• देवघाट क्षेत्रमा माछा मार्न निषेध

      भरतपुर/देवघाट क्षेत्र विकास समिति तनहुँले देवघाट क्षेत्रमा माछा मार्न निषेध गरेको छ । देवघाट स्थित नदी क्षेत्रका स्नानस्थल र शवदाहस्थलको नजिक वातावरणमा नै खलल पुग्ने गरि माछा मार्ने गरिएको र सो कार्यवाट देवघाटधामको गरिमा र महिमामा ह्रास आउनुको साथै अमर्यादित र अशोभनीय भएको ठहर गर्दै समितिले सार्वजनिक सूचना मार्फत देवघाट क्षेत्रका नदिमा माछा मार्न निषेध गरेको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरण बाबु घिमिरेद्धारा बुधबार जारी सार्वजनिक सूचनामा त्रिशुली र कालीगण्डकी नदीको संगम स्थलबाट तीनैतर्फ ५ सय मिटर (कालीगण्डकी तर्फ सीतागुफा, त्रिशुली तर्फ झोलुंगे पुल र नारायणी तर्फ दाहसंस्कार स्थल)सम्म माछा मार्न निषेश गरिएको छ ।...

    • उवासंघ चितवनद्धारा राहत सामाग्री हस्तान्तरण

      भरतपुर/उद्योग वाणिज्य संघ चितवनले उद्योगी व्यवसायीको हकहित र व्यवसायिक विकासको अलावा सामाजिक काममा तीब्रता दिएको छ । संघले कोरोना संक्रमण र लकडाउनको कारण समस्यामा परेका विभिन्न क्षेत्रका मानिहरुलाई आवश्यकता अनुसारको राहत सामाग्री हस्तान्तरण कार्यक्रमलाई अभियानकै रुपमा अगाडी वढाएको छ । राहत सामाग्री वितरण अभियान अन्तरगत चितवनका उद्योगी व्यवसायीको छाता सस्था उद्योग वाणिज्य संघ चितवनले बुधबार देवघाट स्थित रामजानकी वालिका आश्रममा खाद्यान्नलगायत मसलन्द सामाग्री हस्तान्तराण् गरेको हो । कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले सेवा नै धर्म हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै संघले आश्रमलाई सहयोग सामाग्री उपलव्ध गराएको वताउनु भयो । कोरोना संक्रमणको दोस्रो लहरले सवै क्षेत्र...

    • वातावरण दिवसमा शान्ति समाज चितवनद्वारा वृक्षारोपण

      भरतपुर/विश्व वातावरण दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवनले शनिबार वृक्षारोपण गरेको छ । प्रकृतिको संरक्षण गरौं, रुख रोपौं भन्ने नारा सहित वातावरण दिवसको दिन शान्ति समाजले वृक्षारोपण गरेको हो । समाजले नव जागृत सामुदायिक वन उपभोक्ता समूहको वनमा वृक्षारोपण गरेको मानव अधिकार तथा शान्ति समाज चितवनका सभापति शम्भु राउतले जानकारी दिनुभयो । वृक्षारोपणका लागि अधिकारकर्मीहरु पुर्णचन्द्र चापागाई, रबिन खतिवडा, रितु न्यौपाने, सुप्रिया सापकोटा लगायतकाको उपस्थिति रहेको थियो । सन् १९७२ मा संयुक्त राष्ट्रसंघद्वारा आयोजित सम्मेलनबाट घोषणा गरी प्रत्येक वर्ष ५ जुनका दिन वातावरण संरक्षण तथा सचेतनामा जोड दिँदै विश्व वातावरण दिवस मनाइन्छ ।

    • उवासंघ चितवनद्धारा मुग्लिन हाईवे अस्पताललाई स्वास्थ्य समाग्री हस्तान्तरण

      भरतपुर/जिल्ला स्थित उद्योगी व्यवसायीहरुको साझा सस्था उद्योग वाणिज्य संघ चितवले मुलुकमा फैलिएको दोस्रो चरणको कोरोना संक्रमण नियन्त्रणमा सहयोग पु¥याउने उदेश्यले स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ । संघले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि इच्छाकामना स्थित मुग्लिन हाइवे अस्पताललाई करिव एक लाख रुपैयाँ वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । संघका अध्यक्ष राजु श्रेष्ठले अस्पतालका अध्यक्ष राम बहादुर लामालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले व्यवसाय भन्दा स्वास्थ्य ठुलो कुरा भएको वताउँदै संघको सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो । गैह्रनाफामुलक सस्थाको रुपमा मुग्लिन वजार क्षेत्रमा स्थापना भएर...

    • मेचीमहाकाली बुहारी संयुक्त आवाजद्धारा खाद्यान्न सहयोग

      भरतपुर/मेचीमहाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा चितवनले शुक्रबार एक कार्यक्रमका विच खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ । कोरोना संक्रमणको कारण दैनिक गुजारा चलाउन समस्यामा परेका समुदायलाई खाद्यान्न सहयोग गरिएको हो । शुक्रबार आयोजित कार्यक्रममा प्रतिपरिवार ३० किलो चामल, दाल, नुन, तेल प्रदान गरिएको संस्थाकी जिल्ला सदस्य तथा इच्छाकामनाकी प्रतिनिधि सावित्री पुडासैनीले जानकारी दिनु भयो । मेचीमहाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा चितवनले इच्छाकामना गाउपालिका वडा नं ५ अन्तर्गत चेपाङ समुदायलाई खाद्यान्न वितरण गरेको हो । कार्यक्रममा संविधान सभा सदस्य अन्जनी श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो भने प्रदेश सांसद मिलन बावु श्रेष्ठ विशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा...

    • चितवन खबर पत्रिकाले मनायो १० औँ वार्षिकोत्सव

      भरतपुर/छापापत्रकारिताको दुनियाँमा एकदशदेखि अनवरत रुपमा प्रकाशनमा आएको चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो गौरवमय दशौं वार्षिकउत्सव मनाएको छ । बिहीबार भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित पर्यटकीय गन्तव्य धनगढा पार्कमा एक कार्यक्रमका बीच बार्षिकोत्सवको अवसरमा शुभकामना आदान प्रदान गरेको हो । दशौं वार्षिकोत्सवको अवसरमा गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सामाजिक एवं प्रतिष्ठित व्यक्तित्व वरिष्ठ समाजसेवी कुल बहादुर भण्डारी, विशिष्ट अतिथि धनगढा एकीकृत विकास समितिका अध्यक्ष भरत सिंह कुँवर रहनु भएको थियो । सो अवसरमा शुभकामना दिनु हुँदै समाजसेवी भण्डारीले मोफसलमा रहेर विभिन्न चुनौतिका बीच पत्रकारितालाई नियमित...

    • मुक्तकः लेण्डुपको डमी

      वालकृष्ण खनाल छदम भेषी कोही उत्तरको कोही दक्षिणको लमी हुन सक्छ फरक यत्ति कि मात्रामा मात्र केही वेसी या कमी हुन सक्छ । विचार गरौँ हामीले आदर्श मानि छातीमा राखेको व्यक्ति पनि नव अवतारमा देखिएको उही लेण्डुपको कुनै डमी हुन सक्छ ।

    • राष्ट्रिय युवा संघद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

      माडी/राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि चितवनले वुधबार माडी नगरपालिका स्थित राष्ट्रिय युवा संघ माडी नगर कमिटिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । जिल्ला संयोजक सुशिल केसीले माडी नगर कमिटिका संयोजक मुन्ना मियालाई सामाग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव प्रताप डल्लाकोटीले कोरोनाको कहरमा एक अर्कामा सहयोगी भइ काम गर्नुपर्ने बताए । विशिष्ट अतिथि रािष्ट्रय खेलकुद महासंघका सह कोषाध्यक्ष ऋषिकेश रेग्मी, नेकपा एमाले जिल्ला कमिटि सदस्य श्रीप्रसाद दवाडीलगायतका नेता कार्यकर्ताको उपस्थितिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला कमिटिका सह संयोजक शंकर अधिकारीले जानकारी दिए । राष्ट्रिय युवा संघ...

    • स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

      भरतपुर/मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको आयोजनामा बुधबार भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाजको २६ औं स्थापना दिवस रक्तदान कार्यक्रमको आयोजना गरि मनाईएको मानव अधिकार तथा शान्ति समाज चितवनका सभापति सम्भु राउतले जानकारी दिनुभयो । भरतपुर स्थित वीरेन्द्र वहुमुखी क्याम्पसको प्रंगढमा आयेजित उक्त कार्यक्रमा ३ जना महिला सहित २५ जनाले रक्तदान गर्नु भएको शाखा सभापति राउतले जानकारी दिनुभयो । मुलुकमा फैलिएको दोस्रो चरणको कारोना संक्रमणको कारण धरै मानिसको उपस्थितीमा औपचारिक कार्यक्रम गर्न नपाए पनि स्वास्थ मापदण्ड पालना गरि सानो कार्यक्रम गरिएको वताउँदै उहाले चितवनमा कोरोना संक्रमणको कारण देखिएको रगत अभावको समस्यालाई केहि भए पनि समाधान गर्न...

    • चितवनमा फेरि एक हप्ता थपियो निषेधाज्ञा

      भरतपुर/दोस्रो चरणको कोरोना संक्रमण तीव्र भईरहेको अवस्थामा चितवन फेरि लकडाउनको समयावधी थपिएको छ । पछिल्लो पटक थपिएको समय अनुसार चितवनमा जेठ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । दोस्रो पटक थप गरिएको निषेधाज्ञाको अवधि यहि जेठ २० गते रातिबाट सकिदैछ । जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गतेरातिदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो । लगत्तै जेठ १३ गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो ।...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल