• सगरमाथा सिमेन्ट अब २५ केजीको हाफप्याकमा

      काठमाण्डौं/विगत दश वर्ष देखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आईरहेको घोरही सिमेन्ट इन्डष्ट्रीले उपभोत्ताको माग र सहज आपुर्तिलाई मध्यनजर गर्दै सगरमाथा सिमेन्टको ओ.पि.सी सिमेन्टमा २५ के.जि.को हाफप्याक बजारमा ल्याएको छ । घोराही सिमेन्ट इन्डष्ड्री नेपालको सिमेन्ट उद्योगमा अग्रणी उत्पादक भएको र यसका उत्पादनहरुका गुणस्तरतामा आफ्नो स्थान अन्य सिमेन्टहरु भन्दा अलगै दजार्मा कायम राख्दै आएको छ । हालसालै कम्पनिले नेपालमै पहिलो पटक सिमेन्ट इन्डष्ट्रीमा अन्तराष्ट्रिय ख्यातिप्राप्त संस्था एनएबिएलबाट ल्याब सञ्चालनमा आधिकारीकता समेत प्राप्त गरेको छ । जसका कारण यस उद्योगले उत्पादन गर्ने यस २५ के.जी.को हाफप्याकमा समेत अन्तराष्ट्रिय स्तरको गुणस्तरता कायम राख्न कम्पनी सफल भएको छ । यस २५ के.जी.का हाफप्याक...

    • नारायणगढमा गोरस ताजा तरकारी तथा फलफुल बजार संचालनमा

      सन्तोष देवकोटा भरतपुर/कृषि उत्पादनको बजार व्यवस्थापन गर्ने उदेश्यले युवाहरुको सक्रियतामा नारायणगढमा तरकारी तथा फलफुल बजार संचालनमा आएको छ । नारायणगण्का युवा व्यवसायीहरुले स्थापना गरेको गोरस एग्रो कर्पोरेशन प्रालीले गोरस ताजा तरकारी तथा फलफुल बजार संचालनमा ल्याएको हो । कृषकले लगानी अनुसारको मुल्य नपाउने र उपभोत्ताले उचित मुल्यमा कृषि उत्पादन नपाउने समस्याको समाधान गर्न नारायणगढ स्थित कमलनगर (नजरमान चोक)मा तरकारी तथा फलफुल बजार संचालनमा ल्याइएको प्रालीका प्रवन्ध निर्देशक गोपालमान श्रेष्ठले जानकारी दिनुभयो । किसानलाई उत्पादन लागत अनुसारको मुल्य र स्थानीय उपभोत्तालाई सर्वशुलभ मुल्यमा ताजा तरकारी तथा फलफुल उपलव्ध गराउने सस्थाको मुख्य उदेश्य रहेको वताउँदै प्रवन्ध निर्देशक श्रेष्ठले यस्ता प्रकारका बजार...

    • सञ्चारकर्मी खनालद्धारा खाद्यान्न सहयोग

      भरतपुर/समाजसेवी एवं सञ्चारकर्मी अनिता खनालले चितवनको कुसुमखोका प्रजा परिवारलाई खाद्यान्न सहयोग गर्नु भएको छ । नयाँ पत्रिकामा “चेपाङ बस्तीमा आगजनी ः राहतको आसमै बित्यो एक वर्ष” समाचार प्रकाशन भएसंगै उनीहरुलाई खाद्यन्न सहयोग मिलेको हो । मितेरी फाउण्डेशन नेपालकी उपाध्यक्ष समेत रहनु भएकी खनालले समाचार पढेर आफ्नो व्यक्तिगत खर्चमा चामल, नुन, तेल, दाल, मस्यौरा, आलु, चिउरा, दालमोठ, सलाई, सहित एक थान त्रिपल गरि ५ हजार एक सय रुपैया बराबरको सहयोग गरेकी हुन् । प्रकाशीत समाचारमा काजीमान प्रजा, उनकी श्रीमती नैनीमाया र पाँच वर्षकी छोरीले नुन, खुर्सानी र पानीसँग निस्तो भात खानुपर्ने बाध्यता उठाईएको थियो । चितवनकी खनालले फाउण्डेशन मार्फत सामाजिक...

    • कृषिमैत्री महानगर निर्माणमा प्रमुख दाहालको जोड

      भरतपुर/भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरलाई कृषि मैत्री महानगर बनाउन आवश्यक निती नियम र कार्यक्रम तर्जुमा गरी अगाडी बढाएको बताएकी छिन् । भरतपुर महानगरपालिकाले दुध उत्पादक किसानहरूलाई १ रूपयाँ प्रतिलिटर अनुदानलाई ३ रुपैंया प्रतिलिटर बृद्धि गरेको अवसरमा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै प्रमुख दाहालले सो बताएकी हुन् । सो अवसरमा किसानहरूको समस्यालाई मनन गरेर ३ रुपैंया नगद अनुदान दिने व्यवस्था गरेको बताउदैं उनले भरतपुर महानगर दुग्धमा प्रतिलिटर नगद अनुदान दिने स्थानीय तहमा पहिलो महानगर भएको बताईन् । महानगरले उत्पादन लागत घटाई उत्पादकत्व बृद्धि गर्न कृषिमा आधुनिककरण र यान्त्रिकीकरण गर्ने सबैलाई ५० प्रतिशत लागत अनुदान...

    • भरतपुर १० द्धारा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल हस्तान्तरण

      भरतपुर/भरतपुर महानगरका अगुवा महिलाहरुले भरतपुर महानगरमा प्रमुख उपप्रमुख र प्रवक्ता लाई आगामी कार्यकाल पनि आफुहरुले निरन्तरता गराउन चाहेको बताएका छन् । आफुहरुले पार्टीको झण्डा भन्दा माथि उठेर उनीहरुलार्ई बिजयी बनाउन अगाडी बढ्ने महिलाहरुले अठोट प्रकट गरेका हुन् । भरतपुर महानगरमा आशा गरिएभन्दा बढि विकास हुनुमा तिनै जनाको उचित समन्वय र सबै जनप्रतिनिधि र कर्मचारीको सक्रियताको परिणाम भएको भन्दै उनीहरुले आगामी कार्यकाल पनि मेयर रेनु दाहाल उपमेयरमा पार्वति शाह र प्रवक्तामा अरुण पिडित भण्डारी सहितको टिम नै आफुहरुले देख्न र त्यही टिमसंग काम गर्न चाहेको बताएका हुन् । भरतपुर महानगर वडा नम्वर १० की अगुवा महिला तथा ओम शान्ति टोल...

    • खोप उपलब्ध गराउन होटल व्यवसायी संघ चितवनको माग

      भरतपुर/सरकारले विभिन्न क्षेत्र र उमेर समुहका मानिसहरुलाई कोरोना विरुद्धको खोप दिईरहेको अवस्थामा होटल व्यवसायी संघ चितवनले व्यवसायीलाई खोपको व्यवस्था गर्न माग गरेको छ । होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ, महासचिव गोपाल श्रेष्ठ, सचिव राम बहादुर गुरुङलगायतको होटल व्यवसायीको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारीलाई पत्र वुझाउँदै कोरोना विरुद्धको खोप माग गरेको हो । कोरोना संक्रमण नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउन दिन प्रतिदिन खुकुलो भएसंगै होटल व्यवसाय संचालनमा आए पनि होटल व्यवसायी र कर्मचारीहरुलाई खोपको व्यवस्था नहुँदा कोरोना संक्रमणको जोखिम वढेकोले खोपको मागसहित प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराईएको संघका अध्यक्ष दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । होटल व्यवसाय संचालन...

    • होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग

      भरतपुर/होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवनले जिल्ला स्थित होटल तथा रेष्टुरेन्ट संचालक र कर्मचारीलाई तत्काल कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । संघले आइतबार चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाउँदै कोभिड विरुद्धको खोप माग गरेको हो । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योतिप्रसाद कँडेलद्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा अग्रपंतिमा रहेका होटल व्यवसायी र कर्मचारीहरुलाई प्राथमिकता राखी छिटो भन्दा छिटो कोभिड–१९ बिरुद्धको खोप उपलब्ध गराईदिन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराईएको छ । होटल व्यवसायीहरुलाई कोभिड विरुद्धको खोप उपलव्ध गराउने सवालमा स्थानीय पालिकाहरुले ध्यान नदिएको वताउँदै विज्ञप्तिमा आन्तरिक तथा बाह्य पर्यटकको...

    • महानगर प्रमुखद्धारा मेनरोड सडक निरिक्षण

      भरतपुर/भरतपुर महानगरपालिका वडा नं. १ मा अवस्थित मेनरोडको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले निरिक्षण गर्नु भएको छ । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठ, संघका पदाधिकारी, संघका पूर्व अध्यक्ष, मेनरोडका वासीन्दा, महानगरपालिका वडा नं. १ का वडाध्यक्ष जयराम श्रेष्ठ, वरिष्ठ इन्जिनियर भरत आचार्य लगायतको टोलीले सडकको निरिक्षण गरेको हो । निरिक्षण कार्यक्रम पूर्व सडकको स्तरोन्नती सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको थियो । छलफल कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठले चितवन जिल्लाको ऐतिहांसीक एवम् व्यवसायीक हिसावले निकैनै महत्वपूर्ण रहेको मेनरोडको विस्तार तथा विकासले समग्र जिल्लाको सामाजिक एवम् आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने धारणा ब्यक्त गर्नुभयो । छलफल कार्यक्रममा...

    • नेपालमै पहिलो पटक महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित बिदाइ

      भरतपुर/भरतपुर महानगरले नेपालमा नै पहिलो पटक ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाइ नगद सहित बिदाइ गरेको छ । लामो समय देखि महिला स्वास्थ्य स्वयंसेविका भएर महिला दिदीबहिनीको स्वास्थ्यका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै भरतपुर महानगरले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद ५० हजार सहित प्रमाण पत्र र खादाले सम्मान गरेको हो । नगरमा कार्यरत २ सय ७ महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्येबाट महानगरको मापदण्ड पुरा गरेका ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद सहित महानगरले औपचारिक कार्यक्रमका विच सम्मान र बिदाइ गरेको हो । कार्यक्रममा वोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विगत ३५ वर्ष भन्दा पहिले देखि लगातार...

    • शक्ति युवा मञ्चको अध्यक्षमा थापा

      भरतपुर/भरतपुर १० स्थित शक्ति युवा मञ्चको अध्यक्षमा सुर्य बहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न मञ्चको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष न्यौपाने, उपाध्यक्षमा कृष्णचन्द्र लोहनी, सचिवमा हरिशंकर दाहाल, कोषाध्यक्षमा खगेन्द्रदत्त लोहनी निर्वाचित हुनु भएको छ । यसैगरी समितिको सदस्यहरुमा केशवराज पौडेल, प्रदोष देवकोटा, केशव न्यौपाने, सुवास सुवेदी, वसन्त पोखरेल, सितल अधिकारी, इन्द्र अधिकारी, सविन भट्ट, ठाकुरदत्त लोहनी निर्वाचित हुनु भएको छ । मञ्चका अध्यक्ष सन्तोष देवकोटाको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनमा सचिव हरिशंकर दाहालले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष खगेन्द्रदत्त लोहनीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल