• हंसको टाँडी सेवाकेन्द्रको इकाई बैठक सुरु

      भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लि. को १७ औं वार्षिक साधारण सभा अन्तर्गत विभिन्न चरणमा हुने इकाई वैठकहरु मध्ये बुधबार एक औपचारीक कार्यक्रम गर्दै टाँडी सेवाकेन्द्र अन्र्तगतका शेयर सदस्यहरुको इकाई वैठक सुरु भएको छ । संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षता एवं रत्ननगर नगरपालिका वडा नं १० का अध्यक्ष केशव आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सेवाकेन्द्र व्यवस्थापन उप समितिका संयोजक संदेश पाठकले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव शारदा शर्मा पौडेलले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा संचालक समितिका उपाध्यक्ष बाबुराम अधिकारी, लेखा समिति संयोजक गोविन्द प्रसाद पौडेल, लेखा सदस्य कृष्णहरि तिमल्सेना, ऋण उप समिति सदस्य सूर्य बराल,...

    • पर्यटन प्रर्वद्धनको लागि होटल व्यवसायीसंग छलफल

      भरतपुर/होटल व्यवसायी मंहासघ नेपालका प्रतिनिधिहरुको सहभागितामा सोमबार वुटवलमा पर्यटन सम्वन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लुम्विनीको पर्यटन प्रवद्धनको संभावना र चुनौतीको वारेमा छलफल गरिएको थियो । मुलुकको आयआर्जनको मुख्य श्रोतको रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्रको समन्वय आवश्यक रहेको कार्यक्रमका वक्ताहरुले वताउनु भएको थियो । होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाह, वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके, सह–कोषाध्यक्ष मोदनाथ बेल्बासे, केन्द्रिय सदस्य नारायण सेन तथा होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ पाल्पाका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको सहभागिता रहेको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सभासद बिष्णु प्रसाद पंन्थीले समग्र कपिलवस्तु जिल्लाको आन्तरिक पर्यटन पवद्र्धन तथा सम्वदनका निम्ति...

    • फोर्ब्स कलेजले निशुल्क आई.टी. तालिम संचालन गर्ने

      भरतपुर/टेक्निकल विषय अध्यापनको अग्रणी शैक्षिक सस्था फोर्ब्स कलेज भरतपुर -२, क्षेत्रपुरले कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई मध्यनजर गर्दै आई.टी. सम्वन्धि निशुल्क तालिम संचालन गर्ने भएको छ । मंसिर २२ गतेवाट सुरु हुने निशुल्क तालिमको सम्पुर्ण तयारी पुरा भएको कलेजका प्राचार्य हरि शरण पाठकले जानकारी दिनुभयो । तालिम कार्यक्रममा ए प्लस, नेटवर्कीङ एण्ड साईबर सेक्युरिटी, सि सि एन ए लगायतका विषयमा प्रशिक्षण दिईने जानकारी दिँदै प्राचार्य पाठकले कलेजका शिक्षक तथा सोहि कलेजमा अध्ययनरत सिसिएनए सर्टिफाइड विद्यार्थीहरुले तालिम दिने वताउनु भयो । व्याचलर इन होटल म्यानेजमेन्ट र व्याचलर अफ कम्पुटर साईन्स, नेटवर्क टेक्नोलोजी एण्ड साईबर सेक्युरिटी विषयमा पढाई हुँदै...

    • हंस सहकारीको साधारणसभा अन्तरगत इकाई वैठक सुरु

      भरतपुर/नारायणगढ स्थित हंस वहुउदेश्यीय सहकारी सस्था लिमिटेडको १७ औं साधारणसभाको कार्यक्रम सुरु भएको छ । विश्वभर फैलिएको कोभिड १९ को कारण एकै दिन सवै शेयर सदस्यहरुलाई वोलाएर साधारणसभा गर्ने अवस्था नभएपछि सहकारीको साधारणसभा इकाईगत रुपमा गर्न लागिएको हो । आइतबारबाट सुरु भएको साधारणसभाको कार्यक्रम आगमी २७ गते समापन गर्ने कार्यक्रम रहेको छ । विभिन्न ३६ वटा इकाई वैठक मार्फत प्रतिनिधि छनौट गरि आगामी २७ गते प्रतिनिधिहरुको सहभागितामा साधारणसभाको समापन गरिने सहकारीका व्यवस्थापक श्यमवन्धु पोखरेलले जनाकारी दिनु भयो । साधारणसभा अन्तरगत इकाई वैठक उद्घाटन कार्यक्रममा भरतपुर वडा नं १ का कार्यवाहक वडा अध्यक्ष यमबहादुर मगर प्रमुख अतिथी रहनु भएको थियो...

    • आदर्श बचतको साधारणसभा सकियो

      भरतपुर/भरतपुर स्थित आदर्श बचत तथा ऋण सहकारी सस्था लिको २३ औ वार्षिक साधारणसभा आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन र आगामी नयाँ कार्यक्रम तथा योजना पास गर्दे बिहीबार सम्पन्न भएको छ । यहि मंसिर १२ गतेबाट सुरु भएको साधारणसभा क्षेत्रीय रुपमा सुझाब संकलन गर्दै सम्पन्न भएको हो । साधारणसभाको पहिलो दिन मंसिर १२ गते लक्ष्मि वैंकटेश्वर मन्दिर लंकुमा सुझाब संकलन कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा भरतपुर ४ का वडा अध्यक्ष हरिप्रसाद आचार्य प्रमुख अतिथी रहनु भएको थियो भने विशिष्ट अतिथीमा पुर्व अध्यक्ष मीना खरेल, विष्णुमायाँ पुरी, इन्दु पण्डित, इन्दिरा सुवेदी रहनु भएको थियो । त्यसैगरि दोस्रो दिन १३ गते...

    • पर्यटन प्रवद्र्धनको लागि विमानस्थल विस्तार अपरिहार्यः मन्त्री भट्टराई

      भरतपुर/संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेसकुमार भट्टराईले मध्य नेपालको पर्यटन प्रवद्र्धनको लागि भरतपुर विमानस्थलको विस्तार अपरिहार्य रहेको बताएका छन् । आइतबार भरतपुर महानगरमा आयोजित छलफल कार्यक्रममा उनले भरतपुर विमानस्थल विस्तारको काम सुरु भैसक्यो भन्दै यसलाई सम्पन्न गर्न आइपर्ने असजिला तथा अवरोधहरुलाई व्यवस्थापन गर्दै जानुपर्ने बताए । विभिन्न चरणमा विमानस्थल विस्तारका लागि छलफल र संभाव्यता अध्ययन पूरा गरी निर्माणको निचोडमा पुगिरहेको बताउँदै अध्यक्ष प्रचण्ड, माननीय ज्यूहरु, महानगर प्रमुख रेनु दाहाल तथा आम जनसमुदायको विमानस्थल विस्तार गर्न तीब्र दवाव आइरहेको उनले बताए । उनले अब निर्माण गर्न आइपर्ने समस्याहरू कसरी समाधान गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने बताए । नेपाली सेनाको ब्यारेक...

    • कोपिला सहकारीको साधारण सभा तथा अधिवेशन सम्पन्न

      कास्की/कोपिला बचत तथा ऋण सहकारीसंस्था लि. सिद्धार्थचोक पोखराको १३ औं साधारण सभा तथा ५ औं अधिवेशन शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सूर्यबहादुर जि सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी डिभिजनका अधिकृत बलराम शर्मा प्रमुख अतिथि रहनु भएको थियो । कोभिड १९ का कारण मंसिर ६ गते बाट मंसिर १३ सम्म १३ औं साधरण सभा तथा ५ औं अधिवेशन गर्ने निर्णय गरिएको थियो । मंसिर ६,७ र ८ गते स्वयम् शेयर सदस्यहरु उपस्थिति भई बार्षिक प्रतिवेदन बुझि मंसिर १० गते भित्र सल्लाह तथा सुझाव पेश गरेका थिए । पहिलो सत्रमा जगत प्रसाद शर्माले लेखा समिति तथा विष्णु प्रसाद अधिकारीले...

    • ग्रेस इन्टरनेशनलको वार्षिकोत्सवमा शैक्षिक सामाग्री वितरण

      भरतपुर/शैक्षिक परामर्श व्यवसायको अग्रणी सस्था ग्रेस इन्टरनेशनलको १४ औं वार्षिकोत्सव चितवनमा विविध कार्यक्रम गरि मनाईएको छ । ग्रेस इन्टरनेशन चितवनको आयोजनामा शनिबार वार्षिकोत्सवको अवसरमा शैक्षिक सामाग्री वितरण गरिएको हो । ग्रेस इन्टरनेशनल चितवनका प्रमुख गणेश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर ११ स्थित साहाराको घरमा आश्रीत २० जना वालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । वालिकाहरुलाई स्टेशनरी, खेलकुद सामाग्रीको साथै विद्यालय जाँदा लगाउने जुत्तासमेत वितरण गरिएको चितवन शाखा प्रमुख लामिछनेले वताउनु भयो । सो अवसरमा केक काटेर बालिकाहरुलाईसमेत खुवाईएको थियो । ग्रेस इन्टरनेशनलले उच्च शिक्षा अध्यायनको लागि अष्ट्रेलिया जान चाहाने नेपाली विद्यार्थीहरुलाई उचित परामर्शको साथै आवश्यक प्रक्रियासमेत अगाडी वढाउने गर्दै...

    • लोककल्याणकारीको साधारणसभा शुरु

      भरतपुर/भरतपुर ४ वैद्धिकनगर स्थित लोककल्याणकारी बचत तथा ऋण सहकारी सस्था लि.को १३ औं वार्षिक साधारणसभा तथा २५ औं स्थापना दिवस सुरु भएको छ । लोककल्याणकारी बचत तथा ऋण सहकारी सस्था लि.का अध्यक्ष नारायणप्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न साधारणसभा उद्घाटन समारोहमा नेफ्स्कूनका केन्द्रिय उपाध्यक्ष शान्ती अधिकारी प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी अधिकारीले सहकारी आर्थिक विकासको मेरुदण्ड भएको वताउनु भयो । सहकारीले निम्न आय भएका मानिसहरुलाई बचत गर्ने बानीको विकास गरेको वताउँदै उहाँले सहकारी मार्फत लाखौ युवाहरु स्वरोजगार बनेको वताउनु भयो । आर्थिक रुपमा वलियो र सवल सहकारी वन्नको लागि सहकारीहरु मर्जर प्रक्रियामा जानुपर्ने उहाँको भनाई थियो...

    • लायन्स र लियो क्लव अफ युथको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न

      भरतपुर/लायन्स क्लव अफ भरतपुर युथ र लियो क्लव अफ भरतपुर युथले इच्छाकामना गाउँपालिका वडा नम्बर ७ मा स्वास्थ्य शिविर कार्यक्रम गरेको छ । मंगलबार सामुदायिक स्वास्थ्य इकाई, इच्छाकामना– ७ भालुमारामा आयोजित कार्यक्रममा ४७ जनाको स्वास्थ्य परीक्षण गरिएको लायन्स क्लव अफ भरतपुर युथका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए । परीक्षण कार्यक्रममा मधुमेह जाँच र प्रेसर जाँच गरिनुका साथै अन्य स्वास्थ्य परामर्श दिइएको थियो । लियो क्लव अफ भरतपुर युथका अध्यक्ष दिपेश ज्ञवालीले जाँचका क्रममा १४ जनामा मधुमेह र ६ जनामा उच्च रक्तचाप देखिएको बताए । मधुमेहका बिरामीमध्ये ५ जनाले पहिल्यैदेखि औषधी खाइरहेको, ६ जनालाई औषधी दिइएको र ३ जनालाई अस्पताल...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल