• रोज रामुदामुद्धारा जन्मदिनमा सानो घरलाई आर्थिक सहयोग

      सन्तोष देवकोटा भरतपुर/सफल युवा व्यवसायी रुविन रामुदामु तथा शान्ति रामुदामुकी छोरी रोज रामुदामुले आफ्नो जन्मदिनको अवसरमा शनिबार भरतपुर १२ स्थित सानो घरलाई आर्थिक सहयोग गर्नु भएको छ । भरतपुर स्थित सनराईज स्कुलमा कक्षा ७ मा अध्यायनरत रोज रामुदामुले खाजाखर्च कटाएर जम्मा गरेको दश हजार रुपैया अनाथ बालिका आश्रित सानो घरलाई हस्तान्तरण गर्नु भएको हो । १३ औं जन्मउत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा बोल्दै रोज रामुदामुले आफुलाई समाजसेवा अत्याधिक मनपर्ने वताउँदै आफु पनि समाजसोवामा समर्पित हुन चाहेको वताउनु भयो । जन्मदिन मनाउने क्रममा फजुल खर्च गर्नु उचित नहुने वताउँदै रामुदामुले आगामी दिनमा पनि विभिन्न अवसर पारेर सानो घरलाई सहयोग गर्ने...

    • मा.वि. गंगानगरले राष्ट्रिय बालदिबश विभिन्न कार्यक्रम गरी मनायो

      भरतपुर/माध्यमिक बिद्यालय गङगानगरले राष्ट्रिय बाल दिबश २०७९ विभिन्न कार्यक्रम गरी मनाएको छ । बिद्यालयमा आयोजित विभिन्न कार्यक्रमको समापन बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष सुदिप सुबेदीको प्रमुख आतिथ्यतामा भएको थियो । सो अबसरमा बाल कक्षा पि.जि .देखि १ सम्म तातो आलु प्रतियोगिता, कक्षा २ देखि ८ सम्मका बिधार्थीहरुले म्युजिकल चियर, सट फुटबल पेनाल्टी (बल स्कोर), स्लो साइकल रेस, छोटो दुरिको दौड प्रतियोगिता र कक्षा ९ र १० का बिद्यार्थीहरुले हाम्रो भरतपुर सफा र सुन्दर उत्कृष्ट पर्यटकिय गन्तब्य बिषयमा बक्तित्वकला प्रतियोगितामा भाग लिएका थिए । कार्यक्रमको सभापतित्व मा.बि.गङगानगर बाल क्लब संयोजक पुजा कडरियाले गर्नुभएको थियो भने संचालन कक्षा १२ का बिश्व अधिकारीले...

    • हंस सहकारीद्धारा सदस्यहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

      भरतपुर/हंस बहुउदेश्यीय सहकारी संस्था लि. ले शेयर सदस्यहरु बीच अन्तरक्रिया कार्यक्रम नारायणगढमा सम्पन्न गरेको छ । संस्था स्थापनाको १३ औं वर्ष प्रवेशको पूर्व सन्ध्यामा आयोजित सदस्य अन्तरक्रिया कार्यक्रम मार्फत आफ्ना शेयर सदस्यहरुले के के सेवा सुविधा प्राप्त गर्न सक्छन् भन्ने बिषयमा जानकारी गराइएको थियो । कार्यक्रममा शेयर सदस्य हुँदा पाउने सेवा सुविधा र शेयर सदस्यले गर्नु पर्ने बचत र अन्य बिभिन्न बिषयमा सदस्यहरुसंगै अन्तरक्रिया गरिएको जानकारी संस्थाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दिनेशकुमार चुकेले बताउनु भयो । साथै संस्थाले वित्तीय संगै सामाजिक कार्यमा पनि नियमिति कार्यकमहरु गरिरहेको र छिट्टै बहुउद्धेशीय प्रकृतिको एक नयाँ व्यवसायिक परियोजनाका साथ संस्था अगाडी बढ्ने...

    • विजयनगरमा हंस भवन उद्घाटन तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न

      सन्तोष देवकोटा भरतपुर/नारायणगढ स्थित सहिदचोकमा मुख्य कार्यालय रहेको हंस वहुउदेश्यीय सहरकारी सस्था लि.ले भरतपुर १६ विजयनगर धरहराचोकमा हंस भवन उद्घाटन तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । भवन उद्घाटनसंगै हंस वहुउदेश्यीय सहकारी सस्था लि. विजयनगर सेवाकेन्द्रको सेवा आफ्नै भवनवाट सुरु भएको छ । हंस वहुउदेश्यीय सहकारी सस्था लि.का अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी भरतपुर १६ का वडाध्यक्ष अमृतराज हमालले रिवन काटेर हंस भवनको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथी हमालले करिव १० वर्ष अघि विजयनगरमा सेवाकेन्द्र स्थापना गरेको हंस सहकारीले स्थानीयको मन जित्न सकेको वताउँदै भरतपुर १६ र आसपासका...

    • स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

      सन्तोष देवकोटा भरतपुर/नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखा र वीपी कोइराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुर चितवनको संयुक्त आयोजनामा बुधबार महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखाका सभापति गोविन्द पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी खनालले समृद्ध समाज निर्माणमा महिलाहरुको भूमिका महत्वपुर्ण रहँदै आएको वताउँदै वडा कार्यालय मार्फत हुने विभिन्न खालका सहयोगको लागि प्रतिवद्धता व्यक्त गर्नु भयो । रोग लागेर उपचार गर्नु भन्दा रोगै लाग्न नदिनु उत्तम भएको वताउँदै खनालले आम...

    • अटोमोवाइल्स साकोसको साधारणसभा सम्पन्न, अध्यक्षमा काफ्ले निर्वाचित

      सन्तोष देवकोटा भरतपुर/भरतपुर ३ स्थित अटोमोवाइल्स बचत तथा ऋण सहकारी सस्था लि.को दशौं वार्षिक साधारणसभा शनिबार नारायणगढमा सम्पन्न भएको छ । कार्यक्रममा वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक सदस्य तेजेन्द्र बहादुर खड्का प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी खड्काले कुनै पनि सहकारी नीति, विधि र प्रविधि अनुसार संचालन हुनुपर्ने वताउनु भयो । अटोमोवाइल्स बचत तथा ऋण सहकारी सस्था लि.का अध्यक्ष भिमलाल न्यूरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै प्रमुख अतिथी खड्काले कतिपय सहकारीहरु सहकारीको मर्म विपरित संचालन भएको वताउँदै सरकारी क्षेत्रवाट अनुगमन र नियमन गरिनुपर्ने वताउनु भयो । सहकारीको माध्यमवाट समृद्धि सम्भव भएको वताउँदै खड्काले...

    • भरतपुर महानगरपालिका र बेलायतको रस्मोर ब्रो काउन्सिलकाका प्रतिनिधि बिच भेटघाट

      आशिष अधिकारी भरतपुर/भरतपुर महानगरपालिका र बेलायतको रस्मोर ब्रो काउन्सिलकाका प्रतिनिधि बिच शनिबार भेटघाट भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उप प्रमुख चित्रसेन र बेलायतको रस्मोर ब्रो काउन्सिलका डेपुटी लिडर मौरिस सियान बिच भेटघाट भएको हो । भेट्का क्रममा नेपाल र बेलायत बिच लामो र ऐतिहासिक सम्बन्धको बारेमा कुराकानी भएको छ । भेटमा भरतपुर महानगर प्रमुख दाहालले सन १८१६ बाट नेपाली र बेलायत बिच सौहार्द पुर्ण र मैत्रीपूर्ण औपचारिक सम्बन्ध स्थापित भएको बारेमा जानकारी गराउनु भएको छ । त्यस्तै सन १९२३ मा नेपाली र बेलायत बिच मैत्री सन्धिले दुई देश बिचको सम्बन्धलाई थप औपचारिकता दिएको पनि प्रमुखले अवगत...

    • बालकुमारी मा.वि.मा अक्षयकोष स्थापना

      भरतपुर/नारायणगढ स्थित बालकुमारी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । एस.एल.सी व्याच २०४७ का पूर्वविद्यार्थी स्वर्गीय स्वीकृत सूवेदीको स्मृतिमा बाबु–आमा नभएका गरिव तथा जेहेन्दार विद्यार्थी कक्षा १–१२ कक्षासम्मको अध्ययनको लागि दुईजनालाई छात्रवृत्ति प्रदान गर्न बुवा बालकृष्ण सुवेदी, बहिनिहरू लिलि सुवेदी र लक्ष्मी सुवेदी साथै बालमाविद् अलम्नाइ एसोसियसनका उपाध्यक्ष तथा ज्वाई भरत कुमार आचार्य र डा.मोहनचन्द्र रेग्मीबाट स्व.स्वीकृत सुवेदीको भाद्र १० गते परेको जन्मदिनको सम्झनामा एकलाख दुई हजार तीनसय पच्चीस रुपैयाको अक्षयकोष स्थापना गरिएको हो । विद्यालयको शैक्षिक उन्न्नयनमा सहयोग पुग्ने हेतुले अक्षयकोष स्थापना गर्नु भएकोमा सो अक्षयकोषले भावी दिनहरुमा विगतका दिनहरुको झल्को दिने विश्वास गरिएको दाताहरुको तर्फबाट ई. भरत...

    • स्वर्णलक्ष्मी सहकारीको स्थापना दिवसमा बालिकालाई भोजन

      भरतपुर/स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी सस्था लि.ले देबघाट स्थित श्री राम जानकी बालिका आश्रम (कन्या गुरुकुल) मा आश्रीत बालिकाहरुलाई भोजन ग्रहण गराएको छ । सहकारीले आफ्नो १४ औँ स्थापना दिवसको अवसरमा सो कार्यक्रम गरेको हो । उक्त कार्यक्रम संस्थाका संचालक अध्यक्ष कृष्णकुमार तमाङको अध्यक्षता तथा श्री राम जानकी बालिका आश्रमकी अध्यक्ष साबित्री टण्डनको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका संचालक उजिर सिंह थापा, प्रमुख कार्यकारी अधिकृत तुलसीराम थापा, आश्रमका महासचिब रामेश्वर प्रसाद खनाललगायत सहकारीका कर्मचारी तथा आश्रीत बालिकाहरुको उपस्थिति रहेको थियो । असाहय बालिकाहरुको हेरचाह गरिहेको आश्रममा हाल ३५ जना बालिकाहरु आश्रीत रहेको आश्रमका महासचिब रामेश्वर प्रसाद...

    • आदर्शसंग अतिथी कार्यक्रम शुरु

      भरतपुर/हरितालिका तिज २०७९ को सन्दर्भ पारेर आदर्श नारी विकास केन्द्र केन्द्रीय कार्यालय चितवनले अतिथिसंग आदर्श कार्यक्रम सुरु गरेको छ । कुनैबेला विविध घटनामा परि न्याय पछि पनि अन्यौलतामा बाचिरहेका प्रभावित महिलाहरुलाई प्रेरणा दिन र महिलामाथिको हिंसा निराकरणका उपायको खोजी गर्न यो कार्यक्रम शुरु गरिएको हो । अभावलाई शक्तिमा, पिडालाई आँट र हिम्मतमा परिणत गरि सफल बन्नुभएकी संस्थाकी आजीवन सदस्य सुमन सिलवाल (सामना पहाड) संग शनिबार पहिलो चरणमा उहाँको जीवन भोगाई र आगामी यात्राबारे छलफल गरियो । सिलवाल विभिन्न बाधा र अवरोह पार गर्दै हाल निजामती अधिकृत तहमा कार्यरत हुनुहुन्छ । सिलवालले पितृसत्ताका कारण आफ्नो जीवनमा पनि नसोचेको घटना भएको...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल