• निषेधाज्ञाको विकल्प खोज्न निजी क्षेत्रको माग

      २०७७ भाद्र १४ भरतपुर/जिल्लामा जारी निषेधाज्ञाको विकल्प खोज्न चितवनका निजी क्षेत्रका प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेका छन् । निषेधाज्ञासहितको लकडाउन मात्र कोरोना संक्रमण नियन्त्रणको विकल्प नभएको भन्दै जिल्लाका व्यवसायीहरुले लकडाउनको कारण जिल्लाको आर्थिक गतिविधि अवरुद्ध भइ रोगले भन्दा पनि भोकले असामान्य स्थिती देखापर्ने निजी क्षेत्रको ठहर छ । निषेधाज्ञाको वैकल्पिक उपाय अपनाएर आर्थिक गतिविधि चलायामान वनाउन उनिहरुको माग छ । पूर्ण स्वास्थ्य सावधानीको साथ उद्योग, व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाइदिन अनुरोध गर्दै निजी क्षेत्रका प्रतिनिधिहरुले प्रतिनिधि सभा सदसइ कृष्णभक्त पोखरेलको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई सुझाव पत्र बुझाएका हुन् । कोरोनाको स्वास्थ्यजन्य जोखिम आगामी २ वर्षसम्म रहन...

    • कोरोना बीमामा आकर्षण वढ्यो

      २०७७ भाद्र १४ काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को बीमामा पछिल्लो समय आकर्षण वढेको छ । कोरोना संक्रमण वढेसंगै कोरोना विमामा आम नागरिकको आकर्षण वढेको हो । यो संगै कोरोना बीमा गराउनेको संख्या १० लाख नाघेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिको अनुसार आगामी दिनमा यो क्रम झनै वढ्ने भएको छ । समितिका अनुसार बीमा पुल मार्फत आठ लाख ३४ हजार ९ सय ३३ जनाको कोरोना बीमा भएको छ । उता बीमा संस्थानबाट सरकारी कर्मचारीहरुको बीमा हुने गरेको छ । तथ्यांक अनुसार संस्थानबाट करिब २ लाखको बीमा गरिएको छ । यी दुवैतिरको जोड्दा विमितको संख्या १०...

    • एकैदिन ८८४ जनामा संक्रमण, १२ को मृत्यु

      २०७७ भाद्र १३ गते भरतपुर/पछिल्लो समय मुलुकमा कोरोना संक्रमण र मृत्युदर वढ्न थालेको छ । शनिबार थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा मात्र ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका २÷२ जनाको मृत्यु भएको छ । यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एक÷एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ । देशभरका प्रयोगशालामा ११ हजार ५१६ नमुना परीक्षण गर्दा २४२ महिला र ६४२ पुरुषमा संक्रमण पुष्टि भएको हो...

    • संक्रमण वढ्यो, निषेधाज्ञा लम्वियो

      २०७७ भाद्र १२ भरतपुर/चितवनमा पछिल्लो समय कोरोना संक्रमण वढ्दो क्रममा रहेको छ । शुक्रबार मात्रै चितवनमा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका –२ क्षेत्रपुरका ५१ वर्षीय पुरुष, हेटौडा उपमहानगरपालिका १९ का ७१ वर्षीया महिला र आबुखैरहनी १३ गोरखाका ३८ बर्षिय पुरुष छन् । चितवनमा कोरोना संक्रमण वढेसंगै जारी निषेधाज्ञा लम्विएको छ । चितवनका सातवटै स्थानीय तहमा एक साता निषेधाज्ञा थपिएको हो । भदौ १९ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी जरुरी सूचनामा जनाइएको छ । अत्यावश्यकीय खाद्य सामाग्री खरिद गर्न विहान ५ र बेलुका ६ बजेदेखि तीन...

    • चितवनमा कोरोनाको कारण दुईको मृत्यु

      २०७७ भाद्र १२ भरतपुर । चितवनमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । भरतपुर स्थित पुष्पाञ्जली हस्पिटलमा ५१ वर्षीय पुरुष र चितवन मेडिकल कलेज (सिएमसी) मा ७१ वर्षिय महिलाको कोरोनाको कारण ज्यान गएको हो । भरतपुर–२ क्षेत्रपुरका ती पुरुष स्वासप्रश्वासमा समस्या आएपछि पुष्पाञ्जलीमा भर्ना भएकोमा ८ गते संक्रमण पुष्टी भएको थियो । अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सन्दिप पाण्डेले संक्रमित ती व्यक्तिको शुक्रबार निधन भएको जानकारी दिनुभयो । सिएमसीमा उपचाररत हेटौडा–१९ मकवानपुरका ७१ वर्षीय महिलाको कोरोनाको कारण शुक्रबार विहान ज्यान गएको हो । अस्पतालका निर्देशक डा. दयाराम लम्सालले श्वासप्रश्वासको समस्य भई जटिल अवस्थामा इरजेन्सी विभागमा उपचारका लागि...

    • चितवनमा कोरोना संक्रमितको संख्या ४८७ पुग्यो

      २०७७ भाद्र १२ भरतपुर । पछिल्लो समय कोरोना संक्रमण तीव्र हुँदै गएको चितवनमा बिहीबार थपिएका १७ जना सहित कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनको १७ जनामा कोरोना संक्रमण देखिएको हो । थपिएका नयाँ संक्रमित मध्ये खैरहनी नगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । खैरहनी ३, ५, ८, ९ र १२ नम्बर वडाका ५ जना पुरुष र ७ जना महिलामा संक्रमण देखिएको हो । पुरुषहरु ३८ देखि ७५ वर्ष उमेर समूहका छन् भने महिलाहरु ६ वर्षीया बालिकादेखि ३६ वर्ष उमेर समूहका छन्...

    • क्याम्पाचौर सफाई अभियान जारी, मिनी स्टेडियमको रुपमा विकास गर्ने तयारी

      सन्तोष देवकोटा २०७७ भाद्र १० गते भरतपुर/खेलकुद लगायतका विभिन्न कार्यक्रम हुने नारायणगढ वजारको विचमा रहेको क्याम्पाचौर सफाई अभियान जारी छ । कोरोना संक्रमण नियन्त्रण गर्न जारी लकडाउनको कारण वालकुमारी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको क्याम्पाचौर प्रयोग विहीन भएपछि झाडिको रुपमा परिणत भएको थियो । क्याम्पाचौरको अस्तित्व जोगाउनको लागि जोरकुसुम पार्क संरक्षण समिति अन्तरगत सफाई अभियान सुरु गरिएको समितिका सल्लाहकार सुधिर श्रेष्ठले जानकारी दिनुभयो । अफु खेलेर हुर्किएको चौर झाडिको रुपमा परिणत भएपछि चिन्ता लागेर स्थानीय साथीहरुको सहयोगमा सफाई अभियान सुरु गरिएको जानकारी दिँदै श्रेष्ठले जोरकुसुम पार्क संरक्षण समितिको सफाई गर्ने मेसिन प्रयोग गरिएको जानकारी दिनुभयो । मेसिन प्रयोगमा लाग्ने इन्धन...

    • चितवन रोटरीद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

      भरतपुर/रोटरी क्लव अफ चितवनले एक कार्यक्रमका बिच पुरानो मेडिकल कलेजमा कार्यरत इन्ट्रन डाक्टरहरुको लागि कोरोना संक्रमणवाट सुरक्षित रहन सास्थ्य सामाग्री (फेससिल्ड र माक्स) हस्तान्तरण गरेको छ । चितवनमा वढ्दै गएको कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्ने उदेश्यले रोटरी क्लव अफ चितवन, रोट्याक्ट क्लव अफ चितवन र क्रिएटिङ म्यालुले संयुक्त रुपमा फ्रन्टलाईनमा वसेर काम गर्ने डाक्टरहरुलाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा रोटरी क्लव अफ चितवनका अध्यक्ष रोशन पियाले पुरानो मेडिकल कलेजका एडिसनल डाइरेक्टर मनोहर प्रधानलाई हस्तान्तरण गर्नु भएको हो ।

    • चितवन रोटरी र पुरानो मेडिकल कलेज बिच एम.ओ.यु. संझौता

      भरतपुर/रोटरी क्लव अफ चितवन र भरतपुर स्थित पुरानो मेडिकल कलेजको विचमा मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ (एम. ओ. यु.) संझौता भएको छ । रोटरी वर्ष २०२०/२०२१ मा स्वास्थ्य संवन्धि विभिन्न काम गर्ने गरि एमओयु संझौता भएको हो । हरेक तिन/तिन महिनामा ओरल हेल्थ क्याम्प र वर्षमा एक पटक वृहत डेण्टल क्याम्प आयोजना गर्ने सहमति भएको एमओयु संझौतामा रोटरी क्लव अफ चितवनको तर्फवाट अध्यक्ष रोशन पिया, ओरल एण्ड डेण्टल हेल्थ चियर राजन पिया तथा पुरानो मेडिकल कलेजको तर्फवाट एडिसनल डाइरेक्टर मनोहर प्रधान, चिफ अपरेटिङ अफिसर सुप्रभात श्रेष्ठको हस्ताक्षर रहेको छ । संझौतामा हेल्थ क्याम्पवाट सिफारिस भएका विरामीहरुको लागि ओपडि टिकटमा ५५ प्रतिशत,...

    • सिडेन चितवनको अध्यक्षमा ई. मैनाली

      भरतपुर/नेपाली काँग्रेस निकट इन्जिनियरहरुको सस्था सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) चितवनको नयाँ कार्यसमिति चयन गरिएको छ । ईन्जिनियर दिवस मैनालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा ईन्जिनियर स्वरुप कुमार घोस, सचिबमा ईन्जिनियर सन्दिप पराजुली, कोषाध्यक्षमा ईन्जिनियर कपिल अधिकारी र सह सचिबमा ईन्जिनियर अपिल जिसी चयन भएका छन् । सो समितिको सदस्यमा ईन्जिनियरहरु राजु तिमिल्सिना, उज्वल पौडेल, प्रबिन सिल्वाल, रुपेश चौधरी, दिपक ढकाल र आशिस खनाल चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष मैनालीले ईन्जिनियरहरुको व्यवसायिक विकासमा जोड दिने वताउनु भयो ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल