• मौलाकालिका मन्दिर क्षेत्रमा वृक्षारोपण

      भरतपुर/“रुख रोपौ पृथ्बी बचाऔं” भन्ने नारालाई आत्मसाथ गर्दै लायन्स क्लब अफ चितवन चौतारीले शनिबार धार्मिक पर्यटकिय स्थल मौलाकालिका मन्दिर गैडाकोट परिसरमा बृक्षारोपण कार्य सम्पन्न गरेको छ । क्लबले बिभिन्न औषधिय प्रजातीका १६० बिरुवा रोपेको हो । बृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि गैडाकोट नगरपालिका वडा नं १ का अध्यक्ष हरिप्रसाद सापकोटाले बिरुवा रोपेर मात्र कर्तब्य पुरा नहुने भन्दै ति बिरुवा हुर्काउन पनि उतिकै ध्यान दिन जरुरी भएको बताउनुभयो । वडा अध्यक्ष सापकोटाले रहरले बिरुवा रोप्ने तर स्याहार सुसार नगर्ने प्रबित्तिले गर्दा रोपियका बिरुवा हर्कन नसकेको तर्फ लायन्सकर्मीहरुको ध्यानाकर्षण गराउनुभएको थियो । आज रोपिएका सबै बिरुवाहरु औषधिय गुणका भएकाले...

    • लायन्स क्लब अफ पोखरा डल्फिनको स्थापना दिवसमा वृक्षारोपण

      पोखरा/ लायन्स क्लब अफ पोखरा डल्फिनको स्थापना दिवसमा जयकोट सामुदायिक वन, कार्की डाँडाको फेदीमा विभिन्न १२ प्रजातिका फलफुलको विरुवा रोपिएको छ । कार्यक्रममा प्रमुख आतिथिको रुपमा पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष राम बहादुर कार्की, विशेष अतिथि कलस्टर प्रमुख ऋषि गिरी, अतिथिहरु सितलादेवी सामुदायिक मा. वि.का व्यवस्थापन समितिका अध्यक्ष टिका बहादुर कार्की, जयकोट सामुदायिक वनका अध्यक्ष शिव बहादुर कार्की र डिष्टिक पिआरओ गोविन्द बहादुर शाही, क्लबका संथापक अध्यक्ष रामबहादुर बल्कोटी र रिजन चेयर पर्सन तिलक तिवारी रहनु भएको थियो । सो कार्यक्रममा बाँकी रहेका फलफुलका विरुवाहरु जयकोट सामुदायिक वनका अध्यक्षलाई हस्तान्तर गरिएको थियो । सोहि कार्यक्रममा गत...

    • अधिकारीद्धारा पत्रकार पराजुली र रिजालको पुस्तक महासंघलाई हस्तान्तरण

      भरतपुर/नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष एबं नेपाल प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष नारायण प्रसाद अधिकारीले पत्रकार बसन्त पराजुली र विनोदबाबु रिजालद्धारा लिखित पुस्तक पत्रकार महासंघलाई हस्तान्तरण गर्नु भएको छ । अधिकारीले पराजुलीद्धारा लिखित “कुमाता” र रिजालद्धारा लिखित “एकान्तबास” पुस्तक दश÷दश थान महासंघका अध्यक्ष राधेश्याम खतिवाडालाई हस्तान्तरण गर्नु भएको हो । आफ्नो कान्छो छोरा साकार अधिकारीको जन्मोत्सबको अबसर पारि ती किताबहरु हस्तान्तरण गर्नु भएको हो । अधिकारीले भन्नुभयो “पुस्तक लेखक पत्रकारहरुलाई उर्जा मिलोस भनेर मैले छोराको जन्मदिनको अबसरमा संकल्प गरि महासंघलाई पुस्तक हस्तान्तरण गरेको हुँ ।” पुस्तक नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण गिरी सहितको उपस्थितिमा पुस्तक हस्तान्तरण गरिएको हो...

    • रोटरी र रोट्याक्टको रक्तदान

      भरतपुर। मेडिकल सिटीको रुपमा विकसित चितवनमा देखिएको रगत अभावलाई कम गर्न शनिबार भरतपुरमा रक्तदान कार्यक्रम गरिएको छ । रोटरी क्लव अफ नारायणी मिट टाउनको आयोजना तथा रोट्याक्ट क्लब अफ नारायणी मिट टाउनको सह आयोजनामा भएको रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन् । जसमध्ये ८६ जना पुरुष र १६ जना महिला रहेका छन । रोटरी क्लब अफ नारायणी मिट टाउनका अध्यक्ष यामनाथ दनैको आतिथ्यतामा भएको कार्यक्रमको संयोजकमा आकाश पौडेल रहनु भएको थियो । पौडेलले सुरुमा रगत दिएर कार्यक्रमको सुरुवात गर्नुभएको हो । कार्यक्रममा रोट्याक क्लव अफ नारायणी मिट टाउनका अध्यक्ष तेज बहादुर रानाभाट, रोटरी क्लब अफ नारायणी मिट टाउनका...

    • नारायणी सेन्ट्रलको नयांँ कार्यसमिति गठन

      भरतपुर । लायन्स क्लब अफ नारायणी सेन्ट्रलको नयांँ कार्य समिति गठन भएको छ । लायनबर्ष २०२०/ २१ को २१ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो । भरतपुरमा बसेको क्लबको बैठकले अध्यक्ष पदमा कृष्ण लामालाई चयन गरेको छ । क्लबको प्रथम उपाध्यक्षमा राम प्रसाद शर्मा, द्धितीय उपाध्यक्षमा अनन्तराज अधिकारी चयन भएका छन । यसैगरी क्लबको सचिवमा लाल बहादुर भण्डारी र कोषाध्यक्षमा समिक तामाङ्ग चयन भएका छन । बांँकी अन्य १६ जना सदस्यमा चयन गरिएको क्लबका संस्थापक अध्यक्ष डासीराम ढकालले जानकारी दिए । विगत १० बर्षअघि स्थापना भएको उक्त क्लबले चितवन र नवलपरासीका विभिन्न क्षेत्रहरुलाई आधार क्षेत्र बनाएर काम गर्दै आएको...

    • चिकित्सक संघ चितवनमा सेढाई

      भरतपुर/चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघ चितवन शाखाको नेतृत्व सर्वसम्मतीले चयन भएको छ । नेतृत्वका लागी उम्मेदवारी घोषणा गरेका समूहलाई सहमत गराएर नारायणी सामुदायीक अस्पतालका डा. लोकबहादुर सेँढाइ निर्विरोध अध्यक्ष हुनुभएको छ । उहाँको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएको छ । नेतृत्वका लागी प्रजातान्त्रिक प्यानल र प्रगतिशील प्यानल खडा भएका थिए । दुई समूहबीच सहमति गराइएको हो । प्रगतिशील प्यानलबाट पुरानो मेडिकल कलेजका डा. सुरेश पाण्डेको नेतृत्वमा टोली खडा भएको थियो । त्यस्तै अध्यक्षका लागी उम्मेदवार घोषणा गरेका क्यान्सर अस्पतालका पूर्व कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । अध्यक्ष सहित आठ जना प्रजातन्त्रबादी प्यानल...

    • महिला सहकारीलाई भरतपुर महानगरको कम्प्युटर सहयोग

      भरतपुर/भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७६÷०७७ को कार्यक्रम अन्तरगत महानगरपालिका भित्र सञ्चालीत महिला सहकारीलाई कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले मंगलबार महानगर भित्रका सात वटा सहकारी संस्थालाई कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण गर्नुभएको हो । महिला सहकारीहरुको क्षमता अभिवृद्धिमा टेवा पुगोस् भन्ने उद्देश्यले कम्प्युटर तथा प्रिन्टर प्रदान गरिएको नगर प्रमुख दाहालले बताउनुभयो । महानगरपालिकामा नगर प्रमुख तथा उपप्रमुख दुवै जना महिला भएकाले महिलाहरुको जीवनस्तर उकास्न तथा रोजगारी सिर्जना गर्न आफूहरु सधैँ तत्पर रहेको दाहालको भनाइ छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले महिला सहकारीहरुको...

    • संविधान संशोधनमा राजपाले अचानक लियो कसैले नसोचेको निर्णय, देउवा–प्रचण्ड खुसी

      काठमाडौं । दुई तिहाई बहुमत नपुग्ने भएपछि संविधान संशोधन विधेयक अघि नबढाइने भएको छ । अब राजपाका अन्य मागहरुलाई सम्बोधन गरेर उसलाई चुनावमा ल्याउने गृहकार्यमा सरकार जुटेको छ । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तार रोकेर संशोधन विधेयक अघि बढाउने गृहकार्य थालेका थिए । तर, प्रमुख विपक्षी एमालेले सहमति जनाएन । र, राप्रपाको अन्तरविरोध पनि हल भएन, जसले गर्दा संविधान संशोधन प्रस्तावमा दुई तिहाई बहुमत नपुग्ने अवस्था देखियो । यही अवस्थामा संशोधन विधेयकलाई संसदमा निणयार्थ पेश गर्दा राप्रपाकै केही सांसदले भोट नहाल्ने र फेल हुने अवस्था रहेको सत्तारुढ दलका नेताहरुले बताएका छन् । मंगलबार साँझ राष्ट्रिय जनता पार्टीका...

    • नेपाल रास्ट्र बैंक द्वारा आव २०७४/७५ को मौद्रिक नीति सार्वजानिक

      काठमाडौं, असार २५ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले राजधानीको लाजिम्पाटस्थित होटेल र्याडिसनबाट उक्त नीति सार्वजनिक गरेका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम आर्थिक वर्ष २०५९/६० देखि सार्वजनिक गर्न थालिएको वार्षिक मौद्रिक नीतिको यो १६ औं श्रृंखला हो । के छ मौद्रिक नीतिमा, हेरौं हाइलाइट्समा मुद्रास्फिीतिलाई ७ प्रतिशतमा कायम राख्ने आर्थिक वर्ष २०७४/७५ का लागि नेपाल सरकारले तय गरेको ७.२ प्रतिशतको आर्थिक वृद्धिदरलाई सहयोग पु¥याउने गरी आवश्यक तरलता व्यवस्थापन गरिने विश्व अर्थतन्त्र, स्थानीय तहको निर्वाचन, नेपाल सरकारको वार्षिक बजेट,...

    • जर्मनीले भनेको चन्द्र शमशेरले मानेको भए आज भारत नेपालीको कन्ट्रोलमा हुन्थ्यो

      इतिहासविद प्राध्यापक डा.नारायणप्रसाद संग्रौला लेख्छन्, ‘पहिलो विश्वयुद्धमा नेपालको बेलायतसँगको सहभागितालाई लिएर जर्मनी निकै रिसाएको थियो । नेपालसँग परम्परागत शत्रुका रुपमा रहेको बेलायतसँगै टाँसिएको देखेर जर्मनीका तत्कालीन प्रधानमन्त्री र भारतका अंग्रेज विरोधी नेताहरुले नै नेपालका राजालाई अंग्रेज भगाउ आन्दोलनको नेतृत्व लिन आग्रह गरे । तर त्यसबेलाका नेपालका प्रधानमन्त्री चन्द्रशम्शेरले भने त्यसको साटो अंग्रेजहरुको गुलामी गरिरहे र उल्टै बेलायतको पक्षमा जर्मनीको जासुसी गरिरहे । भारतीय स्वतन्त्रता संग्रामका नेता महेन्द्र प्रतापले बेलायतको साटो जर्मनीको पक्षमा गोर्खा सेनाहरु विश्वयुद्धमा सहभागी गराउन आग्रह गरेका थिए तर नेपालले वास्ता गरेन । सन् १९८८ मा जर्मनी, अष्ट्रिया र इटली एकातर्फ र बेलायत, फ्रान्स र रुसको अर्कोतर्फ भएको...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल