• होटल व्यवसायी संघद्धारा प्रजिअ र वडा प्रहरी प्रमुखलाई स्वागत तथा अन्तरक्रिया

      सन्तोष देवकोटा भरतपुर/चितवनका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनले हालैमात्र चितवनमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी र वडा प्रहरी प्रमुखलाई स्वागत गरेको छ । संघले भरतपुर स्थित होटल जमघटमा एक औपचारिक कार्यक्रमको आयोजना गरि चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा र वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख वसन्त पाण्डेलाई जिल्लामा स्वागत सहित अन्तरक्रिया गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी थापाले होटल व्यवसाय पर्यटनको अभिन्न अंग भएको वताउनु भयो । होटल व्यवसाय विना पर्यटन प्रवद्र्धन र आर्थिक सम्वृद्धि असम्भव रहेको वताउँदै उहाँले होटल व्यवसाय मर्यादित र व्यवस्थित हुनुपर्नेमा जोड दिनु भयो । कोरोना...

    • होटल व्यवसायी संघ चितवनका नवनिर्वाचित कार्यसमितिसंग औद्योगिक प्रवद्र्धनका विषयमा छलफल

      भरतपुर/चितवन उद्योग संघको आयोजनामा होटल व्यवसायी संघ चितवनका नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । औद्योगिक प्रवद्र्धनका विषयमा समेत छलफल गरिएको उक्त कार्यक्रम चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष कंडेलले स्वागतसँगै संघका गतिविधिहरुको बारेमा प्रकाश पार्नुभएको थियो भने होटल व्यवसायी संघ चितवन को २७ औं साधारणसभा तथा १३ औ अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट(कृष्ण)ले संघसंगको सहकार्य अझै धेरै गर्दै जाने बताउनु भयो । कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु...

    • उद्योग वाणिज्य संघ–चितवन र सिएमटी रिसोर्ट विच छुट सम्झौता

      भरतपुर/उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीलाई चितवन मिड टाउन रिसोर्टमा हस्पिटालिटी सेवामा सहुलियत दिने भएको छ । उद्योग वाणिज्य संघ–चितवन र होटल बिच मङ्गलबार छुट दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उद्योग वाणिज्य संघ–चितवनले संघको संस्थागत उत्तरदायित्व अन्र्तगत रहि संघमा आवद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको संघका अध्यक्ष चुननारायण श्रेष्ठले बताउनुभयो । सम्झौता पत्रमा हस्ताक्षर गर्दै श्रेष्ठले आफ्ना सदस्यलाई दिने सेवा सुविधा बृद्धि गर्नको लागि संघ प्रयत्नशिल रहेको बताउँदै हस्पिीटालिटी सेवामा सहुलियत उपलब्ध गराउने चितवन मिड टाउन रिसोर्टलाई आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रमममा चितवन मिड टाउन रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले उद्योग वाणिज्य संघ–चितवनमा...

    • भरतपुर भ्रमण वर्षमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सेमिनार आयोजना हुने

      भरतपुर/भरतपुर भ्रमण बर्ष २०२४ को अवसरमा विभिन्न बिषयका करिब १२ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठि आयोजना हुने भएका छन् । भरतपुर भ्रमण बर्ष २०२४ अन्तरगर्तको गोष्ठि तथा सेमिनार व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो । बुधबार भरतपुर महानगरपालिका पर्यटन शाखामा वसेको समितिको वैठकले सो निर्णय गरेको हो । घुमौं भरतभुर भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको भ्रमण बर्षको अवसरमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, प्रर्यापर्यटन, खेलकुद, साहसिक खेल, ¥याफटिङ, लगानी भरतपुर, भरतपुर विविधताको भूमिलगायतका बिविध बिषयमा सेमिनारहरुको आयोजना गरिने गोष्ठि तथा सेमिनार व्यवस्थापन समितिका संयोजक एवम् उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष राजेन्द्र ओलीले बताउनु भयो । समितिको...

    • होटल व्यवसायी संघ चितवन र सिएमसी विच उपचार छुट संम्झौता

      सन्तोष देवकोटा भरतपुर/चितवनका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवन र भरतपुर १० स्तिथ चितवन मेडिकल कलेज (सिएमसी) को विचमा उपचार छुट संम्झौता भएको छ । उक्त उपचार छुट संम्झौतामा संघका तर्फबाट कार्य समिति सदस्य एवं स्वास्थ्य विभाग संयोजक ऋषिकेश अर्याल र सिएमसीका तर्फवाट प्रमुख प्रशासक प्रताप देवकोटाले हस्ताक्षर गर्नु भएको छ । संम्झौतामा हस्ताक्षर भएसंगै होटल व्यवसायी संघ चितवनका सम्पुर्ण सदस्यहरुले सिएमसीमा उपचार गराउँदा छुट सुविधा प्राप्त गर्ने भएका छन् । उपचार छुट पाउनको लागि संघका सदस्यहरुले अस्पतालमा परिचयपत्र देखाउनु पर्नेछ । यसरी परिचयपत्र सहित उपचारको लागि सिएमसीमा आएका संघका सदस्यहरुलाई अस्पतालले स्वास्थ्य उपचार सेवामा २० प्रतिशत...

    • मौद्रिक नीतिले निजी क्षेत्रको अपेक्षालाई सम्बोधन गर्न सकेनः उद्योगी व्यवसायी

      भरतपुर/चितवनका उद्योगी व्यवसायीले मौद्रिक नीतिले निजी क्षेत्रको अपेक्षालाई सम्बोधन गर्न नसकेको निष्कर्ष निकालेका छन् । चितवनका उद्योगी व्यवसायीहरुको संगठन उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ र चितवन चेम्वर आफ कमर्सका अध्यक्ष क्रमस चुन नारायण श्रेष्ठ, त्रिलोचन कँडेल र दीर्घमान श्रेष्ठले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकबाट यहि श्रावण ७ गते जारी गरिएको मौद्रिक नीतिको विरोध गर्नु भएको हो । वर्तमान आर्थिक मन्दीको चपेटाबाट शिथिल भएको निजी क्षेत्रलाई पुनरुत्थान गर्न सहयोगी हुने गरी मौद्रिक नीति आउनेमा निजी क्षेत्र विश्वस्त रहेको वताउँदै विज्ञप्तिमा त्यसको ठिक विपरित उद्योगी व्यवसायीको हित विपरित मौद्रिक नीति आएको भन्दै विभिन्न माग सहित...

    • लायन्स क्लव अफ चितवन गोल्डेनको पद हस्तान्तरण

      भरतपुर/सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लव अफ चितवन गोल्डेनको आन्तरिक पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । भरतपुर स्थित धावन पार्टी प्यालेसमा भएको कार्यक्रममा लायन्स क्लव अफ चितवन गोल्डेनका वर्ष २०२२÷२३ का अध्यक्ष विनोद हमालले वर्ष २०२३÷२४ का लागि नवनिर्वाचित अध्यक्ष रमेश पौडेललाई पद हस्तान्तरण गर्नु भएको हो । क्लवको नवनिर्वाचित प्रथम उपाध्यक्षमा सुवाष सुवेदी, सचिवमा विष्णु ढकाल, कोषाध्यक्षमा कृष्ण भण्डारी चयन हुनु भएको छ । उक्त नवौं पदहस्तान्तरण कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष राजु पौडेल प्रमुख अतिथी रहनु भएको थियो भने पुर्व अध्यक्ष जितेन्द्र कुमार श्रेष्ठ विशेष अतिथी रहनु भएको थियो ।

    • भरतपुरको पर्यटन प्रवद्र्धन गर्न पर्यटन व्यवसायी चुकेको नेतृत्वमा समिति गठन

      भरतपुर/भरतपुरका विभिन्न धार्मिक, सास्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्ने सवालमा वागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सक्रियता देखाउनु भएको छ । मन्त्री जोशीले बिहीबार भरतपुरमा सरोकारवालाहरुको बैठक वोलाएर छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नु भएको छ । भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई समेत सहयोग गर्ने उद्देश्यले बिस हजार ताल, राइनो ताल, धनगढा मन्दिर, गणेशधाम, तिनखोले गुम्बा, जलदेवी सामुदायिक वन, वागेश्वरी मन्दिर, गौं संरक्षण केन्द्र, प्राकृतिक चिकित्सालय र देवघाटधामलाई जोडेर पर्यटन प्रवद्र्धन गर्नको लागि उक्त कार्यक्रममा समिति समेत गठन गरिएको छ । भरतपुर ११ स्थित गणेशधाममा आयोजीत उक्त भेला एवं छलफलले पर्यटन व्यवसायी दिनेश कुमार चुकेको संयोजकत्वमा पर्यटन प्रवद्र्धन...

    • महाकालेश्वर आमा समुह र ज्योति विकास वैंकको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम

      भरतपुर/महाकालेश्वर आमा समुह भरतपुर १० तथा ज्योती विकास वैंक नारायणगढ शाखाको संयुक्त आयोजनामा वर्तमान विषम आर्थिक परिस्थीतीलाई मध्यनजर गर्दै १ दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महाकालेश्वर आमा समुहकी अध्यक्ष नेत्र कुमारी पौडेल (सुवेदी) को सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष परमेश्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो । ज्योती विकास वैंक नारायणगढ शाखाकी शाखा प्रमुख दिल कुमारी सापकोटा तथा वडा स्तरीय आमा समुहकी अध्यक्ष अम्वीका पौडेल, महाकालेश्वर आमा समुहकी सल्लाहकार भगवती सापकोटा, कल्पना आचार्य एवम् गंगा अधिकारीको आतिथ्यता रहेकोे उक्त ज्ञान र शिक्षामुलक कार्यक्रममा महाकालेश्वर आमा समुहकी उपाध्यक्ष उर्मिला लामिछानेले स्वागत...

    • होटल व्यबसायी संघ चितवन अन्तरगत मुग्लिन इकाईको अध्यक्षमा श्रेष्ठ

      भरतपुर/होटल व्यबसायी संघ चितवन अन्तरगत मुग्लिङ इकाईको साधारणसभा तथा छैटौं अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले मिन बहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा पुरुषोत्तम पोखरेल, सचिवमा कमल श्रेष्ठ, सहसचिवमा विकास तुलाचन, कोषाध्यक्षमा रिता त्रिपाठी गुरुङ, सदस्यहरुमा क्षेत्र बहादुर गुरुङ, सुरेश नारायण श्रेष्ठ, प्रेम कुमार श्रेष्ठ, सक्षम सिलवाल, शिव प्रसाद पन्त, अव्दुल जब्बर मिया र जिल्ला सदस्यमा नारायण प्रसाद श्रेष्ठ चयन हुनु भएको छ । कार्यक्रममा वागमती प्रदेश सांसद कृष्णप्रसाद सिलवाल प्रमुख अतिथी रहनु भएको थियो भने ईच्छाकामना गाउंपालिका उपाध्यक्ष माया सिलवाल, होटल व्यबसायी संघ चितवनका निवर्तमान अध्यक्ष एवं निर्वाचन अधिकृत दिल कुमार श्रेष्ठ,...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल