• जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन

      भरतपुर/२७ औ जनयुद्ध दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) भरतपुर माहानगरपालिका वडा समिति १३ को आयोजनामा उज्वल चोकमा दीप प्रज्वलन कार्यक्रम सप्पन्न भएको छ । कार्यक्रममा नेकपा (माओबादी केन्द्र)का केन्द्रिय सदस्य एबम चितवन जिल्ला संयोजक एम बहादुर परियार(इन्द्रजीत)ले दीप प्रज्वलन गरि उद्घाटन गर्नु भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र भरतपुर वडा नं. १३ का वडा समिति अध्यक्ष सुदिप सुबेदीले माओबादी जनयुद्धको बलमा प्राप्त उपलब्धिको चर्चा गर्दै आजको ऐतिहसिकताको बारेमा बताउनुभएको थियो । सचिव टंक बस्तोलाले संचालन गर्नु भएको कार्यक्रममा जिल्ला सल्लाहाकार, माहानगर समिति सदस्यहरु बिभिन्न जनबर्गीय संगठनका सदस्यहरु साथै स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

    • तुलसी क्षेत्रीको ‘मोहनी फुकाई देउ’ बजारमा

      भरतपुर/लोकप्रिय गायिका एवम् नायिका तुलसी क्षेत्रीको पछिल्लो लोक तथा दोहोरी गीत “मोहनी फुकाई देउ“ बजारमा आएको छ । क्षेत्रीको अफिसियल युट्युब च्यानल मार्फत बजारमा आएको गीतमा स्वर तुलसी क्षेत्री, इन्द्र जिसी र पार्वती जिसी, रचना तुलसी क्षेत्री र संगीत इन्द्र जिसीको रहेको छ । तुलसी क्षेत्रीको यो लोक तथा दोहोरी गीत मायाप्रेममा केन्द्रीत रहेको छ । एक अर्काको रुप, सुन्दरता, बोली, व्यवहार र आनीबानीले मोहनी लगाएकोले मोहनी फुकाई देउ भन्दै गीतमा अनुनय बिनय गरेका छन् । गायक गायिका सङ्गै अन्य थुप्रै कलाकारहरुलाई पनि यस गीतको भिजुयलमा देख्न सकिन्छ । गीत र गीतको भिजुयल निकै दमदार बनेको आम दर्शकको भनाई...

    • समाजसेवीको संझानामा अक्षयकोष स्थापना

      गीतानगर/यमतिलसीता स्मृति प्रतिष्ठान चितवनले दुई जना समाजसेवीहरुको संझनामा आयआर्जन कार्यक्रम अन्तरगत अक्षयकोष स्थापना गरेको छ । मंगलवार देव आदर्श वचत तथा ऋण सहकारी सस्थाको कार्यालयमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा सो अक्षयकोष स्थापना गरिएको हो । सो अवसरमा प्रतिष्ठानका तर्फवाट संरक्षक ध्रुवराज मिश्र र सहकारीको तर्फवाट उपाध्यक्ष प्रकाश गुरुङले अक्षयकोषको संझौतापत्रमा हस्ताक्षर गर्नु भएको थियो । तत्कालिन भरतपुर नगरपालिकाका मेयर स्व. मुक्तिलाल चुके र तत्कालिन भरतपुर नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष स्व. भक्तिप्रसाद तिमल्सेनाको संझनामा प्रतिष्ठानका संरक्षक ध्रुवराज मिश्रले आफ्नो ४९ औं जन्मदिनको अवसरमा एक लाख ४९ रुपैयाँ वरावरको अक्षयकोष स्थापना गर्नु भएको हो । उक्त कार्यक्रममा...

    • चितवन चनौली सितभण्डार सहकारीको साधारणसभा सुरु

      भरतपुर/भरतपुर १८ स्थित चितवन चनौली सितभण्डार सहकारी सस्था लि.को नवौं वार्षिक साधारणसभा मंगलवार सस्थाको कार्यालयमा सम्पनन भएको छ । सस्थाको साधारणसभाको उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य रामकृण घिमिरे प्रमुख अतिथी रहनु भएको थियो । तीन दिनसम्म चल्ने साधारणसभामा बुधवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र विहीबार वागमती प्रदेशका मन्त्री मिलनवावु श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने कार्यतालिका रहेको छ । साधारणसभाको उद्घाटन कार्यक्रममा सहकारीका अध्यक्ष सुर्यमणी पौडेलले भावि कार्ययोजनासहित सस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन जिल्ला सहकारी संघका पुर्व अध्यक्ष एवं वागमती प्रदेश कोषाध्यक्ष टिकाराम भट्टराई, चितवन चनौली सितभण्डार सहकारीका निवर्तमान अध्यक्ष तीर्थराज...

    • पिपिआर विरुद्ध खोप अभियानबारे अन्तरक्रिया

      भरतपुर/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनको आयोजनामा आइतवार भरतपुरमा स्थानीयतह एवं सरोकारवालाहरुवीच अन्तरक्रिया गरेको छ । चितवनसहित बागमती प्रदेशभर यहि माघ २५ गते देखि संचालन हुने पिपिआर रोग विरुद्धको खोप अभियान अन्तरगत चितवनमा कसरी अभियान प्रभावकारी वनाउने भन्ने विषयमा सरोकारवालाहरुसंग छलफल एवं अन्तरक्रिया गरिएको हो । कार्यक्रममा चितवनका विभिन्न स्थानीय तहका पशुपन्छी शाखाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वोल्दै स्थानीय तहका प्रतिनिधिहरुले उक्त कार्यक्रम सम्पुर्ण अधिकारसहित सिधै पालिकालाई संचालन गर्न दिनुपर्ने वताएका थिए । वागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लाग्ने पिपिआर रोगविरुद्ध खोप अभियान संचालन गर्ने भएसंगै चितवनमा आवश्यक तयारी...

    • सरस्वती पुजाको अवसरमा शैक्षिक सामाग्री वितरण

      भरतपुर/भरतपुर १९ स्थित किरण अमरजंग गुरुङ माध्यमिक विद्यालयको कक्षा नर्सरी र केजीमा अध्यायनरत ४५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । दाताहरुको सहयोगमा विद्यालयले सरस्वती पुजाको अवसरमा आइतवार विद्यार्थीहरुलाई व्याग र स्टेशनरी सामाग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक विनोद कुमार अधिकारीले जनाकारी दिनुभयो । विद्यार्थीहरुको अध्यायनमा थप हौसला मिलोस् भन्ने हेतुले वेलावखतमा यस्ता कार्यक्रम गर्दै आइरहेको र आगामी दिनमा पनि दाताहरुको खोजि गरि कार्यक्रमलाई निरन्तरता दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष द्रोण बहादुर गुरुङले जानकारी दिनुभयो । उक्त कार्यक्रममा व्याग सौजन्य गर्ने न्यू लता रेडिमेट व्याग उद्योगका प्रोपाईटर पुर्णचन्द्र सोडारी र राममायाँ सोडारीले विद्यालयमै उपस्थित भएर विद्यार्थीहरुलाई व्याग वितरण गर्नु...

    • सरस्वती पुजाको अवसरमा बालकुमारी मा.वि.मा नगदसहित शैक्षिक सामग्री हस्तान्तरण

      सन्तोष देवकोटा भरतपुर/बालकुमारी माध्यमिक विद्यालय, नारायणगढमा हरेक वर्ष झैं यस वर्ष पनि विशेष कार्यक्रमको आयोजना गरि सरस्वती पुजा तथा वसन्त पञ्चमी पर्व मनाइएको छ । अक्षर आरम्भ गर्ने दिनको रुपमा लिईने यस दिनमा शिशु कक्षाका विद्यार्थीहरुको अक्षरारम्भ पनि गरिएको छ । सोही अवसर पारेर बालकुमारी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको संस्था बालमाविद् अलम्नाई एसोसिएसन मार्फत विद्यालयको विद्यमान आर्थिक समस्या समाधानको लागि विद्यालयको प्रथम, द्वितीय र तृतीय ब्याचका विद्यार्थीहरुबाट तीन लाख एकाउन्न हजार रुपैयाँ र २०४१ साल ब्याचको तर्फबाट दुईलाख रुपैयाँ हस्तान्तरण गरिएको छ । साथै, लायन्स क्लब अफ नारायणगढ चित्रवनले स–साना नानीबाबुहरुको पढाई प्रति रुची बढोस् भन्ने हेतुले स्कूल ब्याग...

    • उवासंघ चितवनको स्थापना दिवसमा निशुल्क स्वास्थ्य परिक्षण र रक्तदान

      भरतपुर/उद्योग वाणिज्य संघ–चितवनले विविध कार्यक्रमको आयोजना गरि ६२ औं स्थापना दिवस मनाएको छ । संघको सचिवालयमा बिहीबार औपचारिक कार्यक्रम सहित निशुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले २०१६ सालमा स्थापित उद्योग वाणिज्य संघ चितवनलाई आजको अवस्थामा ल्याइपु¥याउनको लागि अग्रजहरुले खेल्नुभएको भूमिकाको प्रशंसा गर्दै संघ अग्रजहरुको मार्गनिर्देशन र सरसल्लाह बमोजिम अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले यस क्षेत्रको कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा संघले निरन्तर कार्यक्रम आयोजना गरेको बताउंदै आगामी दिनहरुमा पनि अझ सशक्त रुपमा यस क्षेत्रका कार्यक्रमहरु आयोजना गरिने बताउनु भयो ।...

    • वन प्राविधिक समाजद्धारा दोषिमाथि कारवाहिको माग

      सन्तोष देवकोटा भरतपुर/वन प्राविधिक समाज चितवनले सुदुरपश्चिम प्रदेश डिभिजन वन कार्यालय पहलमानपुर अन्तरगत पचमुडिया सब डिभिजन कार्यालयमा कार्यरत बन अधिकृत विश्वराज पण्डितमाथि भएको हातपात तथा दुव्र्यवहारको घोर निन्दा एवं भत्सर्ना व्यक्त गर्दै दोषिमाथि कारवाहिको माग गरेको छ । वन प्राविधिक समाज चितवनका अध्यक्ष राम हरि पन्थद्धारा मंगलबार जारी प्रेस विज्ञप्तिमा कार्यरत रहेकै अवस्थामा केहि अराजक समुहले सोमबार वन अधिकृत पण्डितमाथि हातपात एवं दुव्र्यवहार गरेको जानकारी गराउँदै नेपाल सरकार र सुदुरपश्चिम सरकारसंग घटनाको छानविन गरि दोषिमाथि कारवाहिको माग गरिएको हो । पछिल्लो समय समग्र वन क्षेत्र र वन प्राविधिकलाई लक्षित गरि यस्ता खालका गतिविधि वढेको वताउँदै विज्ञप्तिमा कार्यालयमा कार्यरत कर्मचारी...

    • रोटरी करुणालयलाई स्टेचर र फुरनदाना हस्तान्तरण

      सन्तोष देवकोटा भरतपुर/रोटरी क्लव अफ चितवनले मंगलवार देवघाट स्थित रोटरी करुणालय(वृद्धाश्रम)लाई स्टेचर हस्तान्तरण गरेको छ । क्लवका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले एक औपाचारिक कार्यक्रमका विच करुणालयका अध्यक्ष चन्द्रमान श्रेष्ठलाई स्टेचर हस्तान्रतण गर्नु भएको हो । रोटरी क्लव अफ चितवनद्धारा संचालित रोटरी करुणालयमा आश्रीत वृद्धवृद्धाहरुलाई आवश्यकता महसुश गरि स्टेचर हस्तान्रतण गरिएको रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो । रोटरी क्लव अफ चितवनले उपलव्ध गराएको स्टेचरले करुणालयमा आश्रीत वृद्धवृद्धाहरु विरामी भई हिँडडुल गर्न नसक्ने अवस्थामा उहाँहरुलाई एक ठाउँवाट अर्को ठाउँमा लैजान स्टेचरले सहयोग गर्ने करुणालयका अध्यक्ष चन्द्रमान श्रेष्ठले वताउनु भयो । कार्यक्रममा रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्य,...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल