• भरतपुर अस्पतालको मेसुमा डा. पाण्डे

      भरतपुर/भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. राजन पाण्डे नियुक्त भएका छन् । कोरोना कहरकै विचमा अस्पतालको मेसु परिवर्तन भएका हुन् । स्वास्थ्य मन्त्रालयले भेरी अस्पतालमा कार्यरत डा. राजन पाण्डेलाई भरतपुर अस्पतालको मेसु नियुक्त गरेको हो । बुधवारको मन्त्रीस्तरीय निर्णयबाट पाण्डेलाई भरतपुर अस्पताल चितवनको प्रमुख मेसुको जिम्मेवारी तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले जानकारी दिनुभयो । यसअघि पाण्डे भेरि अस्पतलका प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन अधिकृत ११ औँ तहमा कार्यरत रहनुभएको थियो । पाण्डे भरतपुर अस्पतालको ४१ औँ मेसु बन्नु भएको छ । यसअघि डा. श्रीराम तिवारी भरतपुर अस्पतालको मेसु रहनु भएको थियो ।

    • आइतबार थप ९ सय ८० जनामा कोरोना संक्रमण

      काठमाडौं/आइतबार देशभर थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यी सहित हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना कोरोनामुक्त भई विभिन्न अस्पतालका आइसोलेसनबाट डिस्चार्ज भएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

    • आइतबार साँझबाट पालुङ्टार १० शिल

      पालुङ्टार/पालुङ्टार नगरपालिका वडा नं १० शिल गरिएको छ । पालुङ्टार १० का एक जना स्थानीयलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भए पछि उक्त वडा क्षेत्र शिल गरिएको हो । संक्रमण पुष्टि भएको व्यक्तिसंग धेरै मानिसहरु सम्पर्कमा आएको थाहा हुन आएको भन्दै संक्रमण फैलिन नदिने उदेश्यले वडा शिल गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका कार्यालयले आइतबार एक सुचना जारी गर्दै वडा भित्र हुने थप संक्रमणको जोखिमलाई न्यूनिकरण गर्नको लागि आइतबार साँझ ६ बजेवाट लागु हुने गरि वडा शिल गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले हस्ताक्षर गर्नु भएको उक्त सुचनामा संक्रमित व्यक्तीको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङ गरि...

    • मानव वेचविखन तथा ओसार पसार विरुद्धको दिवसमा विचार गोष्ठी

      भरतपुर/आदर्श नारी विकास केन्द्र, आदर्श गृह नेपालको संयुक्त आयोजनामा शनिबार मानव वेचविखन तथा ओसारपसारको वर्तमान अवस्था र कोभिड १९ ले पारेको प्रभाव विषयक विचार गोष्ठी सम्पन्न भएको छ । १४ औं राष्ट्रिय मानव वेचविखन तथा ओसार पसार विरुद्धको दिवस २०७७ को अवसरमा प्रबिधिको प्रयोग गर्दै सरोकारवाला हरुको उपस्थितिमा सो कार्यक्रम गरिएको हो । “मानव वेचविखन तथा ओसार पसारको अन्त्य सु–संस्कृत सभ्य समाज र सामाजिक रुपान्तरण अवको गन्तव्य“ भन्ने यस वर्षको मुल नारा लाई सार्थक बनाउन संघीय संसद, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा रत्ननगर नगरपालिकाकी प्रमुख बिमला दवाडी,...

    • पुरस्कारको रकम मगर संसार कोषलाई

      भरतपुर/काभ्रेको रोशी गाउँपालिका ९ निवासी एकजना स्वास्थ्यकर्मीले पुरस्कार वापत प्रप्ता रकम समाजिक सस्थामा सहयोग गर्नु भएको छ । काभ्रेकै श्यामपाटी स्वास्थ्य चौकीमा कार्यरत प्रेरणा क्याप्छाकी मगरले कलेज टप गरेबापत पाएको पुरस्कार रकम मगर संसार राहत कोषलाई हस्तान्तरण गर्नुभएको छ । मगरले पृथ्वीनारायण क्याम्पस, पोखरामा एम.ए राजनीतिशास्त्र विषयमा कलेज टप गरेपछि प्राप्त पाँच हजार पुरस्कार रकम उक्त कोषलाई हस्तान्तरण गर्नु भएको हो । क्याम्पसको ६० औ वार्षिकोत्सबको अवसरमा गत साल भदौ १७ गते प्राप्त पुरस्कार रकम सामाजीक उदेश्यले स्थापना गरिएको कोषमा जम्मा गर्न पाउँदा आफुलाई खुसीलागेको उहाँको भनाई छ । यता मगर संसार एडमिनले समेत सहयोगको उच्च कदर गर्दै धन्यवाद...

    • चितवनमा थपिए ३६ जनामा कोरोना संक्रमित

      भरतपुर/चितवनमा ३६ जना कोरोना संक्रमित थपिएका छन् । चितवन मेडिकल कलेज कोभिड ल्याबमा शुक्रबार राति गरिएको परीक्षणमा २७ र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका भध्ये चितवनका २८ र अन्य विभिन्न जिल्लाका ८ जना रहेका छन् । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २६ जना रहेका छन् । यस्तै राप्ती नगरपालिकाका १ र रत्ननगर नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि मकवानपुरका २, रुपन्देहीका २, काठमाडौं, पर्सा, गुल्मी र नवलपरासी पूर्वका एक÷एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

    • हंस सहकारीद्धारा खाद्यान्न सहयोग

      भरतपुर/नारायणगढ स्थित हंस बहुउदेश्यीय सहकारी संस्था लि.ले शुक्रबार एक कार्यक्रमका विच खाद्यान्न सहयोग गरेको छ । नारायणगढ तथा आसपासका क्षेत्रमा कोभिड १९ का कारण दैनिक खानाको समस्यामा परेका व्यक्तिहरुलाई नारायणी नदी किनारमा खाना खुवाउदै आएको संस्था वेवारिसे व्यवस्थापन तथा पूनर्जीवन केन्द्रलाई खाद्यान्न सहयोग गरेको हो । केन्द्रको सामाजिक कार्यलाई सहयोग पु¥याउने उदेश्यले हंस बहुउदेश्यीय सहकारी संस्था लि. को तर्फबाट ५ वोरा चामल र २१ पोका नुन वेवारिसे व्यवस्थापन तथा पूनर्जीवन केन्द्र, चितवनकी संयोजक सिता कुँवरलाई हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा हंस बहुउदेश्यीय सहकारी संस्था लि.का लेखा समिति सदस्य कृष्णहरि तिमल्सेना, ऋण उप समिति सदस्य सूर्य बराल, सहकारीका व्यवस्थापक...

    • कोभिड अस्थायी अस्पतालमा मेडिकल समाग्री हस्तान्तरण

      भरतपुर/रोटरी क्लव अफ चितवनले सामुदायिक प्राकृतिक चिकित्सालय, कोभिड १९ अस्थायी अस्पतालमा मेडिकल समाग्री हस्तानतरण गरेको छ । शुक्रबार एक कार्यक्रमका विच क्लवका सदस्य डा.कल्पना शर्मा ढकालको संयोजकत्व र राजेन्द्र लामिछानेको सह–संयोजकत्वमा सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा डिजिटल ब्लडप्रेसर सेट, पल्स अक्सिमिटर, जलनेत्र पोष्ट, पिपिई, डिजिटल थर्मोमिटर र सर्जिकल मास्क हस्तान्तरण गरिएको हो । कार्यक्रममा क्लबका अध्यक्ष रोशन पियाले रोटरी क्लब अफ चितवनको गतिबिधि बारे प्रकाश पार्दै उपचार गरि निको हुनुभएका महानुभावहरुले अरु कोरोना संक्रमितहरुको उपचारमा सहयोग पु¥याउन आफ्नो प्लाज्मा रक्तदानको माध्यमबाट दान गर्नुहुन समेत हार्दिक अनुरोध गर्नुभयो । साथै डा. बिनोद पौडेलले यस चिकित्सालयमा सबै उपचारका...

    • चार दिनपछि इच्छाकामनाको ताला खुल्यो

      २०७७ भाद्र १७ मुग्लिन/तीन बुँदे सहमति पछि इच्छाकामना गाउँपालिका कार्यालयमा लगाईएको ताला खुलेको छ । वडा कार्यालयको केन्द्र विवादका कारण असन्तुष्ठ पक्षले गाउँपालिकामा लगाएको ताला चार दिन पछि बुधबार खुलेको हो । असन्तुष्ठ पक्षसहित गाउँपालिकामा बुधबार भएको सर्वपक्षीय भेलामा तीन वुँदे सहमति भएपछि ताला खुलेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । सर्वपक्षीय भेलामा वडा नं. ३ को केन्द्र विवाद टुङ्गयाउन १ महिना भित्र गाउँपालिकाको विशेष अधिवेशन बोलाउने, उक्त अधिवेशनमा वडा नं. ३ को केन्द्र तोक्नको लागि फिस्लिङ र चुम्लिङटार दुवै स्थानको प्रस्ताव पेश गर्ने र स्थायी वडा केन्द्र नतोकेसम्म हाललाई वडा कार्यालय अस्थायी रुपमा फिस्लिङबाटै सञ्चालन...

    • पेट्रोलको मूल्य दुई रुपैयाँ वढ्यो

      काठमाडौं/मंगलबार मध्यरातपछि लागू हुने गरी पेट्रलको मुल्य वढेको छ । सरकारले पेट्रोलको साविक मुल्यमा दुई रुपैयाँ वृद्धि गरेको हो । नेपाल आयल निगमले विज्ञप्ति प्रकाशित गरि पेट्रोल लिटरमा २ दुई रुपैयाँ मूल्य बढेको जनाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । मंगलबार आएको मूल्यसूची अनुसार पेट्रोलको मूलय बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए । गत चैतमा भएको लडकाउनमा लिटरमा १३ रूपैयाँसम्म नाफा हुँदा पनि निगमले मूल्य घटाएको थिएन । तर, अहिले भने भारतबाट मूल्य बढेर आएको दिनमै मूल्य...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल