• विपत्तिमा धैर्यता गुमाउनु हुदैन

      नारायण रेग्मी उफ्रदै जाँदा दुइवटा भ्यागुताहरु तताईरहेको पानीको कराईमा परे।कराईबाट बाहिर निस्कन प्रयत्न गरे तर दुबै भ्यागुता सफल भने हुन सकेनन् । कराईको पानीको तापक्रम बढ्दै जान थाल्यो । दुबै भ्यागुताहरुले अगाडिको बाटो असहज देखे । दुई मध्येको एक भ्यागुताले बिस्तारै ज्यान चलाउन छोड्यो । प्रयत्नबाट बच्ने उपाय नदेखिएपछि मृत्युलाई सहज स्विकार गर्न भ्यागुता मानसिक रुपमा तैयार भयो । भ्यागुता बिस्तारै डिप्रेशनमा फस्दै गयो र अन्तमा मर्यो । दुई मध्येको अर्को भ्यागुता भने सकारात्मक सोचको थियो । धैर्यता नगुमाई थप उपायहरु खोजेर बाच्न सकिन्छ भन्नेमा दोस्रो भ्यागुता विस्वस्त थियो । भ्यागुता बाँच्नको लागि प्रयत्न गरिरह्यो । मरेको भ्यागुता पानीमा...

    • इचितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्न

      भरतपुर/मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवन प्रा.लि.द्वारा सञ्चालित इ चितवन खबर डट कमको गौरवमय प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुको आतिथ्यतामा शुभकामना आदान प्रदान गरिएको थियो । बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल चलचित्र कलाकार संघका महासचिव चेत बहादुर सिंह “राजा“ले लक्की मिडिया हाउसले विभिन्न प्रतिकुलता बीच पनि विभिन्न कार्यक्रम गर्दै आएको बताउनु भयो । ‘लक्की मिडिया हाउसले कहिले सम्मान कार्यक्रम, कहिले रेडकार्पेट शो, प्रिमियर शो गर्दै आएको छ, उहांँले भन्नुभयो, कोरोना कहरबीच यस्ता कार्यक्रम गर्नु निकै चुनौति छ ।’ लक्की मिडिया हाउसबाट प्रकाशित विभिन्न संस्करण...

    • गितः बाधा बाधा

      बालकृष्ण खनाल भरतपुर, चितवन जति तिमी टाढा टाढा, माँयाँ उति गाढा एकै क्षण नदेख्दा नि, कति बाधा बाधा छेउमै हुँदा बुझिन कि सायद माँयाँ मैले नजिकैको तिर्थ हेलाँ हुन्छ याँहाँ जैले भयौ जसै तिमी टाढा मन भयो आधा एकै क्षण नदेख्दा नि कति बाधा बाधा पिरमा हुँदा तिमी थियौ मनको भारी बिसाउने यस्सो केही पर्दा खेरी दुईचार कुरा मिसाउने भयौ जव तिमी पर रंगिन मन भो सादा एकै क्षण नदेख्दा नि कति बाधा बाधा

    • होटलसंघको पहलमा व्यवसायीलाई कोरोना विरुद्धको खोप

      सन्तोष देवकोटा भरतपुर/होटल व्यवसायी संघ चितवनको पहलमा जिल्ला स्थित होटल व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप लगाईएको छ । होटल व्यवसायी संघ चितवनका सस्थापक अध्यक्ष जिवलाल सापकोटाले संघका उपाध्यक्ष केशव हडखोलेलाई खोप कार्ड हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएको हो । सरकारले सुरक्षा मापदण्ड पुरा गरि होटल संचालनको लागि अनुमति दिए पनि खोपको व्यवस्था हुन नसकेका कारण जोखिम वढेकोले स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयको सहयोगमा होटल व्यवसायीलाई कोरोना विरुद्धको खोप लगाईएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । राज्यले खासै प्राथमिकता नदिएको होटल व्यवसायलाई स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयले खोप उपलव्ध गराएर सहयोग गरेकोमा अध्यक्ष श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो...

    • चितवनका सिसि क्यामेरालाई व्यवस्थित गर्न कार्यदल गठन

      भरतपुर/चितवन जिल्लाको सुरक्षा व्यवस्थालाई चुस्त बनाउंदै सम्भावित अपराधिक घटना हुन नदिन, अनपेक्षित अपराधिक घटना घटेको खण्डमा अपराधि पहिचान गर्नको लागि अहं भूमिका निर्वाह गर्ने सिसि क्यामरा प्रबिधिलाई व्यवस्थित गरिने भएको छ । उद्योग वाणिज्य संघ चितवनको सचिवालयमा मंगलबार वसेको सरोकारवालाहरुको वैठकले उक्त निर्णय गरेको हो । चितवनका विभिन्न स्थानमा सिसि क्यामेरा जडान गर्ने, निजी क्षेत्रका व्यवसायीबाट जडान भएका आफ्नो व्यवसायका क्यामेराको उचित व्यवस्थापन गर्ने, सचेतना फैलाउने लगायतका कार्यहरु गर्ने उद्देश्यले उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष भोजराज कौडालको संयोजकत्वमा सिसिक्यामेरा व्यवस्थापन कार्यदल गठन गरिएको संघका अध्यक्ष राजु श्रेष्ठले बताउनु भयो । उहांले सार्वजनीक निजी साझेदारी अवधारणा बमोजिम व्यवासायीक एवम् जिल्लाको सुरक्षाका...

    • रोटरी क्लव अफ भरतपुरद्धारा मनहरी पिसपार्कमा बृक्षारोपण

      सन्तोष देवकोटा भरतपुर/रोटरी क्लव अफ भरतपुरले शनिबार एक कार्यक्रमका विच मकवानपुर मनहरी स्थित पिसपार्कमा बृक्षारोपण गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लव अफ भरतपुरले रोटरीको विभिन्न सेवामुलक कामका क्षेत्रहरु मध्येको एक पर्यावरण संरक्षणमा योगदान पु¥याउने बृक्षारोपण गरिएको हो । स्वस्थ जिवनयापन गर्नको लागि प्रसस्त हरियाली र रुख विरुवा आवश्यक पर्ने हुँदा बृक्षारोपणको गरिएको रोटरी क्लव अफ भरतपुरका अध्यक्ष राजेन्द्र कुमार पियाले जानकारी दिनुभयो । सो अवसरमा पिसपार्क परिसरमा विभिन्न प्रजातिका फुलहरु सहित २२० वटा विरुवा बृक्षारोपण गरिएको थियो । क्लवले शनिबार बृक्षारोपण गर्नु पुर्व एक औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । रोटरी क्लव अफ भरतपुरका अध्यक्ष राजेन्द्र कुमार...

    • रोटरी क्लव अफ चितवनको बृक्षारोपण

      भरतपुर/समाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्ल्व अफ चितवनले वाताबरण संरक्षणको लागि बृक्षारोपण गरेको छ । साउन १५ गते खिर खाने दिनको अवसरमा क्लवले पुर्व पश्चिम राजमार्ग अन्तरगत टिकौली क्षेत्रमा बृक्षारोपण गरेको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी डिभिजन बन कार्यालय चितवनका प्रमुख पदम राज नेपालले विग्रदो पर्यावरण र भुक्षय रोक्न वृक्षारोपणले सहयोग पु¥याउनु भयो । पर्यवरण संरक्षणमा ध्यान दिनु आवश्यक रहेको वताउँदै उहाले वरण्डाभार बन संरक्षण क्षेत्रमा गरिएको बृक्षारोपणले पर्यावरण संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रोटरी इन्टरनेशनल जोन ३० का एसिस्टेण्ड गभर्नर नारायण प्रधानले बृक्षारोपण भन्दा पनि विरुवाको संरक्षण गर्नु मुख्य कुरा भएको वताउनु भयो । रोट्याक्ट क्ल...

    • रोटरी र रोट्याक्ट चितवनको स्वास्थ्य शिविर सम्पन्न

      भरतपुर/रोटरी क्लव अफ चितवनको अयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटरी क्लव अफ चितवनले संचालन गरेको रोटरी करुणालय देवघाटमामा संचालन भएको उक्त स्वास्थ्य तथा दन्त शिविरमा करुणालयमा आश्रीत जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्य र रोट्याक्ट क्लव अफ चितवनका अध्यक्ष सौगात अर्यालको अध्यक्षतामा भएको स्वास्थ्य शिविरमा रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष एवं रोटरी करुणालय देवघाटका अध्यक्ष चन्द्रमान श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । शिविरमा करुणलयमा आश्रीत ३७ जना जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य एवं दाँत परिक्षण गरिएको थियो । कार्यक्रममा निशुल्क औषधिसमेत वितरण गरिएको थियो । रोट्याक्ट...

    • घरभाडा छुट गरिदिन होटल संघ चितवनको आग्रह

      भरतपुर/होटल व्यवसायी संघ चितवनले होटल व्यवसायीका घरधनीहरुलाई भाडा छुट गरिदिन आग्रह गरेको छ । संघले पत्रमार्फत भाडामा होटल व्यवसाय संचालन भएका घरका घरधनीहरुलाई भाडा छुट दिन आग्रह गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहरका कारण होटल व्यवसाय धरासायी हुन पुगेको वताउँदै पत्रमा समस्यामा परेका होटल व्यवसायीलाई घरभाडा छुट गरि सहयोग गर्न घरधनीहरुलाई आग्रह गरिएको छ । मुलुकमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले मिति २०७८ बैशाख १६ गते देखि लगाएको लकडाउनका कारण सवैभन्दा वढि पर्यटन क्षेत्र प्रभावित भएको वताउँदै संघका अध्यक्ष दिलकुमार श्रेष्ठद्धारा जारी अनुरोध पत्रमा लकडाउनले पर्यटन क्षेत्रको देरुदण्डको रुपमा रहेको होटल...

    • मुक्तकः कर्णालीमा

      बालकृष्ण खनाल भरतपुर, चितवन गाउँमा अझै झरो बल्छ, विजुली छैन मट्टीतेल छैन कर्णालीमा मोटर गुड्दैन बाटो छैन, सपनामै भएपनि रेल छैन कर्णालीमा । तैपनि हामीलाई सुकुन छ आनन्द छ, यसमै खुशी छौँ सरकार कम्तीमा राजधानीमा जस्तो निद्रा हराउने खेल छैन कर्णालीमा ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल