• भरतपुरले सिकायो पाठ: अब मतगणनामा एक जनामात्र प्रतिनिधि

      २८ असार, काठमाडौं । निर्वाचनको मतगणना भइरहेको स्थानमा अब निर्वाचनको काममा खटिएका कर्मचारीबाहेक राजनीतिक दलका तर्फबाट उम्मेदवारको एक मात्र प्रतिनिधिले प्रवेश पाउने भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा उम्मेदवार वा निजले तोकेको एक जना प्रतिनिधि मात्र मतगणना स्थानमा जान पाउने व्यवस्था प्रस्ताव गरेपछि यो अवस्था आएको हो । यसअघि निर्वाचन अधिकृतले अनुमति दिएको अवस्थामा एकभन्दा बढी जनप्रतिनिधि जान पाउने व्यवस्था थियो । तर, संख्या तोकिएको थिएन । मतगणना स्थलमा उम्मेदवारका प्रतिनिधिकै कारण पहिलो चरणको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटना सेलाउन नपाउँदै सरकारले संसद्मा दर्ता गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा यस्तो व्यवस्था गरिएको आजको गोरखापत्र दैनिकमा खबर...

    • उपत्यका बाहिरबाट आउने गाडी चक्रपथ बाहिरैः गृहमन्त्री शर्मा

      काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौं उपत्यकामा देखिएको ट्राफिक जाम अन्त्य गर्ने प्रयत्न भइरहेको बताएका छन् । १५ दिनभित्र बिस्तृत योजना बनाउने र २-३ महिनाभित्र परिणाम देखाउने उनले घोषणा गरे । आइतबार ब्यवस्थापिका संसदमा बिनियोजन विधेयक ०७४ बारे गृह मन्त्रालयसँग सम्वन्धित विषयहरुमा जवाफ दिँदै मन्त्री शर्माले भने, ‘ट्राफिक जामको समस्या समाधानका लागि सरोकारवाला निकायहरुसँगको छलफलपछि काठमाडौं महानगरका कार्यकारीको संयोजकत्वमा एउटा कमिटी गठन गरेर ब्यवस्थित प्लान निर्माण गर्ने कार्य भइरहेको छ, १५ दिनभित्र प्लान तयार गरेर २-३ महिनाभित्र रिजल्ट आउनेगरी काम गर्नका लागि प्रक्रिया अगाडि बढेको छ ।’ जाम हटाउने उपायको विषयमा ट्राफिक प्रहरी प्रमुख मिङ्मार लामासँग आइतबार पनि...

    • मुसा लाग्ने कभर्ड हल भित्र ४४ दिनदेखि प्रहरी घेरामा ‘मतपत्र’

        मतपत्र के भएको छ भनेर प्रहरीले बाहिरबाट मात्र हेर्छन्, भरतपुर महानगरपालिका मत गणना प्रकरण असार २६, २०७४- मध्यरातमा मतपत्र च्यातिएसँगै भरतपुर महानगरपालिकाका गणना सकिएका र गन्न बाँकी मतपत्र ४४ दिनदेखि प्रहरी घेरामा छन् । यस प्रकरणमाथिको मुद्दामा सर्वोच्चको सुनुवाइ सर्दै गएकाले अब के गरिने हो भन्ने अन्योल झन्झन् बढदै गएको छ । गणना हुने हो वा पुन: मतदान भन्नेबारे कुनै टुंगो लाग्न सकेको छैन । सोमबार हुने भनिएको सुनुवाइलाई सर्वोच्चले फेरि साउन २ का लागि सारेको छ । जेठ १४ गते राति गणनाकै क्रममा माओवादी केन्द्रका प्रतिनिधिद्वारा मतपत्र च्यातिँदा वडा नम्बर १९ र २० को मत गन्न बाँकी...

    • ‘१६ करोडको गाडी किन्ने’ प्रकरणमा देउवाले संसदमा दिए यस्तो जवाफ

      काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि १६ करोडको गाडी किन्ने प्रस्ताव नआएको स्पष्ट पारेका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकमा प्रधानमन्त्री देउवाले बाहिर आएजस्तो १६ करोडको गाडी किन्ने प्रस्ताव नआएको बताएका हुन् । तर उनले महंगो गाडीको प्रस्ताव नआएपनि राष्ट्रपतिको पदको गरिमा र सुरक्षाको सही व्यवस्थापन गर्नुपर्ने भएकाले राष्ट्रपतिले चढ्ने गाडी राम्रो र सुरक्षित हुनुपर्ने तर्क गरे । बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले राष्ट्रपति विद्या भण्डारीका लागि १६ करोडको गाडी किन्ने र सिंहदरबारभित्र १० करोड लागतमा फोहर व्यवस्थापन आयोजना बनाउन लागेको बारे जवाफ मागेका थिए । प्रधानमन्त्री देउवाले सिंहदरबारभित्र त्यस्तो केही बन्न नलागेको पनि स्पष्ट पारे । अर्को प्रसंगमा देउवाले...

    • बङ्लादेश सँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपालको शान्दार जित

      २७ असार, काठमाडौं । नेपाली अण्डर- २३ राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा बंगलादेशको युवा टोलीलार्इ पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सुपरस्टर स्ट्राइकर बिमल घर्तीमगरको गोलको सहयोगमा नेपाली युवा टोली एक शून्य गोलले विजयी भयो । खेल सुरू भएको २०अाैं मिनेटमा मिडफिल्डर अञ्जन विष्टको क्रसलार्इ सदुपयोग गरी कप्तान तथा स्ट्राइकर विमलले उत्कृष्ठ गोल गरे । एएफसी अण्डर- २३ च्याम्पियनसिप छनाैटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको हो । पहिलो हाफमा गोल गरेपनि नेपालको खेल स्तरीय भने थिएन । खेलपछिको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक राजुकाजी शाक्यले ४-५-१ को फर्म्याटमा पहिलोपटक खेलाइएकाले खेलाडीहरू अा-अाफ्नो पोजिसनमा...

    • डा. अनिल भट्टराईः जसले नेपालमै सम्भव बनाए काखीमा प्वाल पारेर मुटुको शल्यक्रिया

      २७ असार काठमाडौं । मुटुको शल्यचिकित्सामा छोटो समयमै ख्याति कमाएको नाम हो, डा. अनिल भट्टराई । नेपालमा रहेका अन्तर्राष्ट्रियस्तरका थोरै डाक्टरहरुको सूचीमा उनलाई राख्न कञ्जुस्याई गर्नु पर्दैन । डा. भट्टराई काखीमुनी प्वाल पारेर मुटुको शल्यक्रिया गर्ने नेपालका पहिलो र सम्भवत एक मात्र डाक्टर हुन् । कार्डियोभास्कुलर सर्जरीमा विद्यावारिधि गरेका उनलाई नयाँ प्रविधिमा काम गरेवापत सन् २०११ अक्टोबरमा पोर्चुगलमा आयोजित युरोपियन कांग्रेसमा ‘फ्रान्सिस फन्टान’ नामक अन्तर्राष्ट्रिय पुरस्कार समेत प्रदान गरिएको थियो । विदेशमा अध्ययन, नेपालमा सेवा पर्वतको तिलाहार गाविसमा जन्मेका भट्टराईले एसएलसी पछिको सम्पूर्ण शिक्षा र तालिम विदेशमै पूरा गरे । सन् १९९४ मा एमबिबिएस पढ्न उनी रुस पुगे ।...

    • मुख्यसचिवबाट राजीनामा नदिई एडीबीको जागिर खान गए सुवेदी

      २७ असार, काठमाडौं । नेपालमा निकै अनौठा खालका राजनीतिक घटना हुने गरेका छन् । यही सिलसिलालाई निरन्तरता दिँदै नेपाल सरकारका बहालवाला मुख्यसचिव सोमलाल सुवेदी पदबाट राजीनामै नदिई एसियाली विकास बैंक (एडीबी)को जागिर खान विदेशिने भएका छन् । एडीबीको जागिरका लागि फिलिपिन्सको मनिला जान लागेका मुख्यसचिव सुवेदी राजीनामा नदिई मंगलबार सिंहदरबारबाट विदा भएका छन् । सुवेदीको अनुपस्थितिमा केदारबहादुर अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मा दिइएको छ । गत ०७२ साल साउन २० गते मुख्यसचिव भएका सुवेदीको कार्यकाल ०७५ सालसम्म छ । तर, उनी काज मिलाएर एडीबीको उपकार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्न फिलिपिन्सको मनिला जान लागेका हुन् । सुवेदी साउन १ गतेदेखि एडीबी कार्यालयमा...

    • भरतपुर प्रकरणमा सर्वोच्च अदालतले गर्यो यस्तो निर्णय

      काठमाडौं, २६ असार । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गर्ने नगर्ने बारेको सुनुवाई मिति फेरि सरेको छ । सोमबारका लागि सर्वोच्च अदालतमा न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा सुनुवाईका लागि पेशी तोकिएपनि सुनुवाई साउन २ गतेका लागि सारिएको सर्वोच्चले जनाएको छ । यसअघि पटकपटक पेशी तोकिए पनि सर्वोच्चले फैसला गर्न नसक्दा भरतपुरमा अन्यौल बढेको छ । भरतपुरमा विजयी २७ वटा वडाका प्रतिनिधिले सपथ ग्रहण गर्न पाएका छैनन् भने मतदान हुने कि गणनालाई निरन्तरता दिने भन्ने टुंगो नलाग्दा भरतपुर बासिन्दा दिक्क भएका छन् । वैशाख ३१ गते भएको मतदानको गणना भइरहेका बेला प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले...

    • सप्तरीका बाढीपीडितलाई रु २५ हजार राहत दिने सरकारको निर्णय

        सन्दीप पोखरेल चितवन सरकारले सप्तरीका बाढीपीडितको टहरा निर्माण र जस्तापाता खरिदका लागि तत्काल प्रतिपरिवार रु २५ हजार राहत दिने निर्णय गरेको छ । सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा सोमबार बसेको मन्त्रिपरिद्को बैठकले टहरा निर्माणका लागि रु १५ हजार र जस्तापाता खरिदका लागि रु १० हजार गरी कुल रु २५ हजार राहत दिने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की जानकारी दिए । सप्तरीका विभिन्न खोला र नदीमा आएको बाढीबाट प्रभावित एवम् विस्थापित क्षेत्रको स्थलगत निरीक्षणपछि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितलाई रु २५ हजार राहत उपलब्ध गराउने तथा उनीहरुको बसोबासको व्यवस्था गर्न रु १५ लाखसम्म सहुलियत ऋणको व्यवस्था गर्ने प्रतिवद्धता घोषणा...

    • राष्ट्रपतिलाई कार किन्न १६ करोड माग

        राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसँग १६ करोड रुपैयाँ माग गरेको छ । त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलबध गराउने भने पनि राष्ट्रपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रलायसँग थप १२ करोड रुपैपाँ मागेको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। राष्ट्रपति कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो। सेनाको प्रारम्भीक अनुमान अनुसार गाडी किन्न १८ करोड रूपैयाँ चाहिन्छ। सेनाले केही कार उत्पादन गर्ने कम्पनीसँग गरेको प्रारम्भिक छलफलका आधारमा यो निषकर्ष निकालेको हो। ‘राष्ट्रपति कार्यालयल रक्षा मन्त्रालयबाट आएको चार करोड रूपैयाँको प्रतिवद्धता कार...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल