• दिवाकर स्मृति विद्यालयको अध्यक्षमा पुनः पाण्डे

      माडी/पश्चिम चितवनको माडी क्षेत्रकै अग्रणी विद्यालयको रुपमा परिचित दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाको व्यवस्थापन समिति अध्यक्षमा पुनः ओवनाथ पाण्डे चयन हुनुभएको छ । शुक्रबार सम्पन्न प्रतिनिधीमूलक अभिभावक भेलाले पाण्डेको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । समितिका सदस्यहरुमा प्रजापति तिवारी, अम्बिका सुनार, निर्मला पोख्रेल, वडाध्यक्ष रामबन्धु पोखरेल र सदस्य सचिवमा विद्यालयका नवनियुक्त प्रधानाध्यापक राजु अधिकारी चयन हुनुभएको छ । अध्यक्ष पाण्डे यसअघि पनि सो विद्यालयको व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो । त्यसअघि, उहाँ सोमेश्वर सार्वजनिक शैक्षिक गुठीमार्फत निजी क्षेत्रबाट स्थापित तात्कालीन दिवाकर स्मृति विद्यालयको अध्यक्ष रहनुभएको थियो । उक्त विद्यालय र आधारभूत विद्यालय रमाइलोडाँडाबिच २०७५ जेठमा समायोजन...

    • प्रभावकारी बन्दै बचौं र बचाऔं अभियानको निशुल्क खाना खुवाउने अभियान

      भरतपुर/बचौं र बचाऔं एक आशाको किरण नामक अभियान अन्तर्गत भरतपुरका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितका विरामी कुरुवाहरुलाई निशुल्क खाना खुवाउने अभियान प्रभावकारी बन्दै गएको छ । उक्त अभियानले कोरोना संक्रमण र लकडाउनको कारण आर्थिक अभावले गर्दा विहान वेलुकाको छाकटार्ने समस्यामा परेका कोरोना संक्रमितका कुरुवाहरुलाई निशुल्क खाना खुवाएर उत्कृष्ठ मानवीय कार्य गरेको भन्दै सवत्र प्रशंसा हुन थालेको छ । अभियानले विरामी कुरुवाको भोकोपेट सुत्नुपर्ने वाध्यता हटेको भन्दै अस्पताल र विरामी कुरुवाहरुले अभियानको खुलेर समर्थन गर्दै धन्यवाद व्यक्त गरेका छन् । आर्थिक अवस्था कमजोर भई विहान वेलुकाको छाक टार्न समेत गाह्रो भएका कोरोना संक्रमित विरामी कुरुवाहरुको समस्यालाई मध्यनजर गरि निशुल्क खाना...

    • मुक्तकः मुटु र प्रेम

      बालकृष्ण खनाल भरतपुर ८, चितवन जब मुटु भित्र धड्कनमा, कसैको बास हुन्छ चाहिँदैन कुनै दिवस, हरक्षण त्यसै खास हुन्छ । त्यहीँ हुन्छ प्रेमको इजहार र गुलाफ साटासाट जाहाँ दुई आत्माहरूले फेर्ने, एउटै सास हुन्छ ।

    • होटल संघद्धारा सरकारको ध्यानाकर्षण, राहत प्याकेजको माग

      भरतपुर/कोरोना संक्रमण र सरकारले घोषणा गरेको लकडाउनको कारण पर्यटन क्षेत्र सबैभन्दा प्रभावित हुन पुगेको छ । कोरोना संक्रमण र लकडाउनले पर्यटन क्षेत्रको महत्वपुर्ण पाटोको रुपमा रहेको होटल व्यवसाय सबैभन्दा वढि मारमा परेको हो । मुलकको अर्थतन्त्र ठप्प भएसंगै होटल व्यवसाय पुर्ण रुपमा बन्द हुँदा कतिपय होटल व्यवसायीहरु पेशावाटै विस्तापित हुन पुगेको होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । व्यवसायीका समस्यालाई मध्यनजर गर्दै सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने माग गर्दै अध्यक्ष श्रेष्ठले राज्यले सहयोग नगर्ने हो भने व्यवसायीहरु होटल व्यवसायमा टिक्न मुस्किल पर्ने वताउनु भयो । पर्यटन विना समृद्ध मुलुकको परिकल्पना गर्न नसकिने वताउँदै उहाले होटल व्यवसायका...

    • नेपाल शिक्षक महासंघको अन्तरक्रिया

      भरतपुर/विभिन्न मागसहित आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले बिहीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल शिक्षक महासंघको आन्दोलन अन्तर्गत सातवटै प्रदेशबाट प्रतिनिधित्व गर्ने गरि शैक्षिक समस्याको वारेमा पत्रकारहरुसंग अन्तरक्रिया गरिएको हो । महासंघका कार्यवाहक अध्यक्ष पूर्णप्रसाद दवाडीको अध्यक्षता र महासचिव लक्ष्मी किशोर सुवेदीको सञ्चालनमा भएको अन्तरक्रियामा महासचिवले महासंघले राखेका ३४ सूत्रीय मागहरु पत्रकारसमक्ष राख्नु भएको थियो । प्रविधिको प्रयोग गरि जुम मार्फत आयोजना गरिएको उक्त कार्यक्रममा अध्यक्ष दवाडीले महासंघको आधारपत्र प्रस्तुत गर्नु भएको थियो । देशभरिबाट पत्रकारहरुको सहभागिता रहेको उक्त कार्यक्रममा पत्रकारहरु हिराबहादुर थापा, लक्ष्मीप्रसाद दहाल, प्रविण न्यौपाने, रामनारायण कुर्मी, रोशन गाउँले, कृष्णप्रसाद सिवाकोटी, मन्जिमा ढकाल, सुजन प्रेमी, सुनिता...

    • भरतपुर महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रमका लागि चितवन उद्योग संघद्वारा सुझाव पेश

      भरतपुर/भरतपुर महानगरपालिकाको आ.व. २०७८÷०७९ कोे बजेट, नीति तथा कार्यक्रमका लागि चितवन उद्योग संघले सुझाव पेश गरेको छ । भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई हस्तान्तरण गर्नुभएको थियो । औद्योगिक नीति निर्माण तथा प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजक एवं चितवन उद्योग संघका उपाध्यक्ष युग राज वस्तीले औद्योगिक प्रबद्र्धन, उद्यमी क्षमता अभिवृद्धि र रोजगारी सिर्जना र सीप विकास, राजश्व परामर्श, कृषि तथा पशुपंक्षी सम्बन्धि तयार गरिएको सुझावहरुलाई प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले भरतपुर महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रमका लागि संघद्वारा तयार गरिएको सुझाव र संघले...

    • मुक्तकः बाढी पहिरो

      बालकृष्ण खनाल कतै आकाश आँसु बनेर मानव वस्तीहरूमा खसिरहेको देखिन्छ कतै आकाश बाढी बनेर गरिबको झुपडीमा पसिरहेको देखिन्छ । आक्रान्त भएको छ हाम्रो देश यति बेला, बाढी पहिरोले जताततै जनता निरीह बनेर उद्दार र राहतको पर्खाइमा बसिरहेको देखिन्छ ।

    • स्व. डा. उपेन्द्र देवकोटाको सम्झना

      हरिदत्त देवकोटा पालुङ्टार, गोरखा (हाल चितवन) क्या चोट प¥यो मुटुमा आज, मन भयो झसंग उपेन्द्र डाक्टर संसार छाड्यौ, मन भयो भरंग । त्यो गाउँघर रोएर वस्छ, अशान्ति मनले हे दैवलिला के गरिस् तैंले, के हुन्छ धनले । इश्वर तैंले रचेको थिइस्, सृष्टीको फुललाई कसरि लगिस् कहाँपो पु¥याईस्, नेपालको ज्योतिलाई । नेपाल आमा रुँदैछिन् आज, त्यो आत्मा गल्दैछ त्यो डाँडापारि जुडीखेत आज, फुटाहा खोज्दैछ । त्यो सिस्नेपानी धाराले आज, उनैलाई खोज्दैछ पोखरी बारी त्यो साउने पानी, उनैलाई रोज्दैछ । डाँडा र काँडा त्यो हरियाली, पाखा र पखेरो डाक्टर दाई नहुँदाखेरी, प्रकृती अध्यारो । त्यो पाठशाला त्यो ठाडो गल्ली, लुईटेल सुदर्शन...

    • मुक्तकः बेरोजगार

      बालकृष्ण खनाल मान्छे बेरोजगार छ, तैपनि खई काँहाँबाट पिएर आउँछ भट्टी छिर्छ घर बिर्सन्छ, टन्न दुई चार बोतल दिएर आउँछ । थाहा छ उसलाई, घरमा अन्नको दाना छैन खानका लागि बुद्दु अझ उल्टै झन्, बाहिरबाट पाहुना पो लिएर आउँछ ।

    • ‘नमस्ते ग्रुप’द्धारा १०५ सुकुम्बासी घरधुरीलाई राहत सामाग्री वितरण

      चितवन /चितवनका युवा व्यवसायी तथा पेशाकर्मीको समुह नमस्ते ग्रुपले एकसय पांँच घरधुरीलाई राहत सामाग्री वितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित आंँपटारीका सुकुम्बासी वस्तीमा उक्त ग्रुपले विहीबार राहत सामाग्री वितरण गरेको हो । ग्रुपले मागेर पनि खान नसक्ने, असहाय, अपांग , बृद्धबृद्धालाई लक्षित गरी चामल,तेल, नुल , दाल। सोयाविन वितरण गरेको हो । कोरोना कहरको बेला सामाजिक उत्तरदायित्व बहन गर्दै राहत सामाग्री वितरण गरिएको ग्रुपले जानकारी दिएको छ । हस्तान्तरण कार्यक्रमलाई बोल्दै ग्रुपका संयोजक दिपेश श्रेष्ठले शहरको आडैमा रहेर पनि कोराना कहरका बेला हालसम्म यो वस्तीमा कसैको आंँखा नपरेकोले यो वस्तीमा सहयोग गरिएको बताए । ‘बत्ती...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल