• शिक्षक हकहित मञ्च नवलपरासी (ब.सु.पु.) गठन, अध्यक्षमा ढकाल

      सन्तोष देवकोटा भरतपुर/शिक्षक हकहित मञ्चको नवलपरासी (ब.सु.पु.) को जिल्ला कमिटी गठन गरिएको छ । नवलपरासी (ब.सु.पु.) का शिक्षकहरुको भेलाले सावित्री ढकालको अध्यक्षता १७ सदस्यीय नयाँ जिल्ला समिति गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा धनबहादुर ज्ञावली, महिला उपाध्यक्षमा गंगादेवि सारु मगर, सचिवमा ठाकुर खनाल, सहसचिवमा कृष्ण कुमारी सिँजाली, कोषाध्यक्षमा तिलकराम विरकट्टा चयन हुनु भएको छ । यसैगरी भेलाले केन्द्रीय प्रतिनिधिमा भविलाल राना, गेस बहादुर राना, निलकण्ठ पोखरेललाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा टुका कुमारी भुर्तेल, दानबहादुर राना, तिलक विरकट्टा, भेटबहादुर राना चयन हुनु भएको छ । कार्यक्रममा शिक्षक हकहित मञ्चका केन्द्रीय अध्यक्ष ज्योति नारायण ढकाल प्रमुख अतिथी रहनु...

    • भरतपुर महानगरपालिकाद्धारा बजार अनुगमन तीब्र, कुहिएको अवस्थाका खसिको टाउको र खुट्टा नष्ट

      सन्तोष देवकोटा भरतपुर/भरतपुर महानगरपालिकाले पछिल्लो समय बजार अनुगमनलाई तीब्रता दिएको छ । अखाद्य वस्तुको विक्री वितरण हुने गरेको गुनासो आएपछि महानगरपालिकाले बजार अनुगमनलाई अभियानकै रुपमा संचालन गरेको हो । भरतपुर महानगरपालिकाले बुधबार नारायणगढको पुलचोक र पोखरा बसपार्कका होटल, मासु र किराना पसलमा अनुगमन गरेको छ । अनुगमन गरिएका अधिकांश पसलले अखाद्य र म्याद गुज्रिएका खानेकुरा बिक्री गरेको पाइएको छ । अनुगमन टोलीले पोखरा बसपार्कस्थित ताहिर मासु पसलवाट १८४ वटा खुट्टा र २८ वटा टाउको बरामद गरि महानगर परिसरमा ल्याई खाल्डो खनेर नष्ट गरेको छ । यसका अलावा चुरोट, सुर्ती, भोला, वियर, कुरकुरे लगायतका सामान पनि जफत गरि नष्ट गरिएको...

    • मा.वि. गंगानगरले राष्ट्रिय बालदिबश विभिन्न कार्यक्रम गरी मनायो

      भरतपुर/माध्यमिक बिद्यालय गङगानगरले राष्ट्रिय बाल दिबश २०७९ विभिन्न कार्यक्रम गरी मनाएको छ । बिद्यालयमा आयोजित विभिन्न कार्यक्रमको समापन बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष सुदिप सुबेदीको प्रमुख आतिथ्यतामा भएको थियो । सो अबसरमा बाल कक्षा पि.जि .देखि १ सम्म तातो आलु प्रतियोगिता, कक्षा २ देखि ८ सम्मका बिधार्थीहरुले म्युजिकल चियर, सट फुटबल पेनाल्टी (बल स्कोर), स्लो साइकल रेस, छोटो दुरिको दौड प्रतियोगिता र कक्षा ९ र १० का बिद्यार्थीहरुले हाम्रो भरतपुर सफा र सुन्दर उत्कृष्ट पर्यटकिय गन्तब्य बिषयमा बक्तित्वकला प्रतियोगितामा भाग लिएका थिए । कार्यक्रमको सभापतित्व मा.बि.गङगानगर बाल क्लब संयोजक पुजा कडरियाले गर्नुभएको थियो भने संचालन कक्षा १२ का बिश्व अधिकारीले...

    • तुलसी क्षेत्रीको ‘मोहनी फुकाई देउ’ बजारमा

      भरतपुर/लोकप्रिय गायिका एवम् नायिका तुलसी क्षेत्रीको पछिल्लो लोक तथा दोहोरी गीत “मोहनी फुकाई देउ“ बजारमा आएको छ । क्षेत्रीको अफिसियल युट्युब च्यानल मार्फत बजारमा आएको गीतमा स्वर तुलसी क्षेत्री, इन्द्र जिसी र पार्वती जिसी, रचना तुलसी क्षेत्री र संगीत इन्द्र जिसीको रहेको छ । तुलसी क्षेत्रीको यो लोक तथा दोहोरी गीत मायाप्रेममा केन्द्रीत रहेको छ । एक अर्काको रुप, सुन्दरता, बोली, व्यवहार र आनीबानीले मोहनी लगाएकोले मोहनी फुकाई देउ भन्दै गीतमा अनुनय बिनय गरेका छन् । गायक गायिका सङ्गै अन्य थुप्रै कलाकारहरुलाई पनि यस गीतको भिजुयलमा देख्न सकिन्छ । गीत र गीतको भिजुयल निकै दमदार बनेको आम दर्शकको भनाई...

    • शक्ति युवा मञ्चको अवलोकन भ्रमण र बनभोज कार्यक्रम सम्पन्न

      भरतपुर/विश्वभर फैलिएको कोरोना संक्रमणको कारण संकटमा परको पर्यटन प्रवद्र्धनको लागि शक्ति युवा मञ्च चितवनले दुई दिने अवलोकन भ्रमण एवं बनभोज कार्यक्रम सम्पन्न गरेको छ । पर्यटन क्षेत्रलाई चलायमान वनाउन आन्तरिक पर्यटकको भुमिका महत्वपुर्ण हुने भएको वताउँदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले अवलोकन भ्रमण एवं बनभोज कार्यक्रम आयोजना गरिएको मञ्चका कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक वसन्त पोखरेलले जानकारी दिनुभयो । कोरोना संक्रमणले गर्दा थलिएको होटल व्यवसायलाई प्रवद्र्धन गर्न मञ्चले फिस्लिङ क्षेत्रको अवलोकन भ्रमण र गोरखा विच होटलमा बनभोज कार्यक्रम गरेको हो । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष न्यौपानेलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तोष देवकोटा, वरिष्ठ उपाध्यक्ष सन्तोष न्यौपाने, उपाध्यक्ष कृष्णचन्द्र...

    • गजलः हुनुपर्छ

      बालकृष्ण खनाल सम्बन्ध हेर्दा नदेखिने तर नहुँदा महशुस हुने नून जस्तै हुनुपर्छ बरू बाहिर आफू चिसिएर भित्र न्यानो दिने ऊन जस्तै हुनुपर्छ । देखिन नक्कली पनि सक्कली जस्तै देखिन्छ जलप रहँदासम्म जतिसुकै कसी लाएनी फरक नपर्ने अकबरी सुन जस्तै हुनुपर्छ । लाखौं भएर न उज्यालो दिने धर्तीमा न बाटो देखाउने तारा भन्दा एक्लै झुल्किएर संसारलाई उज्यालो बनाउने जून जस्तै हुनुपर्छ । वाक्य एउटै हो कुनैले दवाई हुन्छ कुनैले तवाही हुन्छ जगतमा वोली त सुनेरै निदाईने आमाको मिठो लोरी धून जस्तै हुनुपर्छ । बर्षाैँ सम्म सहेर नि आँधीहुरी, घामपानी कयौँ असहजताहरू पलपल घर चम्काईरहने भित्तामा पोतिएको चून जस्तै हुनुपर्छ ।

    • मुक्तकः पानी पानी

      बालकृष्ण खनाल मन अल्ली कस्तो भारी अनि समय बिरानी थियोे खै के ले हो कुन्नी छेउमै भिजेको सिरानी थियो । धमिलो देखियो दृश्य पनि रसाए कि नयन लाग्यो छामी हेरेँ नभन्दै दुई आँखा भरि पानी पानी थियो ।

    • मुक्तकः चाहन्छु म

      बालकृष्ण खनाल तिम्रो सफलताको एउटा सानो हिस्सा बन्न चाहन्छु म तिम्रो जिन्दगीको एउटा सुन्दर किस्सा बन्न चाहन्छु म । व्यबहारबाटै सम्बन्धको औचित्यताको पुष्टि गर्न सक्ने तिम्रो भरोसाको एउटा मजबुत निस्सा बन्न चाहन्छु म ।

    • मुक्तकः आएँ

      बालकृष्ण खनाल हिजो तिम्ले जाँहाँ पाईला टेक्यौ त्याँहाँ मैलेपनि टेकेर आएँ थोरै मात्र भए पनि मनोरम प्राकृतिक छटाहरू देखेर आएँ । तर प्लीज मलाई माफ गरिदेउ है, मेरो प्रिय मनको मान्छे तिमीलाई नसोधि सुटुक्क हाम्रो नाम, ढुङ्गामा खोपेर आएँ ।

    • मुक्तकः छैन

      बालकृष्ण खनाल यो कंक्रिटको शहरमा बंगला छन् गाडी छन् तर मान्छेहरूको मन छैन डिस्को र बारमा खर्चिने पैसा छन् तर ढोका उभिने जोगीलाई धन छैन । झन् बालक देखि बृद्धसम्म पवजी र टिकटकमा रमाउन थाले देखि त ककटेल भएको छ धर्म संस्कृतिमा पनि कतै केही मौलिक पन छैन ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल