• मुक्तकः बेरोजगार

      बालकृष्ण खनाल मान्छे बेरोजगार छ, तैपनि खई काँहाँबाट पिएर आउँछ भट्टी छिर्छ घर बिर्सन्छ, टन्न दुई चार बोतल दिएर आउँछ । थाहा छ उसलाई, घरमा अन्नको दाना छैन खानका लागि बुद्दु अझ उल्टै झन्, बाहिरबाट पाहुना पो लिएर आउँछ ।

    • ‘नमस्ते ग्रुप’द्धारा १०५ सुकुम्बासी घरधुरीलाई राहत सामाग्री वितरण

      चितवन /चितवनका युवा व्यवसायी तथा पेशाकर्मीको समुह नमस्ते ग्रुपले एकसय पांँच घरधुरीलाई राहत सामाग्री वितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित आंँपटारीका सुकुम्बासी वस्तीमा उक्त ग्रुपले विहीबार राहत सामाग्री वितरण गरेको हो । ग्रुपले मागेर पनि खान नसक्ने, असहाय, अपांग , बृद्धबृद्धालाई लक्षित गरी चामल,तेल, नुल , दाल। सोयाविन वितरण गरेको हो । कोरोना कहरको बेला सामाजिक उत्तरदायित्व बहन गर्दै राहत सामाग्री वितरण गरिएको ग्रुपले जानकारी दिएको छ । हस्तान्तरण कार्यक्रमलाई बोल्दै ग्रुपका संयोजक दिपेश श्रेष्ठले शहरको आडैमा रहेर पनि कोराना कहरका बेला हालसम्म यो वस्तीमा कसैको आंँखा नपरेकोले यो वस्तीमा सहयोग गरिएको बताए । ‘बत्ती...

    • मितेरी फाउण्डेशनद्धारा राहत वितरण

      भरतपुर/मितेरी फाउन्डेसन नेपालको आयोजनामा राप्ती नगरपालिका वडा न १३ को च्याउदिङगमा राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ । बान्द्राङ, सागम, बाङसीलीङ लगायत आसपासका अति सीमान्तकृत चेपाङ बस्तिमा लकडाउनको समस्यामा परेका ७५ घरधुरीहरुलाइ राहत वितरण गरिएको हो । प्रति घर ३० के. जि. चामल, २ के.जि दाल, ३ के.जि नुन १ लिटर तेल, आधा किलो मस्यौरा बितरण गरिएको छ । मितेरी फाउन्डेसन नेपालका सल्लाहकार राजेश्वर खनालले जेष्ठ नागरिक केशरसिङ चेपाङलाई राहत दिदै कार्यक्रमको सुरुवात गर्नु भएको हो । सस्थाका सदस्य बालकृष्ण थपलियाले बिकट पहाडी भेगमा खाद्यान्न अभाबको जानकारी पाएपछि राहत कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । परोपकारमुलक काम गर्ने उदेश्यले...

    • देवघाट क्षेत्रमा माछा मार्न निषेध

      भरतपुर/देवघाट क्षेत्र विकास समिति तनहुँले देवघाट क्षेत्रमा माछा मार्न निषेध गरेको छ । देवघाट स्थित नदी क्षेत्रका स्नानस्थल र शवदाहस्थलको नजिक वातावरणमा नै खलल पुग्ने गरि माछा मार्ने गरिएको र सो कार्यवाट देवघाटधामको गरिमा र महिमामा ह्रास आउनुको साथै अमर्यादित र अशोभनीय भएको ठहर गर्दै समितिले सार्वजनिक सूचना मार्फत देवघाट क्षेत्रका नदिमा माछा मार्न निषेध गरेको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरण बाबु घिमिरेद्धारा बुधबार जारी सार्वजनिक सूचनामा त्रिशुली र कालीगण्डकी नदीको संगम स्थलबाट तीनैतर्फ ५ सय मिटर (कालीगण्डकी तर्फ सीतागुफा, त्रिशुली तर्फ झोलुंगे पुल र नारायणी तर्फ दाहसंस्कार स्थल)सम्म माछा मार्न निषेश गरिएको छ ।...

    • उवासंघ चितवनद्धारा राहत सामाग्री हस्तान्तरण

      भरतपुर/उद्योग वाणिज्य संघ चितवनले उद्योगी व्यवसायीको हकहित र व्यवसायिक विकासको अलावा सामाजिक काममा तीब्रता दिएको छ । संघले कोरोना संक्रमण र लकडाउनको कारण समस्यामा परेका विभिन्न क्षेत्रका मानिहरुलाई आवश्यकता अनुसारको राहत सामाग्री हस्तान्तरण कार्यक्रमलाई अभियानकै रुपमा अगाडी वढाएको छ । राहत सामाग्री वितरण अभियान अन्तरगत चितवनका उद्योगी व्यवसायीको छाता सस्था उद्योग वाणिज्य संघ चितवनले बुधबार देवघाट स्थित रामजानकी वालिका आश्रममा खाद्यान्नलगायत मसलन्द सामाग्री हस्तान्तराण् गरेको हो । कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले सेवा नै धर्म हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै संघले आश्रमलाई सहयोग सामाग्री उपलव्ध गराएको वताउनु भयो । कोरोना संक्रमणको दोस्रो लहरले सवै क्षेत्र...

    • वातावरण दिवसमा शान्ति समाज चितवनद्वारा वृक्षारोपण

      भरतपुर/विश्व वातावरण दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवनले शनिबार वृक्षारोपण गरेको छ । प्रकृतिको संरक्षण गरौं, रुख रोपौं भन्ने नारा सहित वातावरण दिवसको दिन शान्ति समाजले वृक्षारोपण गरेको हो । समाजले नव जागृत सामुदायिक वन उपभोक्ता समूहको वनमा वृक्षारोपण गरेको मानव अधिकार तथा शान्ति समाज चितवनका सभापति शम्भु राउतले जानकारी दिनुभयो । वृक्षारोपणका लागि अधिकारकर्मीहरु पुर्णचन्द्र चापागाई, रबिन खतिवडा, रितु न्यौपाने, सुप्रिया सापकोटा लगायतकाको उपस्थिति रहेको थियो । सन् १९७२ मा संयुक्त राष्ट्रसंघद्वारा आयोजित सम्मेलनबाट घोषणा गरी प्रत्येक वर्ष ५ जुनका दिन वातावरण संरक्षण तथा सचेतनामा जोड दिँदै विश्व वातावरण दिवस मनाइन्छ ।

    • उवासंघ चितवनद्धारा मुग्लिन हाईवे अस्पताललाई स्वास्थ्य समाग्री हस्तान्तरण

      भरतपुर/जिल्ला स्थित उद्योगी व्यवसायीहरुको साझा सस्था उद्योग वाणिज्य संघ चितवले मुलुकमा फैलिएको दोस्रो चरणको कोरोना संक्रमण नियन्त्रणमा सहयोग पु¥याउने उदेश्यले स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ । संघले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि इच्छाकामना स्थित मुग्लिन हाइवे अस्पताललाई करिव एक लाख रुपैयाँ वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । संघका अध्यक्ष राजु श्रेष्ठले अस्पतालका अध्यक्ष राम बहादुर लामालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले व्यवसाय भन्दा स्वास्थ्य ठुलो कुरा भएको वताउँदै संघको सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो । गैह्रनाफामुलक सस्थाको रुपमा मुग्लिन वजार क्षेत्रमा स्थापना भएर...

    • मेचीमहाकाली बुहारी संयुक्त आवाजद्धारा खाद्यान्न सहयोग

      भरतपुर/मेचीमहाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा चितवनले शुक्रबार एक कार्यक्रमका विच खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ । कोरोना संक्रमणको कारण दैनिक गुजारा चलाउन समस्यामा परेका समुदायलाई खाद्यान्न सहयोग गरिएको हो । शुक्रबार आयोजित कार्यक्रममा प्रतिपरिवार ३० किलो चामल, दाल, नुन, तेल प्रदान गरिएको संस्थाकी जिल्ला सदस्य तथा इच्छाकामनाकी प्रतिनिधि सावित्री पुडासैनीले जानकारी दिनु भयो । मेचीमहाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा चितवनले इच्छाकामना गाउपालिका वडा नं ५ अन्तर्गत चेपाङ समुदायलाई खाद्यान्न वितरण गरेको हो । कार्यक्रममा संविधान सभा सदस्य अन्जनी श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो भने प्रदेश सांसद मिलन बावु श्रेष्ठ विशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा...

    • चितवन खबर पत्रिकाले मनायो १० औँ वार्षिकोत्सव

      भरतपुर/छापापत्रकारिताको दुनियाँमा एकदशदेखि अनवरत रुपमा प्रकाशनमा आएको चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो गौरवमय दशौं वार्षिकउत्सव मनाएको छ । बिहीबार भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित पर्यटकीय गन्तव्य धनगढा पार्कमा एक कार्यक्रमका बीच बार्षिकोत्सवको अवसरमा शुभकामना आदान प्रदान गरेको हो । दशौं वार्षिकोत्सवको अवसरमा गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सामाजिक एवं प्रतिष्ठित व्यक्तित्व वरिष्ठ समाजसेवी कुल बहादुर भण्डारी, विशिष्ट अतिथि धनगढा एकीकृत विकास समितिका अध्यक्ष भरत सिंह कुँवर रहनु भएको थियो । सो अवसरमा शुभकामना दिनु हुँदै समाजसेवी भण्डारीले मोफसलमा रहेर विभिन्न चुनौतिका बीच पत्रकारितालाई नियमित...

    • मुक्तकः लेण्डुपको डमी

      वालकृष्ण खनाल छदम भेषी कोही उत्तरको कोही दक्षिणको लमी हुन सक्छ फरक यत्ति कि मात्रामा मात्र केही वेसी या कमी हुन सक्छ । विचार गरौँ हामीले आदर्श मानि छातीमा राखेको व्यक्ति पनि नव अवतारमा देखिएको उही लेण्डुपको कुनै डमी हुन सक्छ ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल