• आख्यानकार पराजुली र लाठ पुरस्कृत हुँदै

      भरतपुर/चितवन साहित्य परिषद्ले स्थापना गरेको ’चिसाप राजकृष्ण कंडेल साहित्य पुरस्कार २०७६’ आख्यानकारद्वय वसन्त पराजुली र गणेशप्रसाद लाठलाई संयुक्तरूपमा प्रदान गरिने भएको छ । चितवनका कथाकार पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ र वीरगञ्जका उपन्यासकार लाठको उपन्यास ’अघटित’ लाई उक्त पुरस्कार दिने निर्णय भएको चितवन साहित्य परिषद्ले जनाएको छ । परिषद्का पूर्व अध्यक्ष साहित्यकार स्व. राजकृष्ण कंडेलको स्मृतिमा उहाँका परिवारजनद्वारा परिषदले वितरण गर्नेगरी स्थापना गरिएको उक्त पुरस्कारको राशि रु १५ हजार ४५ रुपैयाँ र सम्मानपत्र रहेको परिषद्ले जनाइएको छ । परिषदका अध्यक्ष सुरेन्द्र अस्फलको अध्यक्षतामा परिषद् भवनमा बुधबार साँझ बसेको बैठकले सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यसअघि उक्त पुरस्कार डिल्लीराम...

    • लायन्स क्लव पोखरा डल्फिनद्धारा खाद्यन्न वितरण

      पोखरा/लायन्स क्लब अफ पोखरा डल्फिनले नेपालमा लायन्स क्लबको स्थापनाको ५० औं बर्ष (स्वर्ण जयन्ती) को अवसरमा आइतबार पोखरा २० हरिहर गुफा सन्यास आश्रममा १८ जना वृद्ध सन्यासी तथा बटुकहरुलाई खाद्यान्न बिरतण गरेको छ । उक्त कार्यक्रममा आश्रममा आवश्यक खाद्यन्न चामल, दाल, तेल, मसला, नुन, विस्कुट, चाउचाउ तथा साबुन जस्ता सामाग्री आश्रमका श्री १०८ स्वामी तुरियानन्द गिरी र उपाध्यक्ष अर्जुन बहादुर क्षेत्रीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा कलस्टर प्रमुख ऋषि गिरी प्रमुख अतिथि रहनु भएको थियो भने रिजन चेयर पर्सन तिलक तिवारी विशेष अतिथि रहनु भएको थियो । क्लबका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष पदमलाल...

    • रोटरी करुणालयमा वृक्षारोपण

      भरतपुर/रोटरी क्लव अफ चितवनको आयोजनामा पवित्र धार्मिकस्थल देवघाट स्थित रोटरी करुणालयमा शनिबार वृक्षारोपण गरिएको छ । रोटरी क्लव अफ चितवनको संरक्षकत्वमा संचालित उक्त रोटरी करुणालयमा कोभिड १९ को संक्रमणको कारण सिमित सहभागिताबाट रुद्राक्ष, रक्त चन्दन, भोगटे, जामुन, श्रीखण्डलगायतका ३० वटा विरुवा रोपिएको रोटरी क्लव अफ चितवनका पब्लिक इमेज डाइरेक्टर दिनेश कुमार चुकेले जानकारी दिनुभयो । वृक्षारोपण कार्यक्रममा रोटरी क्लव अफ चितवनका अध्यक्ष रोशन पिया, सचीव रामचन्द्र अधिकारी, पब्लिक इमेज डाइरेक्टर दिनेश कुमार चुके, रोटरी करुणालायका सचीव हरि पन्त, बृक्षारोपण कार्यक्रमका संयोजक ओम गौचन, गोपाल भट्टराई, रोशन खरेल, मनोज बर्णवाल, स्पाउस क्लबका निबर्तमान अध्यक्ष योगिता पियालगायतको उपस्थिति रहेको थियो ।

    • रोटरी करुणालयमा निशुल्क स्वास्थ्य शिविर

      भरतपुर/रोट्रयाक्ट क्लब अफ चितवनको आयोजनामा भरतपुर १ देवघाट स्थित रोटरी करुणालय वृद्धाआश्रममा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । क्लबका अध्यक्ष रोशन खरेलले अध्यक्षता गर्नुभएको कार्यक्रमको प्रमुख अथिति चितवन रोटरी क्लबका पूर्व अध्यक्ष तथा रोटरी करुणालयका अध्यक्ष चन्द्रमान श्रेष्ठ रहनुभएको थियो । प्रमुख अथिति चन्द्रमान श्रेष्ठको स्वास्थ्य परीक्षण गरी सुरुवात गरिएको कार्यक्रममा करुणालयमा आश्रित सबै ३५ जना वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण गरी उहाँहरु लाई आवश्यक औषधि निःशुल्क वितरण गरिएको क्लबकी उपाध्यक्ष प्रभा गुरुङले जानकारी दिनुभयो । सह सचिव निशा रेग्मीले सञ्चालन गर्नुभएको कार्यक्रमको संयोजन कम्युनिटी सर्भिस डिरेक्टर विक्रम शाहले गर्नु भएको थियो ।

    • चितवन रोटरीको पद हस्तान्तरण कार्यक्रम

      सन्तोष देवकोटा भरतपुर/रोटरी क्लव अफ चितवनको २९ औं पद हस्तान्तरण कार्यक्रम शुक्रबार भरतपुरमा सम्पन्न भएको छ । कार्यक्रममा रोटरी क्लव अफ चितवनका रोटरी वर्ष सन् २०१९/२० का अध्यक्ष राजु पौडेलले रोटरी वर्ष २०२०/२१ का अध्यक्ष रोशन पियालाई पद हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा विगत एक वर्षमा भएका कामको वारेमा समिक्षा गरिएको थियो भने निवर्तमान अध्यक्ष राजु पौडेलले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पुर्णलाई मायाको चिनो सहित सम्मान गर्नु भएको थियो । सोहि अवसरमा रोशन पिया नेतृत्वको नयाँ कार्यसमितिलाई स्वागत एवं वधाई ज्ञापन गरिएको थियो । रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर राजिव पोखरेल प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रममा...

    • व्यवस्थापन समिति गठनको विरोधमा चितवन माविमा ताला, विरोधको तुक छैन– अध्यक्ष भण्डारी

      सन्तोष देवकोटा भरतपुर/चितवनको पुरानो विद्यालयको रुपमा लिईएको चितवन माध्यमिक विद्यालय फेरि यतिवेला विवादमा आएको छ । कहिले जग्गा तथा व्यवसायिक भवनको विवाद त कहिले कर्मचारीको विवादले चर्चामा आउने गरेको उक्त विद्यालय पछिल्लो समय विद्यालय व्यवस्थापन समिति गठनको विषयमा विवादमा आएको हो । विगत लामो समय देखि जिल्ला स्थित राजनीतिक दलका आपसि समझदारीको आधारमा काँग्रेस निकटका व्यक्तिहरु अध्यक्ष हुँदै आएको उक्त विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष परिवर्तन भएसंगै विवाद वाहिर आएको हो । उक्त विद्यालयको विद्यालय व्यवस्थापन समितिको यहि साउन १ गते म्याद सकिएको थियो । लकडाउन खुले पनि गोष्ठि, सभा, समारोह गर्न नपाईने सरकारको निर्णय भएको हुँदा भरतपुर महानगरपालिका...

    • उत्कृष्ट कार्य गर्ने ट्राफिक प्रहरी पुरस्कृत

      भरतपुर/वागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले चितवनका उत्कृष्ठ काम गर्ने ट्राफिक प्रहरीलाई सम्मान तथा पुरस्कृत गरेको छ । कार्यलयले एक प्रहरी निरीक्षकसहित ८ जनालाई सम्मानित तथा पुरस्कृत गरेको हो । एक बर्ष भित्र चितवनको ट्राफिक कार्यालय मातहत रहि उत्कृष्ट कार्य गरेका प्रहरी निरीक्षक दयाकृष्ण भटट्सहित प्रहरी नायब निरीक्षक कृष्णबहादुर ठकुरी, प्रहरी सहायक निरीक्षक ईन्द्रबहादुर घिसिङ र प्रहरी हबल्दार हरेराम खतिवडा प्रशंसापत्र सहित र प्रहरी हबल्दार माधव खतिवडा र बाबुराम न्यौपाने, प्रहरी जवानहरु रमेशदत्त भट्ट र अर्जुन अधिकारी नगद पुरस्कार सहित सम्मानित भएका हुन् । चितवन एक बर्ष भरि ट्राफिक सचेतना, दुर्घटना न्यूनिकरणको क्षेत्रमा कोरोना कहर विच उत्कृष्ट कार्य गरेको...

    • भरतपुर ८ का डुवान क्षेत्रको निरिक्षण

      खेमराज ढकाल भरतपुर/पछिल्लो समय मुलुकभर मनसुन सक्रिय भएको छ । मनसुन सक्रिय भएसंगै लगातारको अविरल बर्षाका कारण मुलुकका पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुवानको समस्या छ । सोहि क्रममा डुवानमा परेका भरतपुर ८ का विभिन्न स्थानको मंगलबार वडाध्यक्ष दामोदर न्यौपानेको अगुवाईमा स्थलगत निरिक्षण भएको छ । विगत तीनदिन देखि लगातार परेको वर्षाका कारण वडाका विभिन्न स्थान डुवानमा परेका छन् । अबिरल बर्षाका कारण बरुवा, पारसनगरका लगायतका क्षेत्रमा करिव १० बिगाहा क्षेत्रफलमा लगाएको धानखेतीमा क्षति पुगेको छ भने केरुङ्गाघोलको ड्रेन भत्किएका कारण केरुङ्गा लाईनको टोलमा आवतजावत गर्नमा समस्या परेको छ । बर्षाले नहरका कल्भर्टहरुमा समेत क्षति पुगेको वडाध्यक्ष न्यौपानेले...

    • सडक डिभाइडरमा वृक्षरोपण

      भरतपुर/भरतपुरको मुख्य बजार क्षेत्र नारायणगढको लायन्सचोकदेखि सहिदचोकसम्मको सडक डिभाइडरमा वृक्षरोपण गरिएको छ । भरतपुर महानगरपालिका, लायन्स क्लब अफ नारायणगढ बालकुमारी र एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सो डिभाइडरमा वृक्षरोपण गरिएको हो । वृक्षरोपण कार्यक्रममा आयोजक मध्येको एउटा संस्था भरतपुर महानगरपालिका भने अनुपस्थित रहेको थियो । अन्य संस्थाहरुको आयोजनामा हुने उद्घाटन र आसनग्रहणमा सहभागिता जनाउने भरतपुर महानगरपालिका लायन्सचोकमा आयोजना गरिएको वृक्षरोपणमा भने सहभागी भएन । आफै आयोजक रहेको संस्थाले कार्यक्रममा सहभागिता नजनाउँदा अन्य सहभागीहरु भने दुखि भएका छन् । अन्य ठाउँमा रिबन काट्न र भाषण गर्न पुग्ने महानगरपालिका आफ्नै आयोजनामा भएको वृक्षरोपण कार्यक्रममा नआउनु दुखद भएको उनीहरुको...

    • कुमाता माथि पाठक समिक्षा

      भरतपुर/पत्रकार तथा कथाकार वसन्त पराजुलीको कुमाता कथासंग्रह माथि शनिवार एक कार्यक्रम गरि पाठक समिक्षा गरियो । कार्यक्रममा वोल्ने बक्ताहरुले कृति माथि समिक्षा गर्दै कुमाता कथासंग्रहले समाजमा हुने यौन जन्य विकृतिहरु उजागर गरेको धारणा ब्यक्त गरे । महिलाको यौन मनोविज्ञानमा आधारित रहेर प्रकाशित भएको कुमाता कथासंग्रह सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानमा केन्द्रित रेहेको बक्ताहरुले औल्याए । कार्यक्रममा वोल्दै साहित्यकार तथा चितवन साहित्य परिषदका पूर्व अध्यक्ष गायत्री श्रेष्ठले नारी प्रेम, करुणा र शक्तिसगै उग्रचण्डी पनि भएको बताउनुभयो । कुमाता कथासग्रह भित्र रहेका कथाहरुको भाषा सरलता, नारी संवेदनशिलताका पक्षमा जोडका साथ उठेको भनाई उहाँको छ । यस्तै महिला अधिकारकर्मी मिना खरेलले...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल