• मुक्तकः कर्णालीमा

      बालकृष्ण खनाल भरतपुर, चितवन गाउँमा अझै झरो बल्छ, विजुली छैन मट्टीतेल छैन कर्णालीमा मोटर गुड्दैन बाटो छैन, सपनामै भएपनि रेल छैन कर्णालीमा । तैपनि हामीलाई सुकुन छ आनन्द छ, यसमै खुशी छौँ सरकार कम्तीमा राजधानीमा जस्तो निद्रा हराउने खेल छैन कर्णालीमा ।

    • स्वतन्त्र गितः निक्कै बेरै

      बालकृष्ण खनाल याद आँउँदा तिम्रो अचेल, भक्कानिन्छु धेरै ।।। सम्झि सम्झि मन बुझाउन, लाग्छ निक्कै बेरै ।। सम्झाई सम्झाई बुझाएका जिन्दगीका पाटोहरू मेरै लागि देखाएका जिउने असल बाटोहरू ।। पल पलमा याद आँउँछन् मलाई जति खेरै ।।।। सम्झि सम्झि मन बुझाउन लाग्छ निक्कै बेरै ।।। भएपनि हाम्ले टेक्ने अलग आँगन कर्साहरू ।। नदेखियोस मन फाटेको कहिँ कतै धर्साहरू ।। सँगै हुन नपाउने यो कर्म दोषी मेरै ।।।।।।।। सम्झि सम्झि मन बुझाउन लाग्छ निक्कै बेरै ।।

    • गित

      बालकृष्ण खनाल निन्द्रामा नि तिम्रै नाम लिई, बोलाएँ रे राति दिनमा पनि टोलाएँ रे, भन्छन् संगी साथी । के के गर्याै कसो गर्याै, चलायौ के जादू लाग्छ मलाई कता कता, मन छैन काबू । हेर्दा खासै लाग्दैन खै, के पो भाको छु र गको पनि छैन कहिँ म, तिमी भन्दा दुर । हिजो जे थ्येँ आज त्यै छु, कस्ले देख्यो भिन्नै साँच्चै भाछु फरक कि त, सकेनौ खै चिन्नै । निन्द्रामा खै के के गरेँ, कसरी म जानुँ दिनमा त्यसै व्यस्त थिएँ, अरू के म ठानुँ । पत्तै नपाई आँफैले नि, भाको छु कि केही लौन लौन जान्या भए,...

    • स्व.पुर्व स्वास्थ्य सहायक मन्त्री विद्यादेवीको संझना

      हरिदत्त देवकोटा पालुङ्टार ३, गोरखा (हाल चितवन) थियौं नि विद्या साहसी तिमी, कर्ममा रमायौ त्यो गाउँघरमा उज्यालो ल्यायौ, सुन्दर बनायौ । त्यो तिम्रो काम देखेर आज, मानिस मोहित छ धन्य हुन् विद्या भनेर आज, गुणगान वढ्दै छ । जन्मियौ हर्मी उदायौ तिमी, कार्यमा रमायौ यो जन्मथलो उज्यालो पार्न, सूमार्ग समायौ । कहिले खोला कहिले जंगल, जहाँसुकै हिँडेर आपसमा खेल्यौ रमाई तिमी, गाउँघरमा मिलेर । पीडित थियो गाउँघर पहिले, पानीको अभावले काकाकुल बन्दै धाउँथे पर, उदासी मनले । यो दुःख संझि त्यो मन रोयो, बिलबन गरायो ढाँडखोलाबाट पानी नै ल्याई, सवैलाई पिलायौ । निरक्षर थिए जनता गाउँका, चेतना थिएन प्रौढ...

    • मुक्तकः आभाष हुन्छ

      बालकृष्ण खनाल भरतपुर, चितवन उनको छोटो साथ पनि, जीवनभरको आभाष हुन्छ एउटा सुन्दर जिन्दगीको, धरोहरको आभाष हुन्छ । शितल शितल समीर सँगै, मखमली माँयाँ पाउँदा छेउमै छु उभिएको, मानसरोवरको आभाष हुन्छ ।

    • मुक्तकः बाहाना

      बालकृष्ण खनाल भरतपुर, चितवन कहिले काहीँ याद, जिउने बाहाना बन्छ कहिले काहीँ याद, पिउने बाहाना बन्छ । रिसैले हेरेको भएनि, उनको एक नजरले फाटेको मुटु मेरो, सिउने बाहाना बन्छ ।

    • मुक्तकः बाढी पहिरो

      बालकृष्ण खनाल कतै आकाश आँसु बनेर मानव वस्तीहरूमा खसिरहेको देखिन्छ कतै आकाश बाढी बनेर गरिबको झुपडीमा पसिरहेको देखिन्छ । आक्रान्त भएको छ हाम्रो देश यति बेला, बाढी पहिरोले जताततै जनता निरीह बनेर उद्दार र राहतको पर्खाइमा बसिरहेको देखिन्छ ।

    • स्व. डा. उपेन्द्र देवकोटाको सम्झना

      हरिदत्त देवकोटा पालुङ्टार, गोरखा (हाल चितवन) क्या चोट प¥यो मुटुमा आज, मन भयो झसंग उपेन्द्र डाक्टर संसार छाड्यौ, मन भयो भरंग । त्यो गाउँघर रोएर वस्छ, अशान्ति मनले हे दैवलिला के गरिस् तैंले, के हुन्छ धनले । इश्वर तैंले रचेको थिइस्, सृष्टीको फुललाई कसरि लगिस् कहाँपो पु¥याईस्, नेपालको ज्योतिलाई । नेपाल आमा रुँदैछिन् आज, त्यो आत्मा गल्दैछ त्यो डाँडापारि जुडीखेत आज, फुटाहा खोज्दैछ । त्यो सिस्नेपानी धाराले आज, उनैलाई खोज्दैछ पोखरी बारी त्यो साउने पानी, उनैलाई रोज्दैछ । डाँडा र काँडा त्यो हरियाली, पाखा र पखेरो डाक्टर दाई नहुँदाखेरी, प्रकृती अध्यारो । त्यो पाठशाला त्यो ठाडो गल्ली, लुईटेल सुदर्शन...

    • मुक्तकः बेरोजगार

      बालकृष्ण खनाल मान्छे बेरोजगार छ, तैपनि खई काँहाँबाट पिएर आउँछ भट्टी छिर्छ घर बिर्सन्छ, टन्न दुई चार बोतल दिएर आउँछ । थाहा छ उसलाई, घरमा अन्नको दाना छैन खानका लागि बुद्दु अझ उल्टै झन्, बाहिरबाट पाहुना पो लिएर आउँछ ।

    • मुक्तकः लेण्डुपको डमी

      वालकृष्ण खनाल छदम भेषी कोही उत्तरको कोही दक्षिणको लमी हुन सक्छ फरक यत्ति कि मात्रामा मात्र केही वेसी या कमी हुन सक्छ । विचार गरौँ हामीले आदर्श मानि छातीमा राखेको व्यक्ति पनि नव अवतारमा देखिएको उही लेण्डुपको कुनै डमी हुन सक्छ ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल