• एनआरएनए बोर्ड अफ डाइरेक्टरका निर्बिकल्प उम्मेद्धार कृष्ण लामिछाने

    टेक्सास (अमेरीका)-  गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टरमा डालसका समाजसेवी कृष्ण लामिछाने निर्विकल्प उम्मेद्धारमा दरिनुभएको छ ।

    नेपालको गोरखाबाट १६ वर्ष अघि अमेरीका आउनुभएका लामिछानेको लोकप्रियता नै जितको प्रमुख आधार रहेको बताइन्छ । नेपालमा रहंदा पनि व्यवसाय संगसंगै समाजसेवामा सक्रिय लामिछाने अमेरीका आएपछि पनि समासेवामा तल्लिन हुनुहन्छ ।

    हाल नेपाली समाज टेक्सासका अध्यक्ष लामिछानेले नेपाली जन सम्पर्क समितीको संस्थापक महासचिव, डालस एभरेष्ट लाइन्स क्ल्वको सभापती, नेपाली मन्दिरको बोर्ड अफ ट्रष्टी लगायतका पद ओगटिसक्नुभएको छ ।

    समाज सेवाको दायरा फराकिलो पार्नलाई एनआरएन अमेरीकाको आगामी कार्यकालका लागी बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धारी दिएको छु लामिछानेले भन्नुभयो- “सबैको साथ र समर्थन पाउने विश्वास लिएको छु ।”

    मिलनसार स्वभाव, स्पष्ट वक्ता तथा समाजसेवाप्रतिको लगावका कारण सबैमाझ लोकप्रिय लामिछाने बोर्ड डाइरेक्टरमा सबैभन्दा बलियो उम्मेद्धार भएको चर्चा चलेको छ । मिसन र भिजन सहित अगाडी बढ्ने व्यक्तित्वमा गनिएका लामिछानेले प्रवासमा नेपाली भाषा संस्कृतिको संरक्षणका लागी डालसमा नेपाली पाठशालाको पनि शुरुवात गर्नुभएको हो ।

    अमेरीकी नेपाली माझ सबैको प्रिय व्यक्ति लामिछानेले एनआरएन मार्फत नेपाली समाजका लागी केही गर्न सक्ने व्यक्तिमा चित्रण गरिएकोले जित निश्चित रहेको बताइन्छ ।

    गत वर्षको भुकम्प प्रभावितका लागी राहत संकलनमा देखिएको सक्रियता होस या प्रवासमा समस्यामा परेका नेपालीहरुका लागी अग्रणी भुमिका खेल्ने लामिछानेले एनआरएन मार्फत समाजसेवालाई बृहत्तर बनाउन बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धारी रहेको बताउनुभयो ।

    यसैबीच अर्को महिनाको ११ र १२ तारिखमा हुने निर्वाचनका लागी उम्मेद्धारी मनोनयनको कार्य चलिरहेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt