• रोटरी क्लब भरतपुरद्वारा बालबालिका घरलाई सहयोग

      भरतपुर/रोटरी क्लब भरतपुरले उक्त क्लब र दियालो परिवारबाट संयुक्त रुपमा संचालित रोटरी–दियालो बालबालिका घरमा विद्यार्थीहरुलाई स्टेशनरी सहितको स्कुल ब्याग र ड्रेस वितरण तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष भोला जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १ का वडाध्यक्ष केशव महर्जन प्रमुख अतिथी रहनु भएको थियो । नारायणी किनारमा रहेको क्लबको कार्यालय भवनमा संचालित उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै पूर्व अध्यक्ष बद्रीप्रसाद अधिकारीले बालबालिका घर स्थापना बारे जानकारी गराउनु भयो । बालबालिका घरमा अध्यायनरत २८ जना बालबालिकाहरुलाई ब्याग र ड्रेस वितरण गरिएको थियो । सोहि कार्यक्रममा क्लबका उपाध्यक्ष एवम् बि.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालका उप–निर्देशक...

    • चितवनका रमेश कोइरालाले पाए उत्कृष्ट निर्देशक अवार्ड

      सन्तोष देवकोटा भरतपुर/चितवनका स्थायी वासिन्दा रमेश कोइरालाले उत्कृष्ट निर्देशक अवार्ड जितेका छन् । छायाँछबि क्रियसनले मंगलबार काठमाडौंको मैतिदेवी स्थित डोरी रेष्टुरेन्टमा आयोजना गरेको ‘छैठौ काठमाडौँं सर्टफिल्म फेष्टा २०७९’ मा फिल्म ‘पैसा’ बाट रमेश कोइरालाले उत्कृष्ट निर्देशक अवार्ड प्राप्त गरेका हुन् । फेष्टाका विजेतालाई बागमती प्रदेशका सांसद लक्ष्मण लम्साल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्था, चलचित्र कलाकार संघका उपाध्यक्ष तथा बरिष्ठ कलाकार मोहन निरौला लगायतले अवार्ड तथा प्रमाण पत्र प्रदान गरेका थिए । काठमाडौं सर्ट फिल्म फेस्टाको निर्णायकमा गजित बिष्ट (अभिनेता), कुबेर गिरी (पत्रकार), हेरुका लामा (मोडल), सुशिला थापा (मोडल),...

    • लायन्स र सहकारीको आयोजनामा खुल्ला रक्तदान सम्पन्न

      सन्तोष देवकोटा भरतपुर/जिल्लामा पछिल्लो समय देखिएको रगत अभावको अवस्थालाई मध्यनजर गरि शनिबार नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ नारायणी एमजेएफ र महानगर बचत तथा ऋण सहकारी सस्थाको संयुक्त आयोजनामा नारायणगढ स्थित जमघट रेष्टुरेन्ट अगाडी आयोजना गरिएको कार्यक्रममा २ जना महिला सहित ६३ जनाले रक्तदान गरेका लायन्स क्लव अफ नारायणी एमजेएफका प्रथम उपाध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले जनाकारी दिनुभयो । लायन्स क्लव अफ नारायणी एमजेएफका अध्यक्ष केशव प्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ आरका गभर्नर शिद्धार्थलाल चुके प्रमुख अतिथी रहनु भएको थियो । क्लवका सस्थापक अध्यक्ष राजन गौतमलाई व्लड व्याग हस्तान्तरण...

    • चितवन रोटरीको ३१ औ पदस्थापन कार्यक्रम सम्पन्न

      सन्तोष देवकोटा भरतपुर/चितवनको सवैभन्दा पुरानो रोटरी क्लवको रुपमा स्थापित रोटरी क्लव अफ चितवनको ३१ पदस्थापन कार्यक्रम शुक्रबार भरतपुर स्थित भरतपुर गार्डेन रिर्सोटमा सम्पन्न भएको छ । एक औपचारिक कार्यक्रमका विच रोटरी वर्ष २०२१।२२ का अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले वर्ष २०२२।२३ को लागि नवनिर्वाचित अध्यक्ष दीपक प्रधानलाई पद हस्तान्तरण गर्नु भएको हो । क्लवका नवनिर्वाचित सचिव राजन पियाले संचालन गर्नु भएको उक्त पदस्थापन कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका निर्वाचित डिष्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद धोजु प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी धोजुले चितवन रोटरी क्लव डिष्ट्रिककै उदाहारणीय क्लव बन्न सफल भएको वताउनु भयो । चितवन रोटरी...

    • बज्र सेक्युरिटीजका कर्मचारी सरुवामा ट्रेड युनियनको अनावश्यक दवाव

      भरतपुर/मेनपावर सप्लायर्स कम्पनी बज्र सेक्युरिटीजका कर्मचारी सरुवामा ट्रेड युनियनले अनावश्यक दवाव दिएको भरतपुर विमानस्थलले जनाएको छ । कम्पनी मार्फत भरतपुर विमानस्थलमा कार्यरत सरसफाइकर्मीहरुको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा सरुवा भएको विषयलाई लिएर अखिल नेपाल ट्रेड युनियन महासंघ महानगर समिति चितवनले अनावश्यक दवाव दिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण केन्द्रिय कार्यालय संग संझौता गरि देशका विभिन्न विमानस्थलमा सरसफलाई सम्वन्धि काम गर्दै आएको बज्र सेक्युरिटीले भरतपुर विमानस्थलमा खटाएको सरसफाईकर्मीको गौतमबुद्ध विमानस्थलमा सरुवा गर्दा ट्रेड युनियनले सरुवा बदर गर्न भन्दै भरतपुर विमानस्थललाई अनावश्यक दवाव दिएको भरतपुर विमानस्थल प्रमुख परवेज आलम सिद्धीकीले जनाकारी दिनुभयो । बज्र सेक्युरिटीजका कर्मचारीलाई भरतपुर विमानस्थलले केहि (सरुवा वढुवा) गर्न...

    • नेपाल राष्ट्रिय कर्मचारी महासंघमा ढकालको नेतृत्व

      सन्तोष देवकोटा भरतपुर/नेकपा माओवादी केन्द्र निकट कर्मचारीहरुको साझा संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघ चितवनको पाँचौ जिल्ला अधिवेशन शनिबार भरतपुरमा सम्पन्न भएको छ । अधिवेशनले प्रेमप्रसाद ढकालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा जीतेन्द्र घर्ती, महिला उपाध्यक्षमा सविता सापकोटा, सचिवमा ई. सन्तोष आचार्य, सहसचिवमा सुदर्शन रेग्मी, कोषाध्यक्षमा प्रदिप पौडेल, सदस्यहरुमा गोविन्द पौडेल, प्रकाश ढुंगाना, राजु त्रिपाठी, स्मृति श्रेष्ठ, पार्वती दाहाल, मिना भुषाल, तोयानाथ भट्टराई, वालकृष्ण तिवारी रहनु भएको छ । यसैगरी अधिवेशनले बाबुराम दवाडीको संयोजकत्वमा सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार समितिको सदस्यमा रामहरी पन्त, ओम प्रसाद न्यौपाने, शैलेन्द्र भण्डारी, मिरा अधिकारी रहनु...

    • आधारभूत विद्यालय मंगलपुरद्धारा शिक्षकहरुलाई बिदाई तथा सम्मान

      सन्तोष देवकोटा भरतपुर/राष्ट्रिय आधारभूत विद्यालय भरतपुर १५ मंगलपुरले शुक्रबार विद्यालयका शिक्षकहरुलाई बिदाई तथा सम्मान गरेको छ । लामो समयसम्म शिक्षण पेशामा समर्पित रहि विद्यालयको शैक्षिक तथा भौतिक क्षेत्रमा महत्वपुर्ण योगदान गरि निबृत÷पदस्थापना हुनुहुने पुर्ब प्रधानाध्यापक हरिमाया प्रधान लगायत सात जना शिक्षकहरुलाई बिदाई तथा सम्मान गरिएको हो । शिक्षकहरुको योगदानको उच्च सम्मान गर्दै एक कार्यक्रमका बिच बिदाइ तथा सम्मान कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक कृष्ण नेपालले जानकारी दिनुभयो । भरतपुर १५ का वडाध्यक्ष श्रीकृष्ण देबकोटा प्रमुख अतिथी रहनु भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अन्जान कुमार तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    • नारायणगढ लेडी जेसीजको जेसीज सप्ताह समापन

      सन्तोष देवकोटा भरतपुर/नारायणगढ लेडी जेसीजको जेसीज सप्ताह समापन तथा आँखादान सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । नारायणगढ लेडि जेसिजकी अध्यक्ष अनिता श्रेष्ठ अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका निबर्तमान राष्ट्रिउ अध्यक्ष अरुनेश्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी खनालले नेपाल जेसिज नेपाली युवाहरुको गौरव गर्न लायक सस्था भएको वताउँदै जेसिजले युवाहरुलाई नेतृत्व तथा व्यक्तित्व विकासमा जोड दिनुपर्ने वताउनु भयो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मराज अधिकारी, नेपाल जेसीज राष्ट्रिय महासचिव कृष्ण सापकोटा, बिसहजार जेसिज भरतपुरका अध्यक्ष बेदराज न्यौपाने, भरतपुर आँखा अस्प्तालकी भरतपुर इन्चार्ज छाया श्रेष्ठलगायतले वोल्नु भएको थियो ।

    • भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनको वार्षिक समिक्षा सम्पन्न

      सन्तोष देवकोटा भरतपुर/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले आर्थिक वर्ष २०७८÷७९ मा सम्पन्न भएका कामहरुको समिक्षा गरेको छ । कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा संचालन गरेका विभिन्न कामको समिक्षा सहित आगामी आर्थिक वर्षको कार्यक्रम वारे छलफल गरेको हो । कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका मत्स्य विकास अधिकृत डा. प्रभात न्यौपानेले कार्यालय मार्फत सम्पन्न भएका कार्यक्रमको वारेमा जानकारी सहितको प्रस्तुती गर्नु भएको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख शुशिल केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रम कार्यालयका अधिकृत प्रेमप्रसाद ढकालले संचालन गर्नु भएको थियो । कार्यक्रममा...

    • होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको कृष्णपुर इकाई गठन

      भरतपुर/होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवन अन्तरगत कृष्णपुर इकाईको विशेष भेला सम्पन्न भएको छ । बुधबार सम्पन्न भेलाले वासु गौतमको अध्यक्षतामा इकाइ समिति गठन गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा खिमराज तिमिल्सिना, सचिवमा राम प्रसाद चपाईं, सहसचिवमा कुमार गुनी, कोषाध्यक्षमा बाबुराम खनाल, सदस्यहरुरुमा विष्णु कुमार श्रेष्ठ, रिता श्रेष्ठ, पार्वती रिजाल, युवराज अधिकारी, मिठु भट्टराई, विद्या सुवेदी रहनु भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका निवर्तमान महासचिव एवं सल्लाहकार देव शर्मा पौडेलले संचालन गर्नु भएको कार्यक्रममा संघका सल्लाहकार कुस्माखर अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा संघका जिल्ला सल्लाहकार तोयानाथ भट्टराई प्रमुख अतिथी रहनु भएको थियो...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल