• चितवन रोटरीको पद हस्तान्तरण कार्यक्रम

      सन्तोष देवकोटा भरतपुर/रोटरी क्लव अफ चितवनको २९ औं पद हस्तान्तरण कार्यक्रम शुक्रबार भरतपुरमा सम्पन्न भएको छ । कार्यक्रममा रोटरी क्लव अफ चितवनका रोटरी वर्ष सन् २०१९/२० का अध्यक्ष राजु पौडेलले रोटरी वर्ष २०२०/२१ का अध्यक्ष रोशन पियालाई पद हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा विगत एक वर्षमा भएका कामको वारेमा समिक्षा गरिएको थियो भने निवर्तमान अध्यक्ष राजु पौडेलले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पुर्णलाई मायाको चिनो सहित सम्मान गर्नु भएको थियो । सोहि अवसरमा रोशन पिया नेतृत्वको नयाँ कार्यसमितिलाई स्वागत एवं वधाई ज्ञापन गरिएको थियो । रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर राजिव पोखरेल प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रममा...

    • लियो र लायन्स क्लबको रक्तदान

      भरतपुर/लियो क्लब अफ भरतपुर युथको आयोजना र लायन्स क्लब अफ भरतपुर युथ संगको सहकार्यमा बिहीवार नारायणगढमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिहान ८ बजेदेखि १ बजेसम्म सञ्चालन भएको लियो क्लब अफ भरतपुर युथका अध्यक्ष दिपेश ज्ञवालीले जानकारी दिनु भयो । कार्यक्रममा लायन्स मल्टिपल डिष्ट्रिक ३२५ विटु नेपालका डिष्ट्रिक डाइरेक्टर दिनानाथ न्यौपाने प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा लियो डिष्ट्रिक काउन्सिल ३२५ विटु नेपालका भिडिपि अनीश लामिछाने, नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला मन्त्री हरी पौडेल, लायन्स क्लब अफ भरतपुर यूथका अध्यक्ष राजकुमार शर्मालगायतको सहभागिता रहेको थियो । कार्यक्रममा ३५ जनाले रक्तदान गरेका र ति मध्ये ३१ जना पुरुष...

    • व्यवस्थापन समिति गठनको विरोधमा चितवन माविमा ताला, विरोधको तुक छैन– अध्यक्ष भण्डारी

      सन्तोष देवकोटा भरतपुर/चितवनको पुरानो विद्यालयको रुपमा लिईएको चितवन माध्यमिक विद्यालय फेरि यतिवेला विवादमा आएको छ । कहिले जग्गा तथा व्यवसायिक भवनको विवाद त कहिले कर्मचारीको विवादले चर्चामा आउने गरेको उक्त विद्यालय पछिल्लो समय विद्यालय व्यवस्थापन समिति गठनको विषयमा विवादमा आएको हो । विगत लामो समय देखि जिल्ला स्थित राजनीतिक दलका आपसि समझदारीको आधारमा काँग्रेस निकटका व्यक्तिहरु अध्यक्ष हुँदै आएको उक्त विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष परिवर्तन भएसंगै विवाद वाहिर आएको हो । उक्त विद्यालयको विद्यालय व्यवस्थापन समितिको यहि साउन १ गते म्याद सकिएको थियो । लकडाउन खुले पनि गोष्ठि, सभा, समारोह गर्न नपाईने सरकारको निर्णय भएको हुँदा भरतपुर महानगरपालिका...

    • उत्कृष्ट कार्य गर्ने ट्राफिक प्रहरी पुरस्कृत

      भरतपुर/वागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले चितवनका उत्कृष्ठ काम गर्ने ट्राफिक प्रहरीलाई सम्मान तथा पुरस्कृत गरेको छ । कार्यलयले एक प्रहरी निरीक्षकसहित ८ जनालाई सम्मानित तथा पुरस्कृत गरेको हो । एक बर्ष भित्र चितवनको ट्राफिक कार्यालय मातहत रहि उत्कृष्ट कार्य गरेका प्रहरी निरीक्षक दयाकृष्ण भटट्सहित प्रहरी नायब निरीक्षक कृष्णबहादुर ठकुरी, प्रहरी सहायक निरीक्षक ईन्द्रबहादुर घिसिङ र प्रहरी हबल्दार हरेराम खतिवडा प्रशंसापत्र सहित र प्रहरी हबल्दार माधव खतिवडा र बाबुराम न्यौपाने, प्रहरी जवानहरु रमेशदत्त भट्ट र अर्जुन अधिकारी नगद पुरस्कार सहित सम्मानित भएका हुन् । चितवन एक बर्ष भरि ट्राफिक सचेतना, दुर्घटना न्यूनिकरणको क्षेत्रमा कोरोना कहर विच उत्कृष्ट कार्य गरेको...

    • भरतपुर ८ का डुवान क्षेत्रको निरिक्षण

      खेमराज ढकाल भरतपुर/पछिल्लो समय मुलुकभर मनसुन सक्रिय भएको छ । मनसुन सक्रिय भएसंगै लगातारको अविरल बर्षाका कारण मुलुकका पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुवानको समस्या छ । सोहि क्रममा डुवानमा परेका भरतपुर ८ का विभिन्न स्थानको मंगलबार वडाध्यक्ष दामोदर न्यौपानेको अगुवाईमा स्थलगत निरिक्षण भएको छ । विगत तीनदिन देखि लगातार परेको वर्षाका कारण वडाका विभिन्न स्थान डुवानमा परेका छन् । अबिरल बर्षाका कारण बरुवा, पारसनगरका लगायतका क्षेत्रमा करिव १० बिगाहा क्षेत्रफलमा लगाएको धानखेतीमा क्षति पुगेको छ भने केरुङ्गाघोलको ड्रेन भत्किएका कारण केरुङ्गा लाईनको टोलमा आवतजावत गर्नमा समस्या परेको छ । बर्षाले नहरका कल्भर्टहरुमा समेत क्षति पुगेको वडाध्यक्ष न्यौपानेले...

    • सडक डिभाइडरमा वृक्षरोपण

      भरतपुर/भरतपुरको मुख्य बजार क्षेत्र नारायणगढको लायन्सचोकदेखि सहिदचोकसम्मको सडक डिभाइडरमा वृक्षरोपण गरिएको छ । भरतपुर महानगरपालिका, लायन्स क्लब अफ नारायणगढ बालकुमारी र एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सो डिभाइडरमा वृक्षरोपण गरिएको हो । वृक्षरोपण कार्यक्रममा आयोजक मध्येको एउटा संस्था भरतपुर महानगरपालिका भने अनुपस्थित रहेको थियो । अन्य संस्थाहरुको आयोजनामा हुने उद्घाटन र आसनग्रहणमा सहभागिता जनाउने भरतपुर महानगरपालिका लायन्सचोकमा आयोजना गरिएको वृक्षरोपणमा भने सहभागी भएन । आफै आयोजक रहेको संस्थाले कार्यक्रममा सहभागिता नजनाउँदा अन्य सहभागीहरु भने दुखि भएका छन् । अन्य ठाउँमा रिबन काट्न र भाषण गर्न पुग्ने महानगरपालिका आफ्नै आयोजनामा भएको वृक्षरोपण कार्यक्रममा नआउनु दुखद भएको उनीहरुको...

    • कुमाता माथि पाठक समिक्षा

      भरतपुर/पत्रकार तथा कथाकार वसन्त पराजुलीको कुमाता कथासंग्रह माथि शनिवार एक कार्यक्रम गरि पाठक समिक्षा गरियो । कार्यक्रममा वोल्ने बक्ताहरुले कृति माथि समिक्षा गर्दै कुमाता कथासंग्रहले समाजमा हुने यौन जन्य विकृतिहरु उजागर गरेको धारणा ब्यक्त गरे । महिलाको यौन मनोविज्ञानमा आधारित रहेर प्रकाशित भएको कुमाता कथासंग्रह सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानमा केन्द्रित रेहेको बक्ताहरुले औल्याए । कार्यक्रममा वोल्दै साहित्यकार तथा चितवन साहित्य परिषदका पूर्व अध्यक्ष गायत्री श्रेष्ठले नारी प्रेम, करुणा र शक्तिसगै उग्रचण्डी पनि भएको बताउनुभयो । कुमाता कथासग्रह भित्र रहेका कथाहरुको भाषा सरलता, नारी संवेदनशिलताका पक्षमा जोडका साथ उठेको भनाई उहाँको छ । यस्तै महिला अधिकारकर्मी मिना खरेलले...

    • मौलाकालिका मन्दिर क्षेत्रमा वृक्षारोपण

      भरतपुर/“रुख रोपौ पृथ्बी बचाऔं” भन्ने नारालाई आत्मसाथ गर्दै लायन्स क्लब अफ चितवन चौतारीले शनिबार धार्मिक पर्यटकिय स्थल मौलाकालिका मन्दिर गैडाकोट परिसरमा बृक्षारोपण कार्य सम्पन्न गरेको छ । क्लबले बिभिन्न औषधिय प्रजातीका १६० बिरुवा रोपेको हो । बृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि गैडाकोट नगरपालिका वडा नं १ का अध्यक्ष हरिप्रसाद सापकोटाले बिरुवा रोपेर मात्र कर्तब्य पुरा नहुने भन्दै ति बिरुवा हुर्काउन पनि उतिकै ध्यान दिन जरुरी भएको बताउनुभयो । वडा अध्यक्ष सापकोटाले रहरले बिरुवा रोप्ने तर स्याहार सुसार नगर्ने प्रबित्तिले गर्दा रोपियका बिरुवा हर्कन नसकेको तर्फ लायन्सकर्मीहरुको ध्यानाकर्षण गराउनुभएको थियो । आज रोपिएका सबै बिरुवाहरु औषधिय गुणका भएकाले...

    • लायन्स क्लब अफ पोखरा डल्फिनको स्थापना दिवसमा वृक्षारोपण

      पोखरा/ लायन्स क्लब अफ पोखरा डल्फिनको स्थापना दिवसमा जयकोट सामुदायिक वन, कार्की डाँडाको फेदीमा विभिन्न १२ प्रजातिका फलफुलको विरुवा रोपिएको छ । कार्यक्रममा प्रमुख आतिथिको रुपमा पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष राम बहादुर कार्की, विशेष अतिथि कलस्टर प्रमुख ऋषि गिरी, अतिथिहरु सितलादेवी सामुदायिक मा. वि.का व्यवस्थापन समितिका अध्यक्ष टिका बहादुर कार्की, जयकोट सामुदायिक वनका अध्यक्ष शिव बहादुर कार्की र डिष्टिक पिआरओ गोविन्द बहादुर शाही, क्लबका संथापक अध्यक्ष रामबहादुर बल्कोटी र रिजन चेयर पर्सन तिलक तिवारी रहनु भएको थियो । सो कार्यक्रममा बाँकी रहेका फलफुलका विरुवाहरु जयकोट सामुदायिक वनका अध्यक्षलाई हस्तान्तर गरिएको थियो । सोहि कार्यक्रममा गत...

    • अधिकारीद्धारा पत्रकार पराजुली र रिजालको पुस्तक महासंघलाई हस्तान्तरण

      भरतपुर/नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष एबं नेपाल प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष नारायण प्रसाद अधिकारीले पत्रकार बसन्त पराजुली र विनोदबाबु रिजालद्धारा लिखित पुस्तक पत्रकार महासंघलाई हस्तान्तरण गर्नु भएको छ । अधिकारीले पराजुलीद्धारा लिखित “कुमाता” र रिजालद्धारा लिखित “एकान्तबास” पुस्तक दश÷दश थान महासंघका अध्यक्ष राधेश्याम खतिवाडालाई हस्तान्तरण गर्नु भएको हो । आफ्नो कान्छो छोरा साकार अधिकारीको जन्मोत्सबको अबसर पारि ती किताबहरु हस्तान्तरण गर्नु भएको हो । अधिकारीले भन्नुभयो “पुस्तक लेखक पत्रकारहरुलाई उर्जा मिलोस भनेर मैले छोराको जन्मदिनको अबसरमा संकल्प गरि महासंघलाई पुस्तक हस्तान्तरण गरेको हुँ ।” पुस्तक नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण गिरी सहितको उपस्थितिमा पुस्तक हस्तान्तरण गरिएको हो...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल