भरतपुर/नारायणगढ स्थित महानगर बचत तथा ऋण सहकारी संस्था लि. को चौथो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले केशवप्रसाद लामिछानेको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा वीरेन्द्र पिया, सचिवमा प्रमोदराज पौडेल, कोषाध्यक्ष अशोक श्रेष्ठ, सहसचिवमा पुष्पलता प्रधान र सदस्यहरुमा कोपिला श्रेष्ठ र अर्जुनप्रसाद शर्मा चयन भएका हुन् । सहकारीको बिहीबार सम्पन्न साधारणसभा समापन कार्यक्रममा भरतपुर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी काफ्लेले सहकारीले सदस्यहरुलाई वचत गर्ने वानिको विकास गरि आर्थिक रुपमा सम्पन्न वनाउन सहयोग गरेको वताउनु भयो ।...
भरतपुर/लामो समय देखि गुणस्तरीय शिक्षालाइ जोड दिँदै आएको भरतपुर १९ स्थित किरण अमरजंग गुरुङ माध्यमिक विद्यालयले विद्यालयमा नया भर्ना भएका विद्यार्थीहरुलाइ निशुल्क पोशाक वितरण गरेको छ । पश्चिम चितवनको ग्रामिण क्षेत्रमा रहेको विद्यालयले समाजका वालवालिकाहरुलाइ विद्यालय भित्रल्याउन शैक्षिक योजनाका साथै भौतिक सहयोगका योजनाहरु कार्यन्वयनमा ल्याएको विद्यालयका प्रधानाध्यापक विनोद कुमार अधिकारीले जानकारी दिनुभयो । सोही योजना अनुसार वुधवार आयोजित एक कार्यक्रममा नया भर्ना भएका छात्र छात्राहरुलाइ निशुल्क पोशाक वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका सदस्य सन्तोष तिमिल्सिनाको अध्यक्षता सम्पन्न कार्यक्रममा विद्यालयका सदस्यहरु शान्ती लामा, आशा गुरुङ, सहायक प्रधानाध्यापक योगमाया गुरुङ लगायतको उपस्थीति रहेको थियो । सहायक प्रधानाध्यापक एवं शिक्षक...
भरतपुर/उच्च शिक्षा अध्यायनको लागि जापान जान चाहाने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श दिँदै आएको नारायणगढस्थित निप्पोन एजुकेशनल सेन्टरको आयोजनामा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । जापान जाने तयारीमा रहेका विद्यार्थीहरुका आवश्यकतालाई मध्यनजर गरि अन्तरक्रिया र नजिकिँदै गरेको दशै तिहारको शुभकामना आदानप्रदान गर्न कार्यक्रम आयोजना गरिएको निप्पोन एजुकेशनल सेन्टरका प्रमुख कार्यकारी अधिकृत दिपकचन्द्र भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा जापान इमिग्रेसनवाट सिओई प्राप्त गरेको एक सय जना भन्दा वढि विद्यार्थीहरु सहभागी थिए । उनीहरुलाई निप्पोनका प्रवन्ध निर्देशक दीपकचन्द्र भट्टराईले दशै तिहार लगायतका चाडवाडको अवसरमा शुभकामना व्यक्त गर्दै कोरोना महामारी र जापानको वर्तमान अवस्था बारे जानकारी गराउनु भएको थियो ।...
सन्तोष देवकोटा भरतपुर/सगुन बचत तथा ऋण सहकारी संस्था लि भरतपुर ३ बेलचोकको १३ औं वाषिक साधारणसभा सम्पन्न भएको छ । असोज १४ गतेवाट सुरु भएको साधारणसभा प्रतिनिधि सदस्यहरुको उपस्थितीमा सोमबार सम्पन्न भएको हो । कोरोना संक्रमणको कारण सवै सदस्यहरुलाई एकैचोटी भेला गरि कार्यक्रम गर्ने अवस्था नरहेकोले प्रतिनिधिमुलक सदस्यहरुको उपस्थितमा साधारणसभा सम्पन्न गरिएको व्यवस्थापक सरिता अधिकारीले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष तोयानाथ चालिसेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर ३ का वडा अध्यक्ष चन्द्रमित्र पण्डित प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पण्डितले समाजमा उद्यमशिलताको विकास गरेको वताउनु भयो । सहकारीले सदस्यहरुलाई आर्थिक लगानी गरेर आयआर्जनमा योगदान गर्नुका साथै...
भरतपुर/रोटरी क्लव अफ चितवनले वडादशैं २०७८ को अवसरमा भरतपुर स्थित चितवन मानव सेवा आश्रममा आश्रीतहरुको लागि न्यानो कपडा हस्तान्रण गरेको छ । हरेक वर्ष चितवन मानव सेवा आश्रममा कपडा सहयोग गर्ने क्लवको नियमित कार्यक्रम अन्तरगत उक्त कपडा हस्तान्तरण गरिएको क्लवका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो । सो अवसरमा ५० हजार रुपैँया वरावरको कपडा हस्तान्रण गरिएको हो । उक्त कपडा न्यू लोकमान एण्ड सन्स ज्वेलरी र जय सन्तोषी माँ सुनचाँदी पसलले स्पोन्सर गरेको क्लवका सम्पादक रोशन खरेलले जानकारी दिनुभयो । सो अवसरमा रोटरी क्लव अफ चितवनका सदस्य एवं जय सन्तोषी माँ सुनचाँदी पसलका प्रोपाईटर, युवा उद्यमी रुविन रामुदामुले असहाय दिनदुखीलाई...
भरतपुर/नारायणगढ स्थित एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारण सभा औपचारिक रुपमा समापन भएको छ । संस्थाका अध्यक्ष बाल गोपाल चुकेको अध्यक्षतामा भएको साधारणसभाको समापन कार्यक्रममा कानुनी सल्लाहकार अधिवक्ता डा. कुन्साङ लामा प्रमुख आतिथी रहनु भएको थियो । कोरोना संक्रमणको कारण सम्पुर्ण सदस्यहरुलाई एकैचोटी उपस्थित गराएर साधारणसभा सम्पन्न गर्न नसके पनि फरक फरक दिनमा आलोपालो गरि शेयर सदस्यहरुलाई उपस्थित गराएर राय, सुझाव संकलन गरि यहि असोज १६ गते प्रतिनिधिमुलक साधारणसमा सम्पन्न भएको सहकारीका व्यवस्थापक सरु ढकालले जानकारी दिनुभयो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी लामाले सहकारीले निम्न आयस्तर भएर पनि केहि गर्न चाहाने सदस्यहरुको सहयोगी वन्नुपर्नेमा...
भरतपुर/भरतपुर महानगरपालिका वडा न. १६ स्थित मार्गदर्शन बचत तथा ऋण सहकारी सस्था लि. को १० औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । कोरोना जोखिमको कारण सहकारी विभाग र सहकारी तथा रोजगार प्रवर्द्दन शाखा भरतपुर महानगरपालीकाले जारी गरेको साधारण सभा सन्चालन सम्बन्धि निर्देशिका २०७७ बमोजिम एकाईगत रुपमा यहि आश्विन ४ गतेदेखी आश्विन १२ गतेसम्म सञ्चालन भएको साधारण सभा आश्विन १६ गते समापन गरिएको हो । साधारणसभाको समापन कार्यक्रममा भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पौडेलले आर्थिक समृद्धिको लागि सहकारीको भूमिका महत्वपुर्ण भएको वताउनु भयो । सहकारीले...
भरतपुर/जेष्ठ नागरिक दिबसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले भरतपु ९ स्थित चितवन मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ । समाजका जिल्ला सभापति शम्भु राउतले चितवन मानव सेवा आश्रममा आश्रीतहरुको खाना सेवाका लागि पाँच हजार एक सय रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको हो । समाजका पदाधिकारी एवं सदस्यहरुको सहयोग र सक्रियतामा संकलित उक्त रकम आश्रमलाई हस्तान्तरण गरिएको समाजका जिल्ला अध्यक्ष सम्भु राउतले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी तामाङले मानव अधिकार तथा शान्ति समाजले मानव अधिकारको अलावा सामाजिक काममा पनि सक्रियता देखाएकोमा...
भरतपुर/मानव अधिकार तथा शान्ति समाज, चितबन शाखाको आयोजनामा अहिंसा दिवसको अवसरमा नारायणगढ स्थित पुल्चोकमा शान्ति दिप प्रज्जवलन गरिएको छ । अहिंसाले मात्र समाज सतमार्गमा हिड्छ भन्ने मानव अधिकार तथा शान्ति समाज स्थापनाको उद्देश्य अनुरुप नै बिगत दशक देखि नै समाजका विभिन्न जिल्ला शाखाहरुले कार्यक्रम गरेर अहिंसा दिवस मनाउदै आईरहेको छन् । “अहिंसा ः पवित्र मार्ग “ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज चितवन शाखा सभापति शंभु राउत, बागमती प्रदेस सचिव बाबुहरि आचार्य, पूर्व केन्द्रीय सचिबहरु बिश्व प्रकाश बास्तोला, राजेन्द्र पौडेल, शाखा उपसभापति बिन्दु खनाल, जिल्ला सचिब दयानिधि अर्याल, कोषाध्यक्ष भवानि देबि अधिकारी, कार्य...
भरतपुर/विकास र समृद्धिको लागि सरकार र निजीक्षेत्र विचको सहकार्य अपरिहार्य रहेको शुक्रबार भरतपुरमा आयोजित कार्यक्रमका वत्ताहरुले जोड दिएका छन् । सरकार र निजी क्षेत्रको सहकार्य विना विभिन्न प्रकारका आयोजनाहरुले उपलव्धिमुलक काम गर्न नसक्ने वताउँदै वत्ताहरुले सरकारले उद्योगीको हितलाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्ने वताएका थिए । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयको आयोजना र चितवन उद्योग संघको सहकार्यमा सम्पन्न चितवन क्षेत्र औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरुसंगको अन्तरक्रियात्मक कार्यक्रमका वक्ताहरुले सो विषयमा जोड दिएका हुन् । राज्यका कतिपय नीतिका कारण उद्योगीहरुलाई व्यवसाय प्रवद्र्धनमा समस्या परेको वताउँदै वत्ताहरुले त्यस्ता नीतिहरु परिमार्जन गर्नुपर्ने वताएका थिए । कार्यक्रममा वोल्दै उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालयका सचिव...
सन्तोष देवकोटा भरतपुर/चितवनका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनले हालैमात्र चितवनमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला...
सन्तोष देवकोटा भरतपुर/चितवनका स्थापित एवं सफल व्यवसायीको रुपमा परिचित ज्ञानेन्द्रमान शाक्यद्धारा निर्मित लोकमान प्रवेशद्धार र उहाँद्धारा प्रकाशित जीवनलाई फर्किएर...
भरतपुर/रोट्याक्ट क्लव अफ चितवनको ३० औं पदस्थापना कार्यक्रम शुक्रबार चितवन गार्डेन रिसोर्ट भरतपुरमा क्लबका अध्यक्ष प्रभा गुरुङको अध्यक्षतामा सम्पन्न...
भरतपुर/चितवनको भरतपुरमा आरम्भ कलेज सञ्चालनमा आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्दै भरतपुर ११ को नहरचोकमा यस बर्षदेखि...
भरतपुर/चितवनको भरतपुर–१० मा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसले पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । क्याम्पसबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण...