• रोटरी क्लव अफ चितनवद्धारा ह्वीलचियर र आर्थिक सहयोग

      भरतपुर/रोटरी क्लव अफ चितवनले भरतपुर २ क्षेत्रपुर आलेटोल स्थित मोहम्मद सिदिकलाई ह्वीलचियर र आर्थिक सहयोग गरेको छ । विगत एक वर्ष अगाडी प्यारलाईसिस भई दैनिक जिवनयापनमा समस्या देखिएको कारण ह्वील चियर हस्तान्तरण गरिएको क्लवका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो । सो अवसरमा विरामी मोहम्मद सिदिकका श्रीमती स्यानी मियाँ र छोरा मोहम्मद फारुलाई ह्वीलचियर र नगद हस्तान्तरण गरिएको हो । स्वास्थ्यमा समस्या भएपछि आम्दानीको अवस्था पनि कमजोर भएकाले उपचारमा सहयोग पु¥याउने उदेश्यले नगद पाँच हजार रुपैयाँ पनि सहयोग गरिएको अध्यक्ष शाक्यले वताउनु भयो । रोटरी क्लवद्धारा हस्तान्तरण गरिएको ह्वील चियरले मोहम्मदको दैनिक जिवनयापनमा सहयोग पुग्ने आशा व्यक्त गर्दै अध्यक्ष शाक्यले...

    • विपत्तिमा धैर्यता गुमाउनु हुदैन

      नारायण रेग्मी उफ्रदै जाँदा दुइवटा भ्यागुताहरु तताईरहेको पानीको कराईमा परे।कराईबाट बाहिर निस्कन प्रयत्न गरे तर दुबै भ्यागुता सफल भने हुन सकेनन् । कराईको पानीको तापक्रम बढ्दै जान थाल्यो । दुबै भ्यागुताहरुले अगाडिको बाटो असहज देखे । दुई मध्येको एक भ्यागुताले बिस्तारै ज्यान चलाउन छोड्यो । प्रयत्नबाट बच्ने उपाय नदेखिएपछि मृत्युलाई सहज स्विकार गर्न भ्यागुता मानसिक रुपमा तैयार भयो । भ्यागुता बिस्तारै डिप्रेशनमा फस्दै गयो र अन्तमा मर्यो । दुई मध्येको अर्को भ्यागुता भने सकारात्मक सोचको थियो । धैर्यता नगुमाई थप उपायहरु खोजेर बाच्न सकिन्छ भन्नेमा दोस्रो भ्यागुता विस्वस्त थियो । भ्यागुता बाँच्नको लागि प्रयत्न गरिरह्यो । मरेको भ्यागुता पानीमा...

    • इचितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्न

      भरतपुर/मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवन प्रा.लि.द्वारा सञ्चालित इ चितवन खबर डट कमको गौरवमय प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुको आतिथ्यतामा शुभकामना आदान प्रदान गरिएको थियो । बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल चलचित्र कलाकार संघका महासचिव चेत बहादुर सिंह “राजा“ले लक्की मिडिया हाउसले विभिन्न प्रतिकुलता बीच पनि विभिन्न कार्यक्रम गर्दै आएको बताउनु भयो । ‘लक्की मिडिया हाउसले कहिले सम्मान कार्यक्रम, कहिले रेडकार्पेट शो, प्रिमियर शो गर्दै आएको छ, उहांँले भन्नुभयो, कोरोना कहरबीच यस्ता कार्यक्रम गर्नु निकै चुनौति छ ।’ लक्की मिडिया हाउसबाट प्रकाशित विभिन्न संस्करण...

    • गितः बाधा बाधा

      बालकृष्ण खनाल भरतपुर, चितवन जति तिमी टाढा टाढा, माँयाँ उति गाढा एकै क्षण नदेख्दा नि, कति बाधा बाधा छेउमै हुँदा बुझिन कि सायद माँयाँ मैले नजिकैको तिर्थ हेलाँ हुन्छ याँहाँ जैले भयौ जसै तिमी टाढा मन भयो आधा एकै क्षण नदेख्दा नि कति बाधा बाधा पिरमा हुँदा तिमी थियौ मनको भारी बिसाउने यस्सो केही पर्दा खेरी दुईचार कुरा मिसाउने भयौ जव तिमी पर रंगिन मन भो सादा एकै क्षण नदेख्दा नि कति बाधा बाधा

    • होटलसंघको पहलमा व्यवसायीलाई कोरोना विरुद्धको खोप

      सन्तोष देवकोटा भरतपुर/होटल व्यवसायी संघ चितवनको पहलमा जिल्ला स्थित होटल व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप लगाईएको छ । होटल व्यवसायी संघ चितवनका सस्थापक अध्यक्ष जिवलाल सापकोटाले संघका उपाध्यक्ष केशव हडखोलेलाई खोप कार्ड हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएको हो । सरकारले सुरक्षा मापदण्ड पुरा गरि होटल संचालनको लागि अनुमति दिए पनि खोपको व्यवस्था हुन नसकेका कारण जोखिम वढेकोले स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयको सहयोगमा होटल व्यवसायीलाई कोरोना विरुद्धको खोप लगाईएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । राज्यले खासै प्राथमिकता नदिएको होटल व्यवसायलाई स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयले खोप उपलव्ध गराएर सहयोग गरेकोमा अध्यक्ष श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो...

    • चितवनका सिसि क्यामेरालाई व्यवस्थित गर्न कार्यदल गठन

      भरतपुर/चितवन जिल्लाको सुरक्षा व्यवस्थालाई चुस्त बनाउंदै सम्भावित अपराधिक घटना हुन नदिन, अनपेक्षित अपराधिक घटना घटेको खण्डमा अपराधि पहिचान गर्नको लागि अहं भूमिका निर्वाह गर्ने सिसि क्यामरा प्रबिधिलाई व्यवस्थित गरिने भएको छ । उद्योग वाणिज्य संघ चितवनको सचिवालयमा मंगलबार वसेको सरोकारवालाहरुको वैठकले उक्त निर्णय गरेको हो । चितवनका विभिन्न स्थानमा सिसि क्यामेरा जडान गर्ने, निजी क्षेत्रका व्यवसायीबाट जडान भएका आफ्नो व्यवसायका क्यामेराको उचित व्यवस्थापन गर्ने, सचेतना फैलाउने लगायतका कार्यहरु गर्ने उद्देश्यले उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष भोजराज कौडालको संयोजकत्वमा सिसिक्यामेरा व्यवस्थापन कार्यदल गठन गरिएको संघका अध्यक्ष राजु श्रेष्ठले बताउनु भयो । उहांले सार्वजनीक निजी साझेदारी अवधारणा बमोजिम व्यवासायीक एवम् जिल्लाको सुरक्षाका...

    • यामाहा रे जेडआर १२५ स्कुटरको माईलेज च्यालेन्ज सम्पन्न

      भरतपुर/चितवनको यामाहा ब्राण्डको आधिकारिक बिक्रेता नविन अटो सेन्टरद्धारा रे जेड आर १२५ स्कुटरको माईलेज च्यालेन्ज विभिन्न मनारेरञ्जनात्मक कार्यक्रमका विच सम्पन्न भएको छ । २५ जना ग्राहकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सुनिल श्रेष्ठ प्रथम, विष्णु देवि शर्मा द्धितीय र दुर्गा सिंह गुरुङ तृतीय हुनु भएको थियो । कार्यक्रममा नविन अटो सन्टरका प्रवन्ध निर्देशक कपिल सागर कर्माचार्यले प्रतियोगितामा विजयीहरुलाई प्रमाणपत्र सहित ट्रफि र विभिन्न पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । नविन अटो सेन्टरले सेल्स, सर्मिस र स्पेयर्स एकै ठाउँवाट ग्राहकमैत्री हिसावले सेवा दिएका कारण चितवनमा लोकप्रिय बन्न पुगेको छ । साथै ग्राहक बर्गको चाहाना अनुसार हरेक महिना विभिन्न अफरहरुसंगै नगद छुट...

    • महालक्ष्मी विकास बैंक लि. र सिद्धार्थनगर सिटी हस्पिटल प्रा. लि बिच सम्झौता

      भरतपुर/महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको अगुवाईमा सिद्धार्थनगर सिटी हस्पिटल प्रा. लि.सँग सोमबार सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउने छन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड र मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले ओपिडि टिकट, ल्याव सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा र इसिजि तथा इको सेवामा अधिकतम १० प्रतिशत छुट प्राप्त गर्नुका साथै बेड चार्जमा ५ प्रतिशत को आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । सम्झौतापत्रमा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल र...

    • बालमाविद् अलम्नाई एशोसिएसनमा पन्त

      भरतपुर/बालमाविद् अलम्नाई एसोसियसनको ३१ औं साधारणसभा तथा ९ औं अधिवेशन शनिबार सम्पन्न भघएको छ । अधिवेशनले सेवन पन्तको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको सदस्यहरुमा सनदकुमार पिया, ऐश्वर्या श्रेष्ठ, राजकुमार श्रेष्ठ (राजन), मदन प्रधान, भरत कुमार आचार्य, रमेश श्रेष्ठ, ज्ञानेन्द्र पौडेल, भरत कुमार श्रेष्ठ, अमृत कुमार श्रेष्ठ चयन हुनु भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा अल्मुनाई एशोसिएसनका सचिव सेवन पन्तले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सनद कुमार पियाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । निर्वाचन सम्पन्न गर्नको लागि चुन नारायण श्रेष्ठको संयोजकत्वमा आश्विन श्रेष्ठ र करुणा गौतम सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको...

    • उवासंघ चितवनको पहलमा व्यवसायीलाई कोरोना विरुद्धको खोप

      भरतपुर/उद्योग वाणिज्य संघ–चितवनको पहलमा शनिबार संघमा आवद्ध व्यवसायीलाइ कोरोना विरुद्धको खोप लगाइएको छ । संघको परिसरमा ११ सय व्यवसायीलाई कोरोना खोप लगाएको हो । कोरोना खोप कार्यक्रमको पहिलो चरणको कार्यक्रमलाई समापन गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले कोभिडको प्रकोप शुरु भए पश्चात निजी क्षेत्रले राहत वितरण लगायतका क्रियाकलापमा अग्रभागमा रहि काम गर्दै आएको बताउदै हाल मात्र संघमा आवद्ध सदस्यलाई कोरोना खोप लगाउन सफल भएको बताउनु भयो । कार्यक्रममा उहांले भरतपुर महानगरपालिका प्रमुख, महानगरपालिका कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा खोप लगाउन सम्भव भएको बताउंदै भरतपुर महानगरपालिका र जनस्वास्थ्य कार्यालय चितवन प्रति हार्दिक आभार व्यक्त गर्नुभयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले संघका...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल