सन्तोष देवकोटा भरतपुर/भरतपुर महानगरपालिका नगर शिक्षा समितिले महानगर भित्रका सामुदायिक विद्यालयहरुमा दरवन्दि मिलान गरेको छ । लामो समयको प्रयास पछि भरतपुरमा शिक्षक दरवन्दि मिलानको कामले पुर्णता पाएको हो । नगर शिक्षा अधिकारीको संयोजकत्वमा गठित दरवन्दि मिलान कार्यदलले सिफारिस गरि महानगर प्रमुखको नेतृत्वमा रहेको निर्देशक समितिले पास गरेपछि नगर शिक्षा समितिले स्वीकृत गरेपछि दरवन्दि मिलानको काम अगाडी वढ्ने भएको हो । आगामी दिनमा उक्त निर्णय वमोजिम दरवन्दि मिलानको कामलाई भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले कार्यान्वयनको तहमा अगाडी वढाउने छ । दरवन्दि मिलानको क्रममा भरतपुर स्थित नारायणी नमुना माध्यमिक विद्यालयमा सवैभन्दा वढी शिक्षक दरवन्दि थपिएको छ भने वालकुमारी कन्या माध्यमिक विद्यालयमा...
भरतपुर/भरतपुर १० स्थित हिमशिखा बचत तथा ऋण सहकारी संस्थाको १२औ साधारणसभा शुक्रबार सम्पन्न भएको छ । विश्वभर फैलिएको कोरोना संक्रमणको कारण सवै शेयरसदस्यहरुलाई एकै दिन सहभागी गराउन नसकिएको कारण तीन दिन लगाएर सहकारीको साधारणसभा सम्पन्न गरिएको हो । यहि कार्तिक २५ गते बाट शुरू भएको साधारणसभा शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको हो । साधारणसभामा कोषाध्यक्ष देविप्रसाद पौडेलले आर्थिक र सचिव गंगा तिमिल्सिनाले प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । सस्थाका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपाध्यक्ष तुलसि गुरुङले संचालन गर्नु भएको थियो भने पुर्व अध्यक्ष सम्भु त्रिपाठी लगायतको सहभागिता रहेको थियो । सहकारीमा ४१२ जना...
भरतपुर/वरिष्ठ पत्रकार तथा लेखक वसन्त पराजुलीले शुक्रबार एक कार्यक्रमका विच अक्षयकोष स्थापनार्थ आर्थिक सहयोग गर्नु भएको छ । कुमाता कथासंग्रहका लेखक तथा पत्रकार पराजुलीले नानी बिवु फाउन्डेसनमा अक्षयकोष स्थापनार्थ पाँच हजार रुपैया आर्थिक सहयोग गर्नु भएको हो । संस्थाका अध्यक्ष कृष्णप्रसाद पराजुली र साहित्यक सर्जक नानी बिवुलाई सो रकम हस्तान्तरण गरिएको हो । गैंडाकोट निवासी स्रष्टा बिवुको अनुक्रोश उपन्यास प्रकाशित छ । पराजुलीले प्रथम दाताको रुपमा नानी बिवु फाउन्डेसनलाई आर्थिक सहयोग गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका सदस्यहरू लेखराम सापकोटा र शान्ति शर्माको उपस्थिति थियो ।
भरतपुर/गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला धान्याचल महोत्सव स्मारिका २०७७ विहीबार एक कार्यक्रमका विच विमोचन गरिएको छ । रंगशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा विभिन्न अतिथीहरुले संयुक्त रुपमा स्मारिका विमोचन गरेका हुन् । कार्यक्रममा वोल्दै राष्ट्रिय सभा अन्र्तगत राष्ट्रिय सरोकार समितिका सभापति पार्वती रावलले हरेक व्यक्तिव्यक्तिको सहयोगमा सातै प्रदेशको प्रतिनिधित्व गर्दै चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नु महत्वपूर्ण भएको बताएकी छन् । सभापति रावलले अहिलेको प्रतिकुल अवस्थामा पनि रंगशाला निर्माण भइरहनु खुसीको कुरा भएको बताइन् । राष्ट्रिय गौरवको आयोजना भएकोले पनि रंगशाला निर्माणमा तीनै तहको सरकारको साथ र सहयोग रहने उनले आश्वासन दिइन् । कार्यक्रममा वाग्मती प्रदेशका प्रदेश सांसद विजय सुवेदीले...
काठमाडौं/पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३४९ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ४ सय ६१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
भरतपुर/चितवन साहित्य परिषदले स्थापना गरेका विभन्न ४ वटा साहित्यिक पुरस्कारहरू वितरण गरिएको छ । ११२ औं लक्ष्मी जयन्तीको अवसरको पूर्वसन्ध्यामा बिहीबार परिषद् भवन नारायणगढमा विशेष कार्यक्रमको आयोजना गरि पुरस्कारहरू वितरण गरिएको हो । साहित्यकार जीवा लामिछानेले पिता खेमलाल लामिछानेको स्मृतिमा परिषद्ले वितरण गर्ने गरि स्थापना गरिएको चिसाप खेमलाल लामिछाने पुरस्कार २०७६ चितवनका चर्चित निबन्धकार रामबाबु घिमिरेलाई नगद रु ५० हजार ४५ सहित समर्पण गरिएको छ । यसैगरि परिषद्का पूर्व अध्यक्ष साहित्यकार राजकृष्ण कडेलको स्मृतिमा स्थापना गरिएको चिसाप राजकृष्ण कडेल साहित्य पुरस्कार २०७६ बीरगञ्जका उपन्यासकार गणेश प्रसाद लाठ र चितवनका कथाकार वसन्त पराजुलीलाई संयुक्तरूपमा प्रदान गरिएको छ । लाठको औपन्यासिक...
भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा सम्पन्न दुई दिने खाद्य स्वच्छता सम्वन्धि तालिम मंगलबार सकिएको छ । तालिमको समापन कार्यक्रममा वोल्ने वक्ताहरुले खाद्य स्वच्छता विना पर्यटन प्रवद्र्धन असम्भव रहेको वताएका छन् । पर्यटन क्षेत्रको मेरुदण्डको रुपमा रहेको होटल व्यवसायमा खाद्य स्वच्छता नभएसम्म पर्यटन प्रवद्र्धनको कल्पना गर्न नसकिने वक्ताहरुको भनाई थियो । खाद्य पदार्थमा शुद्धता, हामी सवैको प्रतिवद्धता भन्ने मुल नाराका साथ होटल तथा रेष्टुरेन्ट संचालकहरुको लागि आयोजित तालिममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ विशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै विशेष अतिथी श्रेष्ठले तालिमले शिवघाट क्षेत्रका होटलमा स्वच्छ खाद्यवस्तु उत्पादन गर्न सहयोग गर्ने...
भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा सोमबारवाट दुई दिने खाद्य स्वच्छता सम्वन्धि तालिम सुरु भएको छ । होटल व्यवसायी संघ चितवन र होटल व्यवसायी संघ चितवन अन्तरगतको शिवघाट इकाईसंगको सहकार्यमा आयोजना गरिएको तालिममा शिवघाट क्षेत्रका २० जना होटल संचालकहरुको सहभागिता रहेको छ । खाद्य पदार्थमा शुद्धता, हामी सवैको प्रतिवद्धता भन्ने मुल नाराका साथ होटल तथा रेष्टुरेन्ट संचालकहरुको लागि आयोजित तालिममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ विशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै विशेष अतिथी श्रेष्ठले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नु भयो । तालिम लिनु ठुलो कुरा नभएको वताउँदै तालिमले...
भरतपुर/चितवन जिल्लामा संचालित होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनको स्थापना दिवस मनाईएको छ । रजत महोत्सवको पुर्वसन्ध्यामा शनिबार एक समारोहका विच संघको कार्यालय भरतपुर २ आँपटारीमा स्थापना दिवस मनाईएको हो । होटल व्यवसायी संघ चितवनका सस्थापक अध्यक्ष जिवलाल सापकोटा प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रममा केक काटेर संघको स्थापना दिवस मनाईएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी सापकोटाले व्यवसायीक विकासको लागि एकता आवश्यक भएको वताउँदै एक अर्काको समस्यामा सम्पुर्ण व्यवसायी एकजुट हुनपर्नेमा जोड दिनु भयो । होटल व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन आवश्यक रहेको वताउँदै स्थानीय प्रशासनले होटल व्यवसाय माथि हेर्ने नजर परिवर्तन हुनुपर्ने वनाउनु भयो ।...
भरतपुर/स्थानीय निकायको निर्वाचन पछि भरतपुर महानगरपालिका वार्ड नं. ८ ले बिकास निर्माणमा कोल्टे फेरेको छ । वडा भित्रका अधिकाँस बाटाहरु कालोपत्रे भएका छन् भने प्रत्येक टोलमा सडक बत्ती र खानेपानीको सुबिधा भएपछि स्थानीय सरकार भएको आभाष जनताले गर्न पाएका छन् । वडाको बजेट, महानगरको बजेट, प्रदेश सरकारको बजेट तथा केन्द्रिय सरकारको बजेटलाई चरणबद्ध रुपमा प्रयोग गरेर बिकास निर्माणको कामलाई अगाडी बढाईएको वडा नम्बर ८ का अध्यक्ष दामोदर न्यौपाने बताउनुभयो । आफ्नो अधिकारक्षेत्र भित्र रहेर जनताको लागि काम गर्दै आएको अध्यक्ष न्यौपानेको भनाई छ । यस आर्थिक बर्षमा पहिलो तीन महिनामा वडा भित्र करिव दुई किलोमिटर भन्दा बढी सडक कालोपत्रे...
सन्तोष देवकोटा भरतपुर/चितवनका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनले हालैमात्र चितवनमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला...
सन्तोष देवकोटा भरतपुर/चितवनका स्थापित एवं सफल व्यवसायीको रुपमा परिचित ज्ञानेन्द्रमान शाक्यद्धारा निर्मित लोकमान प्रवेशद्धार र उहाँद्धारा प्रकाशित जीवनलाई फर्किएर...
भरतपुर/रोट्याक्ट क्लव अफ चितवनको ३० औं पदस्थापना कार्यक्रम शुक्रबार चितवन गार्डेन रिसोर्ट भरतपुरमा क्लबका अध्यक्ष प्रभा गुरुङको अध्यक्षतामा सम्पन्न...
भरतपुर/चितवनको भरतपुरमा आरम्भ कलेज सञ्चालनमा आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्दै भरतपुर ११ को नहरचोकमा यस बर्षदेखि...
भरतपुर/चितवनको भरतपुर–१० मा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसले पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । क्याम्पसबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण...