• पर्यटनमन्त्री ढकालद्धारा गणेशधाम अवलोकन

      भरतपुर/सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले भरतपुर ११ स्थित गणेशधामको अवलोकन गर्नु भएको छ । माडीस्थित अयोध्यापुरीमा राम–सीताको मुर्ती प्रतिस्थापन गर्ने कार्यक्रमका लागि चितवन आउनु भएका मन्त्री ढकालले मंगलबार जिल्लाकै महत्वपुर्ण पर्यटकीय गन्तव्यको रुपमा स्थापित गणेशधामको अवलोकन गर्नु भएको हो । गणेशधाको अवलोकन गर्दै मन्त्री ढकालले निर्माणाधिन रहेको गणेशधाममा सरकारको तर्फवाट पनि सक्दो सहयोग गर्ने वताउनु भयो । गणेशधाम स्थित निर्माणाधिन कैलाश पर्वतसमेत चढ्नु भएका मन्त्री ढकालले कैलाश पर्वत नयाँ कन्सेप्ट भएको हुँदा यसले गणेशधामकै गरिमा वढाएको धारणा व्यक्त गर्नु भयो । कैलाश पर्वत अवलोकनको क्रममा अनौपचाकि कुरा गर्दै मन्त्री ढकालले गणेशधामलाई हरियालीपुर्ण वनाउनु आवश्यक रहेको वताउनु...

    • तुलसी क्षेत्रीको “रोधीं घर“ बजारमा

      भरतपुर/लोकप्रिय गायिका एवम् नायिका तुलसी क्षेत्रीको पछिल्लो लोक तथा दोहोरी गीत “रोधीं घर आइरहने बनायो“ जि.सी. इन्टरटेन्मेन्ट युट्युब च्यानल मार्फत सर्बत्र बजारमा आएको छ । सबै खाले गीतमा उत्तिकै न्याय गरेर गाउने सुमधुर स्वरकी धनी तुलसी क्षेत्रीलाई गायनमा लोकप्रिय गायक प्रदीप त्रिपाठीले साथ दिएका छन् । गीतको रचना तुलसी क्षेत्री र संगीत प्रदीप त्रिपाठीको रहेको छ । यस गीतको दृश्याकंन ससुराली रोधीं घर, न्यूरोड, पोखरामा गरिएको हो । गीतको मुख्य कलाकारको भूमिकामा गायक प्रदीप त्रिपाठी र तुलसी क्षेत्री स्वयम् रहेका छन् । अन्य थुप्रै कलाकारहरुलाई पनि यस गीतको भिजुयलमा देख्न सकिन्छ । साथीभाइहरुको सँगतले रोधी घर पुगेका प्रदीपलाई रोधी...

    • नेपाल अर्वुद रोग निवारण संस्थाको कार्यविभाजन

      भरतपुर/नेपाल अर्वुद रोग निवारण संस्था चितवन शाखाको नव–निर्वाचित कार्य समितिको प्रथम वैठक शाखाका सभापति गोविन्द प्रसाद पौडेलको सभापतित्वमा शनिबार सम्पन्न भएको छ । उक्त वैठकवाट २३ औं साधारण सभा एवम् १० औं अधिवेशनवाट निर्वाचित कार्यसमितिको पदीय जिम्मेवारीसहित कार्यविभाजन गरिएको छ । समितिको सभापतिमा गोविन्द प्रसाद पौडेल, निवर्तमान सभापतिमा दिनेश कुमार चुके, उपसभापतिमा दिपक कुमार राना, सचिवमा कृष्णहरि तिमल्सेना, कोषाध्यक्षमा गोविन्द सुवेदी, सहकोषाध्यक्षमा निस्ता खांड, सहसचिवमा रोशन थापा, सदस्यहरुमा राम माया पिया, ऋतु गिरी, केशव अधिकारी, निलकण्ठ ढुंगाना, शारदा शर्मा पौडेल, अनिता मैनाली, ध््राुव ढुंगाना, बाल गोपाल श्रेष्ठ रहनु भएको छ ।

    • दुईदिने हस्पिटालिटी म्यानेजमेन्ट तालिम सकियो, व्यवसायीक विकासको लागि एकजुट हुन महानगर प्रमुख दाहालको आग्रह

      भरतपुर/होटल व्यवसायी महासंघ नेपाल र नेपाल पर्यटन वोर्डको संयुक्त आयोजनामा चितवनमा संचालित दुई दिने हस्पिटालिटी म्यानेजमेन्ट तालिम सकिएको छ । काठमाण्डौ उपत्यका बाहिर चितवन पुल्चोक स्थित होटल गंगोत्री प्रा.लिमा संचालित उक्त तालिम शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो । होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेको आध्यक्षतामा सम्पन्न समापन समारोहमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रमा वोल्दै प्रमुख अतिथी दाहालले सम्पूर्ण होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई व्यवसायीहरुको अधिकार र व्यवसायीक विकासको लागि एकजुट भई अघि बढ्न आग्रह गर्नु भयो । साथै भरतपुर महानगरपालिका भित्र रहेका सम्पूर्ण होटल तथा रेष्टुरेन्ट...

    • चितवनमा हस्पिटालिटी म्यानेजमेन्ट तालिम सुरु

      भरतपुर/होटल व्यवसायी महासंघ नेपाल र नेपाल पर्यटन वोर्डको संयुक्त आयोजनामा शुक्रवारवाट नारायणगढमा दुई दिने हस्पिटालिटी म्यानेजमेन्ट तालिम सुरु भएको छ । उक्त तालिम काठमाण्डौ उपत्यका बाहिर होटल गङ्गगोत्री प्रा.लि, पुल्चोक, नारायणगढ, चितवनमा सञ्चालन भएको छ । तालिमको समुद्घघाटन समारोहको सभाध्यक्षता होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले गर्नु भएको थियो भने कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मी प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी रेग्मीले हिजोको दिन सम्म ठूला होटलहरुलाई मात्र समेटी अगाडि बढीरहेकोमा हाल नेपालको परिवेश अनुसार साना तथा मझौला हजारौँ होटल व्यवसायीहरुलाई समेट्दै अगाडि बढीरहँदा खुसी लागेको र होटल व्यवसायी महासंघ...

    • होटल संघको मुग्लिन इकाई कार्यालय उद्घाटन

      भरतपुर/जिल्ला स्थित होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवन अन्तरगत मुग्लिन ईकाईको कार्यालय बिहीबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । मुग्लिन, कुरिनटार लगायतका क्षेत्रका होटल व्यवसायीहरुको सक्रिय सहभागितामा कार्यक्रमका प्रमुख अतिथी इच्छाकामना गाउँपालिकाका अध्यक्ष गिता कुमारी गुरुङले इकाई कार्यालयको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी गुरुङले पर्यटन विना मुलुकमा आर्थिक समृद्धि असम्भव रहेको वताउँदै पर्यटन प्रवर्दनमा जोड दिनुपर्ने वताउनु भयो । विश्वभर फैलिएको कोरोना संक्रमणको कारण मुलुकको पर्यटन क्षेत्र तहसनहस हुन पुगेको वताउँदै उहाले वाह्य पर्यटन ठप्प रहेको अवस्थामा आन्तरिक पर्यटनले मुलुकलाई आर्थिक रुपमा चलायमान वनाउनु पर्ने धारणा राख्नुभयो । पर्यटन प्रवद्र्धनको लागि होटल...

    • होटल संघको क्यालेण्डर विमोचन र शुभकामना आदानप्रदान

      भरतपुर/होटल व्यवसायी संघ–चितवनको आयोजनामा आइतबार क्यालेण्डर विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । संघले प्रकाशन गरेको वि.सं. २०७८ को क्यालेण्डर आइतबार एक कार्यक्रमका विच विमोचन गरिएको हो । भरतपुर स्थित होटल जमघटमा भएको कार्यक्रमका प्रमुख अतिथी होटल व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले कोभिडका कारण पर्यटन क्षेत्र सवैभन्दा वढि प्रभावित भएको वताउँदै राज्यले राहतका प्याकेज ल्याउनु पर्नेमा जोड दिनु भयो । राज्यले होटल व्यवसायीलाई व्याजदर छुट गरे पनि वैकहरुले व्याजदर छुट गर्न आनाकानी गरेको वताउँदै पाएको अधिकार लढेर लिनुपर्ने वताउनु भयो । व्याज छुटको अवसर लिन चाहाने होटल व्यवसायीलाई महासंघमा सम्पर्क गर्न आग्रह...

    • जनउत्थान लधुवित्तद्धारा वार्षिकोत्सवको अवसरमा वासिङ मेसिन हस्तान्तरण

      भरतपुर/वित्तीय क्षेत्रमा लोकप्रिय जनउत्थान सामुदायिक लधुवित्त वित्तीय सस्था लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसरमा सहयोग सामाग्री (वासिङ मेसिन) हस्तान्तरण गरेको छ । रुपन्देहिमा मुख्य कार्यालय रहेको उक्त सस्थाले अफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा भरतपुर ११ स्थित मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई वासिङ मेसिन हस्तान्तरण गरेको हो । सो कार्यक्रममा वोल्दै प्रमुख अतिथी प्रतिनिधिसभा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले मुलुकले कानुन र नीति निर्माणको काम सकेर आर्थिक समृद्धिको वाटोमा अगाडी वढेको वताउनु भयो । पछिल्लो समय नेपाली राजनीति र कम्युनिष्ट आन्दोलनमा केहि समस्या देखिए पनि यो समस्या छिट्टै हल हुने उहाको भनाई थियो । असहाय वालिकाको संरक्षणमा जुटेको मञ्जुश्री असहाय...

    • रेडक्रस चितवन शाखाको सधारणसभा सम्पन्न

      भरतपुर/नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनको ४९ औं जिल्ला वार्षिक साधारणसभा शनिबार नारायणगढमा सम्पन्न भएको छ । कार्यक्रममा वोल्ने वक्ताहरुले रक्तदानको महत्वको वारेमा चर्चा गरेका थिए । रगत अभावको कारण अकालमा ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिन रक्तदान कार्यक्रमलाई जोड दिनु पर्ने उनिहरुको भनाई थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यासमितिका महामन्त्री पिताम्वर अर्यालले समय समयमा रक्तदान गर्नु स्वास्थ्यको हिसावले पनि राम्रो हुने वताउनु भयो । रगत वनाउन नमिल्ने वस्तु भएको हुँदा रतग अभावले अकालमा ज्यान गुमाउने अवस्था आउन नदिन रगत अत्यावस्यक हुने वताउनु भयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेको...

    • माध्यमिक विद्यालय गंगानगरमा अक्षयकोष स्थापना

      भरतपुर/भरतपुर महानगरपालिका वडा नम्बर १३ निबासी स्वर्गीय टिकाराम आचार्यको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । २०७६ साल चैत्र ८ गते त्रयोदशी तिथिका दिन स्वर्गारोहण हुनु भएका आचार्यको स्मृतिमा शुक्रवार भरतपुर १३ स्थित श्री माध्यमिक विद्यालय गंगानगरमा अक्षयकोष स्थापना गरिएको हो । मृत आन्त्माको शान्तिको कामना गर्दै वार्षिक पुण्यतिथीको अवसरमा शुक्रवार परिवारका तर्फवाट ५० हजार १ सय ५१ रुपैयाँको अक्षयकोष स्थापना गरिएको स्वर्गीय आचार्यका ज्वाई सुदिप भट्टले जानकारी दिनुभयो । आचार्य परिवारले एक औपचारिक कार्यक्रमका विच उक्त अक्षयकोषको रकम विद्यालयका अध्यक्ष सुदिप सुवेदीलाई हस्तान्तरण गरेको हो । उक्त अक्षयकोषले श्री माद्यामिक बिद्यालय गंगानगरको शैक्षिक बिकासमा योगदान गर्ने आचार्य परिवारले विश्वास...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल