• मानव अधिकार तथा शान्ति समाजको सचेतनामुलक कार्यक्रम

      भरतपुर/मानव अधिकारको क्षेत्रमा सक्रिया मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले लागू औषध दुब्र्यसन बिरुद्धको अन्तराष्ट्रिय दिवस मनाएको छ । दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले लागूऔषध विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । भरतपुर स्थित साहाराको घरमा रहेका बालबालिकालाई लागू औषध विरुद्ध सचेतता मुलुक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउत र सदस्य पूर्ण चन्द्र चापागाइले लागूऔषधले समाज र मानव स्वास्थ्यमा पर्ने असर एवं मानव अधिकारको विषयमा जानकारी गराउनु भएको थियो ।

    • भरतपुर रोटरीद्धारा घर हस्तान्तरण

      भरतपुर/रोटरी क्लव अफ भरतपुरले बिहीबार एक कार्यक्रमका विच सौराहामा रोटरी मुसहर वस्तिको घर हस्तान्तरण गरिएको छ । रोटरी क्लव अफ भरतपुरका अध्यक्ष डा. रेवन्त कुमार भट्टराईको अध्यक्षतामा भएको घर हस्तान्तरण कार्यक्रममा रोटरी मुसहर वस्ति निर्माण समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठले रोटरी मुसहर वस्ती निर्माको वारेमा जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा क्लवका अध्यक्ष रेवन्त कुमार भट्टराई, मुसहर वस्ती निर्माण समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठ र सदस्य गंगा तिमिल्सिना सिंहले संयुक्त रुपमा झरिया माझिलाई घर हस्तान्तरण गर्नु भएको थियो । यस्तै रोटरी मुसहर वस्ती निर्माण समितिका सदस्य तथा रोटरी क्लव अफ भरतपुरका पुर्व अध्यक्ष नयनराज नेपाल र रोटरी क्लव...

    • उवासंघ चितवनद्धारा व्यवसाय सञ्चालनको माग

      भरतपुर/उद्योग वाणिज्य संघ–चितवनले व्यवसाय सञ्चालनका लागि माग गरेको छ । उद्योग वाणिज्य संघ–चितवनले चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई ज्ञापन पत्र बुझाउंदै उक्त माग गरेको हो । ज्ञापन पत्र हस्तान्तरण गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञा उद्यमी व्यवसायीले पालना गरेको बताउंदै हाल कोरोना संक्रमण दर घट्दो क्रममा रहेको कारण समय तालिका तय गरि आलोपालो उद्यम,व्यवसाय सञ्चालन हुने व्यवस्थाका लागि अनुरोध गर्नु भयो । उहा“ले कोरोना संक्रमणको अवस्था लगायत अन्य विपद्को समयमा निजी क्षेत्रको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रहि सरकारलाई सहयोग गर्दै आएको र...

    • ठुलो परिमाणमा अवैध धानको बिउ नष्ट

      भरतपुर/अवैध रुपमा नेपाल भित्रिएको ठुलो परिमाणको धानको विउ आइतबार भरतपुरमा नष्ट गरिएको छ । विभिन्न सरोकारवालाहरुको रोहवरमा कृषि ज्ञान केन्द्र चितवनले नेपाल सरकारले प्रतिबन्दित गरेको गोरखनाथ ५०९ जातको धानको विउ खाल्टोमा गाडेर नष्ट गरेको हो । नेपाल सरकारको सुचिकरणवाट हटेको धानको विउ विक्रि वितरणको लागि ल्याइएको अवस्थामा प्रहरीको सहयोगमा कृषि ज्ञान केन्द्र चितवनले वरामत गरेको हो । चितवन र अन्य जिल्लाका विभिन्न एग्रेभेटहरुको माग बमोजिम विक्रीको लागि ल्याइएको उक्त धानको विउ मध्ये अधिकांश नारयणगढको एक टान्सपोर्टवाट बरामद गरिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । वरामद गरिएको मध्ये थोरै धानको विउ जिल्लाका विभिन्न एग्रेभेटहरुवाट वरामद गरिएको...

    • प्रभावकारी बन्दै बचौं र बचाऔं अभियानको निशुल्क खाना खुवाउने अभियान

      भरतपुर/बचौं र बचाऔं एक आशाको किरण नामक अभियान अन्तर्गत भरतपुरका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितका विरामी कुरुवाहरुलाई निशुल्क खाना खुवाउने अभियान प्रभावकारी बन्दै गएको छ । उक्त अभियानले कोरोना संक्रमण र लकडाउनको कारण आर्थिक अभावले गर्दा विहान वेलुकाको छाकटार्ने समस्यामा परेका कोरोना संक्रमितका कुरुवाहरुलाई निशुल्क खाना खुवाएर उत्कृष्ठ मानवीय कार्य गरेको भन्दै सवत्र प्रशंसा हुन थालेको छ । अभियानले विरामी कुरुवाको भोकोपेट सुत्नुपर्ने वाध्यता हटेको भन्दै अस्पताल र विरामी कुरुवाहरुले अभियानको खुलेर समर्थन गर्दै धन्यवाद व्यक्त गरेका छन् । आर्थिक अवस्था कमजोर भई विहान वेलुकाको छाक टार्न समेत गाह्रो भएका कोरोना संक्रमित विरामी कुरुवाहरुको समस्यालाई मध्यनजर गरि निशुल्क खाना...

    • भरतपुर महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रमका लागि चितवन उद्योग संघद्वारा सुझाव पेश

      भरतपुर/भरतपुर महानगरपालिकाको आ.व. २०७८÷०७९ कोे बजेट, नीति तथा कार्यक्रमका लागि चितवन उद्योग संघले सुझाव पेश गरेको छ । भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई हस्तान्तरण गर्नुभएको थियो । औद्योगिक नीति निर्माण तथा प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजक एवं चितवन उद्योग संघका उपाध्यक्ष युग राज वस्तीले औद्योगिक प्रबद्र्धन, उद्यमी क्षमता अभिवृद्धि र रोजगारी सिर्जना र सीप विकास, राजश्व परामर्श, कृषि तथा पशुपंक्षी सम्बन्धि तयार गरिएको सुझावहरुलाई प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले भरतपुर महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रमका लागि संघद्वारा तयार गरिएको सुझाव र संघले...

    • अग्रवाल परिवारद्धारा विपन्न मजदुरलाई खाद्यान्न सहयोग

      भरतपुर/समाजसेवी उमाशंकर अग्रवालसहितको परिवारले भरतपुर नारायणी नदी किनार लिलाचोकमा अश्रित विपन्न मजदुरलाई खाद्यान्न सहयोग गरेको छ । भरतपुर १ लिलाचोकमा रहेका ५० घर परिवारलाई अग्रवाल परिवारले खाद्यान्न सहयोग गरेको हो । लडकडाउनको कारण ज्याला मजुदरी गर्नेहरुमा आर्थिक अभावले गर्दा बिहान वेलुकाको छाकटार्न समेत समस्या भएको अवस्था देखेपछि उहाँहरुलाई खाद्यान्न सहयोग गरिएको समाजसेवी उमाशंकर अग्रवालले जानकारी दिनुभयो । विगतमा समेत विभिन्न ठाँउका विपन्न तथा गरिबलाई सहयोग गर्दै आएका अग्रवाल परिवारले आफ्नै घर नजिक नारायणी नदी किनार आसपासमा मजुदरी गर्न नपाएका कारण समस्यामा देखिपछि यो पटक समेत आफुहरुले १५ दिनलाई पुग्ने खाद्यान्न सहयोग गरेको जानकारी दिनुभयो । सो अवसरमा चामल, सोयाविन...

    • मेरो गाउँ गोरखा एक झलक

      हरिदत्त देवकोटा पालुङ्टार ३, गोरखा (हाल चितवन) १) क्या राम्रो गोरखा लिगलिगकोट नाच्दछ शिरैमा देवकोटा थर हरिदत्त नाम त्यो गाउँघरैमा । पण्डित गाउँ देवकोटा थर गौरव हाम्रो छ जयन्ति देवी त्यो पण्डित गाउँ बिद्धानको खानी छ । २) बिद्धान भए देवकोटाहरु जयन्ति देविले आर्शिवाद पाई विश्वमा चम्के विद्याको ज्योतिले । मन्त्री र डाक्टर पण्डित भए शिक्षा छ अपार डाँडा र काँडा हावा र पानी प्रकृति हजार । ३) त्यो ठाउँ रम्छ खुसि भै अनि मन्त्री र डाक्टरले पण्डित ज्ञानी बिद्धान विक्रम तेजस्वी हुनाले । अमृत जल त्यो भन्दा राम्रो पाईन्छ कहाँ र त्यो हावा पानी शितल मिठो बासना हरर...

    • कोरोना

      हरिदत्त देवकोटा पालुङ्टार ३ गोरखा (हाल चितवन) १) हे प्यारा साथी पाइयो दुःख कोठामा बसेर सुत्दछु कहिले उठ्दछु कहिले यो ढाड दुखेर । भोग्दैछु आज बन्दिको जिवन घरमा वसेर खानु र पिउनु हरायो अहिले खिन्न नै बनेर । २) कोरोना नामको निर्जीव जिब शरिरमा पसेर मुटु र फोक्सो ड्यामेज गर्ने शरिर बनेर । जन्मन पुग्यो छिमेकी देश चीनको वुहानमा यहि रोग नाच्यो शरिरभरि मनको कुनामा । ३) क्या मान्छे मरे संकट आयो चिनिया शहर रमेर बस्यो केहि दिन त्यहाँ त्यो जड कहर । कोरोना लाग्यो विश्वनै अहिले उसले थर्कायो भय र त्रास बढेर गयो मन मेरो धड्कायो । ४)...

    • पर्सामा गोधुलीको दोस्रो सेवाकेन्द्र उद्घाटन

      भरतपुर/भरतपुर ३ शहिदचोक नारायणगढमा मुख्य कार्यालय रहेको गोधुली वचत तथा ऋण सहकारी सस्था लि.ले पुर्वी चितवनको पर्सा वजारमा दोस्रो सेवाकेन्द्र स्थापना गरेको छ । सहकारीले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रममा शुक्रबार एक औपचारिक कार्यक्रमका विच खैरहनी ८ पर्सा वजारमा सेवा केन्द्र उद्घाटन गरेको हो । कार्यक्रमका प्रमुख अतिथी खैरहनी ८ का वडा अध्यक्ष टेकबहादुर थापाले सेवाकेन्द्र उद्घाटन गर्दै सहकारीले आम मानिसहरुलाई आत्मनिर्भर वनाएको वताउनु भयो । निम्न आयस्तर भएका मानिसहरुलाई स्वरोजगार वनाउन सहकारीले लगानी गरेर सहयोग गरेको हुँदा सहकारीको महत्व उच्च रहेको उहाको भनाई थियो । कार्यक्रमका विशिष्ट अतिथी रत्ननगर १६ का वडा अध्यक्ष हेमराज थापाले सहकारी विना आर्थिक...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल