• लायन्स क्लव पोखरा डल्फिनद्धारा खाद्यन्न वितरण

      पोखरा/लायन्स क्लब अफ पोखरा डल्फिनले नेपालमा लायन्स क्लबको स्थापनाको ५० औं बर्ष (स्वर्ण जयन्ती) को अवसरमा आइतबार पोखरा २० हरिहर गुफा सन्यास आश्रममा १८ जना वृद्ध सन्यासी तथा बटुकहरुलाई खाद्यान्न बिरतण गरेको छ । उक्त कार्यक्रममा आश्रममा आवश्यक खाद्यन्न चामल, दाल, तेल, मसला, नुन, विस्कुट, चाउचाउ तथा साबुन जस्ता सामाग्री आश्रमका श्री १०८ स्वामी तुरियानन्द गिरी र उपाध्यक्ष अर्जुन बहादुर क्षेत्रीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा कलस्टर प्रमुख ऋषि गिरी प्रमुख अतिथि रहनु भएको थियो भने रिजन चेयर पर्सन तिलक तिवारी विशेष अतिथि रहनु भएको थियो । क्लबका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष पदमलाल...

    • लियो र लायन्स क्लबको रक्तदान

      भरतपुर/लियो क्लब अफ भरतपुर युथको आयोजना र लायन्स क्लब अफ भरतपुर युथ संगको सहकार्यमा बिहीवार नारायणगढमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिहान ८ बजेदेखि १ बजेसम्म सञ्चालन भएको लियो क्लब अफ भरतपुर युथका अध्यक्ष दिपेश ज्ञवालीले जानकारी दिनु भयो । कार्यक्रममा लायन्स मल्टिपल डिष्ट्रिक ३२५ विटु नेपालका डिष्ट्रिक डाइरेक्टर दिनानाथ न्यौपाने प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा लियो डिष्ट्रिक काउन्सिल ३२५ विटु नेपालका भिडिपि अनीश लामिछाने, नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला मन्त्री हरी पौडेल, लायन्स क्लब अफ भरतपुर यूथका अध्यक्ष राजकुमार शर्मालगायतको सहभागिता रहेको थियो । कार्यक्रममा ३५ जनाले रक्तदान गरेका र ति मध्ये ३१ जना पुरुष...

    • व्यवस्थापन समिति गठनको विरोधमा चितवन माविमा ताला, विरोधको तुक छैन– अध्यक्ष भण्डारी

      सन्तोष देवकोटा भरतपुर/चितवनको पुरानो विद्यालयको रुपमा लिईएको चितवन माध्यमिक विद्यालय फेरि यतिवेला विवादमा आएको छ । कहिले जग्गा तथा व्यवसायिक भवनको विवाद त कहिले कर्मचारीको विवादले चर्चामा आउने गरेको उक्त विद्यालय पछिल्लो समय विद्यालय व्यवस्थापन समिति गठनको विषयमा विवादमा आएको हो । विगत लामो समय देखि जिल्ला स्थित राजनीतिक दलका आपसि समझदारीको आधारमा काँग्रेस निकटका व्यक्तिहरु अध्यक्ष हुँदै आएको उक्त विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष परिवर्तन भएसंगै विवाद वाहिर आएको हो । उक्त विद्यालयको विद्यालय व्यवस्थापन समितिको यहि साउन १ गते म्याद सकिएको थियो । लकडाउन खुले पनि गोष्ठि, सभा, समारोह गर्न नपाईने सरकारको निर्णय भएको हुँदा भरतपुर महानगरपालिका...

    • उत्कृष्ट कार्य गर्ने ट्राफिक प्रहरी पुरस्कृत

      भरतपुर/वागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले चितवनका उत्कृष्ठ काम गर्ने ट्राफिक प्रहरीलाई सम्मान तथा पुरस्कृत गरेको छ । कार्यलयले एक प्रहरी निरीक्षकसहित ८ जनालाई सम्मानित तथा पुरस्कृत गरेको हो । एक बर्ष भित्र चितवनको ट्राफिक कार्यालय मातहत रहि उत्कृष्ट कार्य गरेका प्रहरी निरीक्षक दयाकृष्ण भटट्सहित प्रहरी नायब निरीक्षक कृष्णबहादुर ठकुरी, प्रहरी सहायक निरीक्षक ईन्द्रबहादुर घिसिङ र प्रहरी हबल्दार हरेराम खतिवडा प्रशंसापत्र सहित र प्रहरी हबल्दार माधव खतिवडा र बाबुराम न्यौपाने, प्रहरी जवानहरु रमेशदत्त भट्ट र अर्जुन अधिकारी नगद पुरस्कार सहित सम्मानित भएका हुन् । चितवन एक बर्ष भरि ट्राफिक सचेतना, दुर्घटना न्यूनिकरणको क्षेत्रमा कोरोना कहर विच उत्कृष्ट कार्य गरेको...

    • भरतपुर ८ का डुवान क्षेत्रको निरिक्षण

      खेमराज ढकाल भरतपुर/पछिल्लो समय मुलुकभर मनसुन सक्रिय भएको छ । मनसुन सक्रिय भएसंगै लगातारको अविरल बर्षाका कारण मुलुकका पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुवानको समस्या छ । सोहि क्रममा डुवानमा परेका भरतपुर ८ का विभिन्न स्थानको मंगलबार वडाध्यक्ष दामोदर न्यौपानेको अगुवाईमा स्थलगत निरिक्षण भएको छ । विगत तीनदिन देखि लगातार परेको वर्षाका कारण वडाका विभिन्न स्थान डुवानमा परेका छन् । अबिरल बर्षाका कारण बरुवा, पारसनगरका लगायतका क्षेत्रमा करिव १० बिगाहा क्षेत्रफलमा लगाएको धानखेतीमा क्षति पुगेको छ भने केरुङ्गाघोलको ड्रेन भत्किएका कारण केरुङ्गा लाईनको टोलमा आवतजावत गर्नमा समस्या परेको छ । बर्षाले नहरका कल्भर्टहरुमा समेत क्षति पुगेको वडाध्यक्ष न्यौपानेले...

    • सडक डिभाइडरमा वृक्षरोपण

      भरतपुर/भरतपुरको मुख्य बजार क्षेत्र नारायणगढको लायन्सचोकदेखि सहिदचोकसम्मको सडक डिभाइडरमा वृक्षरोपण गरिएको छ । भरतपुर महानगरपालिका, लायन्स क्लब अफ नारायणगढ बालकुमारी र एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सो डिभाइडरमा वृक्षरोपण गरिएको हो । वृक्षरोपण कार्यक्रममा आयोजक मध्येको एउटा संस्था भरतपुर महानगरपालिका भने अनुपस्थित रहेको थियो । अन्य संस्थाहरुको आयोजनामा हुने उद्घाटन र आसनग्रहणमा सहभागिता जनाउने भरतपुर महानगरपालिका लायन्सचोकमा आयोजना गरिएको वृक्षरोपणमा भने सहभागी भएन । आफै आयोजक रहेको संस्थाले कार्यक्रममा सहभागिता नजनाउँदा अन्य सहभागीहरु भने दुखि भएका छन् । अन्य ठाउँमा रिबन काट्न र भाषण गर्न पुग्ने महानगरपालिका आफ्नै आयोजनामा भएको वृक्षरोपण कार्यक्रममा नआउनु दुखद भएको उनीहरुको...

    • रोटरी र रोट्याक्टको रक्तदान

      भरतपुर। मेडिकल सिटीको रुपमा विकसित चितवनमा देखिएको रगत अभावलाई कम गर्न शनिबार भरतपुरमा रक्तदान कार्यक्रम गरिएको छ । रोटरी क्लव अफ नारायणी मिट टाउनको आयोजना तथा रोट्याक्ट क्लब अफ नारायणी मिट टाउनको सह आयोजनामा भएको रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन् । जसमध्ये ८६ जना पुरुष र १६ जना महिला रहेका छन । रोटरी क्लब अफ नारायणी मिट टाउनका अध्यक्ष यामनाथ दनैको आतिथ्यतामा भएको कार्यक्रमको संयोजकमा आकाश पौडेल रहनु भएको थियो । पौडेलले सुरुमा रगत दिएर कार्यक्रमको सुरुवात गर्नुभएको हो । कार्यक्रममा रोट्याक क्लव अफ नारायणी मिट टाउनका अध्यक्ष तेज बहादुर रानाभाट, रोटरी क्लब अफ नारायणी मिट टाउनका...

    • नारायणगढको भानु माविमा भानुभक्तको चर्चा

      भरतपुर । आदिकवि भानु माध्यमिक विद्यालय नारायणगढमा चितवनका साहित्यकारहरुले आदिकवि भानुभक्त आचार्यको सम्झना गरेका छन् । २०७ औं भानु जयन्तीको अवसर पारेर गरिएको कार्यक्रममा चितवनका साहित्यकारले भानुले साहित्यमा पु¥याएको योगदानको चर्चा गरे । कार्यक्रममा भनुभक्तद्वारा रचित रामायणको पाठसमेत गरिएको थियो । चितवन साहित्य परिषद्, नारायणी कला मन्दिर र आदिकवि भानु माविले संयुक्तरुपमा कार्यक्रम गरेका हुन् । कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदीले आदिकवि भानुभक्तले नेपाली भाषा, साहित्यलाई एकताबद्ध बनाउन महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले भानुभक्त बारेमा थप खोज अनुसन्धानहरु हुनुपर्ने बताए । सोही अवसरमा साहित्यकार कपिल अज्ञातले भानुभक्तको योगदानबारे चर्चा गरे । साहित्यकार डीडी शर्माले रामायण पाठ गर्दा हल नै...

    • उपत्यका बाहिरबाट आउने गाडी चक्रपथ बाहिरैः गृहमन्त्री शर्मा

      काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौं उपत्यकामा देखिएको ट्राफिक जाम अन्त्य गर्ने प्रयत्न भइरहेको बताएका छन् । १५ दिनभित्र बिस्तृत योजना बनाउने र २-३ महिनाभित्र परिणाम देखाउने उनले घोषणा गरे । आइतबार ब्यवस्थापिका संसदमा बिनियोजन विधेयक ०७४ बारे गृह मन्त्रालयसँग सम्वन्धित विषयहरुमा जवाफ दिँदै मन्त्री शर्माले भने, ‘ट्राफिक जामको समस्या समाधानका लागि सरोकारवाला निकायहरुसँगको छलफलपछि काठमाडौं महानगरका कार्यकारीको संयोजकत्वमा एउटा कमिटी गठन गरेर ब्यवस्थित प्लान निर्माण गर्ने कार्य भइरहेको छ, १५ दिनभित्र प्लान तयार गरेर २-३ महिनाभित्र रिजल्ट आउनेगरी काम गर्नका लागि प्रक्रिया अगाडि बढेको छ ।’ जाम हटाउने उपायको विषयमा ट्राफिक प्रहरी प्रमुख मिङ्मार लामासँग आइतबार पनि...

    • मुसा लाग्ने कभर्ड हल भित्र ४४ दिनदेखि प्रहरी घेरामा ‘मतपत्र’

        मतपत्र के भएको छ भनेर प्रहरीले बाहिरबाट मात्र हेर्छन्, भरतपुर महानगरपालिका मत गणना प्रकरण असार २६, २०७४- मध्यरातमा मतपत्र च्यातिएसँगै भरतपुर महानगरपालिकाका गणना सकिएका र गन्न बाँकी मतपत्र ४४ दिनदेखि प्रहरी घेरामा छन् । यस प्रकरणमाथिको मुद्दामा सर्वोच्चको सुनुवाइ सर्दै गएकाले अब के गरिने हो भन्ने अन्योल झन्झन् बढदै गएको छ । गणना हुने हो वा पुन: मतदान भन्नेबारे कुनै टुंगो लाग्न सकेको छैन । सोमबार हुने भनिएको सुनुवाइलाई सर्वोच्चले फेरि साउन २ का लागि सारेको छ । जेठ १४ गते राति गणनाकै क्रममा माओवादी केन्द्रका प्रतिनिधिद्वारा मतपत्र च्यातिँदा वडा नम्बर १९ र २० को मत गन्न बाँकी...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल