• होटल व्यवसायी संघ चितवनको अध्यक्षमा श्रेष्ठ

      भरतपुर/कोरोना भाइरसको कारण सवैभन्दा वढि प्रभावित क्षेत्रको रुपमा लिइएको होटल व्यवसायको छाता सस्था होटल व्यवसायी संघ चितवनको २५औँ साधारणसभा तथा १२ औँ अधिवेशन सोमबार नारायणगढमा सम्पन्न भएको छ । सरकारले घोषणा गरेको स्वास्थ्य सुरक्षा सम्वन्धि मापदण्ड पुर्ण रुपमा पालना गरि उद्योग वाणिज्य संघ चितवनमा आयोजना गरिएको साधारणसभा तथा अधिवेशनले संघको नयाँ कार्य समिति समेत चयन गरेको छ । अधिवेशनवाट होटल व्यवसायी संघ–चितवनको अध्यक्षमा दिल कुमार श्रेष्ठ चयन हुनुभएको छ । संघको विधान अनुसार उपाध्यक्षमा ४ जना निर्वाचित भएका छन् । जसमा केशव हड्खोले, लोकनाथ भट्ट ‘कृष्ण’, कमला गुरुङ्ग, थानेश्वर सापकोटा रहनुभएको छ । यसैगरी, महासचिवमा गोपाल श्रेष्ठ, सचिवमा रामबहादुर...

    • यो वर्ष नयाँ नोट नपाईने

      काठमाडौं/विगतका वर्षहरुको दशैमा जस्तो यस वर्ष नयाँ नोट नपाईने भएको छ । विशेष गरि नेपालीहरुको मुख्य चाड दशैलाई लक्षित गरि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने गरेको थियो । तर यो वर्ष कोरोना संक्रमणको कारण दशैंको अवसरमा नयाँ नोट वितरण नहुने भएको हो । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । दशैं संघारमा आइपुग्दा समेत विश्वव्यापी महामारी कोभिड १९ को संक्रमण नेपालमा समेत तीव्र गतिमा बढ्दै गएको भन्दै यो वर्ष नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले स्पष्ट पारेको हो । नेपाल राष्ट्र बैंक, अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत संक्रमण...

    • उवासंघ चितवनद्धारा अनुसा कृषि फार्मको अनुगमन, क्षतिपुर्तीको लागि संवन्धित निकायको ध्यानाकर्षण

      भरतपुर/उद्योग वाणिज्य संघ चितवनको पदाधिकारीको टोलीले शुक्रबार अनुसा कृषि फर्मको अनुगमन गरेको छ । भरतपुर महानगरपालिका ६ केशरबागका किसान खेमराज पाठकले अनुसा कृषि फर्ममा पाल्नुभएका ५ हजार बढी लेयर्स जातका कुखुरा एच नाइन भाइरसका कारण मरेपछि संघले उक्त फर्मको अनुगमन गरेको हो । संघको सदस्य सस्थासमेत रहेको उक्त कृषि फर्म अध्यक्ष राजु श्रेष्ठको नेतृत्वमा पदाधिकारी संलग्न टोलीले अनुगमन निरिक्षण गरेको थियो । सो कार्यक्रममा संघका उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, चिरन्जीवि सुवेदीलगायतको सहभागिता रहेको थियो । अनुगमनको क्रममा दुई करोड रुपैयाँ भन्दा वढिको क्षति भएको पाईएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनु भयो । निरिक्षणको क्रममा अध्यक्ष...

    • डा. केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन हुने

      भरतपुर/स्वास्थ्य क्षेत्रमा सुधारको काग गर्दै अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चितवनमा शान्तिपुर्ण प्रदर्शन हुने भएको छ । सचेत नागरिक समाज चितवनको आह्वानमा सोमबार भरतपुर स्थित चौविसकोठीमा विहान साढे सात वजे शान्तिपूर्ण प्रदर्शन हुने भएको हो । अनसनरत डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन खराब हुँदै गइरहेकोले जीवनको रक्षाका लागि सरकारको ध्यानाकर्षण गराउन कार्यक्रम आयोजना गरिएको समाजका सदस्य एवं अभियान्ता परमेश्वर खनालले जानकारी दिनुभयो । उनको अभियानमा ऐक्यवद्धता जनाउदै कार्यक्रममा सहभागी हुन समाजले सम्पूर्ण चितवनबासीलाई आह्वान गरेको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै केसीले १९ औं पटकको अनसन शुरु गरेको २१ दिन भइसकेको छ । विभिन्न ६...

    • चितवन उद्योग संघको बरिष्ठ उपाध्यक्षमा त्रिलोचन कँडेल

      भरतपुर/चितवन उद्योग संघको वरिष्ठ उपाध्यक्षमा चयन हुनु भएको छ । संघको गभर्निङ काउन्सिलको मंगलबारको बैठकले संघको बरिष्ठ उपाध्यक्षको लागि सिफारिस गरे बमोजिम संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा शुक्रबार सम्पन्न पदाधिकारी एवं कार्यसमितिहरुको विशेष बैठकले संघका उपाध्यक्ष एवं सरकारी एवं गैह्र सरकारी समन्वय विभागका संयोजक त्रिलोचन कँडेललाई बरिष्ठ उपाध्यक्षमा चयन गरेको हो । चितवन उद्योग संघको बिधानको दफा २४ (२) अनुसार कार्यसमितिको २ वर्षे कार्यकालमा १ वर्षभित्र ६ जना उपाध्यक्षबाट एकजना बरिष्ठ उपाध्यक्ष चुनिने प्रक्रिया रहेको छ । जसको लागि उपाध्यक्षहरुले संघप्रति गरेको योगदान र काम, कर्तव्यको आधारमा गभर्निङ काउन्सिलले बरिष्ठ उपाध्यक्ष चयन गर्ने प्रावधान रहेको छ । २०६४ सालमा...

    • रंगशाला निर्माणको लागि भरतपुर महानगरद्धारा ५० लाख हस्तान्तरण

      भरतपुर/भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख रुपैयाँ प्रदान गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई ५० लाख रूपयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । भरतपुर महानगरपालिकाले आन्तरिक श्रोतबाट विनियोजित चार करोडमध्ये पहिलो चरणमा ५० लाख रुपैयाँ प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले जानकारी दिए । उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कोरोना कहरका बीचमा पनि तिव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा बिनियोजितमध्येको रकम थप्दै लगिने बताए । महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेसनले सन्तोषजनक ढंगले रंगशाला निर्माणको काम...

    • पर्यटन दिवसमा साईकल र्याली

      सन्तोष देवकोटा भरतपुर/चितवनमा विभिन्न कार्यक्रमको आयोजना गरि विश्व पर्यटन दिवस २०७७ मनाईएको छ । सोहि क्रममा आइतबार उद्योग वाणिज्य संघ चितवन र चितवन साईकल राइडर्स क्लवको आयोजनामा साईकल र्याली सम्पन्न भएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले र्यालीको उद्घाटन गर्नु भएको हो । साईकल यात्रा पनि पर्यटनको एउटा पाटो भएको र सफा एवं सुन्दर सहर निर्माणमा साईकलको महत्व झल्काउन साईकल र्याली आयोजना गरिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनु भयो । उद्योग वाणिज्य संघ परिषरवाट सुरु भएको उक्त साईकल र्याली पोखरावसपार्क, जखडीमाई, राइनो ताल, टिकौली, विसहजारी ताल, वाटुली पोखरी, हात्तीसार हुँदै छितामाई पुगेको थियो...

    • नारायणीको सतह वढ्यो, सतर्क रहन महानगरको अनुरोध

      भरतपुर/विगत तिन दिन देखिको नियमित वर्षाले नारायणी नदिमा पानीको सतह वढेको छ । नदिमा पानीको बहाव उच्च रहेको जानकारी दिँदै भरतपुर महानगरपालिकाले आम नगरवासीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बिहीबार सामाजिक संजालमा सुचना पोष्ट गरि सतर्कताको अनुरोध गर्नु भएको हो । बिहीबार विहान ५ बजे देखी नारायणगढ स्टेसनमा नारायणी नदीको सतह खतरा भन्दा माथी र बढ्दो अवस्थामा रहेको जानकारी दिँदै जोशीले विशेष गरि तटीयक्षेत्रमा अति उच्च सतर्कता अपनाउन अनुरोध गर्नु भएको छ । प्रमुख प्रशासकीय अधिकृत जोशीले नारायणी नदीको पानीको सतह ११ दशमलव ३ रहेको जानकारी दिनुभयो । नारायणी नदीको पानीको...

    • कोरोना संक्रमण फैलन नदिन भरतपुर विमानस्थलमा उच्च सतर्कता

      सन्तोष देवकोटा भरतपुर/विश्वव्यापी फैलिएको कोरोना संक्रमणको कारण लामो समय बन्द भई हालै मात्र पुन संचालनमा आएको भरतपुर विमानस्थलमा उच्च सतर्कता अपनाईएको छ । यहि असोज ५ गतेबाट पुनः सुचारु भएको भएको भरतपुर विमानस्थलमा कोरोना संक्रमण फैलिन नदिने उदेश्यले स्वास्थ्य परिक्षणमा सतर्कता अपनाईएको हो । भरतपुर विमानस्थल परिसरमा हेल्थ डेस्क नै स्थापना गरेर हरेक यात्रुको स्वास्थ्य परिक्षण गरिएको छ । झण्डै ६ महिना पछि सरकारले आन्तरिक उडान सुचारु गरेसंगै भरतपुर विमानस्थलमा पनि व्यवसायिक उडान सुरु भए पछि यात्रुहरुलाई सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाई गरिएको छ । विमानस्थल प्रशासनले यात्रुहरुलाई मास्क, स्यानिटाइजरको प्रयोग अनिवार्य गरि सामाजिक तथा भौतिक...

    • अधिकांश क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

      काठमाडौं/नेपालमा मनसुनको अवधि लम्बिएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहे पनि यस वर्षको मनसुन अहिलेसम्म सक्रिय छ । ‘यस वर्षको मनसुनको बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने देखिएको,’ जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ । मौषम सक्रिय भएसंगै देशभर जारी वर्षा शनिबारसम्मै कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदको भनाइ छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल भारतको मध्य प्रदेशमा रहेको न्युन चापीय क्षेत्र पश्चिम,...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल