• मुसा लाग्ने कभर्ड हल भित्र ४४ दिनदेखि प्रहरी घेरामा ‘मतपत्र’

        मतपत्र के भएको छ भनेर प्रहरीले बाहिरबाट मात्र हेर्छन्, भरतपुर महानगरपालिका मत गणना प्रकरण असार २६, २०७४- मध्यरातमा मतपत्र च्यातिएसँगै भरतपुर महानगरपालिकाका गणना सकिएका र गन्न बाँकी मतपत्र ४४ दिनदेखि प्रहरी घेरामा छन् । यस प्रकरणमाथिको मुद्दामा सर्वोच्चको सुनुवाइ सर्दै गएकाले अब के गरिने हो भन्ने अन्योल झन्झन् बढदै गएको छ । गणना हुने हो वा पुन: मतदान भन्नेबारे कुनै टुंगो लाग्न सकेको छैन । सोमबार हुने भनिएको सुनुवाइलाई सर्वोच्चले फेरि साउन २ का लागि सारेको छ । जेठ १४ गते राति गणनाकै क्रममा माओवादी केन्द्रका प्रतिनिधिद्वारा मतपत्र च्यातिँदा वडा नम्बर १९ र २० को मत गन्न बाँकी...

    • मुख्यसचिवबाट राजीनामा नदिई एडीबीको जागिर खान गए सुवेदी

      २७ असार, काठमाडौं । नेपालमा निकै अनौठा खालका राजनीतिक घटना हुने गरेका छन् । यही सिलसिलालाई निरन्तरता दिँदै नेपाल सरकारका बहालवाला मुख्यसचिव सोमलाल सुवेदी पदबाट राजीनामै नदिई एसियाली विकास बैंक (एडीबी)को जागिर खान विदेशिने भएका छन् । एडीबीको जागिरका लागि फिलिपिन्सको मनिला जान लागेका मुख्यसचिव सुवेदी राजीनामा नदिई मंगलबार सिंहदरबारबाट विदा भएका छन् । सुवेदीको अनुपस्थितिमा केदारबहादुर अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मा दिइएको छ । गत ०७२ साल साउन २० गते मुख्यसचिव भएका सुवेदीको कार्यकाल ०७५ सालसम्म छ । तर, उनी काज मिलाएर एडीबीको उपकार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्न फिलिपिन्सको मनिला जान लागेका हुन् । सुवेदी साउन १ गतेदेखि एडीबी कार्यालयमा...

    • १ सय ४८ स्थानीय तहमा एमालेको ‘अप्रत्याशित’ जीत (सूचिसहित)

      काठमाडौं– दोस्रो चरणमा सम्पन्न स्थानीय तहको नतिजा अन्तिम चरणमा आइपुगेको छ । एक महानगर, एक उपमहानगर र दुई नगरपालिकाको नतिजा  आउन बाँकी छँदा नेकपा एमालेले चार उपमहानगरपालिका र ५१ नगरपालिकासहित १ सय ४८ स्थानीय तहमा जित हासिल गरेको छ । पहिलो चरणमा भएको २ सय ८३ स्थानीय तहको निर्वाचनमा एमालेले एक सय २५ स्थानीय तहमा जितेको थियो । दोस्रो चरणमा भएका मधेसका जिल्लाहरुसहितको प्रदेश ५, प्रदेश १ र प्रदेश नम्बर ७ को निर्वाचनमा एमालेले पहिलो चरणको जस्तो नतिजा नल्याउने कांग्रेस र माओवादी केन्द्रको आंकलन थियो । मधेसविरोधी भन्ने आरोप लागेकै कारण एमालेको कम मत आउँने आंकलन विपरित एमालेले अप्रत्याशित जित...

    • यसकारण रोकियो राप्रपासहितका साना दलको ‘सत्तारोहण’

      काठमाडौं– सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल विस्तार नगरी बसेका प्रधानमन्त्री शेरबहादुर देउवाले  यसविषयमा पछिल्ला दिनमा  भने केहि सक्रियता देखाएका छन् । मूलतः देउवाले आफ्नै पार्टी र  सत्तारुढ दल नेकपा माओवादी केन्द्रलाई मिलाएर थप मन्त्रिमण्डल विस्तारको तयारी थालेका हुन् ।  यसका लागि देउवाले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग परामर्श गर्दै आएका छन् भने शनिबारमात्रै राप्रपासहितको तीन दलको बैठक बसालेर पनि छलफल गरेका छन् । देउवाले मन्त्रिमण्डल विस्तार गर्ने उद्देश्यले छलफल  गर्दै आएपनि आफ्नै पार्टीभित्र र बाहिरको समस्या नसुल्झिँदा ‘केहि दिनमै’ हुने भनिएको मन्त्रिमण्डल कहिले विस्तार हुन्छ भन्नेमा स्वयम् प्रधानमन्त्री निकटस्थहरु नै अन्योलमा रहेका छन् । देउवा...

    • कांग्रेसका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाईः माओवादी प्रवक्ता

      २२ असार, काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले कांग्रेस भित्रको कलहले मन्त्रिमण्डल विस्तारमा ढिलाई भइरहेको बताएकी छन् । प्रवक्ता भुसालले काँग्रेस भित्रको गुट, उपगुटले मन्त्रिमण्डल विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई समस्यामा पारेको बताइन् । उनले मन्त्रिमण्डल विस्तार हुन अझै हप्ता/दश दिन लाग्न सक्ने उल्लेख गरिन् । बिहीबार भक्तपुरमा स्थानीय सञ्चारकर्मीमाझ कुरा गर्दै भुसालले मन्त्रिमण्डल विस्तारको विषयलाई लिएर कांग्रेसभित्र आन्तरिक कलह बढदै गएको बताइन् । माओवादी प्रवक्ता भुसालले संवैधानिक व्यवस्था अनुसार आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताइन् । साथै आगामी असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको...

    • धरानको मतगणना कार्यमा एकपछि अर्को विवाद

      असार २२, २०७४- धरान उपमहानगरपालिकाको बिहीबार साँझ धरान ११, १२, १३ र १४  वडाको मत गणना भईरहेको बेला अर्को विवाद उत्पन्न भएको छ । वडा ९ र १० को रिटोटलिङ गर्दा मत तलमाथि भएको पत्ता लागेपछि नया विवाद उत्पन्न भएको छ । विवाद उत्पन्न भएपनि ११, १२, १३ र १४ वडाको मतगणना जारी छ । तर विवाद भएका वडा ९ र १० मा राप्रपाको मत अर्को दलमा जोडिएको देखिएपछि राप्रपाले पुन: मत गणनाको माग गरेको मेयर उम्मेदवार तारा शाक्यले बताइन् । कांग्रेस र माओवादी केन्द्रको माग पनि राप्रपाले जस्तै पुन: मतगणना रहेको छ । मतगणना वडा ९ र १०...

    • माओवादी: गणितमा तेस्रो, मूल्यमा कांग्रेसको कठपुतली

      २२ असार, काठमाडौं । अदालतमा न्यायाधीशहरुले कुनै मुद्दाको फैसला सुनाइरहँदा वादी-प्रतिवादी दुबैले कसको पक्षमा फैसला भयो भनेर तत्कालै छुट्याउन सक्दैनन् । उनीहरुले आफ्ना वकिललाई सोध्छन्- यो फैसला कसको पक्षमा छ हजुर ? अदालतमा यस्तो अलमल किन हुन्छ भने न्यायाधीशले आफ्नो फैसला लगभग ‘जेरी’ कै आकारमा घमाएर सुनाउँछ र भन्छ- प्रस्तुत मुद्दामा निज आरोपीले अपराध गरेकै हो वा होइन भनेर भन्न सकिने अवस्था रहेन भनेर अलमल गर्नुपर्ने अवस्था छैन भन्न सकिन्न ! माओवादी अध्यक्ष प्रचण्डले विगतमा भन्ने गरेका थिए- हामी हाँस्दा हाँस्दै रुन्छौं, र रुँदारुदै पनि हाँस्छौं । अहिले दुई चरणमा सम्पन्न भएको स्थानीय चुनावको परिणाम हेरेर अब माओवादी नेता...

    • एमालेले देशैभरी यसकारण जित्यो

      काठमाडौं–पहिलो चरणमा पहिलो भएको नेकपा एमाले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि सबै भन्दा ठूलो दल हुने बाटोमा रहेको छ  । अहिलसम्मको मत परिणाम अनुसार एमाले १०४ सिटमा विजयी भइसकेको  छ । पहिलो संविधान सभा र दोस्रो संविधानसभा निर्वाचनमा क्रमशः तेस्रो  र दोस्रो भएको एमाले. स्थानीय चुनावमा भने कसरी शीर्ष स्थानमा रहन सफल भर्यो । यसको जवाफ रातोपाटीले खोज्ने प्रयास गरेको छ । नेकपा एमालेका उपाध्यक्ष भीम रावल एमालेले जित्नुको कारणलाई यसरी उल्लेख गर्छन्ः १ नेकपा एमाले राष्ट्रियताको पक्षमा,स्वाधीनताको पक्षमा र सामाजिक सदभावको पक्षमा उभिएको छ । उभिरहने छ ।  विकासको लागि देश भित्र भएका साधन स्रोतको उपयोग गरेर...

    • मूल्य घटाएपछि इन्डक्सन चुलोको बिक्री बढ्यो

      काठमाडौँ  मूल्य घटाएर इन्डक्सन चुलो बेचेपछि बिक्री बढेको छ । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका बेला चीन सरकारले अनुदान स्वरुप दिएको इन्डक्सन चुलोको मूल्य बढी हुँदा बिक्री हुन नसकेकोमा मूल्य घटाएर बेचेपछि बिक्री बढेको हो । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले चुलो बिक्री नभएपछि आपूर्ति मन्त्रालय र नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेडका कर्मचारीलाई बोलाएर तत्काल मूल्य समायोजन गरेर बिक्री गर्न निर्देशन दिएको थियो । समितिको निर्देशनअनुसार अहिले रु चार हजार मूल्य निर्धारण गरी बिक्री वितरण गरिएको कर्पोरेसनकी सूचना अधिकारी गीता निरौलाले जानकारी दिए । कर्पोरेसनले हालसम्म एक हजार ५०० थान इन्डक्सन चुलो बिक्री गरेको छ । २०७२ मङ्सिर...

    • राजधानीका निम्न स्थानमा अब निशुल्क इन्टरनेट

      काठमाडौँ – पर्यटकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ । कामनपाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकीय महत्व भएका सम्पदामा निःशुल्क इन्टरनेटको सुविधा राख्ने र प्रवेश शुल्कमा तिरेको पैसाले नै उक्त सुविधा उनीहरुले प्रयोग गर्न पाउनेछन् । यो कार्य अब महानगरको पहिलो प्राथमिकतामा पर्नेछ, सहप्रवक्ता ढकालले भने । तत्कालका लागि इन्टरनेट राख्ने स्थानमा स्वयम्भू, हनुमानढोका क्षेत्र, पशुपतिनाथ मन्दिर वरपर राखिने तयारी भएको छ । त्यसको लागि महानगरले छिट्टै टेन्डर आह्वान गर्नेछ । त्यसैगरी, कामनपाले बालाजु पार्कमा भने इन्टरनेट राख्नका लागि बोलपत्र आह्वान गरिसकेको र केही समयमा काम सुचारु हुनेछ । एक वर्षअघि...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल