• कोरोनाको कारण एकैदिन तीन जनाको ज्यान गयो

      २०७७ भाद्र १६ भरतपुर/चितवनमा पछिल्लो समय कोरोनाको कारण ज्यान जानेको संख्या वढेको छ । कोरोना संक्रमण वढेसंगै कोरोना संक्रमणको कारण ज्यान गुमाउने मानिसको संख्यामा समेत बृद्धि भएको हो । चितवनमा सोमबार तीन जना मानिसको कोरोनाकै कारण ज्यान गएको पुष्टि भएको हो । भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जना कोरोना भाइरसका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमण कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनीहरूको अस्पतालमा केही घण्टाको फरकमा मृत्यु भएको थियो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको मृत्यु छन् ।...

    • विद्युतका कर्मचारीमा कोरोना

      २०७७ भाद्र १५ भरतपुर/नेपाल विद्युत प्राधिकरण आम विद्युत उपभोग गर्ने ग्राहकहरु प्रत्यक्ष सम्पर्क हुने कार्यालय हो । विद्युत उपभोत्ताहरु महसुल वुझाउन जाने हुँदा त्यहा भिडभाड हुने गर्छ । सोहि कार्यालयका एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । एक जना प्राविधिकलाई कोरोना देखिएको जानकारी दिँदै केन्द्र प्रमुख इन्जिनियर सुरेशकुमार महतोले सबै कर्मचारी होम क्वारेन्टिनमा वसेको जानकारी दिनुभयो । कोरोनाको जोखिम हुँदाहुँदै पनि आइतबारदेखि चितवनका सरकारी कार्यालयले केही समय सेवा दिन थालेका छन् । प्रमुख महतोले आइतबार मात्रै पाँच सय जनाले विद्युत महशुल बुझाएको बताउनुभयो । कार्यालयमा आएर विद्युतको महशुल तिर्दा जोखिम झन् बढ्छ,उहाँले भन्नुभयो,घरमै बसौं अनलाइन मार्फत महशुल तिरौं ।

    • आइसोलेसन निर्माणमा आरआरएनको सहयोग

      २०७७ भाद्र १४ माडी/कोभिड १९को संक्रमण नियन्त्रण गर्न माडीमा आइसोलेसन सेन्टर निर्माण गरिएको छ । आइसोलेसन निर्माणमा नेपाल ग्रामिण पुननिर्माण सस्था (आरआरएन) ले सहयोग गरेको छ । माडी नगरपालिकाले निर्माण गरेको उक्त आइसोलेसनमा आवश्यक पर्ने बेडजन्य र स्वास्थ्य सामाग्रीहरु आरआरएनले सहयोग गरेको हो । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) को सहयोगी निकाय साप्ला नीर जापानद्वारा संचालित विपद् व्यवस्थापनका लागि एक नदी एक समुदाय परियोजना अन्तरगत उक्त सहयोग गरिएको परियोजना संयोजक रविन्द्र सिंह ठकुरीले जानकारी दिनुभयो । कोभिड १९ को यस विषम परिस्थिति रोकथाम तथा नियन्त्रणका लागि माडी स्थित छरछरेमा नगरपालिकाद्वारा पहिला नै निर्माण सम्पन्न होमस्टेलाई आइसोलेसनको रुपमा विकास गरिएको...

    • एकैदिन ८८४ जनामा संक्रमण, १२ को मृत्यु

      २०७७ भाद्र १३ गते भरतपुर/पछिल्लो समय मुलुकमा कोरोना संक्रमण र मृत्युदर वढ्न थालेको छ । शनिबार थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा मात्र ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका २÷२ जनाको मृत्यु भएको छ । यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एक÷एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ । देशभरका प्रयोगशालामा ११ हजार ५१६ नमुना परीक्षण गर्दा २४२ महिला र ६४२ पुरुषमा संक्रमण पुष्टि भएको हो...

    • संक्रमण वढ्यो, निषेधाज्ञा लम्वियो

      २०७७ भाद्र १२ भरतपुर/चितवनमा पछिल्लो समय कोरोना संक्रमण वढ्दो क्रममा रहेको छ । शुक्रबार मात्रै चितवनमा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका –२ क्षेत्रपुरका ५१ वर्षीय पुरुष, हेटौडा उपमहानगरपालिका १९ का ७१ वर्षीया महिला र आबुखैरहनी १३ गोरखाका ३८ बर्षिय पुरुष छन् । चितवनमा कोरोना संक्रमण वढेसंगै जारी निषेधाज्ञा लम्विएको छ । चितवनका सातवटै स्थानीय तहमा एक साता निषेधाज्ञा थपिएको हो । भदौ १९ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी जरुरी सूचनामा जनाइएको छ । अत्यावश्यकीय खाद्य सामाग्री खरिद गर्न विहान ५ र बेलुका ६ बजेदेखि तीन...

    • चितवनमा कोरोनाको कारण दुईको मृत्यु

      २०७७ भाद्र १२ भरतपुर । चितवनमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । भरतपुर स्थित पुष्पाञ्जली हस्पिटलमा ५१ वर्षीय पुरुष र चितवन मेडिकल कलेज (सिएमसी) मा ७१ वर्षिय महिलाको कोरोनाको कारण ज्यान गएको हो । भरतपुर–२ क्षेत्रपुरका ती पुरुष स्वासप्रश्वासमा समस्या आएपछि पुष्पाञ्जलीमा भर्ना भएकोमा ८ गते संक्रमण पुष्टी भएको थियो । अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सन्दिप पाण्डेले संक्रमित ती व्यक्तिको शुक्रबार निधन भएको जानकारी दिनुभयो । सिएमसीमा उपचाररत हेटौडा–१९ मकवानपुरका ७१ वर्षीय महिलाको कोरोनाको कारण शुक्रबार विहान ज्यान गएको हो । अस्पतालका निर्देशक डा. दयाराम लम्सालले श्वासप्रश्वासको समस्य भई जटिल अवस्थामा इरजेन्सी विभागमा उपचारका लागि...

    • चितवनमा कोरोना संक्रमितको संख्या ४८७ पुग्यो

      २०७७ भाद्र १२ भरतपुर । पछिल्लो समय कोरोना संक्रमण तीव्र हुँदै गएको चितवनमा बिहीबार थपिएका १७ जना सहित कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनको १७ जनामा कोरोना संक्रमण देखिएको हो । थपिएका नयाँ संक्रमित मध्ये खैरहनी नगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । खैरहनी ३, ५, ८, ९ र १२ नम्बर वडाका ५ जना पुरुष र ७ जना महिलामा संक्रमण देखिएको हो । पुरुषहरु ३८ देखि ७५ वर्ष उमेर समूहका छन् भने महिलाहरु ६ वर्षीया बालिकादेखि ३६ वर्ष उमेर समूहका छन्...

    • चितवन रोटरी र पुरानो मेडिकल कलेज बिच एम.ओ.यु. संझौता

      भरतपुर/रोटरी क्लव अफ चितवन र भरतपुर स्थित पुरानो मेडिकल कलेजको विचमा मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ (एम. ओ. यु.) संझौता भएको छ । रोटरी वर्ष २०२०/२०२१ मा स्वास्थ्य संवन्धि विभिन्न काम गर्ने गरि एमओयु संझौता भएको हो । हरेक तिन/तिन महिनामा ओरल हेल्थ क्याम्प र वर्षमा एक पटक वृहत डेण्टल क्याम्प आयोजना गर्ने सहमति भएको एमओयु संझौतामा रोटरी क्लव अफ चितवनको तर्फवाट अध्यक्ष रोशन पिया, ओरल एण्ड डेण्टल हेल्थ चियर राजन पिया तथा पुरानो मेडिकल कलेजको तर्फवाट एडिसनल डाइरेक्टर मनोहर प्रधान, चिफ अपरेटिङ अफिसर सुप्रभात श्रेष्ठको हस्ताक्षर रहेको छ । संझौतामा हेल्थ क्याम्पवाट सिफारिस भएका विरामीहरुको लागि ओपडि टिकटमा ५५ प्रतिशत,...

    • मानव अधिकार तथा शान्ति समाजको प्रतिवेदन सार्वजनिक

      २०७७ भाद्र ७ गते भरतपुर/चितवन राष्ट्रिय निकुञ्जमा सेनाले दिएको यातना र मृत्यु प्रकरण सम्वन्धमा मानव अधिकार तथा शान्ति समाजले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएका चितवन जिल्ला राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको परिवार, यातना पीडितहरु र सरोकारवालाहरुसगँ भेटगरी मानव अधिकार तथा शान्ति समाज केन्द्रिय टोलीले अध्ययन अनुगमन गरेको प्रतिवेदन सार्वजनिक गरिएको हो । गत साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमार चेपाङ्गलाई सेनाले चरम यातना दिएपछि भएको मृत्यु प्रकरणको शान्ति समाजको टोलीले साउन २४ गते घटनास्थल पुगेर अध्ययन अनुगमन गरेपछि आईतबार प्रतिवेदन सार्वजनिक गरेको हो ।...

    • भरतपुरले सिकायो पाठ: अब मतगणनामा एक जनामात्र प्रतिनिधि

      २८ असार, काठमाडौं । निर्वाचनको मतगणना भइरहेको स्थानमा अब निर्वाचनको काममा खटिएका कर्मचारीबाहेक राजनीतिक दलका तर्फबाट उम्मेदवारको एक मात्र प्रतिनिधिले प्रवेश पाउने भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा उम्मेदवार वा निजले तोकेको एक जना प्रतिनिधि मात्र मतगणना स्थानमा जान पाउने व्यवस्था प्रस्ताव गरेपछि यो अवस्था आएको हो । यसअघि निर्वाचन अधिकृतले अनुमति दिएको अवस्थामा एकभन्दा बढी जनप्रतिनिधि जान पाउने व्यवस्था थियो । तर, संख्या तोकिएको थिएन । मतगणना स्थलमा उम्मेदवारका प्रतिनिधिकै कारण पहिलो चरणको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटना सेलाउन नपाउँदै सरकारले संसद्मा दर्ता गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा यस्तो व्यवस्था गरिएको आजको गोरखापत्र दैनिकमा खबर...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल