• मावि गंगानगरलाई कक्षा ११ संचालनको अनुमती

      भरतपुर/भरतपुर १३ स्थित माध्यमिक विद्यालय गंगानगरले कक्षा ११ अध्यापनको अनुमती पाएको छ । भरतपुर महानगरपालिका शिक्षा समितिको बिहीबार सम्पन्न वैठकले माध्यमिक विद्यालय गंगानगरलाई कक्षा ११ संचालनको अनुमति दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप सुवेदीले जानकारी दिनुभयो । कक्षा ११ संचालनको अनुमति पाएसंगै विद्यालयमा होटल म्यानेजमेष्ट सहित नेपाली, अंग्रेजी, गणित, स्वास्थ्य लगायतको विषय पढाई हुने अध्यक्ष सुवेदीले वताउनु भयो । होटल म्यानेजमेन्ट तथा अन्य सम्पुर्ण बिषय पढाउन पाउने सम्बधन पाएपछि सो क्षेत्रका स्थानीयले गाउँमै प्रविधिक शिक्षा पाउने भएका छन् । गाउँमै प्राविधिक सहितको माध्यमिक स्तरीय शिक्षा पाउने भएपछि सो क्षेत्रका विद्यार्थीहरुले अध्यायनको लागि अन्यत्र जानुपर्ने वाध्यता हटेको अध्यक्ष सुवेदीको भनाई...

    • रोटरी क्लव अफ चितवनको आयोजनामा रक्तदान

      भरतपुर/रोटरी क्लव अफ चितवनले कोरोना संक्रमणको कारण जिल्लामा भएको रगत अभाव नियन्त्रण गर्ने अभियान चलाएको छ । मेडिकल सिटीको रुपमा विकसित चितवनमा रगतको अभावले गर्दा कोहि कसैले पनि ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिन रक्तदान अभियान चलाईएको रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो । चितवनमा अन्य छिमेकी जिल्लाका विरामहरु पनि उपचारको लागि आउने र कोरोना संक्रमणको कारण रगतको माग वढेको हुँदा रगत अभावको अवस्था देखिएको छ । संक्रमणको अवस्थामा रगत वढि चाहिने तर रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव देखिएको रक्तसंचार केन्द्र भरतपुरले जनाएको छ । रगत अभाव देखिएसंगै रक्तसंचार केन्द्रले रक्तदान कार्यक्रम संचालन गर्न विभिन्न...

    • महिलाहरुको स्तन तथा पाठेघर क्यान्सर जाँच एवं सचेतना कार्यक्रम

      भरतपुर/नेपाल अर्वुद रोग निवारण संस्था, चितवन शाखा तथा वि.पि. कोईराला मेमोरीयल क्यान्सर अस्पताल, भरतपुरको संयुक्त आयोजनामा र रोटरी क्लव अफ भरतपुर को सह–आयोजनामा महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सर जाँच एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ । भरतपुर ३, वारहघरे दुर्गा भगवती मन्दीर परिसरमा भौतिक दुरी तथा स्वास्थ्य मापदण्ड पालना गरी आयोजना गरिएको कार्यक्रम नेपाल अर्वुद रोग निवारण संस्था, चितवन शाखाका सभापति गोविन्द प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । भरतपुर महानगरपालिका वडा नं. ३ का अध्यक्ष एवम् संस्थाका आजिवन सदस्य चन्द्रमित्र पण्डित प्रमुख अतिथी रहनु भएको कार्यक्रममा वि.पि. कोईराला मेमोरीयल क्यान्सर अस्पताल, भरतपुरका उप कार्यकारी निर्देशक डा. कृष्ण सागर...

    • देव आदर्श सहकारीद्धारा उपचारमा सहयोग रकम हस्तान्तरण

      भरतपुर/गीतानगर स्थित देव आदर्श वचत तथा ऋण सहरकारी सस्थाले क्यान्सरको उपचाररत विरामीलाई आर्थिक सहयोग गरेको छ । पुर्वी चितवन खैरहनी स्थित चैनपुर–२, ज्यामिरे घर भएका बर्ष ३४ का गौतम अधिकारीको उपचारमा सहयोगका लागि संकलन गरिएको ५ हजार ५ सय रुपैया हस्तान्तरण गरिएको हो । देव आदर्श वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष ध्रुवराज मिश्रले सहकारीको पहलमा संकलन भएको रकम एक कार्यक्रमका विच विरामीको आफन्तलाई हस्तान्तरण गर्नु भएको हो । सहकारीको संचालक समिति, सल्लाहकार, कर्मचारी र साधारण सदस्यवाट उक्त रकम संकलन गरिएको हो । अधिकारी एक बर्ष अघि देखि पेटको पित्तथैलीको क्यान्सर पीडित भै काठमाडौंमा उपचार गराउनु भएको थियो ।...

    • मौरीजोन समन्वय समितिको साधारणसभा

      भरतपुर/चितवनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मौरी जोन सञ्चालन समन्वय समितिको दोस्रो साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले राम प्रसाद पौडेलको संयोकत्वमा ९ सदस्यिय मौरी जोन सञ्चालन समन्वय समिति गठन गरेको छ । नवगठित समितीको सहसंयोजकमा विकास नेपाल क्षेत्री, सचिवमा सरिता भट्टराई श्रेष्ठ, सहसचिवमा दिनेश चेपाङ्ग, सदस्यहरुमा एरोन मोक्तान, मनु गुरुङ्ग, कान्छीमाया तामाङ्ग, अशोक कुमार जिम्बा, पान बहादुर तामाङ्ग रहनु भएको छ । मौरीपालन विकास कार्यक्रम, भण्डारामा आयोजीत कार्यक्रम समितिका संयोजक धारामराज लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे प्रमुख अतिथी रहनु भएको कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि अधिकृत विनोद कुमार...

    • स्थापना दिवसमा खाद्यान्न विरतण र बृक्षारोपण

      भरतपुर/नेपाल शैक्षिक परामर्श संघ चितवनद्वारा रत्ननगर खाद्य सामाग्री वितरण र बृक्षारोपण गरिएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २५ औं स्थापना दिवसको अवसरमा रत्ननगर नगरपालीका–११ स्थित अति विपन्न सिमान्तकृत चेपाङ्ग वालवालीकाहरुको संरक्षण गरीरहेको गाम वेशी चेपाङ्ग संरक्षण केन्द्रमा खाद्य सामाग्री वितरण तथा उक्त संरक्षण केन्द्र परीसरमा एभोकाडो, आँप, लिची र कटहर लगायतका फलफुलका विरुवा बृक्षरोपण गरिएको हो । अति विपन्न चेपाङ्ग वालवालीकाहरुलाई सहयोग गर्ने अवसर प्रदान गर्नु हुने उक्त संरक्षण केन्द्रका संस्थापक तथा संरक्षक केपी किरण शर्मा संघले धन्यवाद समेत व्यक्त गरेको छ । यसको साथै उक्त कार्यक्रम सफल वनाउन सहयोग गर्नुहुने सम्पुर्ण इक्यानियनहरुलाई नेपाल शैक्षिक परामर्श...

    • नमुना बन्दै किरण अमरजंग गुरुङ माध्यमिक विद्यालय

      सन्तोष देवकोटा भरतपुर/लामो समय देखि प्राविधिक शिक्षामा जोड दिँदै आएको भरतपुर १९ स्थित किरण अमरजंग गुरुङ माध्यमिक विद्यालय पछिल्लो समय पश्चिम चितवनकै नमुना विद्यालयको रुपमा स्थापित हुन सफल भएको छ । शैक्षिक गुणस्तरमा अग्रणी उक्त शैक्षिक सस्थाले प्राविधिक शिक्षाको खोजिमा भौतारिने विद्यार्थीहरुलाई उचित शिक्षा दिन सफल भएको छ । गुणस्तरीय शिक्षाले गर्दा उक्त विद्यालयले विद्यार्थी एवं अभिभावकहरुको मन जित्न समेत सफल भएको विद्यालयका प्रधानाध्यापक विनोद कुमार अधिकारीले वताउनु भयो । पश्चिम चितवनका प्राविधिक शिक्षा लिन चाहाने विद्यार्थीहरुलाई गाउँमै प्राविधिक शिक्षा दिन सफल उक्त विद्यालयमा सिटिईभिटीको तीन वर्षे प्लान्ट साइन्स कार्यक्रममा विद्यार्थीको आकर्षण वढेको छ । कोरोना संक्रमणको कारण अनलाइन...

    • नारायणी कलामन्दिरद्धारा दिपक प्रधान सम्मानित

      भरतपुर/नारायणी कलामन्दिर, नारायणगढले सस्थाका पुर्व अध्यक्ष दिपक प्रधानलाई सम्मान गरेको छ । नारायणी कलामन्दिरका पुर्व अध्यक्ष दीपक प्रधान हालैमात्र बालकुमारी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मनोनित हुनुभएकोमा सफल कार्यकालको शुभकामना एवम् बधाई ज्ञापन गर्दै वहाँलाई सम्मान गरिएको हो । आपूmलाई सम्मानित गरेकोमा अध्यक्ष प्रधानले नारायणी कलामन्दिर परिवारलाई धन्यवाद दिँदै स्थापना कालदेखि नै विद्यालय र नारायणी कलामन्दिरको सम्बन्ध सुदृढ रहेको र यसलाई अझ प्रगाढ बनाउने एवम् क्याम्पाचौरलाई व्यवस्थापन गर्न दुवै संस्थाबीच सहकार्य हुनुपर्ने बताउनु भयो । सबैको साथ र सहयोगले आपूm विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेकोमा विद्यालयको उन्नती र प्रगतीमा आपूm सदैव लागिरहने प्रधानले बताए । सामाजीक कार्यमा नेतृत्वदायी...

    • गजलः जिन्दगानी

      बालकृण खनाल भरतपुर, चितवन घडी पला दिन गर्दै चल्छ जिन्दगानी थाहै हुन्न कुन बेला ढल्छ जिन्दगानी । उमेर छँदा सान सौकत सवै दायाँबायाँ त्यसै त्यसै धप धपी बल्छ जिन्दगानी । भान हुन्छ कसैलाई संसारै छ बसमा लाग्छ यसैगरी फूल्छ फल्छ जिन्दगानी । हेर्दाहेर्दै समयले नेटो काट्छ आँखै अघि पत्तै नपाई भित्र भित्रै गल्छ जिन्दगानी । स्थायी छैन केहिपनि नाशवान सवै यहाँ आखिरीमा खरानी भई जल्छ जिन्दगानी ।

    • खनाल समाजको बधाई तथा शुभकामना

      भरतपुर/खनाल सेवा समाज केन्द्रिय समितिको आयोजनामा सोमबार बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । खनाल सेवा केन्द्रिय समितिका अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनाललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । सो कार्यक्रममा राजेश्वर खनाल, कपिल बाबू खनाल, अर्जुन खनाल, प्रा.डा नारायणप्रसाद खनाल, जगदीश्वर खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । मन्त्री खनालले आफ्नो खनाल वंशमा आँच आउने तथा नकारात्मक सन्देश जाने खालका कुनै पनि कार्य नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष वामदेव खनालले उपस्थित सबैलाई आभार व्यक्त गर्दै धन्यवाद दिनुभयो । कार्यक्रम संस्थाका सचिव...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल