• सुनचाँदीको भाउ स्थिर

      काठमाडौं–नेपाली बजारमा सोमबार सुन तथा चाँदीको भाउ स्थिर रहेको छ । अघिल्लो दिन तोलामा एक सय रुपैयाँ बढेको सुनको भाउ आज कुनै परिवर्तन भएको छैन । यस्तै, आज चाँदीको भाउ पनि अघिल्लो दिनकै सरह छ । आज वजारमा सुन प्रति तोला ५४ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । भने चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    • राम्रो लेखक लेखनका लागि सङ्घ संस्थामा याचिका दिँदै हिँड्दैन

      नोबेल पुरस्कारबाट सम्मानित अमेरिकी उपन्यासकार विलियम फल्कनर (William Faulkner 1897-1962) ले सन् १९५६ मा अमेरिकाको न्युयोर्क सहरमा ज्यान स्टेइन (Jean Stein) लाई एउटा अन्तरवार्ता दिएका थिए, जसको विश्वभरका साहित्यप्रेमीहरुले निकै प्रशंसा गरे । विश्वप्रसिद्ध पत्रिका पेरिस रिभ्युलाई दिएको लामो अन्तरवार्ताको अंश प्रकाशित गर्दैछौँे । हामीले यो अन्तरवार्ता पेरिस रिभ्युको अनलाइन संस्करणबाट लिएका हौँ ।  श्रीमान् फल्कनर केही समयअघि तपाईंले अन्तरवार्ता दिन मन पर्दैन भन्दै हुनुहुन्थ्यो ? मलाई अन्तरवर्ता दिन किन मन पर्दैन भने व्यक्तिगत प्रश्नहरुमा म अलिक हिंस्रक ढङ्गले प्रतिक्रिया जनाउने गर्छु । यदि प्रश्नहरु आफूले गर्दै गरेको कामको सन्दर्भमा हो भने म त्यसको जवाफ दिने प्रयास गर्छु ।...

    • विर्तामोडमा तीन ठाउँमा बम फेला

      विर्तामोड : झापाको बिर्तामोडका विभिन्न तीन स्थानमा बम फेला परेको छ । बम भएको स्थान सुरक्षाकर्मीले घेरा हाली निश्क्रिय बनाउने प्रयास गरेका छन् । इिलाका प्रहरी कार्यालय विर्तामोडका डिएसी केशव थेबेले बम निश्क्रिय पार्ने काम भइरहेको जानकारी दिनुभयो । थेबेका अनुसार एउटा बम नेकपा माओवादी केन्द्रकी विर्तामोड नगरपालिकाको   उपमेयर उम्मेद्वार लक्ष्मी न्यौपानेका डेरा छेउमा बम फेला परेको छ । त्यस्तै राजपा झापा इन्चार्ज सूर्यनारायण गणेशको घर छेउमा र देवी उच्च मावि मतदान केन्द्रमा बम भेटिएको थेपेले जानकारी दिनुभयो ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल