• सिद्धिविनायक मा.वि.मा रोटरीको बृक्षारोपण

      भरतपुर/रोटरी क्लब अफ नारायणी मिड टाउनको आयोजनामा तथा रोट¥याक्ट क्लब अफ नारायणी मिड टाउन र इन्ट¥याक्ट क्लबको समन्वयमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । भरतपुर ११ बसेनिमा रहेको सिद्धिविनायक मा.वि मा विभिन्न जातका फलफुलका विरुवाहरु रोपिएको हो । रोटरी क्लबको विभिन्न सेवामुलक क्षेत्रहरु मध्ये वातावरण संरक्षणमा रोटरीको भुमिका अन्तरगत उक्त सामुदायिक विद्यालयको खालि जमिनमा वृक्षारोपण गरी विद्यालयलाई हरियाली एवं स्वच्छ बनाउन, आँप, लिच्चि, कागती लगाएतका उन्नत जातका विरुवाहरु रोपेको क्लबका अध्यक्ष राजेश्वर खनालले जानकारी दिनुभयो । वृक्षारोपण कार्यक्रमको संयोजक विराट घिमिरेले आफ्नो क्लबले रोपेका बिरुवालाई संरक्षण गरिदिन विद्यालयलाई आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम बोहोराले वृक्षारोपण...

    • महालक्ष्मी विकास बैंक लि. र एम.ए.डब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि बिच सम्झौता

      काठमाण्डौं/महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एम.ए.डब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि.सँग शुक्रबार सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार एम.ए.डब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. बाट ग्राहकहरुले फोटोन ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने छ । देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. को सबै शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।

    • रोटरी क्लव अफ चितवनको बृक्षारोपण

      भरतपुर/समाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्ल्व अफ चितवनले वाताबरण संरक्षणको लागि बृक्षारोपण गरेको छ । साउन १५ गते खिर खाने दिनको अवसरमा क्लवले पुर्व पश्चिम राजमार्ग अन्तरगत टिकौली क्षेत्रमा बृक्षारोपण गरेको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी डिभिजन बन कार्यालय चितवनका प्रमुख पदम राज नेपालले विग्रदो पर्यावरण र भुक्षय रोक्न वृक्षारोपणले सहयोग पु¥याउनु भयो । पर्यवरण संरक्षणमा ध्यान दिनु आवश्यक रहेको वताउँदै उहाले वरण्डाभार बन संरक्षण क्षेत्रमा गरिएको बृक्षारोपणले पर्यावरण संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रोटरी इन्टरनेशनल जोन ३० का एसिस्टेण्ड गभर्नर नारायण प्रधानले बृक्षारोपण भन्दा पनि विरुवाको संरक्षण गर्नु मुख्य कुरा भएको वताउनु भयो । रोट्याक्ट क्ल...

    • आरआरएनद्धारा राहत सामाग्री हस्तान्तरण

      भरतपुर/ग्रामिण पुननिर्माण सस्था (आरआरएन) ले माडीका बाढी प्रभावितहरुलाई रहत वितरण गरेको छ । गत असार २४ गते रक्तेनी, मगोई, चितही र डाककंग्रे खोलामा आएको बाढी प्रभावित माडी नपा वडा नं १, २, ३ र ५ का ८० घरधुरीलाई राहत सामाग्री हस्तान्तरण गरिएको हो । राहत सामाग्रीहरु माडी नगरपालिकामा नगर प्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख तारा कुमारी काजी महतो, वडा अध्यक्षहरु ईश्वरी प्रसाद ढकाल, पुरन प्रसाद महतो, रामबन्धु पोखरेल, नेपाल रेडक्रस सोसाईटी गर्दी र बघौडा उपशाखा सभापतिहरु हिरा ब. थापा र भगिरथ बस्याल, वडा सदस्य शिब कार्की, आरआरएन परियोजना संयोजक रबिन्द्र सिंह ठकुरीद्वारा कोभिड–१९ महामारी विरुद्व सावधानी अपनाउदै राहत सामाग्री...

    • महानगर प्रमुखलाई होटल व्यवसायी महासंघ नेपाल र चितवन जिल्लाको दुबै संघद्वारा ज्ञापनपत्र

      भरतपुर/केन्द्र तथा जिल्ला स्थित होटल व्यवसायीहरुको टोलीले विभिन्न मागसहित बुधबार भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाललाई ज्ञापन पत्र बुझाएको छ । होटल व्यवसायी महासंघ नेपालको नेतृत्वमा जिल्ला स्थित होटल व्यवसायी संघ चितवन र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका प्रतिनिधिहरुको टोलीले भरतपुर महानगर प्रमुखलाई ज्ञापन पत्र बुझाएको हो । चितवनको पर्यटन प्रवद्र्धन र व्यवस्थित गर्न माग गर्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई ज्ञापन पत्र वुझाईएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला भित्र रहेका होटल तथा रेष्टुरेण्टहरूलाई व्यवस्थित र मर्यादिन वनाउन समन्वयकारी भुमिका खेल्न माग गर्दै ज्ञापनपत्रमा व्यवसायी हरूलाई कोभिड विरुद्धको भ्याक्सिन उपलव्ध गराउन माग...

    • गणेशधाम परिसरमा वृक्षारोपण

      भरतपुर/नारायणगढ रोटरी क्लबले बुधबार एक कार्यक्रम बिच भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालको प्रमुख आथित्यतामा गणेशथानमा निर्मित गणेशधाम परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । रोट¥याक्ट क्लब अफ नारायणगढ, स्पाउज क्लब अफ आरसी नारायणगढ र फर्निचर उद्योग तथा फर्निसिङ व्यवसायी सङ्घ चितवनको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम भरतपुर महानगरपालिका, वडा नं २ का वडा अध्यक्ष पूर्णबहादुर श्रेष्ठ र वडा नं ११ का वडा अध्यक्ष बाबुराम अधिकारीको उपस्थितीमा गणेशधाम परिसरमा एक हजार बिरुवाहरू वृक्षारोपण गरिएको नारायणगढ रोटरी क्लबका अध्यक्ष अरुणकुमार खनालले जानकारी दिनुभयो । रोटरी अन्तर्राष्ट्रियको प्रमुख कार्यक्षेत्रहरू मध्ये वातावरण संरक्षण पनि एक रहेको र नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको...

    • रोटरी र रोट्याक्ट चितवनको स्वास्थ्य शिविर सम्पन्न

      भरतपुर/रोटरी क्लव अफ चितवनको अयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटरी क्लव अफ चितवनले संचालन गरेको रोटरी करुणालय देवघाटमामा संचालन भएको उक्त स्वास्थ्य तथा दन्त शिविरमा करुणालयमा आश्रीत जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्य र रोट्याक्ट क्लव अफ चितवनका अध्यक्ष सौगात अर्यालको अध्यक्षतामा भएको स्वास्थ्य शिविरमा रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष एवं रोटरी करुणालय देवघाटका अध्यक्ष चन्द्रमान श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । शिविरमा करुणलयमा आश्रीत ३७ जना जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य एवं दाँत परिक्षण गरिएको थियो । कार्यक्रममा निशुल्क औषधिसमेत वितरण गरिएको थियो । रोट्याक्ट...

    • घरभाडा छुट गरिदिन होटल संघ चितवनको आग्रह

      भरतपुर/होटल व्यवसायी संघ चितवनले होटल व्यवसायीका घरधनीहरुलाई भाडा छुट गरिदिन आग्रह गरेको छ । संघले पत्रमार्फत भाडामा होटल व्यवसाय संचालन भएका घरका घरधनीहरुलाई भाडा छुट दिन आग्रह गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहरका कारण होटल व्यवसाय धरासायी हुन पुगेको वताउँदै पत्रमा समस्यामा परेका होटल व्यवसायीलाई घरभाडा छुट गरि सहयोग गर्न घरधनीहरुलाई आग्रह गरिएको छ । मुलुकमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले मिति २०७८ बैशाख १६ गते देखि लगाएको लकडाउनका कारण सवैभन्दा वढि पर्यटन क्षेत्र प्रभावित भएको वताउँदै संघका अध्यक्ष दिलकुमार श्रेष्ठद्धारा जारी अनुरोध पत्रमा लकडाउनले पर्यटन क्षेत्रको देरुदण्डको रुपमा रहेको होटल...

    • मुक्तकः कर्णालीमा

      बालकृष्ण खनाल भरतपुर, चितवन गाउँमा अझै झरो बल्छ, विजुली छैन मट्टीतेल छैन कर्णालीमा मोटर गुड्दैन बाटो छैन, सपनामै भएपनि रेल छैन कर्णालीमा । तैपनि हामीलाई सुकुन छ आनन्द छ, यसमै खुशी छौँ सरकार कम्तीमा राजधानीमा जस्तो निद्रा हराउने खेल छैन कर्णालीमा ।

    • टोकला मसला चिया अब नयाँ प्याकमा

      काठमाडौं/मुलुककै सर्वाधिक लोकप्रिय एवं गुणस्तरीय चिया उत्पादक कम्पनी नेपाल चिया विकास निगम लिमिटेडले हालै बजारमा नयाँ आकर्षक प्याकमा टोकला मसला चियाको बिक्री वितरण सुरु गरेको छ । निगमको आफ्नै बगानबाट टिपिएको ताजा एवं उत्कृष्ट चिया र असली मसलाहरुको मिश्रण गरी तयार पारेको यो मसला चिया उच्च गुणस्तरीय र स्वास्थ्यवर्धक रहेको कम्पनीले जनाएको छ । साथै नयाँ प्याकको चियामा अदुवा, सुकुमेल, ल्वाङ, दालचिनी र मरिच जस्ता रोग प्रतिरोधी क्षमता बढाउने तथा मानव स्वास्थ्यका लागि अत्यन्तै हितकारी मसलाहरुको समिश्रण रहेको कम्पनीको भनाइ छ ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल