• देब आदर्श सहकारीले कोरोना संक्रमति सदस्यलाई राहत दिने

      भरतपुर/भरतपुर–६ गीतानगरमा रहेको श्रीदेब आदर्श बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि कोरोना राहत कार्यक्रमको घोषणा गरेको छ । नेपालमा पछिल्लो समय फैलिएको दोस्रो चरणको कोरोना संक्रमणको विषम परिस्थितीलाई मध्यनजर गर्दै जेष्ठ ७ गतेको नियमित बैठकले आफ्ना सबै सदस्यहरुलाई पिसिआर परिक्षण मार्फत कोभिड पोजिटिभ देखिएको खण्डमा राहत स्वरुप दुई हजार र बचत सदस्यहरुलाई एक हजार रुपैया उपलव्ध गराउने सहकारीका अध्यक्ष ध्रुवराज मिश्रले जानकारी दिनुभयो । यसैगरि सहकारीले संस्थामा कर्जाको कारोवार गर्दा सबै ऋणी सदस्यहरुको कर्जा वीमा गरी सदस्यहरुलाई आर्थिक जोखिम मुक्त समेत गराएको अध्यक्ष मिश्रले वताउनु भयो । विगतका दिनहरुमा सदस्यहरुका लागि सहकारी अबलोकन, स्वास्थ्य शिविर र...

    • राष्ट्रपतिको कदम षडयन्त्रपूर्ण ः मानव अधिकार तथा शान्ति समाज

      भरतपुर/मानव अधिकार तथा शान्ति समाज नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु भएको आह्वान प्रति ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि शुक्रबार साँझ ५ बजेसम्म प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई गर्नुभएको आह्वान सम्वन्धमा मानव अधिकार तथा शान्ति समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालद्धारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको, संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त हुनुभएका केपी शर्मा ओलीले संविधानत ३० दिनभित्र प्रतिनिधिसभाबाट...

    • राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

      हेटौंडा/राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै देवकोटा निर्वाचित भएका हुन् । गठवन्धनका तर्फवाट उमेद्वारी दिएका उनले ५०८८ मतभार पाए भने बादलले ४०१४ मतभार पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो । वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए । त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले...

    • कोरोनाबाट मृत्यु भएकाको अन्त्यष्टिको लागि महानगरले निशुल्क दाउरा उपलव्ध गराउने

      भरतपुर/भरतपुर महानगरले कोरोनाबाट मृत्यु हुनेहरुको अन्त्यष्टिका लागि निःशुल्क रुपमा दाउरा उपलब्ध गराउने भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार कोरोनाको संक्रमणबाट उपचारका क्रममा ज्यान गुमाउने व्यक्तिको अन्त्येष्टि कार्यका लागि दाउरा खरिदमा लाग्ने तीन हजार रुपैयाँ पनि उपलब्ध गराउने निर्णय महानगरले गरेको छ । उनका अनुसार भरतपुर महानगरपालिकाले गत वर्षदेखि नै कोभिड १९ बाट मृत्यु हुनेहरूको लागि शववाहनको रुपमा एक्साभेटर निःशुल्क उपलब्ध गराउँदै आएको छ । यस वर्षबाट भरतपुर महानगरपालिकाले कोभिड १९ का बिरामीहरूलाई घरबाट अस्पताल लैजान र ल्याउन २ वटा एम्बुलेन्समार्फत निःशुल्क सेवा प्रदान गर्दै आएको छ । चितवनमा कोरोना संक्रमितको संख्या बढेसँगै भरतपुर महानगरले आइसोलेसन निर्माणको...

    • चितवनका होटल क्वारेन्टिनको लागि तयारः व्यवसायी

      भरतपुर/पछिल्लो समय चितवनमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएको छ । पहिलो चरणको कोरोना संक्रमण पुर्ण रुपमा नियन्त्रण हुन नपाउँदै आएको दोस्रो चरणको कोरोना संक्रमणले झनै विकराल अवस्था सृजना गरेको छ । चितवनमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या वढ्दै गएको छ । यस पटकको संक्रमण गतवर्षको भन्दा पनि खतरनाक रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ । यस पटकको कारोना संक्रमणले संक्रमितको मृत्युदर पनि वढेको छ । दोस्रो चरणको कारोना संक्रमण झनै वढ्ने स्वास्थ्कर्मीहरुको अनुमान छ । कोरोना संक्रमण संगै विरामीको संख्या बढेपछि चितवनका अस्पतालका बेड कोरोनाका विरामीले भरिन थालेका छन् । कतिपय निजी अस्पतालहरुले त वेड खाली भए पनि विरामीको उपचारमा आनकानी गर्ने...

    • संक्रमितको व्यवस्थापनमा अस्पतालको वेवास्ता, अस्पताल क्षेत्रमा संक्रमण वढ्ने खतरा

      भरतपुर/हाल देशै भरी दोस्रो चरणको कोभिडको महामारी तिब्र रुपमा फैलीरहेको अवस्थामा भरतपुर स्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल क्षेत्रमा सुरक्षा मापदण्डलाई वेवास्ता गरिएको छ । देशका बिभिन्न जिल्लाबाट क्यान्सरको उपचारको लागि आउने बिरामीहरुमा दैनिक जसो २५÷३० जनाको हाराहारीमा कोरोना संक्रमण पुष्टि हुने गरेको भए पनि ति संक्रमितको व्यवस्थापनमा अस्पतालले चासो देखाएको छैन । संक्रमितहरुलाई सुरक्षित ब्यवस्थापन र संबन्धित जिल्लामा पठाउने कार्य नहुँदा कोरोना संक्रमण पोजेटिभको रिपोर्ट हातमा वोकेका विरामीहरु अस्पताल अगाडीका मेडिकल र होटलहरुमा घुम्ने गरेको पाईएको स्थानीय होटल व्यवसायी दिपक ढकालले जानकारी दिनुभयो । कोरोना संक्रमणवाट सुरक्षित रहन अपनाउनु पर्ने सुरक्षा मापदण्डहरु सरकार र सुरक्षा निकायले सार्वजनिक गरे...

    • लोकतन्त्र दिवसमा दीप प्रज्वलन

      भरतपुर/मानव अधिकार तथा शान्ति समाज चितबन शाखाको आयोजनामा १५ औ लोकतन्त्र दिबसको अवसरमा शनिबार भरतपुरको चौबिसकोठीमा दीप प्रज्वलन गरिएको छ । सो कार्यक्रममा नेपाली काँग्रेस चितबनका पार्टीका सचिब उतम जोशी प्रमुख अतिथि रहनु भएको थियो । दिप प्रज्वलन कार्यक्रममा सचिब जोसिले लोकतन्त्र प्राप्तिको लागि शान्ति समाजको महत्वपूर्ण भुमिकाको चर्चा गर्नु भएको थियो । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव बाबुहरि आचार्यले कार्यक्रम माथि प्रकाश पार्नु भएको कार्यक्रममा आजीवन सदस्य शंकर कँडेल, पूर्ब शाखा सभापतिहरु दिल बहादुर बोगटी, राजेन्द्र पौडेल, नेपाल शिक्षक संघ चितबनका सचिब प्रेम पौडेल लगायतको सहभागिता रहेको थियो । शाखा सभापति शम्भु राउतको सभापतित्वमा भएको कार्यक्रम...

    • पर्सामा गोधुलीको दोस्रो सेवाकेन्द्र उद्घाटन

      भरतपुर/भरतपुर ३ शहिदचोक नारायणगढमा मुख्य कार्यालय रहेको गोधुली वचत तथा ऋण सहकारी सस्था लि.ले पुर्वी चितवनको पर्सा वजारमा दोस्रो सेवाकेन्द्र स्थापना गरेको छ । सहकारीले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रममा शुक्रबार एक औपचारिक कार्यक्रमका विच खैरहनी ८ पर्सा वजारमा सेवा केन्द्र उद्घाटन गरेको हो । कार्यक्रमका प्रमुख अतिथी खैरहनी ८ का वडा अध्यक्ष टेकबहादुर थापाले सेवाकेन्द्र उद्घाटन गर्दै सहकारीले आम मानिसहरुलाई आत्मनिर्भर वनाएको वताउनु भयो । निम्न आयस्तर भएका मानिसहरुलाई स्वरोजगार वनाउन सहकारीले लगानी गरेर सहयोग गरेको हुँदा सहकारीको महत्व उच्च रहेको उहाको भनाई थियो । कार्यक्रमका विशिष्ट अतिथी रत्ननगर १६ का वडा अध्यक्ष हेमराज थापाले सहकारी विना आर्थिक...

    • रामेश्वर पुस्तकालयमा कविता वाचन र अन्तरक्रिया

      भरतपुर/अन्तरास्ट्रिय पुस्तक दिवस तथा प्रतिलिपी अधिकार दिवसका अवसरमा शुक्रबार रामेश्वर पुस्तकालयमा कविता वाचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुस्तकालयका श्रेयस्कर सदस्य साहित्यकार गायत्री श्रेष्ठको विशेष आतिथ्यमा आयोजित कार्यक्रममा साहित्यकारहरू केदारनाथ खनाल, डिआर पोखरेल, उदय अधिकारी, भूपिन, सरला जोशी, रमा वाग्ले, अर्जुनसिंह मडै, कमल कंडेल प्रकृति, गायत्री अश्रु, अञ्जना शर्मा, विन्दु वस्ती लगायतले रचना वाचन गर्नु भएको थियोे । पुस्तकालयका सचिव विष्णुप्रसाद वाग्लेको संयोजनमा सम्पन्न कार्यक्रम अध्यक्ष बालकृष्ण थपलियाको अध्यक्षता सम्पन्न भएको थियोे ।

    • पालुङ्टारमा दुर्गा प्रतिक्षालय उद्घाटन

      भरतपुर/पालुङ्टार ४ स्थित पण्डित गाउँमा बुधबार एक औपचारिक कार्यक्रमका विच दुर्गा प्रतिक्षालय उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य हरिशरण आचार्यले रिवन काटी वोर्ड अनावरण गरि प्रतिक्षालयको उद्घाटन गर्नु भएको हो । पालुङ्टार ३ पण्डितगाउँ निवासी इश्वरी प्रसाद सापकोटा र उहाका धर्मपत्नि सावित्रा सापकोटा परिवारले लुईटेल भच्चेक सडक खण्डमा उक्त प्रतिक्षालय निर्माण गर्नु भएको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी प्रदेशसभा सदस्य आचार्यले सार्वजनिक स्थलमा पार्टी पौवा, चौतारो वनाउने नेपालीको सास्कृतिक परम्परा भएको वताउँदै यस्ता सस्कृतिको संरक्षण गर्नु आवश्यक रहेको वताउनु भयो । सार्वजनिक स्थलमा निर्माण गरिएको यस्ता प्रकारका प्रतिक्षालय वटुवाको आराम गर्ने चौतारीको रुपमा...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल