• मानव अधिकार तथा शान्ति समाजको ध्यानाकर्षण

      भरतपुर/जिल्लामा पछिल्लो समय वढ्दै गएको अपराधिक घटना प्रति मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको गम्भिर ध्यानाकर्षण भएको छ । समाजले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय एक पछि अर्को गरि श्रृंखलाबद्ध रुपमा महिलाहरुको रहस्यमय मृत्यु भएको घटना प्रति ध्यानाकर्षण भएको जनाएको हो । समाजका जिल्ला सभापति शम्भु राउतद्धारा जारी विज्ञप्तिमा यस्ता खालका अकल्पिनीय घटनाहरु समाजमा वढ्दै गएपछि आम महिलाहरुमा असुरक्षाको वातावरण सृजना भएको र अभिभावक एवं समाजलाई आतंकित वनाएको जनाईएको छ । सुजिता भण्डारीको रहस्यमय मृत्यु प्रकरण यसको ज्वलन्त उदाहारण भएको वताउँदै विज्ञप्तिमा यस्तो अवस्थामा राज्य आम नागरिकलाई सुरक्षाको प्रत्याभुती दिन गम्भिर रुपले लाग्नुपर्ने वताईएको छ ।...

    • भरतपुर रोटरीको राहत सामाग्री वितरण

      सन्तोष देवकोटा भरतपुर/सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लव अफ भरतपुरले वाढी प्रभावित क्षेत्रका वासिन्दाहरुलाई राहत सामाग्री वितरण गरेको छ । क्लवले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि पुर्वी चितवनको कालिका नगरपालिका वडा नं. १० र ११ का वाढि प्रभावित क्षेत्रका वासिन्दालाई खाद्यान्न लगायतका राहत सामाग्री हस्तान्तरण गरेको हो । सिद्धि वजारमा आयोजित राहत विरण कार्यक्रममा ४९ घर परिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको थियो । रोटरी क्लव अफ भरतपुरका अध्यक्ष राजेन्द्र कुमार पियाको अध्यक्षतामा भएको राहत सामाग्री हस्तान्तरण कार्यक्रममा कालिका नगरपालिका वडा नं. १० का अध्यक्ष दिल बहादुर गुरुङ र वडा नं. ११ का वडा अध्यक्ष कृष्ण बहादुर प्रजा विशेष अतिथी...

    • उवासंघ चितवनद्धारा वाढि पीडितलाई राहत वितरण

      सन्तोष देवकोटा भरतपुर/उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघ चितवनले पुर्वी चितवनका वाढि प्रभावित मानिसहरुलाई राहत सामाग्री वितरण गरेको छ । बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरि संघले रत्ननगर ३ वंसीका वाढि प्रभावित ६० घरपरिवारलाई राहत वितरण गरेको हो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न राहत वितरण कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य कृष्ण खनाल विशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा रत्ननगर ३ का वडा अध्यक्ष गुप्तनाथ भट्टराई, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष भोजराज कौडाल, रत्ननगर उवासंघका कार्यसमिति सदस्य उद्धव कोइराला, विपद् व्यवस्थापन संयोजक नारायण प्रधान,...

    • नारायणी सेन्ट्रलको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

      चितवन/लायन्स क्लब अफ नारायणी सेन्ट्रलको लायन वर्ष २०२१/२२ का लागि निर्वाचित कार्यसमितिका पदाधिकारीहरुको संयुक्त रुपमा पद हस्तान्तरण विहिवार एक कार्यक्रमकाबीच चितवनको दियालो फुडल्यान्डमामा सम्पन्न भएको छ । विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्डको पुर्ण रुपमा पालना गर्दै पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ नेपाल अर्न्तगत क्यान्सर अवईरनेस कार्यक्रममका डिपुटि चिक तथा क्लवका चार्टर प्रिसिडेन्ट डांसीराम ढकालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई खादा, अबिर र लायन्स क्लबको पिन लगाई आउने कार्यकालका लागि बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स वर्ष...

    • ग्राफिक मार्ग प्रालीले पायो आधिकारिक सेवा केन्द्रको अनुमती

      भरतपुर/कम्पनी दर्ता लगायतका काम गर्दै आएको भरतपुर–११ वाईपास रोड स्थित ग्राफिक मार्ग प्रा.लि.ले कम्पनी रजिष्टारको कार्यालयवाट आधिकारिक सेवाकेन्द्रको अनुमति पाएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले नेपालका जुनसुकै ठाउँका कम्पनीहरु दर्ता देखि खारेजी गर्ने सम्मका सम्पूर्ण कामहरु गर्नको लागि आधिकारिक सेवा केन्द्रको अनुमती पत्र (लाईसेन्स) दिएको हो । सेवा केन्द्र स्थापनाको लागि धेरै संस्थाहरुले आवेदन पेस गरेकोमा ग्राफिक मार्ग प्रा.लि. लगायत २ वटा कम्पनीहरुको मात्र योग्यता पुगेकोले कम्पनी रजिष्ट्रार कार्यालयले उक्त लाईसेन्स प्रदान गरेको हो । हाल सम्म गरेका कम्पनी सम्बन्धी कामहरु र सञ्चालकहरुको आवश्यक कानुनी कागजपत्रहरु सहित पेस गरेको निवेदनको आधारमा अवश्यक...

    • भरतपुर रोटरीद्धारा छात्रबृत्ति प्रदान

      सन्तोष देवकोटा भरतपुर/रोटरी क्लव अफ भरतपुरले कोरोना संक्रमणको वावजुद भौतिक दुरी कायम गरि औपचारिक कार्यक्रमका विच उत्कृष्ठ विद्यार्थीहरुलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ भरतपुरले रोटरी टि.ई.ए.सि.एच. कार्यक्रम अन्तर्गत भरतपुर ११ स्थित श्री जखडीमाई आधारभूत विद्यालयमा शैक्षिकसत्र २०७७ को बार्षिक परीक्षामा कक्षा १ देखि ५सम्ममा प्रथम हुने प्रत्येक विद्यार्थीलाई जनही पाँच हजार नगद छात्रबृत्ति प्रदान गरेको हो । सो विद्यालयका बिद्यार्थीहरुमा लगनशिलता, प्रतिस्पर्धी र हौसला बढाई शैक्षिकस्तर बृद्धीमा सघाउ पु¥याउने उद्धेश्यले ’रोटरी भरतपुर–हरिप्रसाद÷गीता सुवेदी सन्तती छात्रबृत्ति कोष, २०७७’ गत बर्ष स्थापना गरी उक्त छात्रबृत्ति प्रदान गरिएको हो । सो छात्रबृत्ति रोटरी क्लब अफ भरतपुरका पूर्ब अध्यक्ष हरिप्रसाद...

    • मानव अधिकार तथा शान्ति समाजको सचेतनामुलक कार्यक्रम

      भरतपुर/मानव अधिकारको क्षेत्रमा सक्रिया मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले लागू औषध दुब्र्यसन बिरुद्धको अन्तराष्ट्रिय दिवस मनाएको छ । दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले लागूऔषध विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । भरतपुर स्थित साहाराको घरमा रहेका बालबालिकालाई लागू औषध विरुद्ध सचेतता मुलुक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउत र सदस्य पूर्ण चन्द्र चापागाइले लागूऔषधले समाज र मानव स्वास्थ्यमा पर्ने असर एवं मानव अधिकारको विषयमा जानकारी गराउनु भएको थियो ।

    • भरतपुर रोटरीद्धारा घर हस्तान्तरण

      भरतपुर/रोटरी क्लव अफ भरतपुरले बिहीबार एक कार्यक्रमका विच सौराहामा रोटरी मुसहर वस्तिको घर हस्तान्तरण गरिएको छ । रोटरी क्लव अफ भरतपुरका अध्यक्ष डा. रेवन्त कुमार भट्टराईको अध्यक्षतामा भएको घर हस्तान्तरण कार्यक्रममा रोटरी मुसहर वस्ति निर्माण समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठले रोटरी मुसहर वस्ती निर्माको वारेमा जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा क्लवका अध्यक्ष रेवन्त कुमार भट्टराई, मुसहर वस्ती निर्माण समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठ र सदस्य गंगा तिमिल्सिना सिंहले संयुक्त रुपमा झरिया माझिलाई घर हस्तान्तरण गर्नु भएको थियो । यस्तै रोटरी मुसहर वस्ती निर्माण समितिका सदस्य तथा रोटरी क्लव अफ भरतपुरका पुर्व अध्यक्ष नयनराज नेपाल र रोटरी क्लव...

    • शर्तसहित हवाई उडान सञ्चालन हुने

      काठमाण्डौं/दोस्रो चरणको कोरोना संक्रमणका कारण बन्द रहेको आन्तरिक तथा वाह्य हवाई उडान संचालन हुने भएको छ । कोरोना संक्रमण कम हुन थालेसंगै सरकारले विभिन्न शर्तहरुको पालना गरि हवाई उडान संचालन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबार सम्पन्न बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर उडान सञ्चालन हुनेछन् । स्वास्थ्य मापदण्डको पूर्ण पालना हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि आन्तरिकतर्फ कूल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गरिने र उपयुक्त उडान तालिका र मिति...

    • उवासंघ चितवनद्धारा व्यवसाय सञ्चालनको माग

      भरतपुर/उद्योग वाणिज्य संघ–चितवनले व्यवसाय सञ्चालनका लागि माग गरेको छ । उद्योग वाणिज्य संघ–चितवनले चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई ज्ञापन पत्र बुझाउंदै उक्त माग गरेको हो । ज्ञापन पत्र हस्तान्तरण गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञा उद्यमी व्यवसायीले पालना गरेको बताउंदै हाल कोरोना संक्रमण दर घट्दो क्रममा रहेको कारण समय तालिका तय गरि आलोपालो उद्यम,व्यवसाय सञ्चालन हुने व्यवस्थाका लागि अनुरोध गर्नु भयो । उहा“ले कोरोना संक्रमणको अवस्था लगायत अन्य विपद्को समयमा निजी क्षेत्रको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रहि सरकारलाई सहयोग गर्दै आएको र...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल