• मानव अधिकार तथा शान्ति समाजको सचेतनामुलक कार्यक्रम

      भरतपुर/मानव अधिकारको क्षेत्रमा सक्रिया मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले लागू औषध दुब्र्यसन बिरुद्धको अन्तराष्ट्रिय दिवस मनाएको छ । दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले लागूऔषध विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । भरतपुर स्थित साहाराको घरमा रहेका बालबालिकालाई लागू औषध विरुद्ध सचेतता मुलुक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउत र सदस्य पूर्ण चन्द्र चापागाइले लागूऔषधले समाज र मानव स्वास्थ्यमा पर्ने असर एवं मानव अधिकारको विषयमा जानकारी गराउनु भएको थियो ।

    • मुक्तकः बाहाना

      बालकृष्ण खनाल भरतपुर, चितवन कहिले काहीँ याद, जिउने बाहाना बन्छ कहिले काहीँ याद, पिउने बाहाना बन्छ । रिसैले हेरेको भएनि, उनको एक नजरले फाटेको मुटु मेरो, सिउने बाहाना बन्छ ।

    • भरतपुर रोटरीद्धारा घर हस्तान्तरण

      भरतपुर/रोटरी क्लव अफ भरतपुरले बिहीबार एक कार्यक्रमका विच सौराहामा रोटरी मुसहर वस्तिको घर हस्तान्तरण गरिएको छ । रोटरी क्लव अफ भरतपुरका अध्यक्ष डा. रेवन्त कुमार भट्टराईको अध्यक्षतामा भएको घर हस्तान्तरण कार्यक्रममा रोटरी मुसहर वस्ति निर्माण समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठले रोटरी मुसहर वस्ती निर्माको वारेमा जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा क्लवका अध्यक्ष रेवन्त कुमार भट्टराई, मुसहर वस्ती निर्माण समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठ र सदस्य गंगा तिमिल्सिना सिंहले संयुक्त रुपमा झरिया माझिलाई घर हस्तान्तरण गर्नु भएको थियो । यस्तै रोटरी मुसहर वस्ती निर्माण समितिका सदस्य तथा रोटरी क्लव अफ भरतपुरका पुर्व अध्यक्ष नयनराज नेपाल र रोटरी क्लव...

    • मुक्तकः ट्रक साम्राज्य

        बालकृष्ण खनाल भरतपुर, चितवन सडकमा ट्रकको साम्राज्य तोडिएर बस कहिलेसम्म गुड्ने होला बन्द रहेका यि एयरपोर्टहरू खुलेर प्लेन कहिलेसम्म उड्ने होला । मुक्ति पाउने छाँट देखिएन कोरोनाको कहरबाट यो जगतले अव छानीछानी यसरी हामीलाई निलेर प्राण कहिलेसम्म चुड्ने होला ।

    • शर्तसहित हवाई उडान सञ्चालन हुने

      काठमाण्डौं/दोस्रो चरणको कोरोना संक्रमणका कारण बन्द रहेको आन्तरिक तथा वाह्य हवाई उडान संचालन हुने भएको छ । कोरोना संक्रमण कम हुन थालेसंगै सरकारले विभिन्न शर्तहरुको पालना गरि हवाई उडान संचालन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबार सम्पन्न बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर उडान सञ्चालन हुनेछन् । स्वास्थ्य मापदण्डको पूर्ण पालना हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि आन्तरिकतर्फ कूल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गरिने र उपयुक्त उडान तालिका र मिति...

    • उवासंघ चितवनद्धारा व्यवसाय सञ्चालनको माग

      भरतपुर/उद्योग वाणिज्य संघ–चितवनले व्यवसाय सञ्चालनका लागि माग गरेको छ । उद्योग वाणिज्य संघ–चितवनले चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई ज्ञापन पत्र बुझाउंदै उक्त माग गरेको हो । ज्ञापन पत्र हस्तान्तरण गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञा उद्यमी व्यवसायीले पालना गरेको बताउंदै हाल कोरोना संक्रमण दर घट्दो क्रममा रहेको कारण समय तालिका तय गरि आलोपालो उद्यम,व्यवसाय सञ्चालन हुने व्यवस्थाका लागि अनुरोध गर्नु भयो । उहा“ले कोरोना संक्रमणको अवस्था लगायत अन्य विपद्को समयमा निजी क्षेत्रको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रहि सरकारलाई सहयोग गर्दै आएको र...

    • ईक्यान चितवनद्वारा खाद्यान्न र शैक्षिक सामाग्री सहयोग

      चितवन/ नेपाल शैक्षिक परामर्श संघ (इक्यान ) चितवनद्धारा कालिका नगरपालिका वार्ड न- ९ का सिमान्तकृत अति विपन्न ५० घर चेपाङ्ग समुदायका बिपन्न परिवारलाई खाद्यान्न लागयतका सामग्रीहरु सहयोग गरिएको छ । उनीहरुलाई १/१ बोरा चामल, नुन, तेल, दाल, साबुन, ब्रस, मन्जन, झुल लगायतका सामाग्री सहयोग गरिएको हो । साथै उक्त क्षेत्रमा रहेको अधिक मात्रामा चेपाङ्ग वालवालिकाहरु अध्ययन गर्ने कोलार राष्ट्रिय प्राथमिक विद्यालय, सुपार राष्ट्रिय प्राथमिक विद्यालय, लटौली राष्ट्रिय प्राथमिक विद्यालय र देवीटार राष्ट्रिय प्राथमिक विद्यालयहरुमा शैक्षिक सामाग्री सहयोग गरिएको छ । बिधालयमा कापी, कलम, पेन्सिल, कटर, इरेजर लगायतको सामाग्री हस्तान्तरण गरिएको थियो । ती बिधालय हरुमा अधिकांश चेपाङ र बिपन्न...

    • ठुलो परिमाणमा अवैध धानको बिउ नष्ट

      भरतपुर/अवैध रुपमा नेपाल भित्रिएको ठुलो परिमाणको धानको विउ आइतबार भरतपुरमा नष्ट गरिएको छ । विभिन्न सरोकारवालाहरुको रोहवरमा कृषि ज्ञान केन्द्र चितवनले नेपाल सरकारले प्रतिबन्दित गरेको गोरखनाथ ५०९ जातको धानको विउ खाल्टोमा गाडेर नष्ट गरेको हो । नेपाल सरकारको सुचिकरणवाट हटेको धानको विउ विक्रि वितरणको लागि ल्याइएको अवस्थामा प्रहरीको सहयोगमा कृषि ज्ञान केन्द्र चितवनले वरामत गरेको हो । चितवन र अन्य जिल्लाका विभिन्न एग्रेभेटहरुको माग बमोजिम विक्रीको लागि ल्याइएको उक्त धानको विउ मध्ये अधिकांश नारयणगढको एक टान्सपोर्टवाट बरामद गरिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । वरामद गरिएको मध्ये थोरै धानको विउ जिल्लाका विभिन्न एग्रेभेटहरुवाट वरामद गरिएको...

    • चालु आवको भुक्तनी असार २४ भित्र लिन र दिन महानगरको आग्रह

      भरतपुर/भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षको फ्रिज नहुने वाहेकका अन्य भुक्तानी यहि असार २४ गतेभित्र गर्न आग्रह गरेको छ । महानगपालिकाको एक सुचना नै प्रकाशित गरि सम्पुर्ण महाशाखा, शाखा र वडा कार्यालयहरुलाई नियम अनुसार तोकिएको समय भित्र भुक्तनी गरि लेखा अध्यावधिक गर्न आग्रह गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाद्धारा जारी सुचनामा आर्थिक तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० मा आर्थिक वर्ष समाप्त हुनु अघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्थाको उपनियम ७ मा प्रदेश तथा स्थानीय तहको विनियोजन ऐनले फ्रिज नहुने भनि तोकेको खर्च शिर्षकको हकमा वाहेक अन्य वजेट शिर्षक अन्तरगत पर्ने भुक्तानी दिनुपर्ने रकम...

    • नारायणगढ रोटरीद्वारा स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण

      नारायणगढ/नारायणगढ रोटरी क्लबले भरतपुर-१५ मा अवस्थित शिवनगरको आयूर्वेदिक आइसोलेसन सेन्टरलाई २ थान अक्सिजन कन्सन्ट्रेटर लगायत कोरोना रोकथामका सामग्रीहरु सहयोग प्रदान गरेको छ । क्लबका अध्यक्ष अनुकूल श्रेष्ठले वडा न १५ का अध्यक्ष शम्भुबहादुर भण्डारी तथा आइसोलेसन सेन्टरका डाक्टर सबिना खड्कालाई सयुक्तरूपमा उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष निरन्जन प्रधान, वर्ष २०२१/२२ का लागि निर्वाचित अध्यक्ष अरुणकुमार खनाल र क्लबका सेवा परियोजना निर्देशक गुणेश्वर महतोको उपस्थिति रहेको थियो । लन्डनका रोटरी क्लबहरू रोटरी क्लब अफ लिमाभ्यादी, रोटरी क्लब अफ लन्डनडेरी र रोटरी क्लब अफ कोलेरेनको सहयोगमा उक्त अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको अध्यक्ष अनुकूल श्रेष्ठले बताए...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल