कास्की/कोपिला बचत तथा ऋण सहकारीसंस्था लि. सिद्धार्थचोक पोखराको १३ औं साधारण सभा तथा ५ औं अधिवेशन शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सूर्यबहादुर जि सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी डिभिजनका अधिकृत बलराम शर्मा प्रमुख अतिथि रहनु भएको थियो । कोभिड १९ का कारण मंसिर ६ गते बाट मंसिर १३ सम्म १३ औं साधरण सभा तथा ५ औं अधिवेशन गर्ने निर्णय गरिएको थियो । मंसिर ६,७ र ८ गते स्वयम् शेयर सदस्यहरु उपस्थिति भई बार्षिक प्रतिवेदन बुझि मंसिर १० गते भित्र सल्लाह तथा सुझाव पेश गरेका थिए । पहिलो सत्रमा जगत प्रसाद शर्माले लेखा समिति तथा विष्णु प्रसाद अधिकारीले...
भरतपुर/शैक्षिक परामर्श व्यवसायको अग्रणी सस्था ग्रेस इन्टरनेशनलको १४ औं वार्षिकोत्सव चितवनमा विविध कार्यक्रम गरि मनाईएको छ । ग्रेस इन्टरनेशन चितवनको आयोजनामा शनिबार वार्षिकोत्सवको अवसरमा शैक्षिक सामाग्री वितरण गरिएको हो । ग्रेस इन्टरनेशनल चितवनका प्रमुख गणेश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर ११ स्थित साहाराको घरमा आश्रीत २० जना वालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । वालिकाहरुलाई स्टेशनरी, खेलकुद सामाग्रीको साथै विद्यालय जाँदा लगाउने जुत्तासमेत वितरण गरिएको चितवन शाखा प्रमुख लामिछनेले वताउनु भयो । सो अवसरमा केक काटेर बालिकाहरुलाईसमेत खुवाईएको थियो । ग्रेस इन्टरनेशनलले उच्च शिक्षा अध्यायनको लागि अष्ट्रेलिया जान चाहाने नेपाली विद्यार्थीहरुलाई उचित परामर्शको साथै आवश्यक प्रक्रियासमेत अगाडी वढाउने गर्दै...
भरतपुर/भरतपुर ४ वैद्धिकनगर स्थित लोककल्याणकारी बचत तथा ऋण सहकारी सस्था लि.को १३ औं वार्षिक साधारणसभा तथा २५ औं स्थापना दिवस सुरु भएको छ । लोककल्याणकारी बचत तथा ऋण सहकारी सस्था लि.का अध्यक्ष नारायणप्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न साधारणसभा उद्घाटन समारोहमा नेफ्स्कूनका केन्द्रिय उपाध्यक्ष शान्ती अधिकारी प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी अधिकारीले सहकारी आर्थिक विकासको मेरुदण्ड भएको वताउनु भयो । सहकारीले निम्न आय भएका मानिसहरुलाई बचत गर्ने बानीको विकास गरेको वताउँदै उहाँले सहकारी मार्फत लाखौ युवाहरु स्वरोजगार बनेको वताउनु भयो । आर्थिक रुपमा वलियो र सवल सहकारी वन्नको लागि सहकारीहरु मर्जर प्रक्रियामा जानुपर्ने उहाँको भनाई थियो...
भरतपुर/लायन्स क्लव अफ भरतपुर युथ र लियो क्लव अफ भरतपुर युथले इच्छाकामना गाउँपालिका वडा नम्बर ७ मा स्वास्थ्य शिविर कार्यक्रम गरेको छ । मंगलबार सामुदायिक स्वास्थ्य इकाई, इच्छाकामना– ७ भालुमारामा आयोजित कार्यक्रममा ४७ जनाको स्वास्थ्य परीक्षण गरिएको लायन्स क्लव अफ भरतपुर युथका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए । परीक्षण कार्यक्रममा मधुमेह जाँच र प्रेसर जाँच गरिनुका साथै अन्य स्वास्थ्य परामर्श दिइएको थियो । लियो क्लव अफ भरतपुर युथका अध्यक्ष दिपेश ज्ञवालीले जाँचका क्रममा १४ जनामा मधुमेह र ६ जनामा उच्च रक्तचाप देखिएको बताए । मधुमेहका बिरामीमध्ये ५ जनाले पहिल्यैदेखि औषधी खाइरहेको, ६ जनालाई औषधी दिइएको र ३ जनालाई अस्पताल...
सन्तोष देवकोटा भरतपुर/भरतपुर महानगरपालिका नगर शिक्षा समितिले महानगर भित्रका सामुदायिक विद्यालयहरुमा दरवन्दि मिलान गरेको छ । लामो समयको प्रयास पछि भरतपुरमा शिक्षक दरवन्दि मिलानको कामले पुर्णता पाएको हो । नगर शिक्षा अधिकारीको संयोजकत्वमा गठित दरवन्दि मिलान कार्यदलले सिफारिस गरि महानगर प्रमुखको नेतृत्वमा रहेको निर्देशक समितिले पास गरेपछि नगर शिक्षा समितिले स्वीकृत गरेपछि दरवन्दि मिलानको काम अगाडी वढ्ने भएको हो । आगामी दिनमा उक्त निर्णय वमोजिम दरवन्दि मिलानको कामलाई भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले कार्यान्वयनको तहमा अगाडी वढाउने छ । दरवन्दि मिलानको क्रममा भरतपुर स्थित नारायणी नमुना माध्यमिक विद्यालयमा सवैभन्दा वढी शिक्षक दरवन्दि थपिएको छ भने वालकुमारी कन्या माध्यमिक विद्यालयमा...
भरतपुर/भरतपुर १० स्थित हिमशिखा बचत तथा ऋण सहकारी संस्थाको १२औ साधारणसभा शुक्रबार सम्पन्न भएको छ । विश्वभर फैलिएको कोरोना संक्रमणको कारण सवै शेयरसदस्यहरुलाई एकै दिन सहभागी गराउन नसकिएको कारण तीन दिन लगाएर सहकारीको साधारणसभा सम्पन्न गरिएको हो । यहि कार्तिक २५ गते बाट शुरू भएको साधारणसभा शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको हो । साधारणसभामा कोषाध्यक्ष देविप्रसाद पौडेलले आर्थिक र सचिव गंगा तिमिल्सिनाले प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । सस्थाका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपाध्यक्ष तुलसि गुरुङले संचालन गर्नु भएको थियो भने पुर्व अध्यक्ष सम्भु त्रिपाठी लगायतको सहभागिता रहेको थियो । सहकारीमा ४१२ जना...
भरतपुर/वरिष्ठ पत्रकार तथा लेखक वसन्त पराजुलीले शुक्रबार एक कार्यक्रमका विच अक्षयकोष स्थापनार्थ आर्थिक सहयोग गर्नु भएको छ । कुमाता कथासंग्रहका लेखक तथा पत्रकार पराजुलीले नानी बिवु फाउन्डेसनमा अक्षयकोष स्थापनार्थ पाँच हजार रुपैया आर्थिक सहयोग गर्नु भएको हो । संस्थाका अध्यक्ष कृष्णप्रसाद पराजुली र साहित्यक सर्जक नानी बिवुलाई सो रकम हस्तान्तरण गरिएको हो । गैंडाकोट निवासी स्रष्टा बिवुको अनुक्रोश उपन्यास प्रकाशित छ । पराजुलीले प्रथम दाताको रुपमा नानी बिवु फाउन्डेसनलाई आर्थिक सहयोग गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका सदस्यहरू लेखराम सापकोटा र शान्ति शर्माको उपस्थिति थियो ।
भरतपुर/गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला धान्याचल महोत्सव स्मारिका २०७७ विहीबार एक कार्यक्रमका विच विमोचन गरिएको छ । रंगशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा विभिन्न अतिथीहरुले संयुक्त रुपमा स्मारिका विमोचन गरेका हुन् । कार्यक्रममा वोल्दै राष्ट्रिय सभा अन्र्तगत राष्ट्रिय सरोकार समितिका सभापति पार्वती रावलले हरेक व्यक्तिव्यक्तिको सहयोगमा सातै प्रदेशको प्रतिनिधित्व गर्दै चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नु महत्वपूर्ण भएको बताएकी छन् । सभापति रावलले अहिलेको प्रतिकुल अवस्थामा पनि रंगशाला निर्माण भइरहनु खुसीको कुरा भएको बताइन् । राष्ट्रिय गौरवको आयोजना भएकोले पनि रंगशाला निर्माणमा तीनै तहको सरकारको साथ र सहयोग रहने उनले आश्वासन दिइन् । कार्यक्रममा वाग्मती प्रदेशका प्रदेश सांसद विजय सुवेदीले...
काठमाडौं/पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३४९ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ४ सय ६१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
भरतपुर/चितवन साहित्य परिषदले स्थापना गरेका विभन्न ४ वटा साहित्यिक पुरस्कारहरू वितरण गरिएको छ । ११२ औं लक्ष्मी जयन्तीको अवसरको पूर्वसन्ध्यामा बिहीबार परिषद् भवन नारायणगढमा विशेष कार्यक्रमको आयोजना गरि पुरस्कारहरू वितरण गरिएको हो । साहित्यकार जीवा लामिछानेले पिता खेमलाल लामिछानेको स्मृतिमा परिषद्ले वितरण गर्ने गरि स्थापना गरिएको चिसाप खेमलाल लामिछाने पुरस्कार २०७६ चितवनका चर्चित निबन्धकार रामबाबु घिमिरेलाई नगद रु ५० हजार ४५ सहित समर्पण गरिएको छ । यसैगरि परिषद्का पूर्व अध्यक्ष साहित्यकार राजकृष्ण कडेलको स्मृतिमा स्थापना गरिएको चिसाप राजकृष्ण कडेल साहित्य पुरस्कार २०७६ बीरगञ्जका उपन्यासकार गणेश प्रसाद लाठ र चितवनका कथाकार वसन्त पराजुलीलाई संयुक्तरूपमा प्रदान गरिएको छ । लाठको औपन्यासिक...
सन्तोष देवकोटा भरतपुर/चितवनका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनले हालैमात्र चितवनमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला...
सन्तोष देवकोटा भरतपुर/चितवनका स्थापित एवं सफल व्यवसायीको रुपमा परिचित ज्ञानेन्द्रमान शाक्यद्धारा निर्मित लोकमान प्रवेशद्धार र उहाँद्धारा प्रकाशित जीवनलाई फर्किएर...
भरतपुर/रोट्याक्ट क्लव अफ चितवनको ३० औं पदस्थापना कार्यक्रम शुक्रबार चितवन गार्डेन रिसोर्ट भरतपुरमा क्लबका अध्यक्ष प्रभा गुरुङको अध्यक्षतामा सम्पन्न...
भरतपुर/चितवनको भरतपुरमा आरम्भ कलेज सञ्चालनमा आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्दै भरतपुर ११ को नहरचोकमा यस बर्षदेखि...
भरतपुर/चितवनको भरतपुर–१० मा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसले पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । क्याम्पसबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण...