• बालकुमारी माध्यमिक विद्यालयको पुरस्कार वितरण समारोह सम्पन्न

      भरतपुर/कोभिड १९ को संक्रमण तथा विविध कारणवश वितरण गर्न बाँकी रहेका छात्रवृत्ति, पुरस्कार र पदकहरु बालकुमारी माध्यमिक विद्यालयले बुधबार वितरण गरेको छ । विद्यालयको शैक्षिक सत्र २०७८ को नतिजा प्रकाशनको अवसरमा सो पुरस्कार वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक प्रधानको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा भरतपुर महानगरपालिका वार्ड नं २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष नन्दलाल जोशी र बालमाविद् अलम्नाई एसोसिएसनका अध्यक्ष सेवन पन्त विशेष अतिथी रहनु भएको थियो । विद्यालयमा स्थापना गरिएका छात्रवृत्ति कोष र पदकका संस्थापकहरु र अभिभावकहरुको उल्लेख्य उपस्थितिरहेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक...

    • उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारको प्रचार अभियानमा लाग्न बिद्रोही उम्मेदवारलाई काँग्रेसको निर्देशन

      भरतपुर/यहि बैसाख ३० गतेको लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेदबार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध बिद्रोही उम्मेदवारी दर्ता गराएकाहरुलाई आफ्नो उम्मेदवारी निश्क्रिय गरि आधिकारिक उम्मेदवारका पक्षमा सक्रियता पुर्वक प्रचार अभियानमा सहभागि हुन निर्देशन गरेको छ । सोमबार नेपाली काँग्रेसले विज्ञप्ति जारी गरि बिद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यहरुले आफ्नो उम्मेदवारी प्रति पुनर्विचार गरि सार्वजनिक रुपमा बक्तव्य प्रकाशित गरेर यहि बैसाख २१ गते भित्र उम्मेदवारी निश्क्रिय बनाउन अनुरोध गरेको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नु भएको विज्ञप्तिमा आधिकारिक उम्मेदवारको चुनाव प्रचार अभियानमा...

    • भरतपुर ४ मा क्युमिन रिसोर्ट उद्घाटन

      सन्तोष देवकोटा भरतपुर\भरतपुर ४ लंकु स्थित नहरछेउमा क्युमिन रिसोर्ट संचालनमा आएको छ । पुर्ण पारिवारिक वतावरण सहितको उक्त रिसोर्ट उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले उद्घाटन गर्नु भएको हो । रिसोर्टका संचालक कल्पना पौडेल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका श्रेष्ठले क्युमिन रिसोर्टले चितवनको पर्यटन प्रवद्धनमा सहयोग पु¥याउने वताउनु भयो । कार्यक्रममा प्रदेश सासंद गिता वाग्ले, होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठ विशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा भरतपुर ३ का वडा अध्यक्ष चन्द्रमित्र पण्डित, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योति प्रसाद कँडेल, होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष...

    • होटलका समस्यावारे गृहमन्त्रीसंग छलफल

      सन्तोष देवकोटा भरतपुर/होटल व्यवसायी संघ चितवनले व्यवसायीका समस्यावारे गृहमन्त्री वालकृष्ण खाँडसंग छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठको उपस्थितमा भएको कार्यक्रममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठले जिल्ला स्थित होटल व्यवसायीको समस्याको वारेमा गृहमन्त्री खाँडलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले राज्यले होटल व्यवसाय प्रवद्धनमा जोड दिनु पर्ने वताउँदै व्यवसाय संचालमा समयको मापदण्ड राख्न नहुने वताउनु भयो । चितवनमा प्रशासनले वेलुका ९ नवज्दै व्यवसाय वन्द गर्न लगाउने गरेको वताउँदै अध्यक्ष श्रेष्ठले नेपाल सरकारको नियम पालना गरि २४ सै घण्टा व्यवसाय संचालन गर्न पाउनु पर्ने...

    • चितवनमा होटलको अनुगमन र स्तरिकरण

      सन्तोष देवकोटा भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडा महवानपुरले चितवनका विभिन्न क्षेत्रका होटलहरुको अनुगमन गरि स्तरिकरण गरेको छ । कार्यालयले शुक्रबार र शनिबार नारायणगढ पोखरावसपार्क तथा रामनगरका होटलहरुको अनुगमन गरि स्तरिकरण गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको समन्वयमा शुक्रबार रामनगर क्षेत्रका हाईवे होटल र शनिबार पोखरावसपार्क क्षेत्रका होटलहरुको अनुगमन गरिएको हो । कार्यालयले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत होटल अनुगमन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडा महवानपुरका प्रमुख डा. क्षितीज श्रेष्ठले जानकारी दिनुभयो । अनुगमन पछि होटलहरुलाई स्तरिकरणको लोगो र प्रमाणपत्र वितरण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य...

    • स्थापना दिवसमा रोटरी करुणालयलाई सहयोग

      सन्तोष देवकोटा भरतपुर/रोटरी क्लव अफ चितवनले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा शुक्रवार देवघाटमा संचालित रोटरी करुणालय (वृद्धाश्रम)मा खानासहित आर्थिक सहयोग गरेको छ । क्लवले करुणालयमा एक छाक स्पेशल खाना वरावरको दश हजार र थप ५० हजारसहित कुल ६० हजार रुपैया आर्थिक सहयोग गरेको हो । रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका पुर्व डिष्ट्रिक गभर्नर रविन्द्र पिया प्रमुख अतिथी रहनु भएको सहयोग हस्तान्तरण कार्यक्रम रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रमा क्लवका सचिव गोपाल भट्टराईले यहि बैसाख १ गते देखि लागू हुने गरि रोटरी क्लव अफ चितवनद्धारा संचालित रोटरी करुणालयलाई प्रतिदिन ५० रुपैयाको...

    • लिटिल च्याम्प कम्पीटिसन सम्पन्न

      भरतपुर/ग्राण्ड मल्टि इन्टरटेन्मेन्ट हाउस भतरपुर १० को आयोजनामा चितवन लिटिल च्याम्प कम्पिटिसन २०७९ सम्पन्न भएको छ । ग्राण्ड मल्टि इन्टरटेन्मेन्ट हाउसकी प्रवन्ध निर्देशक रिता लोहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी तथा युवा व्यवसायी रुविन रामुदामु प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी रामुदामुले यस्ता खालका प्रतियोगिताले वालवालिकाको क्षमता विकासमा सहयोग पुग्ने वताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रममा जोड दिन आग्रह गर्नु भयो । ३० जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रेमवस्ती माध्यमिक विद्यालयका आरव धामी विजयी (वीनर) हुनु भएको छ । यसैगरी स्मल हेभनमा श्रेया अग्रवाल फस्ट रनरअफ, अर्किड स्कुलका आरोही यादव सेकेण्ड रनरअफ र अर्किड स्कुलकै...

    • जलदेवी सामुदायिक बनको डढेलो नियन्त्रण

      भरतपुर/चितवनकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा परिचित जलदेवी सामुदायिक वनमा लागेको आगो (डढेलो) शनिबार राति अवेर नियन्त्रणमा आएको छ । शनिवार दिउँसो करिव ६ वजेतिरवाट लागेको डढेलो आपटारी स्थित शसस्त्र प्रहरी वलको सहायतामा नियन्त्रण गरिएको जलदेवी सामुदायिक वन उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष ऋषिकेश अर्यालले जानकारी दिनुभयो । जंगली जनावर र पंक्षीको चोरि सिकारीमा संलग्नहरुले डढेलो लगाएको सामुदायिक वनको अनुमान रहेको छ । साँझ ६ वजेदेखि नियन्त्रणको प्रयास भएपनि राती १० वजे मात्र पुर्ण रुपमा डढेलो नियन्त्रणमा आएको बनका कार्यवाहक अध्यक्ष अर्यालले वताउनु भयो । डढेलो नियन्त्रण लगायतका प्राकृतिक प्रकोपवाट हुने धनजनको क्षती न्यूनिकरण र प्रकोपमा परेकाहरुको उद्धारमा शसस्त्र प्रहरी वलको...

    • अन्तर रोटरी मैत्रीपुर्ण फुटसल प्रतियोगिता सम्पन्न

      सन्तोष देवकोटा भरतपुर/रोटरी क्लव अफ गैंडाकोटको आयोजनामा शनिबार क्षेत्रपुरमा अन्तर रोटरी क्लव फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा रोटरी क्लव अफ रत्ननगर प्रथम, रोटरी क्लव अफ पुर्वी चितवन द्धित्तीय, रोटरी क्लव अफ भरतपुर तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्धित्तीय र तृतीय हुने टिमलाई कप, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको आयोजक सस्था रोटरी क्लव अफ गैंडाकोटका अध्यक्ष डा. प्रमोद पौडेलले जानकारी दिनुभयो । अन्तर रोटरी क्लव फुटसल एवं नववर्ष २०७९ को अवसरमा आयोजित फेलोसिप कार्यक्रम प्रमुख अतिथी एवं रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका पुर्व डिष्ट्रिक गभर्नर रविन्द्र पियाले उद्घाटन गर्नु भएको थियो । रोटरी क्लव अफ गैडाकोटका...

    • होटल संघ चितवनको शुभकामना आदान प्रदान, सम्मान तथा क्यालेन्डर विमोचन

      भरतपुर/जिल्ला स्थित होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनको आयोजनामा उद्योग वाणिज्य संघ चितवनका निर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान, नयाँ वर्ष २०७९ को शुभकामना आदान प्रदान एवं भित्तेपात्रो (क्यालेन्डर) विमोचन कार्यक्रम सम्पन्न भएको छ । होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी महासंघको वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी चुकेले समृद्ध मुलुक निर्माणको लागि राज्यले पर्यटन क्षेत्रको प्रवद्र्धनमा जोड दिनु पर्ने वताउनु भयो । होटल व्यवसायी महासंघको पहलमा विभिन्न प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी वढाएको जानकारी दिँदै चुकेले वागमती प्रदेशको पर्यटन मन्त्रालयसंग पनि आवश्यक...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल