• अब मात्र दुई हजारमा पीसीआर परीक्षण

      भरतपुर/पीसीआर परिक्षणको लागि चर्को मुल्य तिर्दै आएका आम नागरिकले अव दुई हजार रुपैयामा सेवा लिन पाउने भएका छन् । सरकारले कोरोनाभाइरस लागे नलागेको थाहा पाउन गरिने पीसीआर परीक्षणको शुल्क घटाएर दुई हजार रुपैया कायम गरेको हो । सरकारको यो निर्णय संगै आम मानिसहरुलाई पीसीआर परिक्षणमा थप राहत मिलेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि कोरोना परीक्षण शुल्क ४ हजार ४ सय कायम भएकोमा अहिले घटाएर अधिकतम २ हजार रुपैयाँ कायम गरिएको हो । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम २ हजार भन्दा बढी शुल्क लिन नपाउने निर्णय गरिएको जानकारी...

    • होटल सञ्चालनको माग गर्दै सिडियोलाई ज्ञापनपत्र

      भरतपुर/होटल व्यवसायी संघ चितवनले कोरोना संक्रमण नियन्त्रणको लागि गरिएको लकडाउन तथा निषेधाज्ञको कारण वन्द अवस्थामा रहेका होटलहरु संचालन गर्न पाउनु पर्ने माग गरेको छ । लामो समयसम्म होटल तथा रेष्टुरेण्टहरु बन्द हुँदा व्यवसायीहरु मारमा परेको वताउँदै संघले आइतबार होटल व्यवसाय संचालनको माग गर्दै चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । होटल व्यवसायी संघ चितवनकी अध्यक्ष शर्मिला न्यौपानेले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाइलाई ज्ञापनपत्र बुझाएको हो । घरभाडा, बैंक व्याज र मजदुर व्यवस्थापनको समस्या जटिल बन्दै गएकाले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनुपर्ने संघको माग छ । कोरोना (कोभिड १९) का कारण लागु गरिएको लकडाउन र निषेधाज्ञाका कारण सबैभन्दा...

    • यात्रा ग्रुप भरतपुरद्धारा खाद्यान्न सहयोग

      भरतपुर/यात्रा ग्रुप भरतपुरले आमाको माया छात्रावासलाई खाद्यान्न सहयोग गरेको छ । भरतपुर १२ स्थित छात्रावास परिसरमा नै पुगेर यात्रा ग्रुपले खाद्य सामाग्री सहयोग गरेको हो । छात्रावासलाई १५ हजार बराबरको २ थान ग्याँस सिलिन्डर, चाउचाउ, बिस्कुट, अण्डा तथा सरसफाईका सामाग्रीहरुको सहयोग गरिएको ग्रुपका सचिव ध्रुव घिमिरेले जानकारी दिए । उक्त सामाग्री ग्रुपका अध्यक्ष कृष्ण कार्कीले छात्रावासकी संरक्षक सावित्रा ढकाललाई हस्तान्तरण गरे । सो अवसरमा बोल्दै ग्रपका संरक्षक तथा भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले कोरोना महामारीले निम्त्याएको संकटको समयमा गरिएको सहयोगका लागि आयोजकलाई धन्यवाद दिए । डा. अधिकारीले कोरोनाका कारण सम्पूर्ण गतिविधि ठप्प रहदा समस्यामा परेका यस्ता संस्थाहरुलाई सबैले...

    • दियालो परिवारको आयोजनामा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

      भरतपुर/खगेरी खोलाको व्यवस्थापन, विकास सम्बन्धि क्षमता अभिवृद्धि कार्यक्रम शनिबार भरतपुरमा सम्पन्न भएको छ । युएसएआईडीको आर्थिक सहयोगमा दियालो परिवार नारायणगढ र केयर नेपालको साझेदारीमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो । खगेरी खोला उप–जलाधार संरक्षण समितिका पदाधिकारी, कार्यसमिति सदस्यहरुलाई खगेरी खोलाको व्यवस्थापन, विकास सम्बन्धि क्षमता अभिवृद्धि गराउन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम दियालो परिवार नारायणगढका पुर्ग अध्यक्ष एवं सल्लाहकार सुरेश खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त साझेदारी कार्यक्रममा खगेरी खोला उप–जलाधार संरक्षण समितिले नदी किनार संरक्षण, रिचार्ज पोखरी, वृक्षारोपण, जलवायु परिवर्तन सम्बन्धि सचेतनामुलक कार्यक्रम लगायतका सचेतनामुलक कार्यक्रम गर्दै आएको दियालो परिवार नारायणगढका कार्यवाहक...

    • रोट्रयाक्टको आयोजनामा एक दिने तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न

      भरतपुर/रोट्रयाक्ट क्लब अफ कावासोती र रुद्रामती बबरमहल काठमाडौंको आयोजनामा तथा रोट्रयाक्ट क्लब अफ बुटवल, मनोहरा र नारायणी मिड टाउनको सहकार्यमा एक दिने तनाव व्यवस्थापन कार्यक्रम अनलाइन जुम एपको माध्यमबाट सम्पन्न भएको छ । आर्ट अफ लिभिङ नेपालका अन्तराष्ट्रिय योगा गुरु काब्य लम्सालले उक्त तनाव व्यवस्थापनबारे मानिसमा उत्पन्न भएको समस्यालाई कसरी समाधान गर्न सकिन्छ, मेडिटेसन तथा हाम्रो दीमागलाई अझ राम्रो काममा कसरी परिचालन गर्न सकिन्छ भन्ने बिषयमा जानकारी गराउनु भएको थियो । लक डाउनको समयमा घरमा बसिरहेका मानिसहरुमा बिभिन्न किसिमको मानसिक समस्या उत्पन्न भइरहेको अबस्थालाई मध्यनजर गरेर यो सेमिनार गरिएको रोट्रयाक्ट क्लब अफ कावासोतीका अध्यक्ष परमानन्द गौतमले बताउनु भयो ।...

    • वीपी जयन्तीमा नेविसंघ सप्तगण्डकीद्धारा वेसाहारालाई खाना

      भरतपुर/नेपाल बिद्यार्थी संघ सप्तगण्डकी वहुमुखी क्याम्पसले वीपी कोईरालाको १ सय ७ औं जयन्तीको अबसरमा वेसाहाराहरुलाई खाना खुवाएको छ । वीपीले भोकाहरुले एक छाक खान दुख गर्नु नपरोस भन्ने भावना व्यक्त गर्नु भएको भन्दै नेबिसंघले वेसाहाराहरु खाना खुवाएको हो । नेबिसंघका नेताहरु कल्पना पौडेल, सरोज रेग्मी, निरज अग्रवाल, परमेश्वर खनालको उपस्थितिमा वेसाहाराहरुलाई खाना खुवाईको नेविसंघ ईकाई सचिब साजन गुरुङ्ले जनाकारी दिनुभयो । सो अबसमार बोल्ने बिद्यार्थी नेताहरुले कोरोना सङ्क्रमणका कारण सृजित अहिलेको अबस्थामा सबैले सहयोग गर्नु आबश्यक रहेको बताएका थिए । नेबिसंघ ईकाई अध्यक्ष राजेश भूषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तरुणदल जिल्ला सचिब प्रल्हाद उप्रेती जिल्ला सदस्यहरु दिपक शर्मा पौडेले, नगेन्द्र...

    • पुर्व विद्यार्थी समाज खैरहनी माबिको रक्तदान सम्पन्न

      भरतपुर/पुर्व विद्यार्थी समाज खैरहनी माबिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए । कोरोना भाइरसको बढदो संक्रमण सगै चितवनमा केही हप्ता यता रगतको अभावलाई मध्यनजर गरेर रक्तदान गरिएको आयोजक संस्थाले जनाएको छ । पुर्व विद्यार्थी समाज खैरहनीका अध्यक्ष एवं अधिवक्ता कमलराज पाठको अध्यक्षता सम्पन्न कार्यक्रममा खैरहनी माध्यमिक विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष एवं समाजसेवी नबराज डल्लाकोटी प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शम्भु बर्तौला, जिल्ला रक्तसञ्चार केन्द्रका प्रतिनिधि, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का युवानेता स्वरुप सुयाल, स्थानीय युवा समाजसेवी अशोक ढकाल लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रम कोरोना महामारीको बखत पर्याप्त सामाजिक...

    • लायन्स क्लव अफ नारायणी सेन्ट्रलले खाना खुवायो

      भरतपुर/लाइन्स क्लब अफ नारायणी सेन्ट्रलले एक कार्यक्रमको आयोजना गरि दुखी, असाहाय, पीडित तथा वटुवा हरूलाई एक छाक खाना खुवाएको छ । गैडाकोट १ नवलपुर स्थित भृकुटीचोकमा आयोजना गरेको उक्त खाना खुवाउने कार्यक्रममा करिव पचास जना लाभान्वित भएका थिए । कोरोना महामारीको संकटवाट प्रत्यक्ष रुपमा पीडित वर्गलाई लक्षीत गरि एक छाक भएपनी केहि राहत पु¥याउने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष कृष्ण लामाले जानकारी दिनुभयो । कार्यक्रम संयोजक रमेश शर्माले आगामी दिनमा लाईन्स क्लब अफ नारायणी सेन्ट्रलले यस्ता दुःखी असाहाय वर्गलाई राहत पुग्ने प्रकृतिका कार्यक्रमहरु लाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्नुभयो । लायन्स क्लव अफ इन्टरनेशन ३२५ बि....

    • कोभिड १९ प्रयोगशालालाई पिसिआर मेसिन सहयोग

      भरतपुर/स्काईलार्क एग्रो अविनाश ग्रुप नारायणगढले भरतपुर अस्पतालद्धारा सञ्चालित भरतपुर कोभिड १९ प्रयोगशालालाई एक थान पिसिआर मेसिन सहयोग गरेको छ । ग्रुपका अध्यक्ष गुणचन्द्र विष्टले बिहीबार मेसिन अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीलाई हस्तान्तरण गर्नुभयो । जर्मन कम्पनीको क्यूटावर ८४ स्वचालित पिसिआर मेसिन सहयोग गरिएको हो । ग्रुले रु ५० लाख हाराहारीको लगानीमा सो मेसिन खरिद गरी भरतपुर महानगर प्रमुख रेनु दाहालको उपस्थितीमा हस्तान्तरण गरेको हो । विष्टले सामाजिक उत्तरदायीत्व अन्तर्गत मेसिन हस्तान्तरण गरिएको जानकारी दिनुभयो । भरतपुर महानगर प्रमुख दाहालले सरकारी तवरबाट खरिद प्रकृया ढिला हुने भएकाले निजी क्षेत्रको सहयोग अहिलेको अवस्थामा...

    • भरतपुर अस्पतालको मेसुमा डा. पाण्डे

      भरतपुर/भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. राजन पाण्डे नियुक्त भएका छन् । कोरोना कहरकै विचमा अस्पतालको मेसु परिवर्तन भएका हुन् । स्वास्थ्य मन्त्रालयले भेरी अस्पतालमा कार्यरत डा. राजन पाण्डेलाई भरतपुर अस्पतालको मेसु नियुक्त गरेको हो । बुधवारको मन्त्रीस्तरीय निर्णयबाट पाण्डेलाई भरतपुर अस्पताल चितवनको प्रमुख मेसुको जिम्मेवारी तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले जानकारी दिनुभयो । यसअघि पाण्डे भेरि अस्पतलका प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन अधिकृत ११ औँ तहमा कार्यरत रहनुभएको थियो । पाण्डे भरतपुर अस्पतालको ४१ औँ मेसु बन्नु भएको छ । यसअघि डा. श्रीराम तिवारी भरतपुर अस्पतालको मेसु रहनु भएको थियो ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल