• नारायणी किनारमा योग शिविर सम्पन्न

      भरतपुर/अन्तराष्ट्रिय योग दिवस २०२३ को अवसरमा शनिबार नारायणगढ स्थित नारायणी नदी किनारमा वृहत् योग शिविर सम्पन्न सभएको छ । भारतीय महावाणिज्य दुतावास बीरगञ्जको आयेजना र भरतपुर महानगरपालिकाको सहयोग तथा उद्योग वाणिज्य संघ चितवनको सहआयोजनामा योग शिविर सम्पन्न भएको हो । योग शिविरको उद्घाटन कार्यक्रममा भारतीय महावाणिज्य दुतावास बीरगञ्जका कार्यबाहक राजदुत तरुण कुमारले योगको वारेमा जानकारी गराउँदै स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । उवासंघ चितवनका उपाध्यक्ष राजेन्द्र ओलीको संयोजनमा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी दाहालले योगले मानव स्वास्थ्यमा ठुलो योगदान गरेको वताउँदै पछिल्लो समय यो अनिवार्य जस्तै...

    • प्रदेश प्रमुख गुरुङद्धारा चितवन चनौली शितभण्डार निरीक्षण

      भरतपुर/गण्डकी प्रदेश प्रमुख एबं संस्थाका शेयर सदस्य पृथ्वीमान गुरुङ्गले चितवनकै गौरवको रुपमा स्थापित पश्चिम चितवनको चनौली स्थित चितवन चनौली शित भण्डार सहकारी सस्था लि.द्धारा संचालित शितभण्डारको निरीक्षण गर्नु भएको छ । प्रदेश प्रमुख गुरुङले शिभण्डारको अवलोकन निरीक्षण गरि संस्थाको वारेमा जानकारी लिनु भएको छ । संस्थाका अध्यक्ष सूर्यमणि पौडेललगायत संचालक, सल्लाहाकार, पूर्व सञ्चालकहरुले गुरुङलाई सहकारीमा स्वागत गर्नु भएको थियो । शितभण्डारको अवलोकन पश्चात् आयोजीत अन्तरक्रिया कार्यक्रममा शितभण्डारले कृषि उत्पादनमा पार्ने प्रभावलाई प्रभावकारी बनाउन प्रविधिमैत्री बनाउने गरी थप पूर्वाधार निमार्ण साथै बहुआयामिक प्रभावका बारेमा छलफल गरिएको थियो ।

    • उद्योग वाणिज्य संघ चितवनले दियो घर भाडामा छुट

      भरतपुर/उद्योग वाणिज्य संघ चितवनले आफ्नो व्यवसायिक भवनमा वहालमा रहेका व्यवसायीलाई घरभाडामा छुट दिने भएको छ । उद्योग वाणिज्य संघ–चितवनकोे बुधवार बसेको नियमित १५ औं कार्यसमितिको बैठकले संघको नाममा शहिदचोकमा रहेको व्यावसायिक भवनमा वहालमा लिई व्यवसाय गर्ने व्यवसायीहरूलाई २० प्रतिशत भाडा छुट दिने निर्णय गरेको छ । आर्थिक जटिलताको कारण व्यवसायी आर्थिक समस्यामा परेकोले उद्योग वाणिज्य संघ चितवनले घरभाडामा लगाउने घरधनीहरुलाई आफ्नो अनुकलता अनुसार घरभाडामा छुट दिनको लागि यस अगावै अपिल गरिसकेको छ । देशमा व्याप्त चरम आर्थिक मन्दिका कारण व्यापार व्यवसायिक गतिविधिमा ह्रास आएको हुँदा व्यवसायीहरु घरभाडासमेत तिर्न नसक्ने अवस्थामा पुगेको संघले जनाएको छ । कोभिड १९ र तत्पश्चात...

    • मा.वि. गंगानगरमा उत्प्रेरण कार्यक्रम

      भरतपुर/माध्यमिक बिद्यालय गंगानगरको तीन दिने उत्पेरणा कार्यक्रम सम्पन्न भएको छ । समापन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकाल प्रमुख अतिथी रहनु भएको थियो । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष सुदिप सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रम तीन दिन सम्म संचालन भएको प्रधानाध्यापक गणेश प्रसाद सुबेदीले जानकारी दिनुभयो । कार्यक्रम संचालन साहायक प्रधानाध्यापक राजु अधिकारीले गर्नुभएको थियो । उत्प्रेरणा कार्यक्रममा इश्वर श्रेष्ठ मुख्य प्रशिक्षक रहनु भएको थियो । कार्यक्रममा बिद्ययालय ब्यबस्थापन समिती, शिक्षक अभिभावक संघ, तथा शिक्षकहारुलाई उत्प्रेरणा सम्बधी मनोसामाजिक तथा शिक्षणकाला परामर्श दिनुभएको थियो ।

    • महाकालेश्वर आमा समुह र ज्योति विकास वैंकको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम

      भरतपुर/महाकालेश्वर आमा समुह भरतपुर १० तथा ज्योती विकास वैंक नारायणगढ शाखाको संयुक्त आयोजनामा वर्तमान विषम आर्थिक परिस्थीतीलाई मध्यनजर गर्दै १ दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महाकालेश्वर आमा समुहकी अध्यक्ष नेत्र कुमारी पौडेल (सुवेदी) को सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष परमेश्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो । ज्योती विकास वैंक नारायणगढ शाखाकी शाखा प्रमुख दिल कुमारी सापकोटा तथा वडा स्तरीय आमा समुहकी अध्यक्ष अम्वीका पौडेल, महाकालेश्वर आमा समुहकी सल्लाहकार भगवती सापकोटा, कल्पना आचार्य एवम् गंगा अधिकारीको आतिथ्यता रहेकोे उक्त ज्ञान र शिक्षामुलक कार्यक्रममा महाकालेश्वर आमा समुहकी उपाध्यक्ष उर्मिला लामिछानेले स्वागत...

    • गर्मीले सबै विद्यालय बन्द हुदाँ अङकुरम्मा कुल वातावरणमा पठनपाठन

      भरतपुर । चितवनको तापक्रम ४० डिग्री भन्दा माथि पुगेको छ । गर्मी दिनप्रतिदिन बढ्दो छ । जिल्लाका सबै विद्यालय ३० गतेसम्मका लागि विदा गरिएको छ । तर अङकुरम् एकेडेमी भरतपुरमा भने पठनपाठन जारी छ । विद्यालयका सबै कोठामा एसि जडान गरिएको छ । प्रविधिमार्फत कक्षा सञ्चालन हुने गर्दछ । अङकुरम्मा चिसो वातावरणमा पढाई भइरहेकोले बिदा गर्नुको कुनै औचित्य नभएको एकेडेमीका प्रमुख नवराज पौडेलले जानकारी दिनुभयो । “विद्यालयमा सबै कक्षा कोठामा एसि राखिएको छ , विद्यार्थी ल्याउने लैजाने गाडीमा पनि एसि फिट गरिएको छ ,त्यसैले अङकुरम्का विद्यार्थीलाई गर्मी विदा जरुरी छैन उहाँले भन्नुभयो ।” एकेडेमीले पढाईसंगै अतिरिक्त क्रियाकलापलाई पनि जारी...

    • प्रदेशस्तरीय खुला वक्तृत्वकला प्रतियोगितामा चितवनका देबेन्द्र श्रेष्ठ प्रथम

      चितवन।बागमती प्रदेश युवा परिषदको आयोजना युवा र नवप्रवर्तन शीर्षकमा प्रदेशस्तरीय खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ्।प्रतियोगितामा चितवनका देबेन्द्र श्रेष्ठ प्रथम भएका छन् । त्यस्तै दोलखाकी मेलिशा ढुङ्गेल दास्रो भइन भने, विबिना लामीछाने प्रतियोगितामा तेस्रो हुँदै क्रमशः ५० – हजार, ३० हजार र २० हजार प्राप्त गरेका छन् । परिषदको बार्षिक स्वीकृत युबा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत बागमती प्रदेशका १३ जिल्लामा आयोजित कार्यक्रममा प्रथम हुन सफल प्रतिस्पर्धीहरू बीच सामाजिक बिकास मन्त्रालयको हलमा कार्यक्रम आयोजन गरिएको हो। परिषदका उपाध्यक्ष सन्तोष चौलागाईंले अध्यक्षता गरेको कार्यक्रममा सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत श्रेष्ठले...

    • गणेशधाममा चार महिनामा १ लाख वढि भेटी संकलन

      भरतपुर/चितवनकै एक महत्वपुर्ण धार्मिक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गणेश धाममा पछिल्लो चार महिनामा एक लाख १३ हजार तीन सय ८५ रुपैया भेटी (पैसा) संकलन भएको छ । भक्तजनहरुवाट दान पेटीकाामा नियमित संकलन भएको भेटी रकम शनिबार गणना गरिएको हो । गणेशधाम संरक्षण सम्बद्र्धन समिति अन्तरगतको पुजा व्यवस्थापन समितिले वैठक वसेर दानपेटीकामा संकनल भएको भेटी गणना गरेको हो । गणेशधाम संरक्षण संबद्र्धन समितिका सचिव एवं पुजा व्यवस्थापन समितिका निमित्त संयोजक लालप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न वैठकले परिचयात्मक कार्यक्रम सहित जिम्मेवारी वाँडफाँड र भेटी गणना गरेको हो । वैठकले मंगल चौथी लगायतका विशेष दिनहरुमा गणेशधाममा भक्तजनको भिड लाग्ने हुँदा पुजा व्यवस्थापन समितिका...

    • सुनचाँदी महिला समुहको कार्यालय उद्घाटन

      सन्तोष देवकोटा भरतपुर/भरतपुर १ दियालो रोड स्थित सुनचाँदी व्यवसायी महिला समुह चितवनको कार्यालय उद्घाटन गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रमका विच नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामुदामुले सुनचाँदी व्यवसायी संघ चितवनको भवनमा उक्त कार्यालयको रिवन काटेर उद्घाटन गर्नु भएको हो । सुनचाँदी व्यवसायी महिला समुहकी अध्यक्ष शान्ता थापा विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै प्रमुख अतिथी रामुदामुले महिला पनि उद्यमशिलतामा लाग्नु पर्नेमा जोड दिँदै आफुले महासंघका तर्फवाट गर्नसक्ने सहयोगको लागि प्रतिवद्धता जनाउनु भयो । सुनचाँदी व्यवसायी महिला समुहकी महासचिव सिता सदाशंकरले संचालन गर्नु भएको कार्यक्रममा समुहकी उपाध्यक्ष कल्पना गोतामेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाल...

    • भरतपुर ४ का विभिन्न क्षेत्रमा बजार अनुगमन

      सन्तोष देवकोटा भरतपुर/भरतपुर महानगरपालिका वडा नं. ४ का विभिन्न क्षेत्रमा बजार अनुगमन गरिएको छ । भरतपुर महानगरपालिकाले महानगर भित्र अखाद्य तथा गुणस्तरहिन खाद्य वस्तुको विक्री वितरण रोक्न बजार अनुगमनलाई तीब्रता दिएको हो । महानगरका विभिन्न क्षेत्रवाट गुनासो आउने क्रम वढ्न थालेपछि भरतपुर महानगरपालिकाले पछिल्लो समय अभियानको रुपमा दैनिक जसो अनुगमन गरिरहेको छ । यहि क्रममा सोमबार भरतपुर ४ का त्रिचोक र धर्मचोक क्षेत्रमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा शम्भु मिठाई पसल धर्मचोकमा अखाद्य अवस्थामा फेला परेको कोक, फेन्टा, ड्यु र पेप्सी गरि १६ वोतल नष्ट गरिएको भरतपुर महानगरपालिकाका शासकीय सुधार इकाई शाखाका अधिकृत थानेश्वर सापकोटाले जानकारी दिनुभयो ।...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल