षक दरवन्दि थप गरिएको र वालकुमारी कन्या माविमा १४ जना शिक्षक दरवन्दि कटौती गरिएको जानकारी दिनुभयो ।
    सरदरमा प्रति ५० जना विद्यार्थीको लागि एक जना शिक्षकको अवधारणा अनुसार दरवन्दि मिलान गरिएको वताउँदै शर्माले प्रावि तहका २, निमावि तहका २६, मावि (९–१०) तहका ४० र मावि (११–१२)का २९ विद्यालयमा शिक्षक दरवन्दि थप गरिएको तथा प्रावि तहका ९३, निमावि तहका २१, मावि (९–१०) तहका ४ वटा विद्यालयमा शिक्षक दरवन्दि कटौती भएको जानकारी दिनुभयो ।
    २०७६ सालको वार्षिक परिक्षामा सम्मिलित विद्यार्थीसंख्याको आधारमा शिक्षक दरवन्दि मिलान गरिएको उहाको भनाई थियो । भरतपुर महानगरपालिका भित्र माध्यमिक विद्यालय ५१, निमावी तहका २१ र आधारभुत तहका ७२ गरि कुल१२३ वटा सामुदायिक विद्यालय रहेका छन् । यसैगरी भरतपुर महानगरभित्र प्राविमा ७३९, निमाविमा २७०, माविमा २२२ र तत्कालिन उच्च माविमा ५९ जना गरि कुल १२९० जनाको शिक्षक दरवन्दि रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt