• टोकला मसला चिया अब नयाँ प्याकमा

      काठमाडौं/मुलुककै सर्वाधिक लोकप्रिय एवं गुणस्तरीय चिया उत्पादक कम्पनी नेपाल चिया विकास निगम लिमिटेडले हालै बजारमा नयाँ आकर्षक प्याकमा टोकला मसला चियाको बिक्री वितरण सुरु गरेको छ । निगमको आफ्नै बगानबाट टिपिएको ताजा एवं उत्कृष्ट चिया र असली मसलाहरुको मिश्रण गरी तयार पारेको यो मसला चिया उच्च गुणस्तरीय र स्वास्थ्यवर्धक रहेको कम्पनीले जनाएको छ । साथै नयाँ प्याकको चियामा अदुवा, सुकुमेल, ल्वाङ, दालचिनी र मरिच जस्ता रोग प्रतिरोधी क्षमता बढाउने तथा मानव स्वास्थ्यका लागि अत्यन्तै हितकारी मसलाहरुको समिश्रण रहेको कम्पनीको भनाइ छ ।

    • ग्राफिक मार्ग प्रालीले ल्यायो फेष्टिवल अफर

      भरतपुर/भरतपुर ११ मा मुख्य कार्यालय रहि कम्पनी दर्ता सम्वन्धी काम गर्दै आएका ग्राफि मार्ग प्रालीले आफ्ना ग्राहकहरुलाई मध्यनजर गरि फेष्टिवल अफर ल्याएको छ । २०७५ साल फागुन २७ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई २०७६ बैशाख ४ गतेबाट कम्पनी दर्ता सम्बन्धी कामहरु औपचारिक रुपमा सुरुवात गरेको ग्राफिक मार्ग प्रा.लि. ले सोमबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि अफरको बारेमा जानकारी गराएको हो । नेपालका जुनसुकै ठाउँका कम्पनीहरु नयाँ दर्ता, नविकरण, शेयर खरिद बिक्री, पुँजी बृद्धि, नामसारी, ठाउँसारी देखि खारेजी सम्मका सम्पूर्ण कामहरु गर्दै आएको जानकारी गराउँदै प्रालीका प्रवन्ध निर्देशक जनक खड्काले चाडपर्वहरुलाई मध्यनजर गर्दै यहि साउन ९ गते देखि कार्तिक...

    • गजलः हुँदैन

      बालकृण खनाल भरतपुर, चितवन मेरो दिन हुँदैन, मेरो रात हुँदैन जब तिमीसँग, कुनै बात हुँदैन । म उदास हुन्छु, म उजाड हुन्छु वृक्षमा जस्तै, कुनै पात हुँदैन । मेरो सफलताको अर्थ हुन्न केहि जसमा तिम्रो कहिँ कुनै हात हुँदैन । नपाएसम्म सुन्न सञ्चो विसञ्चो के छ खुशिमा पनि, म मा कुनै मात हुँदैन । मान या नमान, त्यो तिम्रै हो जिम्मा नसंझी खाको एक छाक भात हुँदैन ।

    • आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

      भरतपुर/भरतपुर महानगरपालिका १५ गोपालगञ्ज स्थित श्री आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । भरतपुर ११ बाइपासरोड स्थित एस एण्ड पि अडिटिङ कम्पनीले विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको हो । कम्पनीको कार्यालयमा शनिबार आयोजित एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि झोला सहयोग गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि भरतपुर १५ का वडाध्यक्ष शम्भुबहादुर भण्डारी र कम्पनीका सञ्चालक सूर्यप्रसाद श्रेष्ठले विद्यालयव्य वस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद दवाडी, प्रधानाध्यापक चिरञ्जीवी नेपाललाई उक्त सामाग्री हस्तारन्तरण गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले समाजका सचेत नागरिकहरुले आफ्ना बालबच्चालाई सामुदायीक विद्यालय नपठाउदा वर्षेनी सामुदायीक विद्यालयको गुणस्तर खस्किदै गएको बताए । उनले सुकुम्बासी, मजदुर तथा...

    • होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग

      भरतपुर/होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवनले जिल्ला स्थित होटल तथा रेष्टुरेन्ट संचालक र कर्मचारीलाई तत्काल कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । संघले आइतबार चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाउँदै कोभिड विरुद्धको खोप माग गरेको हो । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योतिप्रसाद कँडेलद्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा अग्रपंतिमा रहेका होटल व्यवसायी र कर्मचारीहरुलाई प्राथमिकता राखी छिटो भन्दा छिटो कोभिड–१९ बिरुद्धको खोप उपलब्ध गराईदिन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराईएको छ । होटल व्यवसायीहरुलाई कोभिड विरुद्धको खोप उपलव्ध गराउने सवालमा स्थानीय पालिकाहरुले ध्यान नदिएको वताउँदै विज्ञप्तिमा आन्तरिक तथा बाह्य पर्यटकको...

    • स्वतन्त्र गितः निक्कै बेरै

      बालकृष्ण खनाल याद आँउँदा तिम्रो अचेल, भक्कानिन्छु धेरै ।।। सम्झि सम्झि मन बुझाउन, लाग्छ निक्कै बेरै ।। सम्झाई सम्झाई बुझाएका जिन्दगीका पाटोहरू मेरै लागि देखाएका जिउने असल बाटोहरू ।। पल पलमा याद आँउँछन् मलाई जति खेरै ।।।। सम्झि सम्झि मन बुझाउन लाग्छ निक्कै बेरै ।।। भएपनि हाम्ले टेक्ने अलग आँगन कर्साहरू ।। नदेखियोस मन फाटेको कहिँ कतै धर्साहरू ।। सँगै हुन नपाउने यो कर्म दोषी मेरै ।।।।।।।। सम्झि सम्झि मन बुझाउन लाग्छ निक्कै बेरै ।।

    • शक्ति युवा मञ्चको अध्यक्षमा थापा

      भरतपुर/भरतपुर १० स्थित शक्ति युवा मञ्चको अध्यक्षमा सुर्य बहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न मञ्चको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष न्यौपाने, उपाध्यक्षमा कृष्णचन्द्र लोहनी, सचिवमा हरिशंकर दाहाल, कोषाध्यक्षमा खगेन्द्रदत्त लोहनी निर्वाचित हुनु भएको छ । यसैगरी समितिको सदस्यहरुमा केशवराज पौडेल, प्रदोष देवकोटा, केशव न्यौपाने, सुवास सुवेदी, वसन्त पोखरेल, सितल अधिकारी, इन्द्र अधिकारी, सविन भट्ट, ठाकुरदत्त लोहनी निर्वाचित हुनु भएको छ । मञ्चका अध्यक्ष सन्तोष देवकोटाको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनमा सचिव हरिशंकर दाहालले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष खगेन्द्रदत्त लोहनीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु...

    • मानव अधिकार तथा शान्ति समाजको ध्यानाकर्षण

      भरतपुर/जिल्लामा पछिल्लो समय वढ्दै गएको अपराधिक घटना प्रति मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको गम्भिर ध्यानाकर्षण भएको छ । समाजले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय एक पछि अर्को गरि श्रृंखलाबद्ध रुपमा महिलाहरुको रहस्यमय मृत्यु भएको घटना प्रति ध्यानाकर्षण भएको जनाएको हो । समाजका जिल्ला सभापति शम्भु राउतद्धारा जारी विज्ञप्तिमा यस्ता खालका अकल्पिनीय घटनाहरु समाजमा वढ्दै गएपछि आम महिलाहरुमा असुरक्षाको वातावरण सृजना भएको र अभिभावक एवं समाजलाई आतंकित वनाएको जनाईएको छ । सुजिता भण्डारीको रहस्यमय मृत्यु प्रकरण यसको ज्वलन्त उदाहारण भएको वताउँदै विज्ञप्तिमा यस्तो अवस्थामा राज्य आम नागरिकलाई सुरक्षाको प्रत्याभुती दिन गम्भिर रुपले लाग्नुपर्ने वताईएको छ ।...

    • भरतपुर रोटरीको राहत सामाग्री वितरण

      सन्तोष देवकोटा भरतपुर/सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लव अफ भरतपुरले वाढी प्रभावित क्षेत्रका वासिन्दाहरुलाई राहत सामाग्री वितरण गरेको छ । क्लवले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि पुर्वी चितवनको कालिका नगरपालिका वडा नं. १० र ११ का वाढि प्रभावित क्षेत्रका वासिन्दालाई खाद्यान्न लगायतका राहत सामाग्री हस्तान्तरण गरेको हो । सिद्धि वजारमा आयोजित राहत विरण कार्यक्रममा ४९ घर परिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको थियो । रोटरी क्लव अफ भरतपुरका अध्यक्ष राजेन्द्र कुमार पियाको अध्यक्षतामा भएको राहत सामाग्री हस्तान्तरण कार्यक्रममा कालिका नगरपालिका वडा नं. १० का अध्यक्ष दिल बहादुर गुरुङ र वडा नं. ११ का वडा अध्यक्ष कृष्ण बहादुर प्रजा विशेष अतिथी...

    • उवासंघ चितवनद्धारा वाढि पीडितलाई राहत वितरण

      सन्तोष देवकोटा भरतपुर/उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघ चितवनले पुर्वी चितवनका वाढि प्रभावित मानिसहरुलाई राहत सामाग्री वितरण गरेको छ । बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरि संघले रत्ननगर ३ वंसीका वाढि प्रभावित ६० घरपरिवारलाई राहत वितरण गरेको हो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न राहत वितरण कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य कृष्ण खनाल विशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा रत्ननगर ३ का वडा अध्यक्ष गुप्तनाथ भट्टराई, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष भोजराज कौडाल, रत्ननगर उवासंघका कार्यसमिति सदस्य उद्धव कोइराला, विपद् व्यवस्थापन संयोजक नारायण प्रधान,...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल