• खेलकुद मन्त्री गहतराजद्धारा क्रिकेट रंगशाला अवलोकन

      भरतपुर/युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले भरतपुरमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अवलोकन गरेका छन् । बिहीबार मन्त्री गहतराजसंगै युवा तथा खेलकुद मन्त्रालयका सचिव, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललगायतको टोलीले रंगशालाको निरीक्षण गरेको हो । पाँच महिनादेखि आर्थिक अभावले रंगशाला निर्माणको काम ठप्प भएपछि खेलकुद मन्त्री स्थलगत अवस्था बुझ्न चितवन आइपुगेका हुन् । रंगशाला निरीक्षण पश्चात भरतपुर महानगरपालिकामा आयोजित छलफल कार्यक्रममा युवा तथा खेलकुद मन्त्री गहतराजले चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई अलपत्र पर्न नदिने बताउँदै सरकारले बनाई छाड्ने प्रतिवद्धता जनाए । ‘रंगशालाका धेरै संरचनाहरु निर्माण भइसकेका छन्, स्थानीय सरकार, जनताको पसिना रंगशालामा परिसकेको छ, हामी अलपत्र पर्न...

    • स्वास्थ्य मापदण्ड पालना गरि निरन्तर सेवाको लागि होटल व्यवसायी प्रतिवद्ध

      सन्तोष देवकोटा भरतपुर/विश्वभर फैलिएको कारोना संक्रमणको तेस्रो लहरको कारण फेरि पछिल्लो समय विश्वसहित नेपालको आर्थिक क्षेत्र फेरि संकटमा परेको छ । लामो समयको कोरोना महामारीको कारण थलिएको व्यवसायमा संक्रमण कम भएसंगै सुधारको संकेत देखिएको थियो । कोरोना संक्रमणको कारण हरेक क्षेत्र प्रभावित हुन पुगेपनि होटल व्यवसाय धेरै प्रभावित हुन पुगेको थियो । सुधारको क्रममा रहेको होटल व्यवसाय फेरि तेस्रो चरणको रुपमा भित्रिएको ओमिक्रोन भाइरसको कारण प्रभावित हुने अवस्था देखिएको छ । जिल्ला स्थित होटल व्यवसायीहरु ओमिक्रोन भाईरसवाट जोगिने र जोगाउने तर्फ ध्यान दिँदै कसरी निरन्तर सेवा दिन सकिन्छ भन्ने विषयमा छलफलमा जुटेका छन् । जिल्लाका होटल व्यवसायीहरु चितवन जिल्ला...

    • भारतीय साईकलयात्रीलाई रोटरी क्लव अफ चितनवद्धारा स्वागत

      सन्तोष देवकोटा भरतपुर/छिमेकी मुलुक भारतको महाराष्ट्र प्रदेशवाट नेपालको राजधानी काठमाण्डौंसम्मको यात्रामा निस्किएका साईकलयात्रीलाई शनिवार नारायणगढमा स्वागत गरिएको छ । रोटरी क्लव अफ काराडको च्यारिटेवल ट्रष्ट अन्तरगत अर्गानिक खानाकुरा खाऔं भन्ने अभियान बोकेर काठमाण्डौंको लागि निस्किएको चार जना रोटरीयन साईकलयात्रीहरुलाई रोटरी क्लव अफ चितवनले एक औपचारिक कार्यक्रमको आयोजना गरि नारायणगढमा स्वागत गरेको हो । साईकलयात्रामा पण्डुराङ भारुडी (विजय), अमरिस जोशी, राजेन्द्र वाल्कार, शिवजी कनासेको सहभागिता रहेको छ । महाराष्ट्र भारतवाट निश्किएको २० औं दिनको दिन शनिबार आफुहरु चितवन आईपुगेको साईकलयात्री विजय भारुडीले जानकारी दिनुभयो । रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा रोटरी क्लव अफ चितवनका...

    • रोटरी क्लव अफ चितनवद्धारा भरतपुर ११ का सिमान्तलाई ह्वीलचियर हस्तान्तरण

      सन्तोष देवकोटा भरतपुर/रोटरी क्लव अफ चितवनले अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचियर वितरण कार्यक्रमलाई तीव्रता दिएको छ । सामाजिक सस्थाको रुपमा परिचित रोटरी क्लवको अपांगता भएकालाई सहयोग गर्ने अभियान अन्तरगत ह्वीलचियर वितरण कार्यक्रमलाई तीव्रता दिएको रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो । अभियान अन्तरगत शुक्रबार रोटरी क्लव अफ चितवनले भरतपुर ११ नौंरंगे स्थित १७ वर्षिय कृष्ण प्रसाद काफ्ले –सिमान्त)लाई ह्वीलचियर हस्तान्तरण गरिएको हो । शारीरिक असक्तताको कारण जिवन यापनमा असुविधा भएपछि रोटरी क्लव अफ चितवनले सिमान्तलाई ह्वीलचियर हस्तान्तरण गरेको हो । रोटरी क्लव अफ चितवनका अध्यक्ष शाक्यले रोटरी क्लवद्धारा हस्तान्तरण गरिएको ह्वीलचियरले सिमान्तको जिवनयापनमा सहयोग पुग्ने अपेक्षा व्यक्त...

    • युटेक अल्मुनाई एशोसिएशन गठन

      सन्तोष देवकोटा भरतपुर/भरतपुर ११ विशालचोक स्थित युटेक कलेजका पुर्व विद्यार्थीहरुको बिहीबार सम्पन्न भेलाले ई. शिवहरी घिमिरेको अध्यक्षतामा युटेक एल्मुलाई एशोसिएशन गठन गरेको छ । विभिन्न तह र क्षेत्रका इन्जिनियरिङ विषय पढाई हुँदै आएको उक्त कलेजको एल्मुनाई एसोशिएशनको सचिवमा ई राजु अर्याल, कोषाध्यक्षमा ई कन्चन न्यौपाने, सदस्यहरुमा ई. अच्युत कोइराला, ई. गौतम ढकाल, ई. रिमा जमरकट्टेल, ई. रन्जन न्यौपाने, ई. शिवु क्षेत्री, ई. गोविन्द सन्जेल चयन हुनु भएको छ । नवनिर्वाचित अध्यक्ष घिमिरेले कलेजको शैक्षिक गुणस्तर विकास र विद्यार्र्थीको हकहितमा एल्मुनाई एशोशिएसन क्रियाशि रहने जानकारी दिनुभयो ।

    • रोटरी क्लव अफ चितनवद्धारा ह्वीलचियर वितरण

      भरतपुर/रोटरी क्लव अफ चितवनले भरतपुर १ देवघाट स्थित नारायण भण्डारीलाई ह्वीलचियर हस्तान्तरण गरेको छ । शारीरिक असक्तताको कारण जिवन यापनमा असुविधा भएपछि रोटरी क्लव अफ चितवनले भण्डारीलाई ह्वीलचियर हस्तान्रतण गरेको हो । कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दहाल अविनाशले रोटरी क्लवद्धारा हस्तान्तरण गरिएको ह्वीलचियरले भण्डारीको जिवनयापनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले डिसेवल पिपुल सपोर्ट प्रोगाम अन्तरगत विरामी भण्डारीलाई ह्वीलचियर हस्तान्तरण गरिएको वताउनु भयो । रोटरी क्लवद्धारा हस्तान्तरण गरिएको ह्वील चियरले भण्डारीको दैनिक जिवनयापनमा सहयोग पुग्ने आशा व्यक्त गर्दै अध्यक्ष शाक्यले आगामी दिनमा पनि सहयोगको...

    • बालबालिकासँग मेयर कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण

      भरतपुर/बालबालिका संग मेयर कार्यक्रम अन्तरगत भरतपुरका विभिन्न विद्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा मंगलबार आयोजित औपचारिक कार्यक्रममा कार्यक्रममा १ हजार १ सय ८१ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । भरतपुर महानगरपालिका वडा नम्बर २६ मा रहेको आधारभुत खद्रौलीका ११५, भरतपुर वडा नम्बर २६ मै रहेको श्री आधारभुत बिद्यालय कोइलाहाका १४८, भरतपुर वडा नम्बर २६ मै रहेको आधारभुत बिद्यालय भगडीका ७५, भरतपुर वडा नम्बर २४ मा रहेको प्रा.वि धुर्बनगरका १२०, भरतपुर वडा नम्बर २८ मा रहेको श्री राष्ट्रिय आधारभुत स्कुल लौखारीका ९६, भरतपुर वडा नम्बर २२ मा रहेको श्री आधारभुत स्कुल धनैजीका...

    • अखिल नेपाल सुकुम्बासी संघ भरतपुर १३ को नयाँ समिति गठन

      भरतपुर/अखिल नेपाल सुकुम्बासी संघ भरतपुर १३ को वडा भेला काली बहादुर स्मृति टोल बिकास सस्था गङगानगरमा सम्पन्न गरेको छ । भेलामा माओबादी केन्द्रका केन्द्रिय सदस्य एबम जिल्ला संयोजक यम बहादुर परियार (ईन्द्रजित) को प्रमुख आतिथ्यता तथा राष्ट्रिय भुमी आयोग चितवनका अध्यक्ष बद्री तिमल्सिना तथा सुकुम्बासी संघका केन्द्रिय सदस्य प्रकाश बहादुर पाण्डे बिशिष्ट अतिथिको रुपमा रहनुभएको थियो । भेलाले सन्तबहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कल्पना सुनार, सचिबमा अन्जना परियार, कोषाध्यक्षमा शोभा नेपाली, सह– सचिबमा भिमराज महतो चयन हुनुभएको छ । भुमिहिन सुकुम्बासीहरुको उपस्तिथि रहेको भेलामा प्रमुख अथिति इन्द्रजितले जनताको बर्षौ देखिको चाहाना पुरा हुने...

    • मन्त्री दाहाललाई ठिमुरामा सम्मान

      सन्तोष देवकोटा भरतपुर/राष्ट्रिय आधारभूत विद्यालयमा भरतपुर १ ठिमुरामा आईतवार एक कार्यक्रमका विच वागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्यम दाहाललाई सम्मान गरिएको छ । विद्यालयको आयोजनामा विद्यालय परिवार, ठिमुरा टोल विकास संस्था, ठिमुरा युवा क्लवलगायत ठिमुरावासिद्धारा मन्त्री दाहाललाई सम्मान गरिएको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी मन्त्री दाहालले ठिमुरा क्षेत्रको बाटोको लागि ८५ लाख, विद्यालय खेल मैदानको लागि ८ लाख रुपैया विनियोजन भएको जानकारी गराउनु भयो । ठिमुरामा पुल बन्ने निश्चित भएको वताउँदै मन्त्री दाहालले ठिमुराबाट भतेरीसम्मको बाटोको लागि योजनामा समावेश गरेको जानकारी गराउनु भयो । राष्ट्रिय आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामलाल प्रजाको अध्यक्षतामा सम्पन्न...

    • खाद्य स्वच्छता अभिबृद्धिको लागि अन्तरक्रिया

      सन्तोष देवकोटा भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा बुधबार जुगेडीमा खाद्य स्वच्छता अभिबृद्धिको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्य पदार्थमा स्वच्छता, हामी सवैको प्रतिवद्धता भन्ने मुल नाराका साथ राजमार्गका होटल, रेष्टुरेन्ट तथा किराना पसलहरुको खाद्य स्वच्छता अभिबृद्धिको लागि कार्यक्रम आयेजना गरिएको कार्यालयले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी श्रेष्ठले मानव स्वास्थ्यको हिसावले खाद्य स्वच्छता निकै महत्वपुर्ण विषय भएको वताउँदै त्यसतर्फ ध्यान दिन होटल व्यवसायीहरुलाई आग्रह...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल