• भारतमा रेलमा सेल्फी खिच्दा दुई नेपालीको मृत्यु

      परासी– भारतमा मलामी गएका दुई नेपाली युवकको ट्रेनले किचिएर मृत्यु भएको छ । उनिहरु सोमबार दिउँसो भारतको उत्तर प्रदेश कुशीनगर जिल्लाको खड्डमा ट्रेनसहितको फोटो सेल्फी लिने क्रममा ट्रेनको तिब्र हवाले ट्रेनमुनी परेको किचिएका हुन् ।नवलपरासीको सुस्ता गाउँपालिका ५ को बेलवानीका दुवै युवा भारतकोे खुशीनगरस्थित पन्हिवाँमा फुपुुको मलामी गएका थिए । मलामीपश्चात घर फर्किने क्रममा तिब्र गतिको ट्रेनसहितको सेल्फी फोटो लिन खोज्दा ट्रेनको हावाले लडेर उनीहरु ट्रेनको पांग्रामुनी पुगेका थिए । ट्रेनले थिचिएपछि दुवैको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।  मृत्यु हुनेमा सुस्ता ५ बेलवानीका २७ वर्षिय शिवेन्द्र कुर्मी र सोही ठाउँका अन्दाजी १८ वर्षिय धन्नु कुर्मी रहेको प्रहरीले...

    • मतदाता नामावलीमा नाम भए यी काजगात देखाएर पनि हाल्न सकिन्छ भोट

      काठमाडौं– निर्वाचन आयोगले भोलि हुने स्थानीय तहको दोस्रो चरणको मतदानमा मतदाता परिचयपत्रबाहेक अन्य सरकारी कागजातलाई पनि मान्यता दिने निर्णय गरेको छ ।   आयोगको सोमबार बसेको बैठकले दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रयोजनार्थ तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा उसको मताधिकार सुनिश्चित गर्न यस्तो निर्णय लिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।   फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रका अतिरिक्त नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र...

    • सुनचाँदीको भाउ स्थिर

      काठमाडौं–नेपाली बजारमा सोमबार सुन तथा चाँदीको भाउ स्थिर रहेको छ । अघिल्लो दिन तोलामा एक सय रुपैयाँ बढेको सुनको भाउ आज कुनै परिवर्तन भएको छैन । यस्तै, आज चाँदीको भाउ पनि अघिल्लो दिनकै सरह छ । आज वजारमा सुन प्रति तोला ५४ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । भने चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    • विर्तामोडमा तीन ठाउँमा बम फेला

      विर्तामोड : झापाको बिर्तामोडका विभिन्न तीन स्थानमा बम फेला परेको छ । बम भएको स्थान सुरक्षाकर्मीले घेरा हाली निश्क्रिय बनाउने प्रयास गरेका छन् । इिलाका प्रहरी कार्यालय विर्तामोडका डिएसी केशव थेबेले बम निश्क्रिय पार्ने काम भइरहेको जानकारी दिनुभयो । थेबेका अनुसार एउटा बम नेकपा माओवादी केन्द्रकी विर्तामोड नगरपालिकाको   उपमेयर उम्मेद्वार लक्ष्मी न्यौपानेका डेरा छेउमा बम फेला परेको छ । त्यस्तै राजपा झापा इन्चार्ज सूर्यनारायण गणेशको घर छेउमा र देवी उच्च मावि मतदान केन्द्रमा बम भेटिएको थेपेले जानकारी दिनुभयो ।

    • मौनअवधिमा आचारसंहिता उल्लंघन गरे के कारवाही हुन्छ ?

      काठमाडौं– प्रदेश नम्बर १,५ र ५ मा असार १४ हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मौनअवधि आईतबार मध्यरातबाट सुरु भएको छ । मौनअबधि सुरु भएसँगै चुनावी प्रचारप्रसार पुर्णतया रोकिएको छ । स्थानीय तह निर्वाचन निर्देशिका ३०७३ को दफा ६९ मा मौनअवधिमा के गर्न पाइने के नपाइने भन्ने स्पष्ट व्यवस्था छ ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल