• पुजाको बयानपछि राजकुमारसँगै पक्राउ परेका रणबहादुरको शव पनि भेटियो

      दाङ, असार  २८— तलुसीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका अर्का व्यापारी रणबहादुर घर्तिको शव पनि फेला परेको छ ।हत्यामा संलग्न व्यक्तिहरुको बयानका आधारमा उनको शव शल्यानको छत्रदेविमा फेला परेको हो । हिँजो प्रहरीले हत्यामा संलग्न तीन जनालाई सिमाक्षेत्रबाट पक्राउ गरेको थियो ।पक्राउ परेका पुजा घर्ती, टीकाराम घर्ती, मानबहादुर भण्डारी र भुपेन्द्र भण्डारीले श्रेष्ठको हत्या गरेको अघिल्लो दिन नै रणबहादुरको पनि हत्या गरेको बयान दिएका थिए । उनीहरुले दिएको सोही बयानको आधारमा रणबहादुरको शव फेला परेको हो ।

    • नेपाल रास्ट्र बैंक द्वारा आव २०७४/७५ को मौद्रिक नीति सार्वजानिक

      काठमाडौं, असार २५ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले राजधानीको लाजिम्पाटस्थित होटेल र्याडिसनबाट उक्त नीति सार्वजनिक गरेका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम आर्थिक वर्ष २०५९/६० देखि सार्वजनिक गर्न थालिएको वार्षिक मौद्रिक नीतिको यो १६ औं श्रृंखला हो । के छ मौद्रिक नीतिमा, हेरौं हाइलाइट्समा मुद्रास्फिीतिलाई ७ प्रतिशतमा कायम राख्ने आर्थिक वर्ष २०७४/७५ का लागि नेपाल सरकारले तय गरेको ७.२ प्रतिशतको आर्थिक वृद्धिदरलाई सहयोग पु¥याउने गरी आवश्यक तरलता व्यवस्थापन गरिने विश्व अर्थतन्त्र, स्थानीय तहको निर्वाचन, नेपाल सरकारको वार्षिक बजेट,...

    • भरतपुरले सिकायो पाठ: अब मतगणनामा एक जनामात्र प्रतिनिधि

      २८ असार, काठमाडौं । निर्वाचनको मतगणना भइरहेको स्थानमा अब निर्वाचनको काममा खटिएका कर्मचारीबाहेक राजनीतिक दलका तर्फबाट उम्मेदवारको एक मात्र प्रतिनिधिले प्रवेश पाउने भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा उम्मेदवार वा निजले तोकेको एक जना प्रतिनिधि मात्र मतगणना स्थानमा जान पाउने व्यवस्था प्रस्ताव गरेपछि यो अवस्था आएको हो । यसअघि निर्वाचन अधिकृतले अनुमति दिएको अवस्थामा एकभन्दा बढी जनप्रतिनिधि जान पाउने व्यवस्था थियो । तर, संख्या तोकिएको थिएन । मतगणना स्थलमा उम्मेदवारका प्रतिनिधिकै कारण पहिलो चरणको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटना सेलाउन नपाउँदै सरकारले संसद्मा दर्ता गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा यस्तो व्यवस्था गरिएको आजको गोरखापत्र दैनिकमा खबर...

    • मुसा लाग्ने कभर्ड हल भित्र ४४ दिनदेखि प्रहरी घेरामा ‘मतपत्र’

        मतपत्र के भएको छ भनेर प्रहरीले बाहिरबाट मात्र हेर्छन्, भरतपुर महानगरपालिका मत गणना प्रकरण असार २६, २०७४- मध्यरातमा मतपत्र च्यातिएसँगै भरतपुर महानगरपालिकाका गणना सकिएका र गन्न बाँकी मतपत्र ४४ दिनदेखि प्रहरी घेरामा छन् । यस प्रकरणमाथिको मुद्दामा सर्वोच्चको सुनुवाइ सर्दै गएकाले अब के गरिने हो भन्ने अन्योल झन्झन् बढदै गएको छ । गणना हुने हो वा पुन: मतदान भन्नेबारे कुनै टुंगो लाग्न सकेको छैन । सोमबार हुने भनिएको सुनुवाइलाई सर्वोच्चले फेरि साउन २ का लागि सारेको छ । जेठ १४ गते राति गणनाकै क्रममा माओवादी केन्द्रका प्रतिनिधिद्वारा मतपत्र च्यातिँदा वडा नम्बर १९ र २० को मत गन्न बाँकी...

    • ‘१६ करोडको गाडी किन्ने’ प्रकरणमा देउवाले संसदमा दिए यस्तो जवाफ

      काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि १६ करोडको गाडी किन्ने प्रस्ताव नआएको स्पष्ट पारेका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकमा प्रधानमन्त्री देउवाले बाहिर आएजस्तो १६ करोडको गाडी किन्ने प्रस्ताव नआएको बताएका हुन् । तर उनले महंगो गाडीको प्रस्ताव नआएपनि राष्ट्रपतिको पदको गरिमा र सुरक्षाको सही व्यवस्थापन गर्नुपर्ने भएकाले राष्ट्रपतिले चढ्ने गाडी राम्रो र सुरक्षित हुनुपर्ने तर्क गरे । बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले राष्ट्रपति विद्या भण्डारीका लागि १६ करोडको गाडी किन्ने र सिंहदरबारभित्र १० करोड लागतमा फोहर व्यवस्थापन आयोजना बनाउन लागेको बारे जवाफ मागेका थिए । प्रधानमन्त्री देउवाले सिंहदरबारभित्र त्यस्तो केही बन्न नलागेको पनि स्पष्ट पारे । अर्को प्रसंगमा देउवाले...

    • साउन १ देखि मतदाता नामावली अद्यावधिक

      काठमाडौं- निर्वाचन आयोगले प्रादेशिक र संसदीय निर्वाचनका लागि साउन १ गतेदेखि फोटोसहितको मतदाता नामावली अद्यावधिक गर्ने भएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आयोगले प्रादेशिक र संसदीय निर्वाचनलाई केन्द्रित गर्दै जिल्ला निर्वाचन कार्यालयमार्फत फोटोसहितको मतदाता नामावली संकलन सुरु गर्न लागेको हो। उमेर पुगेर पनि मतदाता नामावलीमा नाम लेख्न छुटेका कारण स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएका नागरिकले साउन १ गतेपछि जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम लेखाएपछि प्रादेशिक र संसदीय निर्वाचनमा मतदान गर्न पाउनेछन्। निर्वाचन आयुक्त नरेन्द्र दाहालले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि साउन १ गतेदेखि ७५ वटै जिल्लामा मतदाता नामावली संकलन सुरु हुने जानकारी दिए।...

    • धरानमा भरतपुरको झल्कोः एमालेलाई बोनस, फोरमलाई कट्टी (प्रमाणसहित)

      २४ धरान, काठमाडौं । दोस्रो चरणको मतगणनामा ‘भरतपुर काण्ड’ दोहोरिने डर धेरैलाई लागेको थियो । यही डरका कारण धेरैवटा मतगणनास्थलमा डोरीको बार पनि लगाइयो । तर, धरान उपमहानगरपालिकाको मतगणनास्थलमा भने झण्डै-झण्डै भरतपुरकै झल्को देखिएको छ । भरतपुरमा जस्तै धरानमा मतपत्र च्यात्ने काम नभएता पनि एउटा पार्टीको मतलाई अर्कै पार्टीको सूचीमा जोड्ने काममा लागेको भेटिएपछि निर्वाचन अधिकृत र गणकहरु कारवाहीमा परेका छन् । कर्मचारीले एमालेको सूचीमा भोट थपेको र संघीय फोरमको सूचीमा कम भोट जोडेर गडबडी गरेको छानविनपछि खुलेको छ । भरतपुरको झल्को उपमहानगरपालिकाको मतगणना जारी रहेका बेला गत सोमबार एक्कासी विवाद सुरु भयो । मतगणनास्थलमा कांग्रेस र माओवादी लगायतका...

    • कुलमानले सुनाए दोलालघाटसम्म पानीजहाज ल्याउने जाइकाको ‘मास्टर प्लान’

      २४ असार, काठमाडौं । नेपालसम्म पानी जहाज ल्याउन सम्भाव होला ? तपाईंलाई यस्तो कुरा गर्ने मान्छे बेबकुफ लाग्न सक्छ । तर पत्याउनुस्, सम्भाब्यता अनुसार काम हुने हो भने काठमाडौंको नजिकैसम्म भारतबाट पानीजहाज आउन सक्छ । शनिबार काठमाडौंमा रामेछाप-काठमाडाैं पत्रकार समाजले आयोजना गरेको  कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले २० वर्षअघि नै बनेको एउटा रिपोर्ट र मास्टर प्लानको खुलासा गरे, जसले ‘नेपालसम्म नै पानीजहाज ल्याउन सम्भव’ रहेको देखाएको छ । जापानी सहयोग नियोग (जाइका)मार्फत जलविद्युतको सम्भाब्यता अध्ययनसहित यस्तो मास्टर प्लान बनेको हो, जसले कोशी बेसिनका नदीहरुलाई समेटेर २५ हजार मेगावाटभन्दा माथि बिजुली निकाल्न सकिने र त्यसैका माध्यमबाट काभ्रेको...

    • यसकारण रोकियो राप्रपासहितका साना दलको ‘सत्तारोहण’

      काठमाडौं– सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल विस्तार नगरी बसेका प्रधानमन्त्री शेरबहादुर देउवाले  यसविषयमा पछिल्ला दिनमा  भने केहि सक्रियता देखाएका छन् । मूलतः देउवाले आफ्नै पार्टी र  सत्तारुढ दल नेकपा माओवादी केन्द्रलाई मिलाएर थप मन्त्रिमण्डल विस्तारको तयारी थालेका हुन् ।  यसका लागि देउवाले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग परामर्श गर्दै आएका छन् भने शनिबारमात्रै राप्रपासहितको तीन दलको बैठक बसालेर पनि छलफल गरेका छन् । देउवाले मन्त्रिमण्डल विस्तार गर्ने उद्देश्यले छलफल  गर्दै आएपनि आफ्नै पार्टीभित्र र बाहिरको समस्या नसुल्झिँदा ‘केहि दिनमै’ हुने भनिएको मन्त्रिमण्डल कहिले विस्तार हुन्छ भन्नेमा स्वयम् प्रधानमन्त्री निकटस्थहरु नै अन्योलमा रहेका छन् । देउवा...

    • झापाको मेचीनगरमा कांग्रेसका विमल बने मेयर

      २३ असार, झापा । कांग्रेस नेता विश्वप्रकाश शर्माको गृह नगर मेचीनगर नगरपालिकामा कांग्रेस उम्मेदवार विमल आचार्य मेयरमा निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाबाट २० हजार ७ सय ७६ मत ल्याउँदै उनी मेयरमा निर्वाचित भएका हुन् । आचार्यका निकटम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाईंले १९ हजार ४ सय २२ मत ल्याए । प्रसाईंलाई पछ्याएका माओवादीका हंशलाल राजवंशीले ७ हजार ६ सय ९४ मत ल्याए । नगरको उपप्रमुखमा भने एमाले उम्मेदवार मिना पोखरेल उप्रेती विजयी भएकी छिन् । उनले १९ हजार ९ सय ९४ मत ल्याइन् । उनकी निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसकी दुर्गादेवी खतिवडाले १९ हजार ७७ मत...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल