• डिष्ट्रिक गभर्नर रिजालद्धारा चितवन रोटरीको गतिविधि अवलोकन

      सन्तोष देवकोटा भरतपुर/रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर सन्तोष रिजालले रोटरी क्लव अफ चितवनद्धारा संचालित विभिन्न कार्यक्रम एवं गतिविधि अवलोकन गर्नु भएको छ । डिष्ट्रिक गभर्नर रिजालले शुक्रबार देवघाट स्थित रोटरी क्लव अफ चितवनद्धारा संचालित रोटरी करुणालयको अवलोकन गर्नु भएको छ । अवलोकन पछि करुणलयमा आयोजित कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका गभर्नर रिजालले रोटरी करुणालय संचालन गरेर रोटरी क्लव अफ चितवनले बृद्धबृद्धाको संरक्षणको क्षेत्रमा उदाहारणीय काम गरेको वताउनु भयो । साथै उहाले रोटरी करुणालयको लागि एक लाख एक हजार रुपैया आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो । यसैगरी गभर्नर रिजालकी धर्मपत्नी नविनता रिजालले आफ्नो छोरी श्रेया...

    • विद्यार्थी र अभिभावकको पहिलो रोजाई बन्यो समिपुर विद्यालय

      सन्तोष देवकोटा भरतपुर/कालिका १ सुर्यपुर स्थित राष्ट्रिय आधारभूत विद्यालय समिपुर यतिवेला आम विद्यार्थी र अभिभावकको पहिलो रोजाई वन्न पुगेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक कर्मचारी र सचेत अभिभावकको अथक प्रयासले अहिले विद्यालय यो अवस्थामा आईपुगेको हो । १० वर्ष पहिले विद्यार्थीसंख्या घटेर मर्जको तयारीमा रहेको राष्ट्रिय आधारभूत विद्यालयले अहिले पुर्नजिवन मात्रै पाएन आम वडावासी विद्यार्थी र अभिभावकको पहिलो रोजाई वन्न पुग्यो । अंग्रजी माध्यमको पढाई र शैक्षिक गुणस्तरको कारण विद्यालयमा विद्यार्थीको आकर्षण वढेको वताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम बहादुर खड्काले स्रोत साधन र भौतिक संरचनाको अभावले गर्दा भर्ना हुन आएका सवै विद्यार्थीलाई भर्ना लिने अवस्था नरहेको जानकारी...

    • शक्ति युवा मञ्चको अवलोकन भ्रमण र बनभोज कार्यक्रम सम्पन्न

      भरतपुर/विश्वभर फैलिएको कोरोना संक्रमणको कारण संकटमा परको पर्यटन प्रवद्र्धनको लागि शक्ति युवा मञ्च चितवनले दुई दिने अवलोकन भ्रमण एवं बनभोज कार्यक्रम सम्पन्न गरेको छ । पर्यटन क्षेत्रलाई चलायमान वनाउन आन्तरिक पर्यटकको भुमिका महत्वपुर्ण हुने भएको वताउँदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले अवलोकन भ्रमण एवं बनभोज कार्यक्रम आयोजना गरिएको मञ्चका कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक वसन्त पोखरेलले जानकारी दिनुभयो । कोरोना संक्रमणले गर्दा थलिएको होटल व्यवसायलाई प्रवद्र्धन गर्न मञ्चले फिस्लिङ क्षेत्रको अवलोकन भ्रमण र गोरखा विच होटलमा बनभोज कार्यक्रम गरेको हो । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष न्यौपानेलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तोष देवकोटा, वरिष्ठ उपाध्यक्ष सन्तोष न्यौपाने, उपाध्यक्ष कृष्णचन्द्र...

    • गंगानगर माविले स्वर्ण महोत्सव आयोजना गर्ने

      भरतपुर/पश्चिम चितवनको भरतपुर १३ स्थित माध्यमिक विद्यालय गंगानगरको स्वर्ण महोत्सव २०७८ को तयारी तीब्र पारिएको छ । शिक्षक अभिभावक तथा सरोकारवालाहरुको भेलाले स्वर्ण महोत्सव सम्पन्न गर्न विभिन्न उपसमिति निमार्णा गरि तयारी तीब्र वनाएको हो । स्वर्ण महोत्सव सम्पन्न गर्न बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष सुदिप सुबेदीको सम्योजकत्वमा १००१ सदस्यीय मुल आयोेजक समिति, ३०१ सदस्यीय सचिवालय समिति, १७ सदस्यीय स्टेण्डिङ कमिटी र १३ सदस्यीय सल्लाहकार समिति गठन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप सुवेदीले जानकारी दिनुभयो । विद्यालयको शैक्षिक गुणस्तर विकासको लागि आर्थिक संकलन गर्ने उदेश्यले स्वर्ण महोत्सव आयोजना गरिएको विद्यालयका अध्यक्ष सुवेदीले वताउनु भयो । भेलाले विभिन्न १८ वटा उपसमिति...

    • चार दिने निशुल्क मोतियाविन्दुको अप्रेसन शिविर

      भरतपुर/यही मिति मंसिर १२, १३,१४ र १५ गते तिलगंगा आँखा प्रतिष्ठान, रोटरी क्लब अफ कावासोती, मध्यबिन्दु जिल्ला अस्पतालको संयुक्त आयोजना तथा रोट्याक्ट क्लब अफ कावासोती, मध्यबिन्दु आँखा उपचार केन्द्र लगायत विभिन्न संस्थाहरुको सहयोगमा कावासोती १६, डण्डा स्थित मध्यविन्दु जिल्ला अस्पतालमा चार दिने निःशुल्क मोतियाविन्दुको अप्रेशन शिविर सम्पन्न भएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँकी लिना बज्राचार्यको नेतृत्वमा डा. अनिमा देसार, डा. क्षितिज जङ्ग सो लगायत १५ जनाको समूह तथा शिविर कमाण्डर महेश पराजुलिको संयोजकत्वमा भएको उक्त शिविरमा १८० जना भन्दा बढीको निःशुल्क मोतियाविन्दुको अप्रेशन भएको छ । उद्घाटन कार्यक्रम रोटरी डिष्ट्रिक ३२९२ का पूर्व गभरनर रोटरीयन रवीन्द्र पियाको प्रमुख...

    • मुक्तकः हेर्नुपर्छ

      बालकृष्ण खनाल देशको अबस्था बुझ्न त्रिशूलीमा बालुवा चाल्ने आमाहरूलाई हेर्नुपर्छ मात्र छाक टार्नकै लागि अरूको भित्तो टाल्ने आमाहरूलाई हेर्नुपर्छ । ईन्डक्सन चुलो र बिजुली गाडीको कुरा गरेर मात्रै हुँदैन है सरकार पहिला बत्तिलाई झरो र चुल्होमा दाउरा बाल्ने आमाहरूलाई हेर्नुपर्छ ।

    • सिभिल बैकको वार्षिकोत्सवमा रक्तदान

      भरतपुर/सिभिल बैंकले विविध कार्यक्रमको आयोजना गरि आफ्नो ११ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा सिभिल वैंक नारायणगढ शाखाले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । चितवनमा वढ्दो रगत अभावको समस्या कम गर्ने हेतुले वैकको सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम आयोजना गरिएको सिभिल वैंक नारायणगढ शाखा प्रमुख विप्लव राउतले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी चितवन शाखा र क्षेत्रीय रक्तसंचार केन्द्र भरतपुरको समन्वयमा आयोजित रक्तदान कार्यक्रममा ६ महिला सहित ३२ जनाले रक्तदान गरेको सिभिल वैंक नारायणगढ शाखाका अप्रेसन इन्र्चाज केशव प्रसाद न्यौपानेले जानकारी दिनुभयो । यसैगरी सिभिल बैंक केन्द्रिय कार्यालयले वैंक संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डको प्रमुख अतिथ्य...

    • माओवादी केन्द्रको वडा अध्यक्षमा सुवेदी, वडावासी उत्साहित

      भरतपुर/नेकपा (माओवादी केन्द्र) भरतपुर १३, को वडा कमिटी अध्यक्षमा सुदिप सुवेदी निर्वाचित भएसंगै वडावासी उत्साहित वनेका छन् । विकासप्रेमी युवा नेताको रुपमा परिचित सुवेदी नेकपा माओवादी केन्द्र भरतपुर १३ को वडा अध्यक्षमा निर्वाचित भएपछि वडाको मुहार फेरिने अपेक्षासहित वडावासीमा उत्साह छाएको हो । आफु चाहेको भए पार्टीको अझै माथिल्लो पदमा जानसक्ने वताउँदै नवनिर्वाचित वडा अध्यक्ष सुवेदीले आफ्नो वडाको समग्र विकास र समृद्ध वडा निर्माणको लागि आफुले वडा अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेको जानकारी दिनुभयो । उहाले भन्नुभयो ‘मैले चाहेको भए अझै माथिको पद लिन सक्ने थिए, तर मेरो गाउँ र वडाको विकास मेरो लागि महत्वपुर्ण कुरा हो ।‘ भरतपुर...

    • रोटरी क्लवको रक्तदान

      सन्तोष देवकोटा भरतपुर/रोटरी क्लव अफ नारायणी मिड टाउनको आयोजनामा शनिबार भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा वढ्दै गएको रगत अभावको समस्यालाई केहि हदसम्म भएपनि समाधान गर्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको क्लवका कार्यवाहक अध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो । रोटरी क्लव अफ नारायणी मिड टाउन, रोट्याक्ट क्लव अफ नारायण मिड टाउन र इन्ट्याक्ट क्लव अफ लिटिल फ्लावरद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रमा रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका एसिस्टेन्ट गभर्नर नारायण प्रधान प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा रोट्याक्ट क्लव अफ नारायणी मिड टाउनका अध्यक्ष प्रवेश अर्याल लगायतले वोल्नु भएको थियो ।

    • गजलः हुनुपर्छ

      बालकृष्ण खनाल सम्बन्ध हेर्दा नदेखिने तर नहुँदा महशुस हुने नून जस्तै हुनुपर्छ बरू बाहिर आफू चिसिएर भित्र न्यानो दिने ऊन जस्तै हुनुपर्छ । देखिन नक्कली पनि सक्कली जस्तै देखिन्छ जलप रहँदासम्म जतिसुकै कसी लाएनी फरक नपर्ने अकबरी सुन जस्तै हुनुपर्छ । लाखौं भएर न उज्यालो दिने धर्तीमा न बाटो देखाउने तारा भन्दा एक्लै झुल्किएर संसारलाई उज्यालो बनाउने जून जस्तै हुनुपर्छ । वाक्य एउटै हो कुनैले दवाई हुन्छ कुनैले तवाही हुन्छ जगतमा वोली त सुनेरै निदाईने आमाको मिठो लोरी धून जस्तै हुनुपर्छ । बर्षाैँ सम्म सहेर नि आँधीहुरी, घामपानी कयौँ असहजताहरू पलपल घर चम्काईरहने भित्तामा पोतिएको चून जस्तै हुनुपर्छ ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल