भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले फागु पूर्णिमा पर्व २०७९ तथा ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा शुभकामना आदान प्रदान कार्यक्रम सोमवार नारायणगढमा सम्पन्न गरेको छ । संस्थाको युवा, स्वास्थ्य, संस्कृती, सञ्चार तथा वातावरण उपसमिति र महिला परिचालन उपसमितिको संयुक्त संयोजनमा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि संस्थाका अध्यक्ष दिनेश कुमार चुके रहनु भएको थियो । कार्यक्रममा प्रमुख आतिथि चुकेले हंसले समय सापेक्ष संस्कृतीको जगेर्ना गर्दै विभिन्न दिवशहरू समेत मनाउँदै आएको बताउनु भयो । संस्थाको आगामी क्रियाकलापहरुको जानकारी दिदै संस्थाको गतिविधीको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा संस्थाकी सचिव शारदा शर्मा पौडेल, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक गोबिन्द प्रसाद पौडेल,...
सन्तोष देवकोटा भरतपुर/भरतपुर १ शहिदचोक स्थित सुनचाँदी बचत तथा ऋण सहकारी संस्था र भरतपुर १० स्तिथ चितवन मेडिकल कलेज (सिएमसी) को विचमा आइतबार उपचार छुट संम्झौता भएको छ । उक्त उपचार छुट संम्झौतामा सहकारीका तर्फबाट अध्यक्ष रुविन रामुदामु र सिएमसीका तर्फवाट प्रमुख प्रशासक प्रताप देवकोटाले हस्ताक्षर गर्नु भएको छ । संम्झौतामा हस्ताक्षर भएसंगै सुनचाँदी बचत तथा ऋण सहकारी संस्थाका सम्पुर्ण शेयर सदस्यहरुले सिएमसीमा उपचार गराउँदा छुट सुविधा प्राप्त गर्ने भएका छन् । उपचार छुट पाउनको लागि सहकारीका सदस्यहरुले अस्पतालमा परिचयपत्र देखाउनु पर्नेछ । यसरी परिचयपत्र सहित उपचारको लागि सिएमसीमा आएका सहकारीका शेयर सदस्यहरुलाई अस्पतालले स्वास्थ्य उपचार सेवामा २५ प्रतिशत...
सन्तोष देवकोटा भरतपुर/भरतपुर १५ स्थित श्री गौतम आधारभूत विद्यालयले स्थापनाको ३३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह बिहीबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवान थापाको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य ज्ञानु जंग लामा रहनु भएको थियो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत तथा उत्कृष्ट शिक्षकलाई सम्मानित गरिएको थियो । पुरस्कृत र सम्मानित सबैलाई कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य ज्ञानु जंग लामाले प्रमाणपत्र प्रदान गर्नु भएको थियो । प्रदेश सभा सदस्य लामाले विद्यालयको भौतिक र शैक्षिक उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा विद्यालयलाई प्रदेशको बजेटमार्फत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।...
सन्तोष देवकोटा भरतपुर/बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद्को कार्यालय हेटौडा मकवानपुरको आर्थिक सहयोगमा भरतपुर ९ हाकिमचोक स्थित कान्तिपुर बहुप्राविधिक शिक्षालयमा दुई महिने (३९० घण्टा) निशुल्क व्युटिपार्लर तालिम सुरु भएको छ । निशुल्क शीपमुलक तालिम अन्तरगत कान्तिपुर बहु प्राविधिक शिक्षालयको प्राविधिक सहयोग र व्यवस्थापनमा सुरु भएको तालिमको बिहीवार वागमती प्रदेश सभाका सदस्य एवं पुर्व मन्त्री कृष्ण खनालले औपचारिक समारोहका विच उद्घाटन गर्नु भएको हो । तालिम उद्घटन कार्यक्रममा वोल्दै प्रमुख अतिथी खनालले तालिमले रोजगारीको सृजना र जीविकोपार्जनमा सहयोग पु¥याउनु पर्ने वताउनु भयो । पछिल्लो प्रतिस्पर्धात्मक समयमा जो कोहि पनि आयआर्जनसंग जोडिनु आवश्यक रहेको वताउँदै खनालले तालिमका सिकेको...
सन्तोष देवकोटा भरतपुर/भरतपुर १ नारायणगढ स्थित सुनचाँदी बचत तथा ऋण सहकारी सस्था लि.ले सामाजिक उत्तरदायित्व बहन गर्दै सस्थाको वार्षिकोत्सवको अवसरमा बुधबार सामाजिक सस्थालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सहकारीले आफ्नो दशौं स्थापना दिवसको अवसरमा भरतपुर १२ नवरत्न टोल स्थित आमाको मायाँ छात्रावासलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो । सुनचाँदी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष रुविन रामुदामुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सस्थाका उपाध्यक्ष टुलक प्रसाद विश्वकर्माले कार्यक्रमबारे प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । सचिव निलेनमान शाक्यले संचालन गर्नु भएको उक्त कार्यक्रममा सहकारीका सहसचिव ऋतु विश्वकर्मा, सहकोषाध्यक्ष विक्रम घिमिरे, संचालक गुन बहादुर रामदाम, उत्सव खाती, रुपा बराली,...
सन्तोष देवकोटा भरतपुर/देशकै उत्कृष्ट शैक्षिक सस्थाको रुपमा स्थापित भरतपुर स्थित नारायणी नमुना माध्यमिक विद्यालयको अध्यक्षमा पुनः टेक बहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ । विहीबार विद्यालयमा सम्पन्न अभिभावकहरुको वृहत भेलाले पुनः टेक बहादुर थापाको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । नवगठित विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा मेघनाथ सुवेदी, राधा न्यौपाने दवाडी, सीता वोट, विजया लम्साल, रामु ज्ञवाली रहनु भएको छ । यसैगरी विद्यालय व्यवस्थापन समितिको सदस्यमा भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनाल रहनु भएको छ भने सदस्य सचिवको रुपमा विद्यालयका प्रधानाध्यापक पुर्ण प्रसाद दवाडी रहनु भएको छ । यसैगरी भेलाले नवराज मरहट्टाको अध्यक्षतामा शिक्षक अभिभावक संघ...
सन्तोष देवकोटा भरतपुर/आर्थिक प्रशासनको क्षेत्रमा कार्यरत कर्मचारीहरुको सस्था लेखा समाज चितवनको वनभोज र अधिवेशन रत्ननगरको रमाईलो डाँडामा सम्पन्न भएको छ । समाजका निवर्तमान सचिव कृष्ण प्रसाद सुवेदीले संचालन गर्नु भएको कार्यक्रम समाजका अध्यक्ष शरदचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो । अधिवेशनले सुनिल कुमार उपाध्यायको अध्यक्षतामा लेखा समाज चितवनको नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा ऋषि कडुवाल, कृष्ण प्रसाद सापकोटा, सचिवमा कृष्ण प्रसाद सुवेदी, सहसचिवमा बावुराम पौडेल, कोषाध्यक्षमा शर्मिला न्यौपाने, सहकोषाध्यक्षमा रन्जित थापा, सदस्यहरुमा रामहरि खनाल, राजेन्द्र कुमाल, रविना रघुवंशी, दामोदर आचार्य, उत्तम थापा, बालेन्द्र राम हरिजन रहनु भएको छ । नवनिर्वाचित अध्यक्ष उपाध्यायले लेखा समुहको पेशागत...
सन्तोष देवकोटा भरतपुर/भरतपुर ११ स्थित नवजागृति सामुदायिक वनको २१ औं साधारणसभा तथा ७ औं परिषद् भेला शनिबार भरतपुरमा सम्पन्न भएको छ । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी दाहालले नवजागृति सामुदायिक वनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भयो । सामुदायिक बनको गुरुयोजना अनुसारको काममा सहयोग गर्न महानगर प्रतिवद्ध रहेको वताउँदै प्रमुख दाहालले उपभोक्ता र जनताको हितलाई लक्षित गरि वातावरणमैत्री तवरले सामुदायिक वनलाई आयआर्जन तर्फ ध्यान दिन आग्रह गर्नु भयो । फरक प्रसंगमा कुरा गर्दै प्रमुख दाहालले भरतपुर ११ लगायत महानगरका कतिपय ठाउँमा डुवानको समस्या रहेको र उक्त...
भरतपुर/उद्योग वाणिज्य संघ चितवन र चितवन व्युटिपार्लर युनिटिको संयुक्त आयोजनामा चितवनमा सौन्दर्य व्यवसायीहरुको लागि नेल आर्ट, रसियन हेयर स्टाइल र मेकअप सम्वन्धि चार दिने निशुल्क सेमिनार सम्पन्न भएको छ । एक सय जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको उक्त सेमिनारमा सावित्री रेग्मी, सुनिता खड्का, सविना महतो, संगिता अर्यालले प्रशिक्षण दिनु भएको थियो । सेमिनार उद्घाटन कार्यक्रममा उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो भने समापन कार्यक्रममा संघका प्रथम उपाध्यक्ष चिरन्जीवी सुवेदी प्रमुख अतिथी रहनु भएको थियो । चितवन व्युटिपार्लर युनिटीका अध्यक्ष मिना उप्रेतीको अध्यक्षतामा सम्पन्न सेमिनार तालिम संयोजक योगिता पियाले संयोजन गर्नु भएको थियो ।
चितवन/भरतपुर महानगरपालिका वडा नं. १ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय, नारायणगढमा बढ्दो जाडोको मौसमलाई मध्यनजर गरी चितवन रोटरी क्लब र स्पाउस् क्लब अफ आर.सी. चितवनले संयूक्त रुपमा स्वीटर वितरण गरेको छ । चितवन रोटरी क्लबका अध्यक्ष दिपक प्रधान र स्पाउस् क्लबका अध्यक्ष पार्वती खनालको संयूक्त अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा भरतपुर महानगरपालिका, वडा नं. १ का वडा अध्यक्ष केशब महर्जन प्रमुख अतिथी रहनुभएको थियो भने विशिष्ट अतिथीमा रोटरी डिष्ट्रिक्ट ३२९२ का पूर्व डिष्ट्रिक्ट गभर्नर रविन्द्रकुमार पिया रहनु भएको थियो । स्पाउस् क्लबका सचिब पार्वती बगाले सुबेदीले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य स्पाउस् क्लबका अध्यक्ष पार्वती खनालले राख्नुभएको थियो ।...
सन्तोष देवकोटा भरतपुर/चितवनका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनले हालैमात्र चितवनमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला...
सन्तोष देवकोटा भरतपुर/चितवनका स्थापित एवं सफल व्यवसायीको रुपमा परिचित ज्ञानेन्द्रमान शाक्यद्धारा निर्मित लोकमान प्रवेशद्धार र उहाँद्धारा प्रकाशित जीवनलाई फर्किएर...
भरतपुर/रोट्याक्ट क्लव अफ चितवनको ३० औं पदस्थापना कार्यक्रम शुक्रबार चितवन गार्डेन रिसोर्ट भरतपुरमा क्लबका अध्यक्ष प्रभा गुरुङको अध्यक्षतामा सम्पन्न...
भरतपुर/चितवनको भरतपुरमा आरम्भ कलेज सञ्चालनमा आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्दै भरतपुर ११ को नहरचोकमा यस बर्षदेखि...
भरतपुर/चितवनको भरतपुर–१० मा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसले पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । क्याम्पसबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण...