• क्याम्पाचौर सफाई अभियान जारी, मिनी स्टेडियमको रुपमा विकास गर्ने तयारी

      सन्तोष देवकोटा २०७७ भाद्र १० गते भरतपुर/खेलकुद लगायतका विभिन्न कार्यक्रम हुने नारायणगढ वजारको विचमा रहेको क्याम्पाचौर सफाई अभियान जारी छ । कोरोना संक्रमण नियन्त्रण गर्न जारी लकडाउनको कारण वालकुमारी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको क्याम्पाचौर प्रयोग विहीन भएपछि झाडिको रुपमा परिणत भएको थियो । क्याम्पाचौरको अस्तित्व जोगाउनको लागि जोरकुसुम पार्क संरक्षण समिति अन्तरगत सफाई अभियान सुरु गरिएको समितिका सल्लाहकार सुधिर श्रेष्ठले जानकारी दिनुभयो । अफु खेलेर हुर्किएको चौर झाडिको रुपमा परिणत भएपछि चिन्ता लागेर स्थानीय साथीहरुको सहयोगमा सफाई अभियान सुरु गरिएको जानकारी दिँदै श्रेष्ठले जोरकुसुम पार्क संरक्षण समितिको सफाई गर्ने मेसिन प्रयोग गरिएको जानकारी दिनुभयो । मेसिन प्रयोगमा लाग्ने इन्धन...

    • चितवन रोटरीद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

      भरतपुर/रोटरी क्लव अफ चितवनले एक कार्यक्रमका बिच पुरानो मेडिकल कलेजमा कार्यरत इन्ट्रन डाक्टरहरुको लागि कोरोना संक्रमणवाट सुरक्षित रहन सास्थ्य सामाग्री (फेससिल्ड र माक्स) हस्तान्तरण गरेको छ । चितवनमा वढ्दै गएको कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्ने उदेश्यले रोटरी क्लव अफ चितवन, रोट्याक्ट क्लव अफ चितवन र क्रिएटिङ म्यालुले संयुक्त रुपमा फ्रन्टलाईनमा वसेर काम गर्ने डाक्टरहरुलाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा रोटरी क्लव अफ चितवनका अध्यक्ष रोशन पियाले पुरानो मेडिकल कलेजका एडिसनल डाइरेक्टर मनोहर प्रधानलाई हस्तान्तरण गर्नु भएको हो ।

    • चितवन रोटरी र पुरानो मेडिकल कलेज बिच एम.ओ.यु. संझौता

      भरतपुर/रोटरी क्लव अफ चितवन र भरतपुर स्थित पुरानो मेडिकल कलेजको विचमा मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ (एम. ओ. यु.) संझौता भएको छ । रोटरी वर्ष २०२०/२०२१ मा स्वास्थ्य संवन्धि विभिन्न काम गर्ने गरि एमओयु संझौता भएको हो । हरेक तिन/तिन महिनामा ओरल हेल्थ क्याम्प र वर्षमा एक पटक वृहत डेण्टल क्याम्प आयोजना गर्ने सहमति भएको एमओयु संझौतामा रोटरी क्लव अफ चितवनको तर्फवाट अध्यक्ष रोशन पिया, ओरल एण्ड डेण्टल हेल्थ चियर राजन पिया तथा पुरानो मेडिकल कलेजको तर्फवाट एडिसनल डाइरेक्टर मनोहर प्रधान, चिफ अपरेटिङ अफिसर सुप्रभात श्रेष्ठको हस्ताक्षर रहेको छ । संझौतामा हेल्थ क्याम्पवाट सिफारिस भएका विरामीहरुको लागि ओपडि टिकटमा ५५ प्रतिशत,...

    • सिडेन चितवनको अध्यक्षमा ई. मैनाली

      भरतपुर/नेपाली काँग्रेस निकट इन्जिनियरहरुको सस्था सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) चितवनको नयाँ कार्यसमिति चयन गरिएको छ । ईन्जिनियर दिवस मैनालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा ईन्जिनियर स्वरुप कुमार घोस, सचिबमा ईन्जिनियर सन्दिप पराजुली, कोषाध्यक्षमा ईन्जिनियर कपिल अधिकारी र सह सचिबमा ईन्जिनियर अपिल जिसी चयन भएका छन् । सो समितिको सदस्यमा ईन्जिनियरहरु राजु तिमिल्सिना, उज्वल पौडेल, प्रबिन सिल्वाल, रुपेश चौधरी, दिपक ढकाल र आशिस खनाल चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष मैनालीले ईन्जिनियरहरुको व्यवसायिक विकासमा जोड दिने वताउनु भयो ।

    • मानव अधिकार तथा शान्ति समाजको प्रतिवेदन सार्वजनिक

      २०७७ भाद्र ७ गते भरतपुर/चितवन राष्ट्रिय निकुञ्जमा सेनाले दिएको यातना र मृत्यु प्रकरण सम्वन्धमा मानव अधिकार तथा शान्ति समाजले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएका चितवन जिल्ला राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको परिवार, यातना पीडितहरु र सरोकारवालाहरुसगँ भेटगरी मानव अधिकार तथा शान्ति समाज केन्द्रिय टोलीले अध्ययन अनुगमन गरेको प्रतिवेदन सार्वजनिक गरिएको हो । गत साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमार चेपाङ्गलाई सेनाले चरम यातना दिएपछि भएको मृत्यु प्रकरणको शान्ति समाजको टोलीले साउन २४ गते घटनास्थल पुगेर अध्ययन अनुगमन गरेपछि आईतबार प्रतिवेदन सार्वजनिक गरेको हो ।...

    • हिन्दुवादी सस्थाहरुले वुझाए ज्ञापनपत्र

      २०७७ भाद्र ७ गते भरतपुर/हिन्दु जारगरण नेपाल जिल्ला कार्यमिति चितवनले हालै रौतहट जिल्लाको हनुमान मन्दिरका पुजारी श्रीराम शाहको हत्याको विरोधमा चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र वुझाएको छ । हिन्दु जागरण नेपाल चितवनको नेतृत्वमा विभिन्न धार्मिक संघ सस्थाका व्यक्तिहरुले आइतबार चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र वुझाएको हो । धार्मिक सद्भाव विथोल्ने यस्ता कार्यको विरोध गर्दै ज्ञापनपत्रमा घटनाको कारण र दोषि पत्ता लगाएर कानुन बमोजिम कारवाहिको माग गरिएको छ । हिन्दु जागरण नेपाल चितवनका अध्यक्ष निरज शर्मा काफ्लेको हस्ताक्षर रहेको उक्त ज्ञापनपत्रमा प्रत्येक मठमन्दिर तथा गुम्वाहरुको सुरक्षाका निम्ति ठोस उपाय अवलम्वनको समेत माग गरिएको छ । सो घटनाको विरोधमा...

    • कुखुरा व्यवसायी मञ्चको ध्यानाकर्षण

      २०७७ भाद्र ६ गते भरतपुर÷नेपाल कुखुरा व्यवसायी मञ्चले भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतका विभिन्न कार्यालय गाभ्ने तयारी भएको वताउँदै सो विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मञ्चका अध्यक्ष ऋषिराम पौडेलद्धारा जारी विज्ञप्तिमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतका मेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रलाई गाभि एकीकृत कार्यालय वनाउन लागेको जानकारी गराउँदै कार्यालय गाभ्न नहुने माग गरिएको छ । कृषि र भेटेरीनरी विधा आफैमा छुट्टाछुट्टै विषय भएको वताउँदै दुवै विधाका जनशक्तिहरुमा फरक फरक योग्यता र अनुभव हुने वताइएको छ । पछिल्लो समय दिनप्रतिदिन वढ्दै गएको पोल्ट्रि क्षेत्रले हालसम्म प्रयाप्त सेवा...

    • जिल्लाभर लागुहुने गरि निषेधाज्ञा एकसाता लम्वियो

      २०७७ भाद्र ५ भरतपुर/चितवनमा जारी निषेधाज्ञा लम्विएको छ । माडी नगरपालिका वाहेक अन्य क्षेत्रमा जारी निषेधाज्ञा अव जिल्लाभर लागु हुने गरि एक साथा थपिएको हो । कोरोना संक्रमण नियन्त्रण गर्न जारी निषेधाज्ञा प्रभावकारी बनेको निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाभर लागु हुने गरि एकसाता निषेधाज्ञको समय लम्व्याएको हो । पहिलो चरणमा साउन ३१ गतेदेखि एक साताका लागि जारी गरिएको निषेधाज्ञाको शुक्रबार सकिदै थियो । पछिल्लो समय चितवनमा झनै संक्रमणको दर बढ्दै गइरहेकोले निषेधाज्ञाको अवधि बढाउनुको विकल्प नभएको जिल्ला प्रशासन कार्यालय चितवनले विज्ञप्तिमार्फत जनाएको छ । गत साउन ३० गते जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भरतपुर महानगरपालिका क्षेत्रमा...

    • चितवन मेडिकल कलेजमा पिसिआर परिक्षणको तयारी पुरा

      २०७७ भाद्र १ गते भरतपुर/भरतपुर स्थित चितवन मेडिकल कलेज (सिएमसि)मा कोरोनाको पिसिआर परिक्षण गर्नको लागि आवश्यक तयारी पुरा भएको छ । निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति पाए पछि अस्पतालले भोलि (मंगलबार) बाट परिक्षण थल्ने जानकारी दिँदै अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले कोरोनाको पिसिआर परिक्षणको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । देवकोटाले नमूना परीक्षणका लागि छ हजार ५० रुपैया शुल्क निर्धारण गरिएको जानकारी दिनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले कलेजले भित्र्याएको पिसिआर उच्चस्तरको भएको वताउँदै ६ घण्टामा ४०० जनाको...

    • उवासंघ चितवनको आपत्ति

      भरतपुर/उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले नेपाल राष्ट्रबैंकले मौद्रिक नीति लागू गरिसके पश्चात पनि कतिपय बैंक तथा वित्तीय संस्थाहरुले ऋणी व्यवसायीको घर दैलोमा नै पुगी वक्यौता रकम असुल गर्ने गरेकोमा आपत्ति जनाउनु भएको छ । उद्योग वाणिज्य संघ–चितवनले बुधबार भरतपुर स्थित विभिन्न बैंकहरुका शाखा प्रबन्धकसँग गरेको छलफल कार्यक्रममा उहाँले यस्तो आपत्ति जनाउनु भएको हो । उहाँले भन्नु भयो, ‘बैँकले नविकरण शुल्क असुल गर्नेलगायत व्यवसायीलाई मानसिक तनाव दिने जस्ता कार्य गरेको पाइएकोले यस्तो कार्य तत्काल रोक्नुपर्छ ।’ कार्यक्रममा अध्यक्ष श्रेष्ठले कोरोनाका कारण मुख्य गरी पयर्टन, कृषि तथा सेवामूलक व्यवसायीहरु मारमा परेकोले बैंकहरुले हदै सम्मको लचकता अपनाई व्यवसाय मात्र होइन...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल