• रोटरी करुणालयलाई स्टेचर र फुरनदाना हस्तान्तरण

      सन्तोष देवकोटा भरतपुर/रोटरी क्लव अफ चितवनले मंगलवार देवघाट स्थित रोटरी करुणालय(वृद्धाश्रम)लाई स्टेचर हस्तान्तरण गरेको छ । क्लवका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले एक औपाचारिक कार्यक्रमका विच करुणालयका अध्यक्ष चन्द्रमान श्रेष्ठलाई स्टेचर हस्तान्रतण गर्नु भएको हो । रोटरी क्लव अफ चितवनद्धारा संचालित रोटरी करुणालयमा आश्रीत वृद्धवृद्धाहरुलाई आवश्यकता महसुश गरि स्टेचर हस्तान्रतण गरिएको रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो । रोटरी क्लव अफ चितवनले उपलव्ध गराएको स्टेचरले करुणालयमा आश्रीत वृद्धवृद्धाहरु विरामी भई हिँडडुल गर्न नसक्ने अवस्थामा उहाँहरुलाई एक ठाउँवाट अर्को ठाउँमा लैजान स्टेचरले सहयोग गर्ने करुणालयका अध्यक्ष चन्द्रमान श्रेष्ठले वताउनु भयो । कार्यक्रममा रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्य,...

    • होटल संघ माडीको साधारणसभा सम्पन्न

      भरतपुर/होटल व्यवसायी संघ चितवन माडी इकाईको छैटौं साधारणसभा शनिबार माडीमा सम्पन्न भएको छ । होटल व्यवसायी संघ माडीका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभा उद्घाटन कार्यक्रममा माडी नगरपालिका वडा नं. ५ का अध्यक्ष रामबन्धु पोखरेल प्रमुख अतिथी रहनु भएको थियो । होटल व्यवसायी संघ माडीका सस्थापक अध्यक्षसमेत रहनु भएका प्रमुख अतिथी पोखरेलले होटल व्यवसायले पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण योगदान गरेको वताउनु भयो । होटल व्यवसायलाई मर्यादित व्यवसायको रुपमा स्थापित गराउन व्यवसायीहरुकै विचमा एकता आवश्यक रहेको वताउँदै उहाँले होटलको व्यवसायीक विकास र पर्यटन प्रवद्र्धनको क्षेत्रमा आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउनु भयो । कार्यक्रमा वोल्दै विशेष अतिथी होटल व्यवसायी संघ...

    • उद्योग सचिवद्धारा औद्योगिक क्षेत्र तथा प्रदर्शनी केन्द्रको अवलोकन

      भरतपुर/चितवन उद्योग संघको पहल र प्रस्तावमा नेपाल सरकारले देशकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्रको रुपमा अघि बढाइरहेको शक्तिखोर औद्योगिक क्षेत्रको बागमती प्रदेश उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव विश्वबाबु सुवेदीको नेतृत्वको टोलीले स्थलगत अवलोकन गरेको छ । शक्तिखोर औद्योगिक क्षेत्रको स्थलगत अवलोकन पश्चात् संघको परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको अवलोकन गरी औपचारिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्य सहित संघको अभियान र गतिविधीहरुको बारेमा जानकारी गराउनु भएको थियो भने संघका पूर्व अध्यक्ष भेषराज दुवाडीले शक्तिखोर औद्योगिक क्षेत्र र चितवन प्रदर्शनी केन्द्रका निर्माणको अवस्था लगायतका विषयमा आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमका प्रमुख...

    • खेलकुद मन्त्री गहतराजद्धारा क्रिकेट रंगशाला अवलोकन

      भरतपुर/युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले भरतपुरमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अवलोकन गरेका छन् । बिहीबार मन्त्री गहतराजसंगै युवा तथा खेलकुद मन्त्रालयका सचिव, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललगायतको टोलीले रंगशालाको निरीक्षण गरेको हो । पाँच महिनादेखि आर्थिक अभावले रंगशाला निर्माणको काम ठप्प भएपछि खेलकुद मन्त्री स्थलगत अवस्था बुझ्न चितवन आइपुगेका हुन् । रंगशाला निरीक्षण पश्चात भरतपुर महानगरपालिकामा आयोजित छलफल कार्यक्रममा युवा तथा खेलकुद मन्त्री गहतराजले चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई अलपत्र पर्न नदिने बताउँदै सरकारले बनाई छाड्ने प्रतिवद्धता जनाए । ‘रंगशालाका धेरै संरचनाहरु निर्माण भइसकेका छन्, स्थानीय सरकार, जनताको पसिना रंगशालामा परिसकेको छ, हामी अलपत्र पर्न...

    • स्वास्थ्य मापदण्ड पालना गरि निरन्तर सेवाको लागि होटल व्यवसायी प्रतिवद्ध

      सन्तोष देवकोटा भरतपुर/विश्वभर फैलिएको कारोना संक्रमणको तेस्रो लहरको कारण फेरि पछिल्लो समय विश्वसहित नेपालको आर्थिक क्षेत्र फेरि संकटमा परेको छ । लामो समयको कोरोना महामारीको कारण थलिएको व्यवसायमा संक्रमण कम भएसंगै सुधारको संकेत देखिएको थियो । कोरोना संक्रमणको कारण हरेक क्षेत्र प्रभावित हुन पुगेपनि होटल व्यवसाय धेरै प्रभावित हुन पुगेको थियो । सुधारको क्रममा रहेको होटल व्यवसाय फेरि तेस्रो चरणको रुपमा भित्रिएको ओमिक्रोन भाइरसको कारण प्रभावित हुने अवस्था देखिएको छ । जिल्ला स्थित होटल व्यवसायीहरु ओमिक्रोन भाईरसवाट जोगिने र जोगाउने तर्फ ध्यान दिँदै कसरी निरन्तर सेवा दिन सकिन्छ भन्ने विषयमा छलफलमा जुटेका छन् । जिल्लाका होटल व्यवसायीहरु चितवन जिल्ला...

    • भारतीय साईकलयात्रीलाई रोटरी क्लव अफ चितनवद्धारा स्वागत

      सन्तोष देवकोटा भरतपुर/छिमेकी मुलुक भारतको महाराष्ट्र प्रदेशवाट नेपालको राजधानी काठमाण्डौंसम्मको यात्रामा निस्किएका साईकलयात्रीलाई शनिवार नारायणगढमा स्वागत गरिएको छ । रोटरी क्लव अफ काराडको च्यारिटेवल ट्रष्ट अन्तरगत अर्गानिक खानाकुरा खाऔं भन्ने अभियान बोकेर काठमाण्डौंको लागि निस्किएको चार जना रोटरीयन साईकलयात्रीहरुलाई रोटरी क्लव अफ चितवनले एक औपचारिक कार्यक्रमको आयोजना गरि नारायणगढमा स्वागत गरेको हो । साईकलयात्रामा पण्डुराङ भारुडी (विजय), अमरिस जोशी, राजेन्द्र वाल्कार, शिवजी कनासेको सहभागिता रहेको छ । महाराष्ट्र भारतवाट निश्किएको २० औं दिनको दिन शनिबार आफुहरु चितवन आईपुगेको साईकलयात्री विजय भारुडीले जानकारी दिनुभयो । रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा रोटरी क्लव अफ चितवनका...

    • रोटरी क्लव अफ चितनवद्धारा भरतपुर ११ का सिमान्तलाई ह्वीलचियर हस्तान्तरण

      सन्तोष देवकोटा भरतपुर/रोटरी क्लव अफ चितवनले अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचियर वितरण कार्यक्रमलाई तीव्रता दिएको छ । सामाजिक सस्थाको रुपमा परिचित रोटरी क्लवको अपांगता भएकालाई सहयोग गर्ने अभियान अन्तरगत ह्वीलचियर वितरण कार्यक्रमलाई तीव्रता दिएको रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो । अभियान अन्तरगत शुक्रबार रोटरी क्लव अफ चितवनले भरतपुर ११ नौंरंगे स्थित १७ वर्षिय कृष्ण प्रसाद काफ्ले –सिमान्त)लाई ह्वीलचियर हस्तान्तरण गरिएको हो । शारीरिक असक्तताको कारण जिवन यापनमा असुविधा भएपछि रोटरी क्लव अफ चितवनले सिमान्तलाई ह्वीलचियर हस्तान्तरण गरेको हो । रोटरी क्लव अफ चितवनका अध्यक्ष शाक्यले रोटरी क्लवद्धारा हस्तान्तरण गरिएको ह्वीलचियरले सिमान्तको जिवनयापनमा सहयोग पुग्ने अपेक्षा व्यक्त...

    • युटेक अल्मुनाई एशोसिएशन गठन

      सन्तोष देवकोटा भरतपुर/भरतपुर ११ विशालचोक स्थित युटेक कलेजका पुर्व विद्यार्थीहरुको बिहीबार सम्पन्न भेलाले ई. शिवहरी घिमिरेको अध्यक्षतामा युटेक एल्मुलाई एशोसिएशन गठन गरेको छ । विभिन्न तह र क्षेत्रका इन्जिनियरिङ विषय पढाई हुँदै आएको उक्त कलेजको एल्मुनाई एसोशिएशनको सचिवमा ई राजु अर्याल, कोषाध्यक्षमा ई कन्चन न्यौपाने, सदस्यहरुमा ई. अच्युत कोइराला, ई. गौतम ढकाल, ई. रिमा जमरकट्टेल, ई. रन्जन न्यौपाने, ई. शिवु क्षेत्री, ई. गोविन्द सन्जेल चयन हुनु भएको छ । नवनिर्वाचित अध्यक्ष घिमिरेले कलेजको शैक्षिक गुणस्तर विकास र विद्यार्र्थीको हकहितमा एल्मुनाई एशोशिएसन क्रियाशि रहने जानकारी दिनुभयो ।

    • रोटरी क्लव अफ चितनवद्धारा ह्वीलचियर वितरण

      भरतपुर/रोटरी क्लव अफ चितवनले भरतपुर १ देवघाट स्थित नारायण भण्डारीलाई ह्वीलचियर हस्तान्तरण गरेको छ । शारीरिक असक्तताको कारण जिवन यापनमा असुविधा भएपछि रोटरी क्लव अफ चितवनले भण्डारीलाई ह्वीलचियर हस्तान्रतण गरेको हो । कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दहाल अविनाशले रोटरी क्लवद्धारा हस्तान्तरण गरिएको ह्वीलचियरले भण्डारीको जिवनयापनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले डिसेवल पिपुल सपोर्ट प्रोगाम अन्तरगत विरामी भण्डारीलाई ह्वीलचियर हस्तान्तरण गरिएको वताउनु भयो । रोटरी क्लवद्धारा हस्तान्तरण गरिएको ह्वील चियरले भण्डारीको दैनिक जिवनयापनमा सहयोग पुग्ने आशा व्यक्त गर्दै अध्यक्ष शाक्यले आगामी दिनमा पनि सहयोगको...

    • बालबालिकासँग मेयर कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण

      भरतपुर/बालबालिका संग मेयर कार्यक्रम अन्तरगत भरतपुरका विभिन्न विद्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा मंगलबार आयोजित औपचारिक कार्यक्रममा कार्यक्रममा १ हजार १ सय ८१ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । भरतपुर महानगरपालिका वडा नम्बर २६ मा रहेको आधारभुत खद्रौलीका ११५, भरतपुर वडा नम्बर २६ मै रहेको श्री आधारभुत बिद्यालय कोइलाहाका १४८, भरतपुर वडा नम्बर २६ मै रहेको आधारभुत बिद्यालय भगडीका ७५, भरतपुर वडा नम्बर २४ मा रहेको प्रा.वि धुर्बनगरका १२०, भरतपुर वडा नम्बर २८ मा रहेको श्री राष्ट्रिय आधारभुत स्कुल लौखारीका ९६, भरतपुर वडा नम्बर २२ मा रहेको श्री आधारभुत स्कुल धनैजीका...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल