• स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

      सन्तोष देवकोटा भरतपुर/नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखा र वीपी कोइराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुर चितवनको संयुक्त आयोजनामा बुधबार महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखाका सभापति गोविन्द पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी खनालले समृद्ध समाज निर्माणमा महिलाहरुको भूमिका महत्वपुर्ण रहँदै आएको वताउँदै वडा कार्यालय मार्फत हुने विभिन्न खालका सहयोगको लागि प्रतिवद्धता व्यक्त गर्नु भयो । रोग लागेर उपचार गर्नु भन्दा रोगै लाग्न नदिनु उत्तम भएको वताउँदै खनालले आम...

    • अटोमोवाइल्स साकोसको साधारणसभा सम्पन्न, अध्यक्षमा काफ्ले निर्वाचित

      सन्तोष देवकोटा भरतपुर/भरतपुर ३ स्थित अटोमोवाइल्स बचत तथा ऋण सहकारी सस्था लि.को दशौं वार्षिक साधारणसभा शनिबार नारायणगढमा सम्पन्न भएको छ । कार्यक्रममा वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक सदस्य तेजेन्द्र बहादुर खड्का प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी खड्काले कुनै पनि सहकारी नीति, विधि र प्रविधि अनुसार संचालन हुनुपर्ने वताउनु भयो । अटोमोवाइल्स बचत तथा ऋण सहकारी सस्था लि.का अध्यक्ष भिमलाल न्यूरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै प्रमुख अतिथी खड्काले कतिपय सहकारीहरु सहकारीको मर्म विपरित संचालन भएको वताउँदै सरकारी क्षेत्रवाट अनुगमन र नियमन गरिनुपर्ने वताउनु भयो । सहकारीको माध्यमवाट समृद्धि सम्भव भएको वताउँदै खड्काले...

    • भरतपुर महानगरपालिका र बेलायतको रस्मोर ब्रो काउन्सिलकाका प्रतिनिधि बिच भेटघाट

      आशिष अधिकारी भरतपुर/भरतपुर महानगरपालिका र बेलायतको रस्मोर ब्रो काउन्सिलकाका प्रतिनिधि बिच शनिबार भेटघाट भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उप प्रमुख चित्रसेन र बेलायतको रस्मोर ब्रो काउन्सिलका डेपुटी लिडर मौरिस सियान बिच भेटघाट भएको हो । भेट्का क्रममा नेपाल र बेलायत बिच लामो र ऐतिहासिक सम्बन्धको बारेमा कुराकानी भएको छ । भेटमा भरतपुर महानगर प्रमुख दाहालले सन १८१६ बाट नेपाली र बेलायत बिच सौहार्द पुर्ण र मैत्रीपूर्ण औपचारिक सम्बन्ध स्थापित भएको बारेमा जानकारी गराउनु भएको छ । त्यस्तै सन १९२३ मा नेपाली र बेलायत बिच मैत्री सन्धिले दुई देश बिचको सम्बन्धलाई थप औपचारिकता दिएको पनि प्रमुखले अवगत...

    • बालकुमारी मा.वि.मा अक्षयकोष स्थापना

      भरतपुर/नारायणगढ स्थित बालकुमारी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । एस.एल.सी व्याच २०४७ का पूर्वविद्यार्थी स्वर्गीय स्वीकृत सूवेदीको स्मृतिमा बाबु–आमा नभएका गरिव तथा जेहेन्दार विद्यार्थी कक्षा १–१२ कक्षासम्मको अध्ययनको लागि दुईजनालाई छात्रवृत्ति प्रदान गर्न बुवा बालकृष्ण सुवेदी, बहिनिहरू लिलि सुवेदी र लक्ष्मी सुवेदी साथै बालमाविद् अलम्नाइ एसोसियसनका उपाध्यक्ष तथा ज्वाई भरत कुमार आचार्य र डा.मोहनचन्द्र रेग्मीबाट स्व.स्वीकृत सुवेदीको भाद्र १० गते परेको जन्मदिनको सम्झनामा एकलाख दुई हजार तीनसय पच्चीस रुपैयाको अक्षयकोष स्थापना गरिएको हो । विद्यालयको शैक्षिक उन्न्नयनमा सहयोग पुग्ने हेतुले अक्षयकोष स्थापना गर्नु भएकोमा सो अक्षयकोषले भावी दिनहरुमा विगतका दिनहरुको झल्को दिने विश्वास गरिएको दाताहरुको तर्फबाट ई. भरत...

    • स्वर्णलक्ष्मी सहकारीको स्थापना दिवसमा बालिकालाई भोजन

      भरतपुर/स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी सस्था लि.ले देबघाट स्थित श्री राम जानकी बालिका आश्रम (कन्या गुरुकुल) मा आश्रीत बालिकाहरुलाई भोजन ग्रहण गराएको छ । सहकारीले आफ्नो १४ औँ स्थापना दिवसको अवसरमा सो कार्यक्रम गरेको हो । उक्त कार्यक्रम संस्थाका संचालक अध्यक्ष कृष्णकुमार तमाङको अध्यक्षता तथा श्री राम जानकी बालिका आश्रमकी अध्यक्ष साबित्री टण्डनको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका संचालक उजिर सिंह थापा, प्रमुख कार्यकारी अधिकृत तुलसीराम थापा, आश्रमका महासचिब रामेश्वर प्रसाद खनाललगायत सहकारीका कर्मचारी तथा आश्रीत बालिकाहरुको उपस्थिति रहेको थियो । असाहय बालिकाहरुको हेरचाह गरिहेको आश्रममा हाल ३५ जना बालिकाहरु आश्रीत रहेको आश्रमका महासचिब रामेश्वर प्रसाद...

    • आदर्शसंग अतिथी कार्यक्रम शुरु

      भरतपुर/हरितालिका तिज २०७९ को सन्दर्भ पारेर आदर्श नारी विकास केन्द्र केन्द्रीय कार्यालय चितवनले अतिथिसंग आदर्श कार्यक्रम सुरु गरेको छ । कुनैबेला विविध घटनामा परि न्याय पछि पनि अन्यौलतामा बाचिरहेका प्रभावित महिलाहरुलाई प्रेरणा दिन र महिलामाथिको हिंसा निराकरणका उपायको खोजी गर्न यो कार्यक्रम शुरु गरिएको हो । अभावलाई शक्तिमा, पिडालाई आँट र हिम्मतमा परिणत गरि सफल बन्नुभएकी संस्थाकी आजीवन सदस्य सुमन सिलवाल (सामना पहाड) संग शनिबार पहिलो चरणमा उहाँको जीवन भोगाई र आगामी यात्राबारे छलफल गरियो । सिलवाल विभिन्न बाधा र अवरोह पार गर्दै हाल निजामती अधिकृत तहमा कार्यरत हुनुहुन्छ । सिलवालले पितृसत्ताका कारण आफ्नो जीवनमा पनि नसोचेको घटना भएको...

    • अथर्व सहकारीको शुभकामना आदानप्रदान तथा स्वास्थ्य सम्वन्धि गोष्ठि

      सन्तोष देवकोटा भरतपुर/भरतपुर १२ मालपोत चोक स्थित मुख्य कार्यालय रहेको अथर्व बचत तथा ऋण सहकारी सस्था लि.को आयोजनामा शनिबार भरतपुरमा शुभकामना आदानप्रदान तथा स्वास्थ्य सम्वन्धि गोष्ठि सम्पन्न भएको छ । महिला शेयर सदस्यहरुलाई एक आपसमा परिचित गराउने उदेश्यले हरितालिका तिज २०७९ को अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको सहकारीका व्यवस्थापक प्रेम ढकालले जानकारी दिनुभयो । अथर्व बचत तथा ऋण सहकारी सस्थाको महिला उपसमिति संयोजक सृजना वसौला देवकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेफ्स्कुन संचालक विद्या कोइराला प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी कोइरालाले अथर्व सहकारी जिल्लाकै नमुना सहकारीको रुपमा परिचित हुन सफल भएकोमा सहकारी परिवारमा धन्यवाद ज्ञापन...

    • चितवन एभरेष्ट अस्पताल र ज्योति विकास बैंक विच उपचार छुट संझौता

      सन्तोष देवकोटा भरतपुर/भरतपुर १० अस्पताल रोड स्थित चितवन एभरेष्ट अस्पताल र ज्योति विकास बैंक विच उपचार छुट संझौता भएको छ । अस्पतालका अध्यक्ष भरतराज रेग्मी र बैंककी नारायणगढ शाखा प्रमुख दिल कुमारी सापकोटाले संझौतापत्रमा हस्ताक्षर गर्नु भएको छ । संझौता अनुसार ज्योति विकास बैंकका ग्राहकहरुले चितवन एभरेष्ट अस्पतालमा स्वास्थ्य उपचार गराउँदा सेवा र औषधिमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । विभिन्न प्रकारका उपचार सेवा र औषधिमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकारी दिँदै अध्यक्ष रेग्मीले सुविधा लिनको लागि विरामीले ज्योति विकास वैकमा खाता रहेको प्रमाण पेश गर्नुपर्ने वताउनु भयो । अस्पतालमा अर्थो, हाडजोर्नी तथा नसारोगको उपचार, जनरल फिजिसियन,...

    • समस्यापूर्ति काव्य गोष्ठी हुँदै

      भरतपुर । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा १५७ ओं मोती जयन्तिको अवसरमा खुल्ला प्रतियोगितात्मक समस्यापूर्ति काव्यगोष्ठी हुने भएको छ । आगामी  भाद्र ११ गते शनिबार भरतपुर महानगरपालिकाको सभाकक्षमा हुने प्रतियोगितात्मक गोष्ठीका लागि “अहङ्कारको आयु लामो हुदैन” भन्ने   शीर्षक चयन गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतियोगितामा बढीमा  १२० शब्दसम्म मात्र शब्द सीमा तोकिएको छ । प्रतिष्ठानले एक सूचना सार्वजनिक गर्दै आगामी भाद्र ०६ गतेसम्म प्रतिष्ठानको सचिवालय वा  इमेल ठेगाना  pragyapratisthanbhr078@gmail.com मा आइपुग्नेगरी रचना आव्हान गरेकोे छ । प्रतियोगिताका विजयीहरूलाई आकर्षक नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।

    • मार्गदर्शन साकोस र सिएमसी विच उपचार छुट सम्झौता

      सन्तोष देकोटा भरतपुर/भरतपुर महानगरपालिका वडा नं. १६ स्थित प्रधान कार्यालय रहेको मार्गदर्शन साकोस र चितवन मेडिकल कलेज (सिएमसी) विच स्वास्थ्य उपचार छुट सम्झौता भएको छ । सहकारीका प्रमुख कार्यकारी अधिकृत दीपक गौतम र चितवन मेडिकल कलेजका प्रशासन प्रमुख प्रताप देवकोटाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । सस्थाका शेयर सदस्यहरुले चितवन मेडिकल कलेजमा उपचार गर्दा उपचार सेवामा २०% र औषधि सेवामा ७% छुट पाउने सम्झौता भएको हो । सस्थाले सदस्य स्वास्थ्य हेरचाह कार्यक्रम अन्तर्गत विगत ५ बर्षदेखी नारायणी सामुदायिक हस्पिटल, सेन्ट्रल हस्पिटल र आमा आयुर्वेदिकसंग सम्झौता गरी स्वास्थ्य छुट सुविधा सदस्यहरुलाई प्रदान गर्दै आएको छ । बचत संकलन गर्ने र...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल