• कांग्रेसका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाईः माओवादी प्रवक्ता

      २२ असार, काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले कांग्रेस भित्रको कलहले मन्त्रिमण्डल विस्तारमा ढिलाई भइरहेको बताएकी छन् । प्रवक्ता भुसालले काँग्रेस भित्रको गुट, उपगुटले मन्त्रिमण्डल विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई समस्यामा पारेको बताइन् । उनले मन्त्रिमण्डल विस्तार हुन अझै हप्ता/दश दिन लाग्न सक्ने उल्लेख गरिन् । बिहीबार भक्तपुरमा स्थानीय सञ्चारकर्मीमाझ कुरा गर्दै भुसालले मन्त्रिमण्डल विस्तारको विषयलाई लिएर कांग्रेसभित्र आन्तरिक कलह बढदै गएको बताइन् । माओवादी प्रवक्ता भुसालले संवैधानिक व्यवस्था अनुसार आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताइन् । साथै आगामी असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको...

    • धरानको मतगणना कार्यमा एकपछि अर्को विवाद

      असार २२, २०७४- धरान उपमहानगरपालिकाको बिहीबार साँझ धरान ११, १२, १३ र १४  वडाको मत गणना भईरहेको बेला अर्को विवाद उत्पन्न भएको छ । वडा ९ र १० को रिटोटलिङ गर्दा मत तलमाथि भएको पत्ता लागेपछि नया विवाद उत्पन्न भएको छ । विवाद उत्पन्न भएपनि ११, १२, १३ र १४ वडाको मतगणना जारी छ । तर विवाद भएका वडा ९ र १० मा राप्रपाको मत अर्को दलमा जोडिएको देखिएपछि राप्रपाले पुन: मत गणनाको माग गरेको मेयर उम्मेदवार तारा शाक्यले बताइन् । कांग्रेस र माओवादी केन्द्रको माग पनि राप्रपाले जस्तै पुन: मतगणना रहेको छ । मतगणना वडा ९ र १०...

    • माओवादी: गणितमा तेस्रो, मूल्यमा कांग्रेसको कठपुतली

      २२ असार, काठमाडौं । अदालतमा न्यायाधीशहरुले कुनै मुद्दाको फैसला सुनाइरहँदा वादी-प्रतिवादी दुबैले कसको पक्षमा फैसला भयो भनेर तत्कालै छुट्याउन सक्दैनन् । उनीहरुले आफ्ना वकिललाई सोध्छन्- यो फैसला कसको पक्षमा छ हजुर ? अदालतमा यस्तो अलमल किन हुन्छ भने न्यायाधीशले आफ्नो फैसला लगभग ‘जेरी’ कै आकारमा घमाएर सुनाउँछ र भन्छ- प्रस्तुत मुद्दामा निज आरोपीले अपराध गरेकै हो वा होइन भनेर भन्न सकिने अवस्था रहेन भनेर अलमल गर्नुपर्ने अवस्था छैन भन्न सकिन्न ! माओवादी अध्यक्ष प्रचण्डले विगतमा भन्ने गरेका थिए- हामी हाँस्दा हाँस्दै रुन्छौं, र रुँदारुदै पनि हाँस्छौं । अहिले दुई चरणमा सम्पन्न भएको स्थानीय चुनावको परिणाम हेरेर अब माओवादी नेता...

    • तिल्तालीका बाढी पीडितको लागि कुवेतबाट राहत आयो

      असार २१ गत बैशाखको अन्तिम साता शिखर नगरपालिका–८ तिल्तालीमा भएकाबाढीपीडितहरुलाई राहत सामाग्री प्रदान गरिएको छ । सुदूरपश्चिम सेवा समाज कुबेतले जम्मा ४२ जना बाट उठेको संकलित रकम रु १,२३,०००० (एक लाख तेईस हजार)को राहत सामाग्री उपलब्ध गराएको हो । सो समाजले उपलब्ध गराएको राहत सामाग्रीहरु मंगलबार नवनिर्वाचित वडाध्यक्ष सिद्ध बहादुर बलायरले पीडितहरुलाई हस्तान्तरण गरे ।समाजले कुबेतमा रोजगारीका सिलसिलामा रहेका नेपाली यूबाहरुको सहयोगमा रकम संकलन गरेरसो राहत सामाग्री उपलब्ध गराएको हो ।३६ पीडित परिवारलाई उपलब्ध गराईएको सो सामाग्रीमाकम्मल, बिद्यार्थीहरुका लागि विद्यालय झोला, कापी डटपेन लगायतका सामग्री उपलब्ध गराएको छ । सो सामाग्री पाएपछि स्थानीय बाढीपीडितहरु हर्षित बनेका छन् । ‘बिदेशमा...

    • एमालेले देशैभरी यसकारण जित्यो

      काठमाडौं–पहिलो चरणमा पहिलो भएको नेकपा एमाले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि सबै भन्दा ठूलो दल हुने बाटोमा रहेको छ  । अहिलसम्मको मत परिणाम अनुसार एमाले १०४ सिटमा विजयी भइसकेको  छ । पहिलो संविधान सभा र दोस्रो संविधानसभा निर्वाचनमा क्रमशः तेस्रो  र दोस्रो भएको एमाले. स्थानीय चुनावमा भने कसरी शीर्ष स्थानमा रहन सफल भर्यो । यसको जवाफ रातोपाटीले खोज्ने प्रयास गरेको छ । नेकपा एमालेका उपाध्यक्ष भीम रावल एमालेले जित्नुको कारणलाई यसरी उल्लेख गर्छन्ः १ नेकपा एमाले राष्ट्रियताको पक्षमा,स्वाधीनताको पक्षमा र सामाजिक सदभावको पक्षमा उभिएको छ । उभिरहने छ ।  विकासको लागि देश भित्र भएका साधन स्रोतको उपयोग गरेर...

    • गीतानगरमा बाताबरण मैत्री कार्यक्रम ।।

      चितवन समाचार दाता गीतानगरमा वातावरण मैत्री स्थानीय शासन,फोहर मैला व्यवस्थापन तथा प्लास्टिक न्यूनीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। भरतपुर महानगरपालिकाको आयोजनामा १ दिने अभिमुखिकरण कार्यक्रम भरतपुर महानगरपालिका वडा-६ को वडा भवनमा सम्पन्न गरिएको हो। भरतपुरमहानगर वडा नम्बर ६ का बुद्धिजिवि,टोल विकास संस्थाका प्रतिनिधि, वडा अध्यक्ष र सदस्य सहित ६०जना भन्दा बढीको कार्यक्रममा सहभागीता रहेको थियो। कार्यक्रममा अनुगमन तथा मुल्यांकन अधिकृत सुशीला रेग्मीले मानिसको आनिवानी र व्यवहारको बारेमा प्रशिक्षण दिदै मानिसको हेलचक्राइले वातावरण पारेको प्रभावको बारेमा प्रष्ट पार्नु भएको थियो।यसै गरि नेपाली मैत्री समाज अध्यक्ष बिरेन्द्र पौडेल ले वातावरण मैत्री स्थानीय शासन र फोहर मैला व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिनुभएको...

    • प्रदेश पाँचमा देखिएको मधेस केन्द्रीत दलको अवस्था नाजुक

      स्थानीय तहको दोस्रो चरणको निर्वाचन मधेस केन्द्रीय दल राष्ट्रिय जनता पार्टी नेपालले बहिष्कार गर्‍यो। निर्वाचनमा अवरोध गर्ने चेतावनीका बाबजूद राजपाका केही नेताहरु स्वतन्त्र हैसियतमा चुनावमा सामेल भए। स्थानीय तहको निर्वाचनमा सहभागिताको विषयलाई लिएर मधेस केन्द्रीत दलहरुबीच फाटो समेत आयो। संघीय समाजवादी फोरम नेपाल र मधेसी जनाधिकार फोरम लोकतान्त्रिक निर्वाचनमा सहभागि भए। राजपा बाहिरै रह्यो। निर्वाचनमा सहभागि भएका र स्वतन्त्र हैसियतमा उठेका राजपाका नेताहरुले निर्वाचनमा प्रभाव पारिरहेका छन्। कस्तो छ त उनीहरुले प्रदेश पाँचमा प्राप्त गरेको मत? आइतबार बिहान ३ बजेसम्म सेतोपाटीलाई प्राप्त मतको विवरण हेर्नुहोस् बाँकेको सबैभन्दा धेरै जनसंख्या रहेको नेपालगञ्ज उपमहानगरपालिकामा मधेस केन्द्रीत दलहरुले प्रभाव देखाउन सकेनन्। मतगणनामा...

    • सात नगरपालिकाको अन्तिम नतिजा, पाँचमा काँग्रेस-स्थानीय तह निर्वाचन दोस्रो चरण प्राप्त परिणाम-नगरपालिका

      सात नगरपालिकाको अन्तिम नतिजा, पाँचमा काँग्रेस स्थानीय तह निर्वाचन दोस्रो चरण प्राप्त परिणाम-नगरपालिका नेकपा एमाले: १. अमरगढी नगरपालिका, डडेलधुरा प्रमुखः विपिन ओझा– ३७६८ उपप्रमुखः संगीता भण्डारी ३५१७ २. मादी नगरपालिका, संखुवासभा प्रमुख ः विदुर लिंथेप– २७४१ उपप्रमुखः उर्मिला सुवेदी– २९४१ नेपाली कांग्रेस १. बडिमालिका नगरपालिका, बाजुरा प्रमुख – पदमबहादुर बडुवाल – २९४० उपप्रमुख – कविता विष्ट – २९४५ २. महाकाली नगरपालिका, दार्चुला प्रमुख –हंशराज भट्ट– ४०४३ उपप्रमुख– सुना बोहोरा–४१३२ मतसहित ३. भोजपुर नगरपालिका, भोजपुर प्रमुखः कैलाशकुमार आले–४०७० उपप्रमुखः एमालेकी मोमिता राई– ३५७३ ४ दशरथचन्द नगरपालिका, वैतडी प्रमुखः नरेन्द्रसिंह थापा– ३७६२ उपप्रमुखः मिना चन्द– ३७३१ ५ बुङ्गल नगरपालिका, बझाङ प्रमुखः...

    • पोखरामा लागु हुने भयो नयाँ नियम, अब पोखरमा यी कुरा गर्न पाइदैन

      पोखरा, १६ असार । पोखरा लेखनाथ महानगरपालिकालाई आगामी साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने भएको छ । महानगर कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख मानबहादुर जिसीले यस नगरपालिकालाई ध्वनी प्रदूषणबाट मुक्त गर्ने योजनाअनुरुप हर्न निषेधित क्षेत्र बनाउन लागिएको जानकारी दिनुभयो । ट्राफिक कार्यालयले निर्धारण गरेको स्थानलाई समेटेर हर्न निषेधित योजना तयार पारिएको जानकारी दिँदै उहाँले यसको सफताका लागि सबै पक्षको सहयोग अपरिहार्य भएको बताउनुभयो । “महानगरलाई कुरुप बनाउने सडकमा रहेका विद्युत्, टेलिफोन र विभिन्न केबुलका पोल र तारलाई क्रमिकरुपमा व्यवस्थित गरिने छ, उहाँले भन्नुभयो, “पहिलोचरणमा पोखराको मुख्य बजार महेन्द्रपुल, पृथ्वीचोक र लेकसाइडबाट काम थाल्ने सोच बनाएका छौं ।”...

    • मूल्य घटाएपछि इन्डक्सन चुलोको बिक्री बढ्यो

      काठमाडौँ  मूल्य घटाएर इन्डक्सन चुलो बेचेपछि बिक्री बढेको छ । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका बेला चीन सरकारले अनुदान स्वरुप दिएको इन्डक्सन चुलोको मूल्य बढी हुँदा बिक्री हुन नसकेकोमा मूल्य घटाएर बेचेपछि बिक्री बढेको हो । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले चुलो बिक्री नभएपछि आपूर्ति मन्त्रालय र नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेडका कर्मचारीलाई बोलाएर तत्काल मूल्य समायोजन गरेर बिक्री गर्न निर्देशन दिएको थियो । समितिको निर्देशनअनुसार अहिले रु चार हजार मूल्य निर्धारण गरी बिक्री वितरण गरिएको कर्पोरेसनकी सूचना अधिकारी गीता निरौलाले जानकारी दिए । कर्पोरेसनले हालसम्म एक हजार ५०० थान इन्डक्सन चुलो बिक्री गरेको छ । २०७२ मङ्सिर...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल