• हिन्दुवादी सस्थाहरुले वुझाए ज्ञापनपत्र

      २०७७ भाद्र ७ गते भरतपुर/हिन्दु जारगरण नेपाल जिल्ला कार्यमिति चितवनले हालै रौतहट जिल्लाको हनुमान मन्दिरका पुजारी श्रीराम शाहको हत्याको विरोधमा चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र वुझाएको छ । हिन्दु जागरण नेपाल चितवनको नेतृत्वमा विभिन्न धार्मिक संघ सस्थाका व्यक्तिहरुले आइतबार चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र वुझाएको हो । धार्मिक सद्भाव विथोल्ने यस्ता कार्यको विरोध गर्दै ज्ञापनपत्रमा घटनाको कारण र दोषि पत्ता लगाएर कानुन बमोजिम कारवाहिको माग गरिएको छ । हिन्दु जागरण नेपाल चितवनका अध्यक्ष निरज शर्मा काफ्लेको हस्ताक्षर रहेको उक्त ज्ञापनपत्रमा प्रत्येक मठमन्दिर तथा गुम्वाहरुको सुरक्षाका निम्ति ठोस उपाय अवलम्वनको समेत माग गरिएको छ । सो घटनाको विरोधमा...

    • जिल्लाभर लागुहुने गरि निषेधाज्ञा एकसाता लम्वियो

      २०७७ भाद्र ५ भरतपुर/चितवनमा जारी निषेधाज्ञा लम्विएको छ । माडी नगरपालिका वाहेक अन्य क्षेत्रमा जारी निषेधाज्ञा अव जिल्लाभर लागु हुने गरि एक साथा थपिएको हो । कोरोना संक्रमण नियन्त्रण गर्न जारी निषेधाज्ञा प्रभावकारी बनेको निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाभर लागु हुने गरि एकसाता निषेधाज्ञको समय लम्व्याएको हो । पहिलो चरणमा साउन ३१ गतेदेखि एक साताका लागि जारी गरिएको निषेधाज्ञाको शुक्रबार सकिदै थियो । पछिल्लो समय चितवनमा झनै संक्रमणको दर बढ्दै गइरहेकोले निषेधाज्ञाको अवधि बढाउनुको विकल्प नभएको जिल्ला प्रशासन कार्यालय चितवनले विज्ञप्तिमार्फत जनाएको छ । गत साउन ३० गते जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भरतपुर महानगरपालिका क्षेत्रमा...

    • चितवन मेडिकल कलेजमा पिसिआर परिक्षणको तयारी पुरा

      २०७७ भाद्र १ गते भरतपुर/भरतपुर स्थित चितवन मेडिकल कलेज (सिएमसि)मा कोरोनाको पिसिआर परिक्षण गर्नको लागि आवश्यक तयारी पुरा भएको छ । निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति पाए पछि अस्पतालले भोलि (मंगलबार) बाट परिक्षण थल्ने जानकारी दिँदै अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले कोरोनाको पिसिआर परिक्षणको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । देवकोटाले नमूना परीक्षणका लागि छ हजार ५० रुपैया शुल्क निर्धारण गरिएको जानकारी दिनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले कलेजले भित्र्याएको पिसिआर उच्चस्तरको भएको वताउँदै ६ घण्टामा ४०० जनाको...

    • रोटरी करुणालयमा वृक्षारोपण

      भरतपुर/रोटरी क्लव अफ चितवनको आयोजनामा पवित्र धार्मिकस्थल देवघाट स्थित रोटरी करुणालयमा शनिबार वृक्षारोपण गरिएको छ । रोटरी क्लव अफ चितवनको संरक्षकत्वमा संचालित उक्त रोटरी करुणालयमा कोभिड १९ को संक्रमणको कारण सिमित सहभागिताबाट रुद्राक्ष, रक्त चन्दन, भोगटे, जामुन, श्रीखण्डलगायतका ३० वटा विरुवा रोपिएको रोटरी क्लव अफ चितवनका पब्लिक इमेज डाइरेक्टर दिनेश कुमार चुकेले जानकारी दिनुभयो । वृक्षारोपण कार्यक्रममा रोटरी क्लव अफ चितवनका अध्यक्ष रोशन पिया, सचीव रामचन्द्र अधिकारी, पब्लिक इमेज डाइरेक्टर दिनेश कुमार चुके, रोटरी करुणालायका सचीव हरि पन्त, बृक्षारोपण कार्यक्रमका संयोजक ओम गौचन, गोपाल भट्टराई, रोशन खरेल, मनोज बर्णवाल, स्पाउस क्लबका निबर्तमान अध्यक्ष योगिता पियालगायतको उपस्थिति रहेको थियो ।

    • व्यवस्थापन समिति गठनको विरोधमा चितवन माविमा ताला, विरोधको तुक छैन– अध्यक्ष भण्डारी

      सन्तोष देवकोटा भरतपुर/चितवनको पुरानो विद्यालयको रुपमा लिईएको चितवन माध्यमिक विद्यालय फेरि यतिवेला विवादमा आएको छ । कहिले जग्गा तथा व्यवसायिक भवनको विवाद त कहिले कर्मचारीको विवादले चर्चामा आउने गरेको उक्त विद्यालय पछिल्लो समय विद्यालय व्यवस्थापन समिति गठनको विषयमा विवादमा आएको हो । विगत लामो समय देखि जिल्ला स्थित राजनीतिक दलका आपसि समझदारीको आधारमा काँग्रेस निकटका व्यक्तिहरु अध्यक्ष हुँदै आएको उक्त विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष परिवर्तन भएसंगै विवाद वाहिर आएको हो । उक्त विद्यालयको विद्यालय व्यवस्थापन समितिको यहि साउन १ गते म्याद सकिएको थियो । लकडाउन खुले पनि गोष्ठि, सभा, समारोह गर्न नपाईने सरकारको निर्णय भएको हुँदा भरतपुर महानगरपालिका...

    • रोटरी क्लवद्धारा मास्क वितरण

      भरतपुर/रोटरी क्लव अफ नारायणी मिट टाउन र रोट्याक्ट क्लब अफ नारायणी मिट टाउनको संयुक्त आयोजनामा आइतबार नारायणगढको लाईन्सचोकमा मास्क बितरण कार्यक्रम गरिएको छ । कोरोना भाईरसले महामारीको रुप लिएर फैलिरहेको अवस्थामा मानिसहरुले मास्क नलगाई हेलचक्रयाई गरेर हिडेको देखेपछि जनचेतनाको लागि मास्क बितरण गरिएको हो । जिल्ला ट्राफिक कार्यलय र जिल्ला प्रहरी कार्यलयको समन्वयमा सो कार्यक्रम गरिएको हो । आइतबार भएको कार्यक्रमको संयोजकमा हिरालाल सापकोटा र प्रकाश पौडेल रहनुभएको थियो । कार्यक्रममा उपस्थित रोटरिएन र रोट्याक्टहरुले मास्क नलगाई हिडडुल गरेका र सवारी साधन चलाएकाहरुलाई रोकेर मास्क बितरण गरेका थिए । मास्क बितरण कार्यक्रममा रोयल पेन्ट्सका प्रमुख प्रमेश्वर भण्डारीले ७५० थान...

    • चिकित्सक संघ चितवनमा सेढाई

      भरतपुर/चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघ चितवन शाखाको नेतृत्व सर्वसम्मतीले चयन भएको छ । नेतृत्वका लागी उम्मेदवारी घोषणा गरेका समूहलाई सहमत गराएर नारायणी सामुदायीक अस्पतालका डा. लोकबहादुर सेँढाइ निर्विरोध अध्यक्ष हुनुभएको छ । उहाँको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएको छ । नेतृत्वका लागी प्रजातान्त्रिक प्यानल र प्रगतिशील प्यानल खडा भएका थिए । दुई समूहबीच सहमति गराइएको हो । प्रगतिशील प्यानलबाट पुरानो मेडिकल कलेजका डा. सुरेश पाण्डेको नेतृत्वमा टोली खडा भएको थियो । त्यस्तै अध्यक्षका लागी उम्मेदवार घोषणा गरेका क्यान्सर अस्पतालका पूर्व कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । अध्यक्ष सहित आठ जना प्रजातन्त्रबादी प्यानल...

    • उवासंघ चितवनको पूर्व प्रधानमन्त्री प्रचण्ड संग छलफल

      भरतपुर/उद्योग वाणिज्य संघ चितवनले कोमिड १९ को संक्रमण र लकडाउनको कारण उत्पन्न अवस्स्थाले उद्योगी व्यवसायी समस्यामा परेको वताउँदै राहत प्याकेज घोषणाको माग गरेको छ । संघको आयोजनामा पूर्व प्रधानमन्त्री, नेकपाका अध्यक्ष एवम् चितवन जिल्ला क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल प्रचण्डसंग भएको छलफलमा व्यवसायीहरुले सो माग गरेका हुन् । कोभिड १९ को कारण उद्योग व्यवसायमा परेको असरका वारेमा छलफल गर्नका लागि कार्यक्रमको आयोजना गरिएको वताउँदै संघका अध्यक्ष राजु श्रेष्ठले बर्तमान विसम परिस्थितिमा उद्योगी व्यवसायीहरुलाई राहतका प्याकेज ल्याउनुपर्ने, मौद्रिक नीति मार्फत उद्यमी व्यवसायीका समस्याहरु सम्बोधन गरिनुपर्ने, बैंक ब्याज मिनाहा गरिनुपर्ने बिषयमा जोड दिनु भयो । कार्यक्रममा बोल्दै...

    • नारायणगढको भानु माविमा भानुभक्तको चर्चा

      भरतपुर । आदिकवि भानु माध्यमिक विद्यालय नारायणगढमा चितवनका साहित्यकारहरुले आदिकवि भानुभक्त आचार्यको सम्झना गरेका छन् । २०७ औं भानु जयन्तीको अवसर पारेर गरिएको कार्यक्रममा चितवनका साहित्यकारले भानुले साहित्यमा पु¥याएको योगदानको चर्चा गरे । कार्यक्रममा भनुभक्तद्वारा रचित रामायणको पाठसमेत गरिएको थियो । चितवन साहित्य परिषद्, नारायणी कला मन्दिर र आदिकवि भानु माविले संयुक्तरुपमा कार्यक्रम गरेका हुन् । कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदीले आदिकवि भानुभक्तले नेपाली भाषा, साहित्यलाई एकताबद्ध बनाउन महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले भानुभक्त बारेमा थप खोज अनुसन्धानहरु हुनुपर्ने बताए । सोही अवसरमा साहित्यकार कपिल अज्ञातले भानुभक्तको योगदानबारे चर्चा गरे । साहित्यकार डीडी शर्माले रामायण पाठ गर्दा हल नै...

    • ‘१६ करोडको गाडी किन्ने’ प्रकरणमा देउवाले संसदमा दिए यस्तो जवाफ

      काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि १६ करोडको गाडी किन्ने प्रस्ताव नआएको स्पष्ट पारेका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकमा प्रधानमन्त्री देउवाले बाहिर आएजस्तो १६ करोडको गाडी किन्ने प्रस्ताव नआएको बताएका हुन् । तर उनले महंगो गाडीको प्रस्ताव नआएपनि राष्ट्रपतिको पदको गरिमा र सुरक्षाको सही व्यवस्थापन गर्नुपर्ने भएकाले राष्ट्रपतिले चढ्ने गाडी राम्रो र सुरक्षित हुनुपर्ने तर्क गरे । बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले राष्ट्रपति विद्या भण्डारीका लागि १६ करोडको गाडी किन्ने र सिंहदरबारभित्र १० करोड लागतमा फोहर व्यवस्थापन आयोजना बनाउन लागेको बारे जवाफ मागेका थिए । प्रधानमन्त्री देउवाले सिंहदरबारभित्र त्यस्तो केही बन्न नलागेको पनि स्पष्ट पारे । अर्को प्रसंगमा देउवाले...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल